‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
कोरोना भाइरस अथवा कोभिड–१९ बारे संरा अमेरिकी राष्ट्रपति ट्रम्पले उद्योगपति, हवाई सेवा र अरूसँग १६ फेब्रुअरी २०२० मा ‘चिनियाँ भाइरस’ को कारण हामी अझ बलिया हुनेछौँ भनी फोनमा कुरा गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यस अभिव्यक्तिले आलोचनाको लहर संसारभरि चल्यो । तर, रेली रोमानोफको लेखमा जापानी र ताइवानी सरुवा रोग विशेषज्ञ र औषधि वैज्ञानिकहरूले नयाँ कोरोना भाइरसको उत्पति संरा अमेरिकाबाट भएको दाबी गरे । अन्य सबै थरी भाइरसको मूलस्रोत मानिने पाँच प्रकारका भाइरस संरा अमेरिकासँग मात्र भएको तथ्यको आधारमा तिनीहरूले त्यसको दाबी गरेका थिए । चीनको उहानमा भएको भाइरस ‘एउटा हाँगा’ मात्र हो । ‘रुख’ नै नभई कसरी ‘हाँगा’ मौलाउन सक्छ ? त्यो ‘रुख’ भने संरा अमेरिकासँग मात्र छ ।
सन् २०१९ को डिसेम्बरको अन्त्यतिर वा २०७६ को पुसको अन्त्यतिर नोवेल कोरोना भाइरस (कोभिड– १९) मध्य चीनको उहानमा अचानक फैलिएको सङ्क्रमण कहाँबाट सुरु भयो भन्ने विषयको निरन्तर चासो बढ्दै गयो र उहानको एउटा समुद्री खाना बेच्ने बजारबाट सुरु भएको व्यापक प्रचार भयो । चमेरोको सुप र चमेरोको मासु आदिबाट यो रोग मानिसमा सरेको हल्ला फैलियो । तर, पछि यो भाइरस कुनै प्राणीबाट मानिसमा सरेको र पछि मानिसबाट अर्को व्यक्तिमा सर्दै गएको भनाइले प्राथमिकता पायो ।
सन् २०१९ को अगष्ट महिनामा फोक्सोको निमोनिया वा यस्तै प्रकृतिको अज्ञात रोग संरा अमेरिकामा फैलिएको थियो । संरा अमेरिकाले त्यो रोग ई–चुरोटबाट फैलिएको बतायो । तर, ताइवानका चिकित्सकले त्यो रोगको लक्षण र अवस्था हेर्दा ई–चुरोटको कारण त्यस्ता प्रकृतिको सङ्क्रमण भएको नदेखिएको बताए । संरा अमेरिकामा फैलिएको रोगको कारण निधन भएका मानिसहरू कोरोना भाइरसबाट मृत्यु भएको हुनसक्नेबारे ताइवानी चिकित्सकले सम्बन्धित संरा अमेरिकी अधिकारीहरूलाई पत्रसमेत लेखेका थिए । आफ्नो सावधानीलाई अमेरिकीहरूले बेवास्ता गरेको उनको दाबी छ ।
संरा अमेरिकामा त्यो रोग फैलिन ठीक अगाडि संरा अमेरिकी रोग नियन्त्रण केन्द्र (सी.डी.सी.) ले मेरिल्यान्डको फोर्ट डेट्रिकस्थित संरा अमेरिकी सेनाको प्रमुख जीवशास्त्रीय प्रयोगशाला बन्द गरेको थियो । जीवाणु चुहावटको सुरक्षा अभाव देखाएर सो प्रयोगशाला बन्द गरिएको थियो । अमेरिकी सेनालाई प्रयोगशाला पूर्णतः बन्द गर्न आदेश दिइएको थियो । प्रयोगशाला बन्द भएको केही समयपश्चात् कथित ‘ई–चुरोट’ को सङ्क्रमणको हल्ला फैलिएको थियो ।
सन् २०१९ को सेप्टेम्बरमा संरा अमेरिकी हवाई टापुमा केही जापानी नागरिकलाई पनि त्यस्तै रोग लागेको थियो । रोग लागेका कोही पनि मानिसले कहिल्यै चीनको भ्रमण गरेका थिएनन् । यो रोग उहानमा महामारी फैलिनुअघि नै संरा अमेरिकी भूमिमा फैलिसकेको थियो । फोर्ट डेट्रिकको प्रयोगशाला बन्द गरेको केही समयपछि नै यो रोगको सङ्क्रमण फैलिसकेको थियो ।
उल्लिखित तथ्यको आधारमा एउटा चिनियाँ विद्युतीय सञ्चारमाध्यमले एक लेखमार्फत थप जानकारी दियो ।
सन् २०१९ को अक्टोबर महिनाको १८–२७ सम्म चीनको उहानमा भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा सहभागी बन्न आएका पाँचजना ‘विदेशी’ खेलाडी वा व्यक्तिहरू अपुष्ट रोगको कारण उहानको अस्पतालमा भर्ना भएका थिए ।
त्यो लेखले उहानमा फैलिएको भाइरस संरा अमेरिकाबाट त्यहाँ आएको हुनसक्ने थप स्पष्ट व्याख्या गर्यो । (मजदुर दैनिक–४ चैत २०७६)
सो लेखले फोर्ट डेट्रिकको प्रयोगशालामा दुर्घटनाबस भएको सङ्क्रमणबाट सङ्क्रमित केही मानिस अक्टोबर १८–२७ सम्म उहानमा भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा सहभागी संरा अमेरिकी टोलीमा सामेल भएको हुनसक्छ । त्यतिबेला भाइरस लामो अवधिको उत्परिवर्तन (इन्कुवेसन) को अवस्थामा हुनुपर्छ भन्ने दाबी गरिएको छ ।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लि चियनले संरा अमेरिकी सेनाले नोवेल कोरोना भाइरस उहानमा ल्याएको हुनसक्ने दाबी र संरा अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) खलामै फेला परेको छ, संरा अमेरिकामा सुरुको बिरामी कहिले फेला परेको थियो, कति मानिस सङ्क्रमित थिए, अस्पतालका नाम के–के हुन् र पारदर्शी बन्न र सबै तथ्याङ्क सार्वजनिक गर्न तथा संरा अमेरिकाले चीनलाई बताउनुपर्छ भनी लेखे ।
प्रवक्ता चाओले संरा अमेरिकाको पछिल्लो मौसमी फ्ल्युमा ३ करोड ४० लाख मानिस प्रभावित भएको र मर्ने २० हजारमध्ये कति जना कोरोना भाइरसको कारण मरेका थिए भनी सार्वजनिक गर्न संरा अमेरिकालाई चुनौती दिए ।
संरा अमेरिकी प्रतिनिधिसभामा नोवेल कोरोना भाइरससम्बन्धी सुनुवाइको सिलसिलामा सांसद हार्ले राडाकोले प्रश्न गरेका थिए । उनको प्रश्न थियो– “हामीले इन्फ्ल्युन्जाले मरेको भनिएका मानिसहरू कोरोना भाइरसको कारण मरेको हुनसक्छ नि होइन र ? केही मृतकमा आज त्यही (कोरोना भाइरस) को पहिचान भएको छ ।” अमेरिकी ‘सरुवा रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ का निर्देशक रोबर्ट रेडफिन्डले उत्तरमा संरा अमेरिकाभरि आफ्नो संरचना नभएको अवस्थामा फ्ल्युबाट मरेको भनिएको मानिसमध्ये केहीमा कोरोना भाइरसको सङ्क्रमण भएको भन्ने दाबीलाई अस्वीकार गर्न नसकिने बताए । (‘मजदुर’ दैनिक– १ चैत, २०७६)
कोरोना भाइरसको उत्पत्ति कहाँ ?
वाशिङ्टनको जर्ज टाउन विश्वविद्यालयमा सरुवा रोग विशेषज्ञ डानियल लुसीले ‘साइन्स म्यागाजिनमा प्रकाशित एउटा लेखमा मानिसमा नोवेल कोरोना भाइरसको पहिलो सङ्क्रमण सन् २०१९ को नोभेम्बरमा भएको (उहानमा होइन, अन्यत्र) दाबी गरेका छन् । उनले यो भाइरस कहीँबाट उत्पति गरेर उहानको समुद्री खाना बजारमा फैलाएको हुनसक्छ । एउटा समूहले सङ्क्रमणको सुरुवात सन् २०१९ को सेप्टेम्बरभन्दा अघि नै भएको हुनसक्ने बताएको छ ।
डानिएल लुसीले २०१९ डिसेम्बर १ को उहानको एक बिरामीमा समुद्री खानासँग कुनै सम्बन्ध नभएको अनुसन्धान पत्रमा उल्लेख गरिन् र “पहिलो बिरामी र पछिल्लो बिरामीबीच कुनै प्रकारको सरुवा सम्बन्ध देखिँदैन” भनी लेखिएको छ । तथ्याङ्कको सुरुमा ४१ जनामध्ये १३ जनाको त्यो बजारसँग कुनै खालको सम्बन्ध नरहेको देखाएको छ । लुसीले भनिन्– “१३ जना भनेको धेरै ठूलो सङ्ख्या हो ।”
क्रिस्टिन एन्डरसन स्क्रीप्स रिसर्च इन्स्टिच्युटका विकास जीववैज्ञानिक हुन् । २०१९ एनकोभ भाइरसको श्रृङ्खलाबारे विश्लेषण गर्दै त्यसको उत्पतिबारे स्पष्ट पारेका छन् । उनले सङ्क्रमित मानिसले कहीँ बाहिरबाट भाइरस समुद्री खाना बजारमा ल्याएको हुनुपर्ने कुरा तर्कसङ्गत भएको बताए ।
साइन्समा प्रकाशित लेखमा भनिएको छ, “एन्डरसनले २०१९ एनकोभका उपलब्ध २७ जीवाणुको विश्लेषण २५ जनवरीमा भाइरोलोजी रिसर्च वेभसाइटमा राखेका छन् । सो विश्लेषणअनुसार ती जीवाणुको पुर्खा ‘सबभन्दा पछिल्लो पुर्खा’ भनेको सन् २०१९ मा अक्टोबर १ मा संरा अमेरिकामा फेला परेको भाइरस हो ।”
लुसीले मेर्स नामको कोरोना भाइरस पनि सुरुमा सन् २०१२ को जूनमा साउदी अरबको एक जना बिरामीबाट सङ्क्रमण सुरु भएको विश्वास गरेको बताए । तर, समयान्तरमा गरिएको अध्ययनले त्यही वर्षको जून महिनामा जोर्डनमा फैलिएको अनौठो निमोनिया नै त्यसको स्रोत भन्ने पत्ता लाग्यो । लुसीले जोर्डनमा निधन भएको व्यक्तिको परीक्षणबाट उनको मृत्युको कारण मेर्स भाइरस भएको पत्ता लागेको बताए । सार्स, मेर्स र जिका रोगको सङ्क्रमणबारे सुरुमा बाहिरिएको ‘आधिकारिक व्याख्या’ गलत प्रमाणित भएको छ ।
कोभिड–१९ भाइरस चीनमा उत्पत्ति भएको थिएन, बरु अरू नै कुनै देशमा उत्पत्ति भएको थियो । यसको आंशिक पुष्टि त इरान र इटालीमा फैलिएको भाइरसको जीवाणुको भिन्न प्रकृतिबाट पनि हुन्छ । इरान र इटालीमा सङ्क्रमित भाइरस चीनमा फैलिएको भाइरसको प्रकृतिभन्दा भिन्न खालको भएको घोषणा भइसकेको छ । ती देशमा फैलिएको भाइरस केही अन्यत्र नै उत्पत्ति भएको हुनुपर्छ । संरा अमेरिका नै यो भाइरसको उद्गम हुनुपर्छ किनभने ऊसँग मात्र सबै थरी भाइरसको ‘मूल’ स्रोत छ । फोर्ड डेट्रिकमा रहेको संरा अमेरिकी सैनिक जैविक प्रयोगशाला नै कोभिड–१९ को मूलस्रोत हुने प्रवल सम्भावना छ । संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सीडीसीले सो प्रयोगशाला पूर्णतः बन्द गर्ने घोषणा गर्नु कुनै आश्चर्यको कुरा होइन । सन् २००५ देखि २०१२ सम्ममा अमेरिकी जीवविज्ञान प्रयोगशालाबाट जीवाणुको चोरी भएको वा चुहिएको १ हजार ५९ घटना भएका थिए । (ग्लोबल रिसर्च – मजदुर दैनिक, ४ चैत २०७६ – March 2020)
आणविक र रासायनिक युद्धपछि
माथिका सबै विवरणले कोरोना भाइरस वा कोभिड–१९ को उत्पत्ति, सङ्क्रमण र महामारीको कारण संरा अमेरिका नै भएको सावित हुन्छ । संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) रोग नियन्त्रण तथा रोकथाम केन्द्र हो वा भाइरस उत्पादन केन्द्र वा प्रसारण केन्द्र हो ? छानबिनको विषय बनेको छ । फोर्ड डेट्रिकमा रहेको संरा अमेरिकी सैनिक जैविक प्रयोगशाला नै कोभिड–१९ को मूलस्रोत हो र २००५ देखि २०१२ सम्ममा १ हजार ५९ वटा अमेरिकी जीवविज्ञान प्रयोगशालाबाट जीवाणु चोरी भएकोमा ८ वर्षसम्म छानबिन र चोरी पक्राउ नगर्नुको जिम्मेवारी सबै संरा अमेरिकाले नै बोक्नुपर्दछ ।
तर, संरा अमेरिकी वर्तमान ट्रम्प प्रशासनको आर्थिक, राजनैतिक र सैनिक अहङ्कारको गतिविधि र दृष्टिकोणको अध्ययन गर्दा ‘अमेरिका प्रथम’ को मानसिकताको चीनसँगको ‘व्यापार युद्ध’ बाट हतास तथा सैनिक युद्धले आफूप्रति पहिलो र दोस्रो विश्वयुद्धमा सग्लो बच्न नसक्ने सम्भावना, आणविक, रासायनिक र अरूको आन्तरिक मामलामा आक्रमणको युद्धनीतिले बदनाम भइसकेको हुँदा सम्भवतः ट्रम्प प्रशासन ‘जीवाणु र किटाणु’ युद्धका गुप्तरूपले प्रयोगमा २०१९ देखि नै थियो भनी अड्कल काट्न सकिन्छ ।
सत्य यही हो भने पहिलो र दोस्रो विश्वयुद्धका अपराधी देश र जिम्मेवार व्यक्तिहरूलाई सजाय गरेजस्तै कोभिड–१९ अन्य अमेरिकी सार्स, मेर्स र जिका रोगबाट आक्रान्त देश र जनताले ट्रम्प प्रशासनलाई जनता र संयुक्त राष्ट्र सङ्घको हेग अदालतमा उभ्याउनु आवश्यक छ ।
संरा अमेरिकाको स्थापना सुरुदेखि नै अमेरिकी आदिवासी (ताम्रवर्णका भारतीयहरू) लाई भूमि र बस्तीबाट विस्थापित गर्न र तिनीहरूलाई जातीयरूपले नै उन्मूलन गर्न ‘बिफर रोगका किटाणु भएका लुगा वा बिफर लागेर मरेका मानिसहरूको सिरकलाई’ तिनीहरूको गाउँको नजिक राख्थे । आदिवासीहरूले अज्ञानबस आफ्नो प्रयोगमा ल्याउँदा केही समयपछि बिफरबाट मर्थे वा ती बस्ती छाडेर जान्थे । (मोडर्न हिस्ट्री – ए.भी. इफियोच– प्रकाशन १९६५) । त्यस्तै बिफर र दाउराबाट बरोबर अमेरिकी जनता मर्नेबारे ‘अमेरिकी कथा’ मा उल्लेख छ । (१९४५ मा प्रकाशित र लेखकद्वय हुन् – रथ उड गाभियान र विलियम ए. हाम)
सन् १६५६ भन्दा पहिले नै बरोबर ‘भारतीयहरू’ बिफरको प्रकोपले मर्थे । १० भागको ९ भाग तिनीहरू मरे । (संरा अमेरिकाको इतिहास – होवार्ड जिन – प्रकाशन १९८०)
कोरिया युद्ध (१९५०–५३) मा संरा अमेरिकाले प्रजग कोरिया र कोरियाली जनताको विरोधमा हजारौँ केटा–केटी, बूढा–बूढी र महिलालाई निर्दयतापूर्वक मारेको थियो । युद्ध–बन्दीहरूलाई अन्तर्राष्ट्रिय प्रचलन उल्लङ्घन गरी ग्यास–बम र मेसिनगनले हान्थे, जिउँदै जलाउँथे, भोकै मार्थे, नमरेसम्म चिसोमा राख्थे, कुकुरले टोकाएर मार्थे, महिला बन्दीहरूलाई सामूहिक बलात्कार गर्थे र मार्थे । … रासायनिक, किटाणु र जीवाणुका हतियार प्रयोग गर्थे । झिङ्गा, उपियाँ, माकुरा, उडुस, जुम्रा, लामखुट्टे, गोबे्र कीरा, झ्याँउकिरी आदि कीरा– फट्याङ्ग्रालाई समेत विषालु रोगको किटाणु सार्ने आपराधिक काम गर्थे – झाडाबान्ता, म्यादे रोगबाट मानिस मार्थे । (‘कोरियामा संरा अमेरिकी आक्रमणकारी सिपाहीहरूले गरेका आपराधिक कुुकृत्यहरू’ – १९७० फो·या·, कोरिया) – विदेशी भाषा प्रकाशन गृह)
१९५२ मा जनवरीदेखि मार्च महिनासम्म १५ ठाउँमा विभिन्न किसिमका जीवाणु र किटाणु हतियारहरू अमेरिकी साम्राज्यवादीहरूले प्रयोग गरे । ३१ मार्च १९५२ मा ‘प्रजातान्त्रिक अधिवक्ताहरूको अन्तर्राष्ट्रिय संस्था’ बाट प्रकाशित कमिसनको रिपोर्टमा उल्लेख छ । ‘संरा अमेरिकी साम्राज्यवादीहरूले कोरियाली युद्ध सुरु गरे’ – प्राज्ञिक सदस्यहरू – हो जो· हो, डा. का· सोक दुई र डा. पाक थाई हो, – विदेशी भाषा प्रकाशन गृह, फो·या· कोरिया– १९९३)
कोरियाली युद्धमा जस्तै भियतनाम युद्धमा पनि अमेरिकी साम्राज्यवादी सेनाले पुस्तौँ पुस्तासम्म विकला· बच्चा जन्मने विषालु रासायनिक हतियारहरू प्रयोग गर्यो । १० अगष्ट १८६१ को दिन संरा अमेरिकाले दक्षिणी भियतनाममा पहिलो पटक पहेँलो रङको ड्रममा राखेको एजेन्ट अरेन्ज’ (ब्नभलत यचबलनभ) नामक विषादी छरेको थियो । सन् २०१२ को १० अगस्तको दिन त्यस घटनाको ५१ औँ वर्ष पुगेको थियो । दक्षिण भियतनामका रुख, बालीनाली, गाउँबस्ती तथा मानिसहरूमाथि १० वर्षसम्म लगातार उक्त विषादी छरिएको थियो । त्यसरी छर्नका लागि मात्रै ८ करोड लिटर विषादी प्रयोग गरिएको थियो । त्यस दिनको विरोध दिवसमा ‘अमेरिकी पूर्वलडाकुहरू र भियतनामी जनता एजेन्ट अरेन्ज विषालु हतियारले अझै मर्दै छन्’ भन्ने लखिएकोे पताका बोक्दै ‘शान्तिको लागि’ प्रदर्शन गर्दै थिए । (धु्रवतारा – साउन–भदौ अङ्क २०६९– ब्गनगकत–क्भउ द्दण्ज्ञद्द को अङ्क)
इराकमा पनि संरा अमेरिकाले अनेकौँ विषालु ग्यास र बम खसालेर टीग्रीस –इफ्रिटस नदीले सिँचेको सभ्यतामाथि बम खसाल्दै ध्वस्त पारे । लाखौँ जनता र केटाकेटी हताहत भए । १२–२० वर्षपछि पनि इराकको समस्या हल भएको छैन । त्यहाँ अमेरिकी साम्राज्यवादकै कब्जा छ, तर इराकी जनता सङ्घर्ष गर्दै छन् ।
अमेरिकी साम्राज्यवादको केन्द्रीय गुप्तचर विभाग सीआईएले इराकी जनताको राष्ट्रपति र सद्दाम हुसेन नेतालाई हत्या गर्यो र लिबियाका नेता र राष्ट्रपति कर्नेल गद्दाफीलाई पनि हत्या गरेको थियो ।
यसरी एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका अनेकौँ देशमा आज पनि हस्तक्षेप गर्दै छ । आक्रमणको तयारी अहिले किटाणु र जीवाणु अर्थात् कोरोना भाइरस कोभिड–१९ र सार्स, मेर्स र जिकाजस्ता रोगका जीवाणुहरूमार्फत संसारमा गुप्तयुद्ध छेडिसकेको भान हुन्छ । सारा संसारका जनता त्यस जिवाणु र किटाणु युद्धको विरोधमा एक हुन र दोषीमाथि कारबाही गर्न जनचेतना जगाऔँ !
Leave a Reply