युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
क्रान्तिपछिको स्वास्थ्य नीति
सन् २०११ फेब्रुअरीको अन्तिम साता यो लेखक चीनको कुन्मिन सहरको भ्रमणमा गएको थियो । एक साँझ फुटपाथमा टहल्दै गर्दा एउटा चोकबाट सुनिएको सुमधुर सङ्गीतले मलाई तान्यो । चोकमा बुढाबुढी, अधबैँसे तथा तरुणतरुणीहरू सङ्गीतको धुनमा नाचिरहेका थिए । नाचेको के भनौँ, शारीरिक व्यायाम गरिरहेका थिए । चिनियाँहरू यसलाई चोक नृत्य (स्क्वायर डान्स) भन्दा रहेछन् । त्यसबाट मनोरञ्जन र सामाजिक सम्बन्धको विकास त हुने नै भयो । बिहान र बेलुका चिनियाँ सहरका चोकचोकमा यस्तै क्रियाकलाप हुँदो रहेछ ¤
कोभिड–१९ विरुद्धको लडाइँमा चीनले अपेक्षित सफलता पाएपछि चीनको जनस्वास्थ्य प्रणालीबारे विश्वको चासो बढ्नु पनि स्वाभाविकै छ । चिनियाँहरू स्वस्थ रहनुमा ‘स्क्वायर डान्स’ एउटा उदाहरणमात्र हो । कोभिड–१९ सँगको युद्धमा चीनले पाएको आजको सफलता ‘सानो दुःखले आज्र्याको’ भने होइन । वैज्ञानिक संस्कृतिको निर्माण एकदिनमा हुने कुरा पनि होइन । यसमा असङ्ख्य चिनियाँको ‘रगत, परिश्रम, आँसु र पसिना’ परेको छ । आधुनिक चीनको जगतिर नगई आजको तिलस्मी सफलताको कथा पूर्ण हुनै सक्दैन ।
‘नाङ्गो खुट्टाका डाक्टर’ को नियुक्तिदेखि आर्थिक जिम्मेवारी सम्बन्धित समुदायले वहन गर्दथे । यसबाट ‘डाक्टर’ र जनताबीचको सम्बन्ध घनिष्ठ हुन्थ्यो । ‘डाक्टर’हरू जनताप्रति पूर्णतः जिम्मेवार हुन्थे । यसरी जनस्वास्थ्यमा जनताको प्रत्यक्ष सहभागिता चिनियाँ स्वास्थ्य नीतिको सफलताको आधार बनेको थियो । स्वास्थ्य चेतना अभिवृद्धि गर्नु ती ‘डाक्टर’ हरूको एउटा मुख्य काम थियो । त्यसले गर्दा जनताको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भयो । कुल गार्हस्थ उत्पादनको हिसाबमा गरिब नै भए पनि चिनियाँ जनता फुर्तिला र स्वस्थ भए । कुपोषण र सरुवा रोग न्यून हुँदै थियो । आज करिब १० लाख डाक्टर तथा अन्य स्वास्थ्यकर्मीले चीनका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेका छन् । आजका डाक्टरहरूलाई पुर्खाको योगदानले झक्झक्याइरहेको पाइन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा नौलो जनवादी क्रान्ति सम्पन्न भएपछि अपनाइएको राष्ट्रिय स्वास्थ्य नीतिबारे थोरै चर्चा गरी लेखनी थाल्नु सान्दर्भिक होला । सन् १९४९ को चिनियाँ क्रान्तिपछिको स्वास्थ्य नीतिमा चिकित्साले जनताको सेवा गर्नुपर्छ भन्ने रणनीतिमा जोड दिइयोे । सामन्त एवम् पुँजीपतिवर्गको सेवाको निम्ति बनेको स्वास्थ्य संरचना भत्काई मजदुर र किसानकेन्द्रित स्वास्थ्य सेवा प्रणालीको विकास गर्नु क्रान्तिको सुरुआती कदम थियो । पैसा कमाउन नभई जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने चिकित्साशास्त्र भन्ने सिद्धान्त आत्मसात् गरियो । सोही स्वास्थ्य नीतिको दोस्रो बुँदा रोगको रोकथामलाई प्राथमिकता दिने भन्ने थियो । ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु बुद्धिमानी’ भन्ने विचार थियो त्यो । स्रोतसाधन कम भएको ठाउँमा उपचारात्मकभन्दा रोकथाममूलक चिकित्सा नीति अपनाउनु सान्दर्भिक एवम् सही थियो । त्यस्तै तेस्रो र चौथोमा चिनियाँ परम्परागत चिकित्सा प्रणालीलाई एलोप्याथिक चिकित्सा प्रणालीसँग एकीकृत गर्ने र जनस्वास्थ्य सेवा कार्यक्रममा जनताको प्रत्यक्ष सहभागिताको नीति थिए । सात दशकअगाडिको चिनियाँ स्वास्थ्य नीतिको औचित्य र सान्दर्भिकता आज पनि उत्तिकै छ ।
‘नाङ्गो खुट्टाका डाक्टर’
सन् १९६५ सम्ममा चीनको जनस्वास्थ्यमा धेरै सुधार हुँदाहुँदै पनि चिकित्सा सेवा सहरकेन्द्रित नै थियो । यसैबीच सन् १९६६ मा चिनियाँ सांस्कृतिक क्रान्तिको घोषणा भयो । सहरमा केन्द्रित चिकित्साकर्मीहरूलाई गाउँमा सेवा गर्न आह्वान गरियो । चक्रीयरूपमा सहरका एकतिहाइ चिकित्सकलाई गाउँ जान उत्साहित गरियो । गाउँका राम्रा विद्यार्थीलाई चिकित्सा शिक्षा दिन थालियो । घुम्ती स्वास्थ्य टोलीलाई जनस्तरमा पु¥याइयो । किसानलाई समेत स्वास्थ्य उपचारको तालिम दिइयो । सदा सर्वसाधारण जनताबीच रहने ती स्वास्थ्यकर्र्मीलाई ‘नाङ्गो खुट्टाका डाक्टर’ भनिन्थ्यो । त्यसको अर्थ ‘जुत्ता नलगाउने चिकित्सक’ नभई गाउँलेका माझमा रहने र फुर्सतमा खेतीमा पनि सघाउने जनताका चिकित्सक थिए । ‘नाङ्गो खुट्टाका डाक्टर’ को नियुक्तिदेखि आर्थिक जिम्मेवारी सम्बन्धित समुदायले वहन गर्दथे । यसबाट ‘डाक्टर’ र जनताबीचको सम्बन्ध घनिष्ठ हुन्थ्यो । ‘डाक्टर’हरू जनताप्रति पूर्णतः जिम्मेवार हुन्थे । यसरी जनस्वास्थ्यमा जनताको प्रत्यक्ष सहभागिता चिनियाँ स्वास्थ्य नीतिको सफलताको आधार बनेको थियो । स्वास्थ्य चेतना अभिवृद्धि गर्नु ती ‘डाक्टर’ हरूको एउटा मुख्य काम थियो । त्यसले गर्दा जनताको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भयो । कुल गार्हस्थ उत्पादनको हिसाबमा गरिब नै भए पनि चिनियाँ जनता फुर्तिला र स्वस्थ भए । कुपोषण र सरुवा रोग न्यून हुँदै थियो । आज करिब १० लाख डाक्टर तथा अन्य स्वास्थ्यकर्मीले चीनका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेका छन् । आजका डाक्टरहरूलाई पुर्खाको योगदानले झक्झक्याइरहेको पाइन्छ ।
प्राथमिक स्वास्थ्य उपचारको निम्ति विश्वका थुप्रै देशले चीनको ‘नाङ्गो खुट्टाका डाक्टर’ को नीतिको अनुशरण गर्न खोजे पनि आधारभूतरूपमा पुँजीवादी समाजमा त्यति सफल हुन सकेन । जनस्वास्थ्य सेवा तल्लो तहसम्म पु¥याउने चिनियाँ अनुभवले विश्वभरका गरिब तथा पिछडिएका क्षेत्रका जनताले थोरै भए पनि राहत पाए । नेपालमा पनि स्वास्थ्य कार्यकर्ता (एचए), सामुदायिक चिकित्सा सहयोगी (सीएमए), सहायकत नर्स (एएनएम) जस्ता पारामेडिक गाउँगाउँमा पु¥याइयो । तर, ती स्वास्थ्यकर्मीहरू समुदायप्रति पूर्णतः उत्तरदायी हुँदैनथे, जसरी चीनमा अभ्यास भयो । यहाँसम्म कि सोभियत सङ्घको स्वास्थ्य सेवा निःशुल्क र उत्कृष्ट हुँदाहुँदै पनि चीनमा जस्तो जनताको प्रत्यक्ष सहभागिता नहुँदा सोभियत सङ्घ विघटन हुनेबित्तिक्कै संसारकै नौलोे एवम् प्रगतिशिल स्वास्थ्य प्रणालीको समेत विघटन हुनपुग्यो । वास्तवमा सोभियत सङ्घको त्यो कमजोरीबाट चिनियाँ कम्युनिस्ट पार्टीले सिकेको थियो ।
‘शौचालय क्रान्ति’
क्रान्तिलगत्तैको चिनियाँ स्वास्थ्य नीतिको अर्को महत्वपूर्ण पक्ष परम्परागत र आधुनिक चिकित्सा पद्धतिलाई एकीकृत गर्ने नीति हो । पुरानो चिकित्सा पद्धतिका राम्रा र कामलाग्ने ज्ञानलाई निरन्तरता दिने नीतिबाट वयोवृद्ध मानिस पनि सन्तुष्ट हुन्थे । स्थानीय भूगोल एवम् वातावरणअनुकूल विकास भएको स्वास्थ्यसम्बन्धी ज्ञान सबभन्दा कम खर्चिला र सरल थिए । पुराना सबै अनुपयुक्त र नयाँ सबै राम्रा भन्ने भ्रम चिरिएको थियो । आज अक्युपङ्क्चर चिकित्सा विश्वमै चर्चित हुनु चीनको उतिबेलाको स्वास्थ्य नीतिकै परिणाम हो । (नेपालमा पुर्खाैँदेखि अभ्यास भइरहेको आयुर्वेदको अभ्यासलाई अझ विस्तार गर्नुपर्ने कुरा चिनियाँ नीतिले पनि दर्शाएको भन्न सकिन्छ । नेपाली भूगोल तथा हावापानीअनुकूल खानपान तथा रहनसहनसम्बन्धी परम्परागत ज्ञानको विज्ञानबारे गम्भीर अध्ययन गरी व्यवहारमा लागू गर्नु पनि सान्दर्भिक हुन्छ ।)

आज १ अर्ब ३८ करोड चिनियाँ नागरिकको निम्ति स्वास्थ्यउपचार प्रणालीको विकास गर्नु सजिलो पक्का होइन । विद्यमान स्वास्थ्य प्रणालीबाट प्रति वर्ष ८ अर्ब बिरामीलाई स्वास्थ्य सेवा दिनुपर्छ चिनियाँ स्वास्थ्य प्रणालीले । स्वास्थ्यउपचारविना ‘मध्यम समृद्ध देश’ बन्दैन भन्ने तथ्यप्रति चिनियाँ सरकार सचेत देखिन्छ । त्यसैले राष्ट्रिय योजनामा जनस्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । नागरिकको स्वस्थतालाई मानवअधिकारको रूपमा लिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको आदर्शलाई चीनले पालना गरिहेको भन्न सकिन्छ ।
कतिपय देशमा बेवास्ता गरिएका वा गौण ठानिएका विषयलाई चीनले गम्भीरतापूर्वक लिएको पाइन्छ । जस्तो चिनियाँ ‘शौचालय क्रान्ति’ । विश्वका धेरैजसो देशमा सार्वजनिक शौचालयको प्रयोग गर्दा शुल्क तिर्नुपर्छ । चीनका सहर तथा गाउँगाउँमा निःशुल्क र सुविधासम्पन्न सार्वजनिक शौचालयको व्यवस्था गर्दा जनस्वास्थ्यमा ठूलो प्रभाव परेको चिनियाँ अनुभव छ । सन् २०१६ मा ८०.३ प्रतिशत चिनियाँ ग्रामीण क्षेत्रमा आधुनिक शौचालय सुविधा पुगेको थियो भने सन् २०२० सम्ममा ८५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । यसले गर्दा अनेक रोगव्याधी घटेका छन् भने स्वास्थ्यउपचार खर्चमा ठूलो कटौती भएको छ । यो चानचुने उपलब्धि होइन ।
‘स्वस्थ चीन–२०३०’
जनस्वास्थ्यको मुख्य सूचक आयुदरलाई मानिन्छ । सन् २००० मा ५७.८ रहेको चिनियाँको सरदर आयु हाल ७६.९६ पुगेको छ । प्रत्येक वर्ष आयुदर बढ्दै आएको पाइन्छ । अर्को सूचक शिशु मृत्युदरमा सन् १९५० मा जन्मिएका १००० मध्ये १२८ को मृत्यु हुन्थ्यो भने प्रत्येक वर्षजसो सुधार हुँदै हाल ९.२ मा झरेको छ । विशाल जनसङ्ख्या भएको चीनमा गरिएको यो सुधार पनि कीर्तिमानी मान्नुपर्छ ।
स्वास्थ्य क्षेत्रमा कम लगानी भए पनि चीनले जनस्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको पाइन्छ । कुल गार्हस्थ उत्पादनको हिसाबमा संरा अमेरिकाले १६.२ प्रतिशत लगानी गरेको देखिन्छ भने चीनले ६.२ प्रतिशतमात्र । संरा अमेरिकामा प्रतिव्यक्ति ९५०० अमेरिकी डलर खर्च भएको पाइन्छ भने चीनमा ५६० डलरमात्र । जनस्वास्थ्य सुधारको निम्ति धेरै पैसा नै चाहिने होइन रहेछ भन्ने कुरा कोभिड–१९ को सन्दर्भमा दुई देशले हासिल गरेको परिणामले पनि देखाउँछ ।
चीनले सन् २०१६ मा ‘स्वस्थ चीन–२०३०’ को ‘ब्लुप्रिन्ट’ अनुसार बनाएको कार्ययोजनाले पनि रोगको रोकथामलाई नै जोड दिएको पाइन्छ । रोगको रोकथामको निम्ति स्वास्थ्य शिक्षा, पोषण, नियमित शारीरिक श्रममा ध्यान दिइएको छ । चीनमा बढेको नसर्ने रोगको रोकथामका उपायहरू पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।
हाल करिब ९५ प्रतिशत चिनियाँको स्वास्थ्य उपचार बीमाबाटै हुन्छ । चीनमा पनि सार्वजनिक र निजी गरी दुई खालका अस्पताल छन् । ग्रामीण अस्पताल अधिकांश सार्वजनिकखालका छन् । साथै, धेरैजसो अस्पताल गैरनाफामुखी छन् ।
कोभिड–१९ विरुद्धको लडाइँमा सफलता पाउनुमा चिनियाँ जनस्वास्थ्य नीति, जनसहभागिता र चिनियाँ नेतृत्वमात्र नभई स्वास्थ्यकर्मीहरूको जिम्मेवारीबोध सबभन्दा मुख्य पक्ष हो । चिकित्सकहरूमा देशभक्तिपूर्ण भावनाका साथै मानवीय सेवाको भावना नभएको भए कोरोना भाइरसको सङ्क्रमण केन्द्र बनेको चीनको उहान सहरमा ज्यानको पर्वाह नगरी अन्य प्रान्तका हजारौँ चिकित्सक र नर्सहरू खुसीसाथ खट्ने थिएनन् । समाजवादी शिक्षा र स्वास्थ्य प्रणालीको सबभन्दा बलियो पक्ष यही त हो !
Leave a Reply