भर्खरै :

प्रहरी नियन्त्रणमा तीन घण्टा

अरस्तुले भन्नुभएको थियो, “हामी त्यहीँ बन्छौँ जुन कुरा लगातार गर्दै रहन्छौं । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पु¥याउँछ ।”
हरेक दिन स्मरणीय बन्ने गर्छन् । हरेक दिनभित्र वैशाख २९ गते एक स्मरणीय दिन हुन पुग्यो । विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ ले गर्दा विश्वका धेरै देश लकडाउनमा छन् । महामारीको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । विगत ५० दिनदेखि नेपाल पनि लकडाउनमा छ । लकडाउन भए यता बिहान ८ः०० बजे उठ्ने म ! वैशाख २९ गते भने ७ः०० बजे उठेँ । कारण–भारतीय रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ गते भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको दार्चुलादेखि नेपालको भूमि लिपुलेक भञ्ज्याङसम्मको ८० किमि सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरी नेपाली भूमि गुञ्जी, नाभिडाङ र लिपुलेक अतिक्रमण गरी सडक निर्माण गर्दै नेपालीको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको विषयमा साथीहरूले अनलाइन जुम (zoom) मार्फत छलफल बैठक राख्नुभएको थियो । बैठकमा रवीन्द्र फोजू, नीरज लवजु र सुनिल दुवालले सीमासम्बन्धी केही तस्बिर र तथ्य देखाउँदै जानकारीमूलक कुरा राख्नु भएको थियो । यो मिटिङ सकिँदा घडीमा ९ः२० बजेको थियो ।
मिटिङ सकिएपछि ल्यापटपमा केही बुकको पीडीएफ मिलाउँदै थिए । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका प्रोफेसर डा. राजु खनालको मेसेन्जरमा एसएमएस आयो । “जगत आज हाम्रो सेमिनार छ नि ।
जवाफमा मैले भनेँ, “हो सर !”
१०ः३० बजे जुम (zoom) मा भेटाँैला जग्गा भनेर सर मेसेन्जरबाट अफ हुनुभयो । त्यतिबेला घडीमा १० बजेको थियो । केही समय बाँकी पीडीएफ मिलाएर, अनि खाना खान बसेँ । घडीमा घण्टी बज्यो १०ः ३० बजेको सेमिनारको लागि । ठीक १०ः ३२ मा जुम (zoom) खोलेँ २० मिनेटसम्म पनि खुलेन, सरलाई एसएमएस गर्छु भनेर मेसेन्जर खोलेको ठ्याक्कै सरको एसएमएस आइहाल्यो । “जग्गा ¤ तिमीहरूको पेज, ग्रुप छैन र ?”
दिएँ जवाफ, “छ सर !” सरको अर्को एसएमएस नपुदै जुम (zoom) खुल्यो ।
११ः०० बजिसक्यो ढिलो भयो भन्दै सरले ःबतीबद सिकाउनतिर लाग्नुभयो । सुरु भएको ३० मिनेट भएको थिएन लाइनबत्तीले बाइबाइ ग¥यो । १० मिनेट कुरेँ लाइनबत्ती आएन । अब डाटाबाट खोल्नुप¥यो भनेर मोबाइलमा जुम (zoom) ओपन गरेको थिएँ । ठेक्कै लाइनबत्ती आयो । केही नबुझिने भयो बीचबाट, यसो हेरेको ४९ जनामात्रै छन् । अनलाइन कक्षा १२ः३० बजेसम्म मात्रै क्लास लिनुभयो ।
कोभिड–१९ ले विश्वभरि महामारी निम्त्याएपछि नेपाल पनि बन्दाबन्दीमा रहेको छ । दैनिक पठनपाठनलाई निरन्तरता दिँदै त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागले विगत ४५ दिन यता दैनिक पठनपाठन गराइरहेको छ ः त्यही रुटिनअनुसार २ः३० बजेदेखि डा. नुरापत्ती पन्थ सरको क्लास थियो । २ः३० बजे सुरु भएको क्लास ३ः४८ बजेतिर सकिएको थियो ।
४ः२५ बजेमा साथी दीपकको फोन आयो । पाङ्गा लाछि मन्दिरमा पुग्ने खबर भयो । भारतले नेपाली भूमिमाथि गरेको हस्तक्षेपको विरुद्धमा जुलुस तथा सभा थियो । मलाई खुसी लाग्यो । पाङ्गा बसपार्कमा साथीहरू जम्मा भइसक्नुभएको थियो । अलि अगाडि लाछीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनलगायत अन्य पार्टीका दाइदिदीहरूसँग भेट भयो । लाछीमा पुगेको ५ मिनेट बितेको थिएन । कसले फोन गर्न भ्याए छ, सुरक्षाकर्मीको भ्यान आइपुग्यो । सुरक्षाकर्मीहरूले किन जम्मा भएको भन्दै हाम्रो व्यानर र झन्डाहरू खोस्न खोजे । भ्यानमा ५÷६ जना सुरक्षाकर्मीहरू थिए ।
साथीहरूले झन्डा र ब्यानर लिएर वरपर छरे । केही समयपछि (१५ मिनेट) लाछी मन्दिरमा सबैजना साथी जम्मा भयौँ । तुरुन्तै व्यानर र झन्डा हातहातमा बोक्दै भारतीय विस्तारवाद – मुर्दावाद, अतिक्रमित भूमि – फिर्ता गर, भारतीय दलाल होसियार, नेमकिपा जिन्दावाद, नेक्राविसङ्घ – जिन्दावादजस्ता नारा लगाए । पाङ्गा बसपार्क, हनुमानघाट, दोबाटो हुँदै नयाँ बजार गेट पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेमकिपा केन्द्रीय सदस्य नारायण महर्जनले बोल्नुभयो । पुलिसका दुईवटा भ्यान आइपुगे । विरोधसभा बन्द गर्न भन्दै साथीहरूको हातमा भएका झन्डा र व्यानर खोस्न खोजे, युवराजजीको हातको मोबाइल खोस्न खोजे । केही समय तनाव भयो । तर, नारायण महर्जनले बोल्ने क्रम जारी राख्नुभयो । दीपकजीलाई प्रहरीले समातेर भ्यानतिर लाँदै गर्दा हृदयजी छुटाउन जानुभयो । दुवै जनालाई प्रहरीले भ्यान भएतिर लग्यो । प्रहरीले युवराजजीलाई समात्यो । म उनलाई छुटाउन अघि सरेँ । त्यही बेला प्रहरीले मलाई पनि तान्यो । हामी चारै जनालाई भ्यानभित्र राख्यो अनि त्यहीँको प्रहरी चौकीमा हु¥यायो ।
हिरासतभित्र प्रवेश गरेपछि शौचालयनजिकै नागरिक कक्ष थियो । हामीलाई त्यतै जान एकजना हवल्दारले भने । हामीले ‘किन त्यहाँजाने ? के मान्छे मारेर आएका हौँ ? के भ्रष्टाचार गरेर आएका हौँ ? हामीले त सार्वभौमिकतामाथि भइरहेको हस्तक्षेपको विरुद्ध आवाज बुलन्द पार्दै नागरिकलाई सचेत गराउन सडकमा निस्केका हौँ । हामी यतै बस्छौँ’ भन्यौँ । हामीलाई प्रहरीले धम्कीको स्वरमा त्यहाँ जान भन्यो ।
केही समयपछि पेपर बोकेर एक हवल्दार आए । हाम्रो परिचय टिपे । हामीलाई भाग्छन् कि भनेर होला दुई जना सिपाही साथीहरूलाई पठाए । आफू आफू गफ गर्न लाग्यौँ । हाम्रो कुराउँमा बसेका दुईजना सिपाहीसँग परिचय भयो । सीमासम्बन्धी केही कुरा भए ती दुई जना साथीहरूसँग हाम्रो प्रश्न थियो –“तपाईंहरूलाई देशको माया लाग्दैन ?” उनीहरूको जवाफ थियो –“लाग्छ नि किन नलाग्नु !” “त्यसो भए भारतीय विस्तारवादले हाम्रो जमिनमाथि दादागिरी गरिरहँदा तपाईंहरू किन निरीह बस्नुहुन्छ ? भारतीय दादागिरीको विरुद्ध हामीले बोल्दा उल्टै किन हिरासतमा ल्याउनुहुन्छ हामीलाई ?”, हामीले प्रश्न गरिरह्यौं । यस्तै हाम्रा विविध प्रश्नहरूको एउटै जवाफ थियो–“के गर्नु हजुरमाथि (नेता) को आदेश मान्नै परो, नत्र जागिर जाला भन्ने डर !”
यस्तै कुरा गर्दै केही समय बित्यो । हामी शौचालयको छेउमै उभिएका थियौँ । हामी उभिएको नजिकै खाली दुईवटा सिलिन्डर थिए । थकान मेटाउनलाई हृदयजी र म केही समय बस्यौँ, केही समयपछि दीपकजी र युवराजजीलाई बस्नुस् हामी उभिन्छौं भनेर हृदयजी र म उभियौं । हामीमा भएको देश प्रेमको विचार सुनेर होला दुईवटा कुर्सीको व्यवस्था पनि गरे ती प्रहरीले शौचालय धेरै गन्हाएको थियो । ती दुईजना सिपाहीँहरू पनि शौचालयको छेउमै हामी नछुटुञ्जेलसम्म खटिए । ३ घण्टाको हिरासतमा बसाइपछि नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको जिम्मा लगाउँदै हामी हिरासतबाट छुट्यौँ ।
नेपाल मजदुर किसान पार्टीले सडक र सदनमा नेपाल – भारत सीमा नियमित गर्नुपर्नेमा निरन्तर आवाज उठाउँदै आएको छ ।
सन् २०१९ नोभेम्बर २ मा भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो नक्सामा समेट्दै नक्सा जारी गर्यो । यसको विरुद्ध नेपाल मजदुर किसान पार्टीले भारतीय दूतावासअघि गएर विरोध गरेको थियो । उक्त नक्साको खारेजीको माग गर्दै देशका सम्पूर्ण जिल्लामा विरोध जुलुस तथा कोणसभा भए । काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्रसमेत पठाइएको थियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले त्यतिबेला नै भन्नुभएको थियो, – यो विषय अन्तर्राष्ट्रिय अदालतमा लानुपर्छ । विडम्बना ! नेपाल सरकारले त्यस विषयमा खासै ध्यान दिएन । बरु भारतीय अतिक्रमणविरुद्ध बिनाहस्ताक्षरको एउटा प्रेस विज्ञप्ति निकालेर कानमा तेल हालेर बसेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *