‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
नोवेल कोरोना भाइरस सङ्क्रमित बिरामीलाई माया गर्ने कि घृणा ? हो, कोभिड – १९ सङ्क्रमित बिरामीलाई अरू सामान्य बिरामीलाई जस्तै शारीरिक स्पर्श गरेर भरोसा दिन मिल्दैन । रोगले च्यापेर आहत भएको बेला परिवारकै बिरामी सदस्यसँग पनि आपसमा अङ्गालो मारेर रुन मिल्दैन । कथंकदाचित कोभिड – १९ बाट बिरामीको मृत्यु नै भएको अवस्थामा पनि परम्परागत विधिअनुसार मृतकको दाहसंस्कार गर्न मिल्दैन । कोरोना भाइरस सङ्क्रमित बिरामीलाई अरूबाट अलग्गै राख्नुपर्छ । सङ्क्रमित बिरामीको उपचारमा खट्ने चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीहरू सबैलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को व्यवस्था गर्नुपर्छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारको निम्ति भौतिक प्रबन्धले मात्र पुग्दैन ।
बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउन सद्भाव देखाउनुपर्छ । मनोवैज्ञानिकरूपमा बिरामी एक्लै नभएको अनुभूति गराउनुपर्छ । बिरामीको उत्साह बढाउन सहयोग गर्नुपर्छ । तर, आज कोरोना सङ्क्रमित बिरामीलाई झन् हतोत्साही बनाउने, निराश पार्ने काम भइरहेको छ । कोरोना भाइरस सङ्क्रमित हुनु भनेको कुनै अभियुक्त हुनु जस्तो बनाइएको छ । नेपालमै पनि कोरोना सङ्क्रमण पीडित बिरामीप्रति केही मिडियाहरू जिम्मेवार नभएको गुनासो नौलो होइन । नोवेल कोरोना भाइरससँगको लडाइँ जितेका बिरामीहरूले सञ्चारमाध्यमबाट झन् चोट पु¥याएको तितो अनुभूति व्यक्त गरेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई सामाजिकरूपमा तिरष्कार गर्ने गरी समाचार सम्प्रेषण गर्नु कदापि सही दृष्टिकोण हुन सक्दैन ।
कुनै पनि व्यक्ति रहरमा कोरोना भाइरसबाट सङ्क्रमित हुन चाहँदैन । न त एचआईभी एड्सजस्तै कुनै पनि व्यक्तिको खराब आचरण वा नियतकै कारण कोरोना भाइरसबाट सङ्क्रमित हुने हो । यद्यपि, भारतीय टीभीहरूले एकोहोरो कोरोना सङ्क्रमित बिरामीहरूलाई दुश्मन र आत्मघाती अपराधीको रूपमा चर्चा गरिरहेका छन् ।
भारतीय टीभीहरूले फासीवादी मोदी सरकारको विरुद्ध कोरोना भाइरस सङ्क्रमण फैलाएको जस्तो गरी प्रचार गरिरहेका छन् । फागुनको दोस्रो हप्तातिर लखनऊमा कोभिड – १९ पोजिटिभ गायिका कनिका कपुरलाई जानीजानी कोरोना सङ्क्रमण फैलाएको आरोप लगाइयो । बिरामी गायिका कपुरको स्वास्थ्यलाभको कामना गर्नु बदला उनैले भारतमा कोरोना सङ्क्रमण फैलाउन खोजेको भन्दै खेदो खनियो । त्यसमाथि भारतमा लकडाउनभन्दा अघि दिल्लीको मुजाहिद्दिनमा सम्पन्न मुस्लिमहरूको तबलगी (भेला) का सहभागीहरूमा पनि कोरोना भाइरस पुष्टि भएपछि भारतीय मिडियाहरूले भारतविरुद्धको षड्यन्त्रकै रूपमा कोकोहोलो मच्चाइरहका छन् ।
हिन्दुवादी भारतीय टिभीहरूले सिङ्गो मुस्लिम समुदायप्रति नै घृणा जगाउने अस्त्रको रूपमा तबलगी जमातीहरूलाई अगाडि सारिरहेको छ । मुस्लिम जमातीहरूलाई भारतमाथि आक्रमण गर्न चाहने देहद्रोहीको रूपमा चिनाउन खोजिरहेको छ । यता मुसलमान नीतिशास्त्रीहरूले महामारीको समयमा धार्मिक रीति अभ्यास गर्नेभन्दा पनि जीवनको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएको मुस्लिम विज्ञहरूले प्रस्ट पारेका छन् । लकडाउनमा छटपटिरहेका भारतीय मजदुरहरूको आवश्यकता व्यवस्थापन गर्न असमर्थ मोदी सरकारको अकर्मण्यता लुकाउन भारतीय सञ्चारमाध्यमहरूले चीनविरुद्ध पनि दिनदिनै विषवमन गरिरहेका छन् ।
चिनियाँहरूको खानपानकै कारण नोवेल कोरोना भाइरस उत्पन्न भएको, भाइरस सङ्क्रमण फैलाएर संसारका मानव जातिलाई सताएको र नाफाको लागि चिनियाँ स्वास्थ्य सामग्री बेचिरहेको अफवाह फैलाएर चिनियाँ जातिप्रति घृणा जगाउन युद्धकालीन समयमा जस्तै फासीवादी भारतीयहरू हात धोएर लागेका छन् । भारतीय शासकवर्गको साम्प्रदायिक दङ्गा मचाउने यो कुचेष्टाले स्वयम् भारतीयलाई नै क्षति पु¥याउनेछ ।
चीनको उहानमा नोवेल कोरोना भाइरस सङ्क्रमण फैलिएको थाहा पाएपछि नै साम्राज्यवादीहरूले गलत प्रचार सुरु गरे । महामारीको सङ्कटमा परेका चिनियाँ जनताप्रति मानवीय संवेदना देखाउनुभन्दा पनि सारा संसारबाट चिनियाँहरूलाई बहिष्करण गराउने प्रपञ्च रचियो । अमेरिकाको नेसनल रिपब्लिकन सेक्रेटरियल कमिटीले कोरोना भाइरसलाई चीनविरुद्धको आक्रमणका रूपमा प्रयोग गर्ने रणनीति अख्तियार ग¥यो । यसकारण, अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूहरूले कोरोना सङ्क्रमित बिरामीलाई हेर्ने दृष्टिकोणमै दोषी नजर स्थापित गरे । आफ्नै परिवारका सदस्य कोरोना भाइरस सङ्क्रमित भए पनि छिःछिः र दुरदुर गर्ने भावना जगाइदिए । तर, समय यस्तै स्थीर रहेन । अुनशासित चिनियाँ जनता र सबल नेतृत्वको कारण चीनमा आज कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आयो । आज संरा अमेरिकामै भयावहको अवस्था छ ।
अमेरिका बन्द गर्नका लागि बनेको देश होइन भन्दै उफ्रने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिल्यै कोरोना भाइरस सङ्क्रमण नियन्त्रणको लागि इमान्दारीपूर्वक काम गरेनन् । ट्रम्पकै लापरबाहीको कारण अमेरिकामा कोरोना भाइरस सङ्क्रमण काबुबाहिर गएको छ । ट्रम्प फेरि पनि अमेरिकी नागरिकहरूको जीवन रक्षाको लागि ठोस कदम चाल्न गम्भीर छैनन् । बरु आगामी निर्वाचनमा आफूलाई हराउन चीनले कोरोना भाइरस सङ्क्रमण फैलाएको मिथ्या आरोप लगाउँदै छन् । ट्रम्प आफै चीनको बदनाम गर्न लागिपर्नुले ट्रम्प र अमेरिकाको निरिहता मात्रै उजागर गर्छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा हारिएला भन्ने चिन्ताले व्याकुल ट्रम्पले चीनविरुद्ध मात्र हाँक दिइरहेका छैनन् कि विपक्षी जो बाइडन विजयी भई आफू ह्वाइट हाउसबाट बाहिरिने स्थिति आएमा आफ्ना कार्यकर्ता परिचालन गरी गृहयुद्धसम्म चर्काउने चेतावनीसमेत दिइसकेका छन् । आवधिक निर्वाचनबाट आफू हार्ने परिणाम आएमा स्वीकार नगर्ने ट्रम्पको धम्कीले अमेरिकी पुँजीवादी प्रजातन्त्रलाई त आर्यघाटमा पु¥याएको छ नै ।
एउटा ठूलो शक्तिराष्ट्र समाप्त भएको प्रमाणित पनि गर्दछ । साथसाथै, महामारीको बेला आफ्नै नागरिकको ज्यान बचाउन नसक्ने निरीह अमेरिकाले अब यसपछि आउने आर्थिक सङ्कटलाई पनि पार लगाउन सक्ने छनक देखिँदैन । चिनियाँ आर्थिक समृद्धिविरुद्ध प्रयोग गर्न खोजेको नोवेल कोरोना भाइरसको आफ्नै अस्त्रले साम्राज्यावादी अमेरिका कहिल्यै नउठ्ने गरी ढलेको दिन हेर्न धेरै पर्खिनु नपर्ला !
मानव जीवन र स्वास्थ्त्न्दा पनि मुठ्ठीभरका पुँजीपतिहरूको हैकम लादेर समृद्धि र विकासको चमत्कार देखाउने पुँजीवादी झिलिमिलीलाई नोवेल कोरोना भाइरसको महामारीले धुजाधुजा पारिदिएको छ । कुनै बेला सूर्य नडुब्ने देश भनिएको बेलायत, विकसित भनिएको फ्रान्स, स्पेन, इटाली र जर्मनी मात्र होइन स्वयम् साम्राज्यवादका नाइके संरा अमेरिकाले समेत यो महामारीको बेलामा आफ्ना नागरिकहरूको उचित उपचार प्रबन्ध गर्न सकेनन् ।
विश्वमा मानवअधिकारको दाता र प्रजातन्त्रको उद्धारक भनी दाबी गर्ने संरा अमेरिका स्वयम् अरू देशसँग सहयोग याचना गर्न विवश भएको छ । जब कि समाजवादी देश चीनले आफ्नो देशको महामारी नियन्त्रण गरेर पनि संरा अमेरिकी प्रत्येक नागरिकलाई सात वटा पुग्ने गरी मास्क र भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ । त्यस्तै भौगोलिकरूपमा नेपालजस्तै सानो समाजवादी देश क्युवाले संसारका विभिन्न देशमा चिकित्सक र स्वास्थ्य सामग्री पठाई मानवीय उद्धार गरिरहेको छ ।
नेपालमा कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गर्दैगर्दा चैत १३ गते बेलायतको ‘इम्पेरियल कलेज अफ लन्डन’का वैज्ञानिकहरूले नेपालमा पनि बन्दाबन्दी नगरी खुला छाडिएको अवस्थामा कम्तीमा २ करोड ५० लाखभन्दा बढी सङ्क्रमित, ६ लाखभन्दा बढीलाई अस्पताल भर्ना गर्नुपर्ने र १ लाखभन्दा बढी मानिसको मृत्यु हुने अवस्था आउने प्रक्षेपण गरेका रहेछन् ¤ महामारी फैलिएको अवस्थामा सरकारले केही गर्न सक्दैन भन्ने सरकारप्रतिको अविश्वासले पनि नेपाली जनता सचेत देखिए । नेपाली जनताले लकडाउनको पालना गरे ।
वैशाख २० गतेसम्म आउँदा पनि कोरोना भाइरस सङ्क्रमित पुष्टि भएका ५९ जना मात्र वल्डओमिटरमा देखिनु राम्रै पक्ष हो । हुन त नेपाल सरकारले नमुना परीक्षणलाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट तीव्रता दिन नसक्दा पुष्टि हुन बाँकी कति सङ्क्रमितहरू होलान !? र, ती सङ्क्रमितहरूले अरू कति जनालाई अन्जानमै सङ्क्रमित पारिसक्ने हुन् ? भन्न सकिने अवस्था छैन । त्यसमाथि नेपाल भारत सीमा नाका बन्द गरी सशस्त्र प्रहरीले पहरा दिएको छ भने पनि दैनिक सयौँको सङ्ख्यामा लुकीछिपी भारतबाट आउने गरेका छन् । शुक्रबार रूपन्देहीमा सङ्क्रमण पुष्टि भएका बिरामी पनि खुला सीमाबाट लुकीछिपी नै नेपाल प्रवेश गरेका हुन् । भारततिरको खुला सीमाले नेपालमा जोखिम बढाएकै छ । सीमा नाका व्यवस्थित भएको भए देशभित्रको जनजीवन सामान्य अवस्थामा फर्काउन सजिलो हुने थियो ।
Leave a Reply