‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
केही देशका राजनीतिकर्मी वा कूटनैटिक व्यक्तित्वहरूले आफूलाई र आफ्नो कौशललाई दुई देशको सम्बन्ध एवम् आफ्नो देशको भाषा र साहित्यको विकासमा ध्यान दिएका उदाहरणहरू छन् । नेपाल ऐकेडेमीका सदस्यमध्ये केही सदस्यहरू एकेडेमीबाट बिदा लिएपछि देशको भाषा, साहित्य र संस्कृतिबारे छलफल र विकासका शब्दहरू सुन्न पनि मन पराउँदैनन् । के प्राज्ञिक व्यक्तित्वहरूको ज्ञान र कौशल संस्थाको पद र पेशाप्रतिमात्रै आभारी हुनु हो ? सत्य यही हो भने पदमा नबसेका प्राज्ञिक व्यक्तिहरूले के देशको भाषा र साहित्यको विकासमा कुनै योगदान पु¥याएका हुँदैनन् ?
नेपालमा कुनै विदेशी दूतावासले नेपाली लेखक, कवि र कलाकारहरूलाई बरोबर रात्री भोज वा स्वागत समारोह नामको ‘जाँड’ पार्टीमा खूब सत्कार गरी साहित्य गोष्ठी, नाचगानका कार्यक्रमहरू आयोजना गरी हाम्रा कति मुर्धन्य व्यक्तित्वहरूको हुर्मत लुुट्दै क्यामरामा कैद गरेका थिए । त्यसबेला एक हजार कपी आफ्ना रचनाहरू छापेर त्यस दूतावासमा पु¥याउँथे र ५०० प्रति लेखकले फिर्ता पाउँथे । बाँकी प्रति दूतावासको सौजन्यबाट नेपाली पुस्तकालयहरूमा आफ्नो छापसहित जिल्ला–जिल्लामा पु¥याइदिने गर्दथे । यस प्रकारको प्रकाशन र ‘मित्र देशको राजदूतावासको सौजन्य’ का कार्यमा राष्ट्रवादी, प्रजातान्त्रिक र प्रगतिशील साहित्यकारहरू पनि थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनापछि हाम्रा लेखक, कवि र कलाकारहरूले आफ्ना रचना प्रकाशन गरी प्रतिष्ठापूर्वक सेवा गर्ने भावनाको एक केन्द्र भएको अनुभव गरेको अनुमान गर्नु स्वाभाविक हो । तर, त्यसबेला दलीय विभेद र खिचातानीभन्दा प्राज्ञिक सूझ र राज्यको केन्द्रको छनौट नै प्राथमिकतामा होला !
कूटनीतिक व्यक्तिहरूले आफू नियुक्त भएका देशसँगको राजनैतिक सम्बन्धलाई विकास गर्दै जाने र तत्तत् देशका जनताको भाषा, कला, संस्कृति, कृषि, उद्योग, विज्ञान–प्रविधिदेखि गुप्तचर विभाग, प्रहरी र सेनासँगको मित्रता एवम् उपलब्धिसमेतलाई लेख तथा संस्मरणमार्फत प्रकाशन गर्ने गरेको इतिहासले बताउँछ । विदेशमा स्थापित हाम्रा नेपाली राजदूतावास राजदूत, महावाणिज्यदूतका र अन्य सक्षम कर्मचारीमध्ये एक प्रतिशतले पनि आफ्ना अनुभवलाई देशकै अनुभवको रूपमा लिपिबद्ध गरेका छैनन् । तर, एक संसदीय समितिले हरेक राजदूत फर्किसकेपछि तिनीहरूको आफ्ना व्यावहारिक अनुभव र दुई देशका सरकारहरूबीचको सम्बन्धबारे दुई पुस्तक लेखाउने र छपाउने निर्णय भएको सुनिन्थ्यो, सायद कार्यान्वयन भने भएको छैन ।
सरकारमा रहेका दलहरूले आफ्ना पूर्वराजदूतहरू कोही नभएको हुँदा त्यतातिर वास्तै गर्ने भएनन् र परराष्ट्र मन्त्रालयमा आफ्नो नातागोता एवम् मन मिल्ने व्यक्ति नभएपछि मन्त्रालय ‘हाम्रो देश’ को एक महत्वपूर्ण फाँट हो भन्ने नसम्झने धेरै राजनैतिक नेता, सांसद, मन्त्री र कार्यकर्ताहरू छन् । प्रश्न परराष्ट्र मन्त्रालय राम्रो छ–छैन भन्ने होइन बरु, यसलाई कसरी सही ठाउँमा पु¥याउने भन्ने हो । देश र जनताको साँस्कृतिक विकासको निम्ति हामीले आफूलाई बिर्सेर ‘यो देश मेरो हो’ र ‘म निःस्वार्थरूपले जनताको सेवा गर्छु’ भन्ने भावनाले काम गर्नु अर्थात् सङ्घर्ष गर्नु आवश्यक छ ।
एउटा देशले सेक्सपियरको एक शतवार्षिकीमा उनका सबै रचनाहरूलाई आफ्नो देशको भाषामा अनुवाद ग¥यो र त्यसबेला तत् देशका लेखक, कवि र कलाकारहरूले तुलनात्मक अध्ययनबारे लेखिएका पुस्तकहरू पनि प्रकाशित गरे । जसरी मानिसको शरीर, मन र मस्तिष्कको निम्ति दाल–भात–डुकूपछि भिटामिनजस्ता वस्तुु आवश्यक हुन्छ, प्रगतिउन्मुख संसारमा आफ्नो देशको साहित्यको उचाइ र सबलताको निम्ति विश्व साहित्यका अब्बल साहित्यको अनुवाद पनि आफ्नो भाषा र साहित्यमा हुनु सान्दर्भिक हुन्छ ।
एउटा देशको एक महावाणिज्यदूतले बङ्गाली भाषा पढे, बङ्गाली साहित्यको अध्ययन गरे र ‘रवीन्द्र सङ्गीत’ बुझे अनि आफ्नो देश फर्केपछि रवीन्द्रनाथ ठाकुरका सबै रचनाहरूको अनुवाद प्रकाशित गराए । यसले दुई देशका जनता र बुद्धिजीवी समुदायको भाषा एवम् साहित्यिक आदान–प्रदानमा योगदान ग¥यो । त्यसो त विभिन्न दशकमा नेपाली भाषामा लक्ष्मीप्रसाद देवकोटा र अन्य अनुवादकहरूले सेक्सपियरका रचना (नाटक) हरू अनुवाद गरेका छन् । तर, आज त्यसको सूची एकेडेमी र साझाको प्रचार पुस्तिकामा समावेश छैनन् । एक जिम्मेवार साहित्यिक प्रकाशन संस्थाले गेटेको ‘फाउस्ट’ को अनुवादकको नाम ‘दमनराज तुलाधर’ लेखेको छ, यो असत्य हो । जापानी भाषाका केही रचनाहरू नेपाली भाषामा प्रकाशित भएका थिए, रवीन्द्रनाथ ठाकुरको जस्तै अन्य बङ्गाली उपन्यासकारहरूको उपन्यास अनुवाद भएका छन् । त्यसबारे पनि कुनै चर्चा सुनिँदैन– सायद हामी सा¥है आत्मकेन्द्रित छौँ वा हामी नेपाली ‘डलर’ का पछाडि छौँ !
लाखौँ नेपाली युवा विदेशमा छन्– पढेलेखेकाहरू पनि । दक्षिण कोरिया, मलेसिया, कतार वा अन्य मध्यपूर्वी देशहरूमा पनि लाखौँ नेपाली छन्– तर, नेपाली पाठकहरूले त्यहाँका अनुवाद साहित्यहरू पढ्न पाएनन् । २–४ वर्ष बसेका एक लाख नेपाली युवामध्ये ५–१० जनाले मात्र त्यहाँका भाषाका उत्कृष्ट साहित्यको अनुवाद आफ्नो भाषामा गरेका भए खुसीको कुरा हुन्थ्यो । बरोबर सत्तासीन नेता र कार्यकर्ताहरू ती देशहरूमा गएर निर्वाचन वा मई दिवसको निम्ति खुला वा गुप्तरूपले चन्दा लिन र घुम्न भने बिर्सदैनन् । तर, ती देशका भाषा, साहित्य, जनजीवन र राजनीतिबारे कुनै जानकारीको सानो वा ठूलो एउटा पनि पुस्तक वा पत्रिका किन नेपाली भाषामा प्राप्त हुँदैन ? के हामी पढे–लेखेका नेपाली युवाहरू अरूकै निम्ति मात्रै काम गर्दै मर्ने भयौँ ? हामीले पनि ती देशका जनतासँग मित्रता गाँसेर नेपाली भाषा र साहित्यप्रतिको आफ्नो कर्तव्य किन पूरा नगर्ने ? के हामी बेलायती र अमेरिकीहरूको मात्रै बन्दुक बोक्ने ‘भाडाका सिपाही’ हौँ ? वा, भारतीय जनताको हत्या गर्न गोर्खालीहरू भारतीय सेनामा बस्न या हाम्रै छिमेकीको हत्या र लडाइँमा सङ्लग्न हुन मात्र हामी बाँचेका हौँ ? हामी सबै मजदुर, किसान, युवा–विद्यार्थी र विदेशी सेनामा बसेका गोर्खालीहरूले आफूले बुझेका र भोगेका विषयका गीत, नाच, नाटक, कथा, उपन्यास र चिठी एवम् विरहका गीतहरू लिपिबद्ध गरेको खण्डमा ती नै हाम्रो जीवनका तस्वीरहरू हुने थिए ।
–(२)–
वैशाख २०२२ सालमा रोयल नेपाल ऐकेडेमी (प्रज्ञा प्रतिष्ठान) बाट प्रकाशित ‘रवीन्द्रनाथ जीवन–स्मृति’ (वि.सं. १९१९–१९४४) रवीन्द्रनाथ ठाकुरको युवा अवस्थाको संस्मरण हो । २९९ पृष्ठको उक्त पुस्तकको अनुवादक माधवलाल कर्माचार्य हुन् । छपाइ पुष्परत्न ‘सागर’ नेपाल प्रिन्टिङ्ग प्रेस, १२२ असन, त्यौड टोल, काठमाडौँ, नेपालको हो । यो पुस्तकले आधा शताब्दीअघिको नेपाली अनुवाद र छपाइबारे एक तस्वीर प्रस्टिन्छ ।
पुस्तकको गाताको दोस्रो पृष्ठमा रवीन्द्रनाथ ठाकुर (वि.सं.१९१८–१९९८) को अत्यन्त संक्षिप्त जीवन परिचय छ । सो अनुसार उनको जन्म कलकत्ताको एक धनाढ्य ‘जमिनदार’ परिवारमा भएको थियो । भारतमा डेढ सय वर्ष अगाडि धनाढ्य परिवारले आफ्ना नयाँ पुस्तालाई बेलायतमा ‘वैरिस्टर’ अर्थात् कानुन पढाउन चाहन्थे । वैरिस्टर नाम र पैसा कमाउन सक्ने पेशा भएकोले त्यसबेला उक्त विषय पढाउने एक प्रकारको ‘फेसन’ चलेको थियो । त्यसको एउटा उदाहरण जवाहरलाल नेहरूका बुबा मोतीलाल नेहरू पनि कानुन व्यवसायी थिए ।
सम्पन्न परिवारले त्यसबेला आफ्ना नानीहरूलाई विद्यालयमा मात्रै होइन घरमै शिक्षकहरूको बन्दोबस्त गरी पाठ्क्रमभन्दा फरक विषय पनि पढाउँथे । त्यसले स–साना विद्यार्थीलाई सा¥है ठूलो बोझ हुन्थ्यो । यसकारण, विद्यार्थीहरू विद्यालयलाई ‘यातना गृह’ को रूपमा लिन्थे । ८–१० वर्ष उमेरका रवीन्द्रनाथ ठाकुरले पनि गणित, इतिहास, भूगोल, चित्रकला, अङ्ग्रेजी, सङ्गीत, प्रकृति विज्ञान, व्यायाम, स्वास्थ्य, कुश्ती आदि गरी झन्डै १० भन्दा बढी विषय पढ्नुपथ्र्यो । विद्यालयमा शिक्षकबाट विद्यार्थीले पिटाइ पनि पाउँथे ।
११ वर्षको उमेरमा रवीन्द्रनाथ ठाकुर आफ्नो बुबासँग हिमालयको घुमफिरमा गए । बुबाको तर्फबाट स्वतन्त्र यात्राको अनुभव गर्न पाउँदा उनले जीवनमा ठूलो परिवर्तनको अनुभव गरे । अन्तरमुखी स्वभावबाट उनी फरासिला र उत्साही किशोरका रूपमा फेरिए ।
यात्रामा हाफ टिकेटले यात्रा गर्दै गर्दा, रेलका कर्मचारी र स्टेसन मास्टरसमेतले त्यसलाई स्वीकार्न मानेनन् । उनको जिउ अग्लो थियो । पुरै टिकटको निम्ति बुबाले दिएको पैसा कटाए । फर्काएका सबै पैसा उनका बुबाले स्टेसनमै फालिदिए । कर्मचारीको सानो चित्त र परिवारको विषयमा गलत समझदारीले स्टेसन मास्टर नाजवाफ भई फर्के ।
रवीन्द्रको जिउ सर्लक्क परेको थियो । १३ देखि १५ वर्षको उमेर सम्ममा उनले ‘गीत–गोविन्द’, ‘महाभारत’, ‘रामायण’, ‘कुमार सम्भव’, ‘शकुन्तला’, सेक्सपियरको ‘मैकवेथ’ को अनुवाद, ‘वङ्गदर्शन’, ‘विषवृक्ष’, ‘चन्द्रशेखर’, ‘प्राचीन काव्यसङ्ग्रह’ आदि प्राचीन र समकालीन लेखक, कवि एवम् नाटककारहरूका रचनाहरू बङ्गाली भाषामा अध्ययन गरे । घरमा संस्कृत भाषाको अध्ययनको कारण पछिसम्म पनि त्यसको राम्रो प्रभाव उनमा रह्यो ।
आठ वर्षको बालक रवीन्द्रनाथले कविता लेखनको प्रारम्भ गरेका थिए भने किशोर र युवा अवस्थामा उप–नामबाट ‘ज्ञानाङ्कुर’ भन्ने मासिक पत्रिकामा कविताहरू छपाउँथे । उनले काव्यबारे लेखिएका समालोचनाहरू अनेक उपनामबाट छपाउँथे । रवीन्द्रनाथकै जेठो दाजु तेजेन्द्रनाथ ठाकुरको सम्पादनमा ‘भारती’ पत्रिका प्रकाशन भयो । माहिला दाजु सत्येन्द्रनाथ ठाकुर अहमदावादमा न्यायाधीश थिए र उनले पनि अङ्ग्रेजी कवि टेनिसनका काव्यको अध्ययन गरे, दाजुको अध्ययनबाट पनि रवीन्द्रनाथ लाभान्वित भए ।
सानोमा विविध प्रभाव
रवीन्द्रनाथ ठाकुरमा अरू देशका युवा कविहरूजस्तै विभिन्न कवि र लेखकको प्रभाव परेको थियो । १७ वर्षको उमेरमा उनलाई घरबाट बेलायत पठाइयो । बेलायतको शिक्षा नीतिमा पनि उनले खोट देखे । १८ वर्षको उमेरमा उनले ‘भग्न हृदय’ काव्य लेखे र त्यसबाट प्रभावित भएर तत्कालीन त्रिपुराको राजाले आफ्ना मुख्यमन्त्री कलकत्ता पठाएर राजालाई ‘साहित्य राम्रो लागेको सन्देश’ पठाएका थिए । २२ वर्षको उमेरमा उनको विवाह भयो । उनी सङ्गीत र साहित्यमा डुबुल्की मार्न थाले । वि.सं. १९४१ मा २३ वर्षको उमेरमा आफ्नी ममतामयी माता कादम्बरीदेवीको मृत्युबाट उनी शोकाकुल भए ।
३० वर्षको उमेरमा उनले आफ्ना साहित्यिक देवताहरू– सेक्सपियर, मिल्टन र वायरनबारे लेखेका थिए । उनले सेक्सपियरको दुःखान्त प्रेमकथामा आधारित ‘रोमियो र जुलियटको प्रेमको उन्माद’ अनि ‘किन्स लियर र ओथेलो’ बारे लेखे । साथै, रवीन्द्रनाथको तत्कालीन बेलायतको गद्य साहित्यमा अनिश्वरवादको ठूलो प्रभाव थियो । त्यो समय जेरेमी बेन्थन (१७४८–१८३२), स्टुअर्ट मील (१८०६–७३) र अगस्टे कौतो (१७९८–१८५६) को युग थियो ।
३० वर्षको उमेरमा रवीन्द्रनाथ ठाकुर बेलायती र आइरियाली गीतहरूको सरलता, मधुरता र कारूणिक रसहरूबाट प्रभावित भए ।
‘काल–मृगया’, ‘गीति नाट्य’ र ‘मायाको खेल’ आफ्नै मौलिक लयमा गीति नाटक लेखे भने सङ्गीतसम्बन्धी पहिलो निबन्ध साहित्यिक सभामा वाचन पनि गरे । उनले विषयवस्तुको गहिराइ र शास्त्रीय तथा आधुनिक सङ्गीतको समिश्रण पनि कलिलैमा अनुभव गरे ।
घरको परिवेश
घरमा आमा–बुबा, दाजु–भाउजू तथा परिवारका सदस्यबीच सङ्गीत र साहित्यिक अध्ययन एवम् चर्चा बरोबर भइरहन्थ्यो । त्यसको प्रभाव आठ वर्षे रवीन्द्रनाथमा पर्नु स्वाभाविक हो ।
समय अगाडि बढ्दै गएपछि रवीन्द्रनाथ ठाकुरले अन्य लेखक, कवि र सङ्गीतकारका रचनाहरूको समालोचनामा आफूलाई संलग्न गराए । वकिमचन्द्र, राजेन्द्रलाल मिश्र, आसुतोष चौधरीलगायत बङ्गाली भाषा र साहित्यमा योगदान दिनेहरूको बारेमा उनले उल्लेख गरी परिचय लेखे । रवीन्द्रकी साहिँली भाउजू पनि एउटा ‘बालक’ पत्रिका प्रकाशित गर्थिन् । दाजु–भाइमध्ये कोही पुराना जहाज किनेर नयाँ बनाई चलाउने, कोही कपडा कारखाना चलाउने आदि व्यवसाय गर्थे । बेलायती उपनिवेशको बेला त्यस्ता देशभक्तिका काम गर्थे तर व्यापारिक कौशलताको अभावमा सबै घाटामा जान्थ्यो ।
रवीन्द्रनाथ ठाकुर आफै एक उदार र भावुक मनका हुँदा त्यसबेला उनी पनि ठगहरूबाट बचेनन् । सपनामा आफू रवीन्द्रकै परिवारको सदस्य भएको, रवीन्द्रको खुट्टाको जलले रोग निको भयो भनी पैसा माग्न आउनेबाट उनी आश्चर्यमा पर्थे ।
जीवन–स्मृति
प्रस्तुत जीवन स्मृतिमा वि.सं. १९१८ देखि १९४२ अर्थात् रवीन्द्रनाथ ठाकुर २४ वर्ष हुँदा सम्मको मात्रै यात्रा रचना आदि हुनुपर्ने हो । तर, यसमा उनको ३० वर्ष वा त्यो भन्दा पछिका केही चिन्तन पनि समावेश छ । किनभने, यसको प्रकाशन १९६९ सालमा भएको पुस्तकको गाताको दोस्रो पृष्ठमा उल्लेख छ । त्यसबेला उनी ५१ वर्षका प्रौढ थिए ।
रवीन्द्रनाथ ठाकुरलाई ‘वैरिस्टर’ बनाउन परिवारले ठूलो मेहनत र खर्च गरेका थिए । तर, बेलायतबाट उनी सङ्गीतका पारखी सङ्गीतज्ञ भई फर्के । सानैदेखि उनलाई शिक्षा र शिक्षालयबारे चित्त नबुझेको हुनाले १९५८ सालमा अर्थात् ४० वर्षको उमेरमा उनले आफ्नै भूमिमा ‘शान्ति निकेतन’ स्थापना गरे । उनी शिक्षालाई प्राकृतिक वातावरणमा हुर्काउन चाहन्थे । त्यही ‘शान्ति निकेतन’ पछि विश्वविद्यालयमा विकास भयो ।
केही समय उनी बेलायती उपनिवेशवादको विरोधमा राजनीतिमा लागे । तर, नेताहरूसँग कुरा नमिल्दा उनी राजनीतिबाट अलग भए । यद्यपि, गान्धीजीसँग उनको मेल थियो । गान्धीजीलाई रवीन्द्रले ‘महात्मा’ नाम दिए भने गान्धीजीले रवीन्द्रलाई ‘गुरूदेव’ को नाम दिए ।
उनले आफ्ना रचनाहरूलाई अङ्ग्रेजी भाषामा उल्था गरे तथा प्रचारप्रसारमा लागे ।
वि.सं. १९७० अर्थात् ५२ वर्षको उमेरमा उनले ‘गीताञ्जली’ गीत सङ्ग्रहमा नोवेल पुरस्कार पाए । त्यसपछि भारत र विदेशमा रवीन्द्रनाथ ठाकुर र ‘गीताञ्जली’ को चर्चा हुँदै गयो । भारतको बेलायती सरकारले उनलाई ‘नाइट’ को पदवी दियो । साथै, कलकत्ता विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधी डि.लिटको उपाधी प्रदान ग¥यो । तर, पञ्जावको जलियाना वाला बागमा अङ्ग्रेजहरूले उपनिवेशवादविरोधी स्वतन्त्र भारतका पक्षपाती जनतालाई सबै बाटाहरू बन्द गरी गोर्खा सिपाहीहरूबाट गोली चलाई सयौँ भारतीय जनताको हत्या गरेको विरोधमा उनले बेलायती भारत सरकारले दिएको ‘नाइट’ पदवीलाई परित्याग गरे ।
नोवेल पुरस्कार प्राप्त भएपछि उनले धेरै देश विदेशबाट निमन्त्रणाहरू पाए । उनले बेलायत, अमेरिका, जापान, चीन, इन्डोनेसिया, दक्षिण अमेरिका, प्रसिया र युरोपेली देशहरूको भ्रमण गरे ।
रवीन्द्रनाथ ठाकुर बेलायती उपनिवेशवादविरोधी सङ्घर्षको सूर्योदयको अगाडि नै जन्मेका थिए र बेलायती साम्राज्यवादको पतनको सुरूआतमा अस्ताए । भारतीय दर्शन, संस्कृत र बङ्गाली भाषाकै माटोमा उनी कविता, गीत, सङ्गीत र साहित्यको आकाशमा उदाएका थिए ।
आफ्नै चिन्तनअनुसार ऋग्वेदिक सभ्यता र ब्रम्हचार्यको अनुशासन पालनामा ध्यान दिँदै उनले शान्ति निकेतनमा ब्रम्हचार्य विद्यालयको कक्षा चलाए । त्यसबेला उनको उमेर ४१ वर्षको थियो । उनले २० वर्ष आफूलाई गीत–सङ्गीतमा डुबाए र ५१ वर्षको उमेरमा ‘जीवन–स्मृति’ को प्रकाशन गरी आफ्नो तपस्या र सङ्कल्पलाई उद्घाटन गरे ।
६० वर्षको उमेरमा उनको ध्यान चित्रकलामा आकर्षित भयो । उनी भन्थे, “कान नसुन्नेले मेरो सङ्गीत सुन्दैन । तर, आँखा नदेख्नेले मेरो चित्र हेर्नेछन् ।” पेरिसमा उनको चित्रहरूको राम्रो प्रदर्शन भयो र रवीन्द्रका कलाको धर्का एवम् रङ्गहरूले कला क्षेत्रमा नयाँ आयाम दिएको माने ।
बङ्गालमा पद्मा नदीको धेरै चर्चा छ । रवीन्द्रनाथ ठाकुरले पद्मा नदीमै आफ्नो डुङ्गे घर बनाएर बीच–बीचको समयबाहेक २० औँ वर्ष त्यसैलाई आफ्नो निवास बनाए । ६९ वर्षको उमेरमा उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको मान्चेस्टर कलेजको हेवर्टमा प्रवचनहरू दिए । ती प्रवचनहरू नै पछि ‘मानिसको धर्म’ शीर्षकबाट पुस्तकाकारको रूपमा प्रकाशित भयो ।
रवीन्द्रनाथबारे थप कुरा
रवीन्द्रनाथ ठाकुरको ‘जीवन–स्मृति’ को अनुवादकोे सबभन्दा राम्रो पक्ष भनेको नेपाली पाठकहरूको निम्ति विक्रम संवत्मा लेखिनु हो । कहिलेकाहीँ विदेशी इतिहासका घटना वा कसैको जीवनीलाई इ.सं.प्रयोग
गर्दा विक्रम संवत् सम्झनुपर्ने हुन्छ । तर, ‘जीवन–स्मृति’ को अनुवादमा सालसमेत विक्रम संवत्मा भएबाट नेपाली पाठकलाई सजिलो अनुभव हुन्छ । यो नै यस पुस्तकको एउटा राम्रो पक्ष हो ।
हरेक पाठकलाई आफ्नो मनपर्ने वा धेरै नाउँ सुनेको लेखकको रचना पढ्न पाउँदा खुशी लाग्नु स्वाभाविक हो । तर, पुस्तकको छपाइ सा¥है नराम्रो हुँदा अर्थात् कुनै पृष्ठमा मसी धेरै भएर पढ्न नसक्नु र कुनै पृष्ठमा मसी नपुगेर पढ्नै गा¥हो हुनुको कारण पाठक छाङ्गाबाट खसेको व्यक्तिसरह हुनेगर्छ ।
यसबारे अनुवादकलाई दोष दिनुभन्दा छापाखाना र पुस्तक छाप्ने संस्थालाई पाठकले सम्झने गर्छन् । धेरै मेहनत गरेर २–४ पृष्ठ पढ्दा पाठक थाकेमा पढ्ने उत्साहको ठाउँमा हतोत्साहले भूमिका खेल्न पुग्नु अस्वाभाविक हुनेछैन ।
धेरै पृष्ठका अन्तिम पङ्क्ति मसी लत्पतिएर पढ्नै नसक्ने खालका छन् । एक वाक्य वा एक पङ्क्तिको एक शब्द मात्र पनि पढ्न सकिएन भने पाठक सा¥है दुविधामा पर्नेछन् र खल्लो लाग्नु स्वाभाविक छ । यस्ता गुनासो गर्ने ठाउँ कम छैनन् ।
साथै, अनुवादमा ‘घर गर्न पुग्यो’, ‘जकडिएको’, ‘रवाफसाथ’, ‘सौँख’, ‘हक्काबक्का हुन गए’, ‘हर्गिज’ जस्ता हिन्दी, उर्दू र फारसी भाषाका शब्दहरूसँग सङ्गत नभएका पाठकलाई अप्ठेरो पर्नु स्वाभाविक हो । तर, ती शब्दका ठाउँमा नेपाली शब्द नपाइने अवश्य होइन । ‘जीवन स्मृति’ छापिएको ५५ वर्षपछि पनि नेपाल साहित्य एकेडेमीले रवीन्द्रनाथ ठाकुरजस्ता शिखर पुरूष अर्थात् कवि, गीतकार, कथाकार, नाटककार, निबन्धकार, उपन्यासकार आदि रचनाका धनी व्यक्तित्वको ‘जीवन–स्मृति’ को नयाँ संस्करण र उनका अन्य रचनाहरू नछाप्नु र ती रचनाहरूबारे छलफल एवम् चर्चा नचलाउनु जिज्ञासु र साधारण पाठकहरूको मनमा नेपाल एकेडेमीप्रति आशा र उत्साहको सञ्चार कसरी हुने होला ?¤ पाठकहरूको आशा र उत्साहलाई मर्न नदिनु एकेडेमीको दायित्व हो । आधा शताब्दी पहिले नै रवीन्द्रनाथ ठाकुरजस्ता शिखर पुरुषको ‘जीवन–स्मृति’ नेपाली पाठकहरूको निम्ति उपलब्ध गराउनुहुने अनुवादक माधवलाल कर्माचार्य धन्यवादका पात्र हुन् ।
×–४–
रवीन्द्रनाथ ठाकुरको जन्म ७ मई १८६१ इस्वीमा भएको थियो । उनी पिता देवेन्द्र ठाकुर र माता शारदादेवीका चौधौँ सन्तान हुन् । १३ वर्षको उमेरमा उनले सेक्सपियरको ‘म्याक्वेथ’ नाटक बङ्गाली भाषामा अनुवाद गरेका थिए । १५ वर्षको उमरेमा उनले ‘ज्ञानाङ्कुर’ मासिकमा आफ्नो ‘वन फूल’ शीर्षकको कविता छपाएका थिए । १७ वर्षको उमेरमा उनी लन्डन विश्वविद्यालयमा भर्ना भए । २२ वर्षको उमेरमा उनको विवाह भयो तर उनको वैवाहिक जीवन मात्र १९ वर्षसम्मको रह्यो । आफ्नो जहान मृणालिनीदेवीबाट उनका रशीन्द्र, समीन्द्र, रेणुका गरी तीन छोरा–छोरी थिए । तर बुबा, छोरी, छोरा र जहान एक–एक गरी कविलाई छोडेर गए ।
तर, महाकवि विचलित भएनन् । त्यतिमात्र होइन– जमिनदारी समाप्त भयो । राजनीतिमा मतभेद भयो । बेलायती उपनिवेशवादको विरोध गर्ने नेताहरू पक्राउ गर्दा महाकविले सरकारलाई निन्दा गरे र बङ्गाल विभाजनको विरोध गरे ।
साम्राज्यवादी र उपनिवेशवादीहरूले आक्रान्त देश र आफ्नो उपनिवेशका जनताको बीचमा धर्म, जात–जाती एवम् भाषा–भाषीहरूमा झगडाको बिउ रोप्ने षड्यन्त्र गरेर जनतालाई आपसमा भिडाउँथे र शासन गर्थे । कतिले नबुझेरै पनि एउटा न एउटाको पक्ष लिएर आँखा चिम्लेर आपसमा द्वेष फैलाउँथे । सन् १९०७ मा उनले ‘गोरा’ नामको एक उपन्यास लेखेर समाजमा धर्म र अन्धविश्वासलाई उदाङ्ग्याउने काम गरे । सन् १९०५–६ मा ‘प्रायश्चित’ र ‘राजा–प्रजा’ नाटकमा समाजवादी विचार प्रचार गरेको पाठकहरू बताउँछन् । उनले १९०९ मा अहिंसात्मक सत्याग्रहको समर्थन गरे ।
सन् १९१० मा उनले ‘गीताञ्जली’ लेखे, १९१२ मा उनले ‘जनगणमन अधिनायक जय हे’ राष्ट्रिय गान लेखे र अखिल भारतीय काङ्ग्रेसले त्यस गीतलाई आफ्नो गीत मान्यो । सन् १९१२ नोभेम्बर १३ मा नोबेल पुरस्कार पाए र शान्ति निकेतन स्थापना गरे । सन् १९१५ मा गान्धीजी अफ्रिकाबाट फर्के र शान्ति निकेतनमा बसे । रूसी लेखक टोल्सटोयसँग गान्धीजीको चिठीपत्र हुन्थ्यो एवम् गान्धीजी र रवीन्द्रनाथ ठाकुरबीच पनि राम्रै सम्बन्ध थियो ।
सन् १९१९ मा पञ्जावको जलियावाला बागमा अङ्ग्रेजहरूले सबै बाटाहरू बन्द गरेर गोर्खाली सेना प्रयोग गरी धेरै महिला र बालबच्चा मारेका थिए । त्यसको विरोधमा उनले अङ्ग्रेज सरकारले दिएको ‘सर’ भन्ने उपाधि त्यागे । सन् १९२५ मा अखिल भारतीय दर्शन परिषद्को सभापति भए । सन् १९२६ मा इटालीको फासीवादी मुसोलिनीको पाहुना बनेर फासीवादी अत्याचारको विरोध र निन्दा गरे ।
सन् १९३० मा पेरिस र मस्को भ्रमण गर्दा आफ्नो चित्रकला प्रदर्शनीहरूमा सहभागी भए । जर्मनीमा उनले वैज्ञानिक आइन्स्टाइनसँग भेटे । रूसको भ्रमणबारे उनले बङ्गाली भाषामै पत्रहरू लेखे, ती पत्रहरू पहिले एक बङ्गाली पत्रिकाले धारावाहिकरूपमा छाप्यो । पछि त्यही पत्रलाई अङ्ग्रेजीमा प्रकाशित गर्दा बेलायती उपनिवेशवादीहरूले रोक लगाएका थिए । ‘रूसको चिठी’ लाई अहिले ‘मजदुर’ दैनिक पत्रिकाले दुई वर्षदेखि नेपाली भाषामा धारावाहिक छाप्दै छ ।
सन् १९३५ मा रवीन्द्रनाथ ठाकुरले जापानी साम्राज्यवादको विरोध गरे । सन् १९४०–४१ मा उनको ८० औँ जन्म दिवस मनाइएको थियो । उनले ‘सभ्यतामा सङ्कट’ शीर्षकको बेलायती शासकको विरोधमा भाषण दिए । ७ अगस्ट १९४१ मा श्रावण पूर्णिमाको दिन १२ बजेर १३ मिनेटमा उनी बिते । उनले भनेका थिए, “यो धर्तीमा म तीर्थाटन गर्न आएको हुँ । यहाँको धुलो, घाँस, माटो र सबै प्रकृतिको काखमा छु ।”
एक अङ्ग्रेजी कवि एच. डभिजले आफ्नो ‘आनन्दको खोजी’ कतिवामा लेखेका थिए, “मैले तिमी (आनन्द) लाई खोज्न धेरै राम्रा ठाउँ घुमेँ र दामी खाना एवम् झिलिमिलिको शरणमा गएँ तर मैले तिमीलाई पाउन सकिनँ । तर, मैले गाउँका घाँसे चौर र प्रकृतिको काखमा तिमीलाई पाएँ ।”
भनिन्छ– रवीन्द्रनाथमा संस्कृत साहित्य, हिन्दू दर्शन, बेलायती सङ्गीत र रोमानी साहित्यको राम्रो प्रभाव छ । माक्र्स र एँगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ पढ्न धेरैले जर्मनी भाषा पढेको चर्चा चलेजस्तै रवीन्द्रनाथ टैगोरको ‘गीताञ्जली’ पढ्न कतिले बङ्गाली भाषा पढेको चर्चा छ ।
रवीन्द्रनाथ ठाकुरको सदा सम्झिरहनुपर्ने एउटा कविता वा गीत छ –
साथी तिमी एक्लै जाऊ
तिमीले बोलाउँदा कोही
तिम्रो सहयोगमा आउँदैनन् भने
साथी, तिमी एक्लै जाऊ
रक्तप्लावित गोडा लिएर
तिमी एक्लै जाऊ, साथी एक्लै जाऊ !
Leave a Reply