‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
‘मजदुर—किसान’ कम्युनिस्ट विचार र सिद्धान्तबाट नेपाली राजनीतिक माटो सिँच्ने वैचारिक ध्वजाको नाउँ हो । माक्र्सवाद – लेनिनवाद तथा माओ त्सेतुङ विचारधारालाई नेपाली परिवेश सुहाउँदो, सरल, वस्तुपरक व्याख्या र विश्लेषण गर्ने र नेपाली सामाजिक, राजनीतिक, आर्थिक वृत्तलाई माक्र्सवादी आँखाले सूक्ष्म अध्ययन गरी उजिल्याउने महत्वपूर्ण दस्तावेजको नाम हो, ‘मजदुर—किसान’ । नेमकिपाको मुखपत्र ‘मजदुर—किसान’ ले सदैव कामदार जनताको आवाज घन्काउँदै छ । नेमकिपाले गर्ने जनसेवा, वैचारिक अडान र निष्ठाको राजनीतिको एउटा दसी हो ‘मजदुर—किसान’ । नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशानिर्देश मात्र गरेन बरु आपूmलाई कम्युनिस्ट भन्ने पुँजीवादी र विदेशी एकाधिकार पुँजीपरस्त पार्टीहरूको वैचारिक दरिद्रता र कुटिल राजनीतिलाई जनतासामु उदाङ्ग्याउन कहिल्यै छोडेन ।
हालै प्रकाशित ‘मजदुर—किसान’ यतिबेला पाठकको हात—हातमा पुगेको हुनुपर्छ ।
नयाँ अङ्कभित्र विगतका अङ्कहरूमा झैँ सामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत छ । विश्वलाई आक्रान्त बनाइरहेको कोभिड–१९ महाव्याधिदेखि संरा अमेरिकी साम्राज्यवादसम्म, मई दिवसदेखि माक्र्स र लेनिन दिवसको स्मरणसम्म, भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीदेखि एमसीसीसम्मका विषयमा नयाँ अङ्क केन्द्रित छ ।
महाव्याधिको रूपमा फैलिएको कोभिड – १९ पहिलो पटक चीनमा पत्ता लागे पनि कोरोना भाइरसको उद्गम अमेरिका नै हो भन्ने थुप्रै तथ्य र तर्क उजागर गरिएको छ । अमेरिकाले कोभिड–१९ विरूद्ध लड्न, मानिसको जीवन बचाउन छोडेर चीनविरोधी, जातीय तथा साम्प्रदायिक भावना फैलाउन खोज्यो । महाव्याधिविरूद्ध विवेकपूर्वक लडिरहेको चीनमाथि हिलो छ्याप्ने काम ग¥यो । कोरोना भाइरसलाई ‘चाइना भाइरस’, ‘उहान भाइरस’ भन्दै सारा दोष चीनमाथि थोपर्ने कुचेष्टा ग¥यो । यस अङ्कमा डीन कूत्जको लीठ निकोल्स उपनामबाट प्रकाशित ‘अँध्याराका आँखाहरू’ नामक उपन्यासको एउटा सन्दर्भ प्रस्तुत छ । सन् १९८१ अगाडि त संरा अमेरिकाको शत्रु रुस थियो । मुखपत्रमा उपन्यासको छलफलले तत्कालीन रुस र अहिलेको चीनलाई एक ठाउँमा राखी विश्लेषण गरेको छ । सम्पादकीयमा प्रस्ट लेखिएको छ — “उहान भाइरसको नाउँबाट चीनमाथि रासायनिक र जीवाणु हतियारको आरोप लगाउने योजना अमेरिकी केन्द्रीय गुप्तचर विभागको धेरै वर्ष पहिलेकै षड्यन्त्र थियो ।” यस अङ्कको विशेष आकर्षण र समसामयिक विषयमा केन्द्रित अन्तर्वार्तामा का. रोहित भन्नुहुन्छ — “अमेरिकी साम्राज्यवाद हातहतियार, युद्ध र विध्वंसको व्यापारी हो ।” चीनको उदयलाई रोक्न व्यापार युद्ध छेडेको संरा अमेरिका आफैँलाई नोक्सान भयो । सन् २०२१ सम्म चीन पहिलो अर्थतन्त्र हुने प्रक्षेपण आफ्नै थिङ्कट्याङकले गरेदेखि ट्रम्प प्रशासन चीनलाई अप्ठ्यारोमा पार्ने असफल प्रयास गरिरहेकै छ । पछिल्लो समय अमेरिकाले चीनविरूद्ध किटाणु युद्ध त छेडेको होइन ? भन्ने प्रश्न सर्वत्र उठिरहेको छ । मुखपत्रमा निर्जला प्रस्ट लेख्छिन् — “अर्थतन्त्र, व्यापार, कूटनीति र राजनीतिक प्रभावमा संरा अमेरिका पछि पर्दै गएको हुँदा आफ्नो सैन्य शक्तिमार्फत संरा अमेरिकी अन्तर्राष्ट्रियरूपले किटाणु युद्धमा गुप्तरूपले प्रवेश ग¥यो ।” यसका थुप्रै आधार तथा प्रमाणहरू मुखपत्रमा छन् ।
महाव्याधिसँग लड्न कुशल नेतृत्व र व्यवस्था खाँचो हुँदो रहेछ । आज चीन र क्युवा विश्व मानवजातिको रक्षार्थ चिकित्सक र मेडिकल सामाग्रीसहित पुग्दै छन् । अन्तर्राष्ट्रिय भावना मनमा लिएर विश्वको सेवामा जुटिरहेका छन् । यस अङ्कमा क्युवाली विदेश मामिला मन्त्रालयको वक्तव्य सङ्कलित छ । वक्तव्यमा लेखिएको छ – “कोभिड–१९ को महामारीविरुद्धको विश्वव्यापी लडाइँमा सहयोग बढाउनुपर्ने र अन्तर्राष्ट्रिय सङ्गठनको भूमिका वृद्धि गर्नुपर्ने समयमा संरा अमेरिकी प्रशासन बहुध्रुवीयतामाथि हमला गर्दै छ ।” वास्तवमै संरा अमेरिका द्वन्द्व, विभाजन, बडाराष्ट्र अहङ्कारवाद हुर्काउँदै छ ।
निर्जलाको यस लेखले कोरिया युद्धपछिको किटाणु युद्धको इतिहास पुनः पल्टाएको अनुभव हुन्छ । संरा अमेरिका आफ्नो प्रभूत्व कायम राख्न र साम्राज्य गुम्न नदिन एसियामा युद्ध निर्यात गर्न षड्यन्त्र गर्दै छ । संरा अमेरिका युद्धपिपासु, क्रुर र मानवताविरोधीको रूपमा संसारमा बदनाम छ । चीनलाई युद्धमा फसाएर चीनको विकास रोक्ने अमेरिकाको नियत महाव्याधिको समयमा अझ प्रस्टियो । निर्जला अझ जोड दिन्छिन् —“ संरा अमेरिका नाफाको निम्ति लडाइँ र लडाइँको निम्ति नाफा चाहन्छ ।” कोेभिड–१९ को सबैभन्दा बढी सङ्क्रमण र मानिसको मृत्यु भएको संरा अमेरिकामा ट्रम्प यतिबेला पनि नाफानोक्सानको हिसाब गर्दै छन् । अमेरिका पहिलो रहनुपर्ने बालहठ गर्दै छन् । त्यसैले होला कार्टुनिस्ट दामोदरजीले मुखपत्रको आवरणमा ट्रम्पलाई महाव्याधि–२०२० को तक्मा भिराइदिनुभएको छ । ट्रम्पको अहङ्कार र गैरजिम्मेवारीले पराकाष्ठा नाघेकोमा आक्रोश पोखिएको छ ।
‘केही असमझदारीहरू’ शीर्षकमा क्रिश्चिनाको लेखमा ट्रम्पलाई संसारले हेर्ने दृष्टिकोण अभिव्यक्त छ । अनुशासनहीन, घमण्डी, सङ्कीर्ण, जातिवादी, अशिष्ट ट्रम्प कलङ्क साबित हुने
विश्लेषण छ । क्रिश्चिना लेख्छिन् — “ व्यापारीहरूलाई राजनीतिक पदमा राख्दा आफ्नै व्यापारको नाफानोक्सानलाई प्राथमिकता दिई देश र जनतालाई खाल्डोमा पार्न सक्छन् ।” ट्रम्पमात्र होइनन् उनका परराष्ट्रमन्त्री माइक पोम्पेओ पनि उस्तै छन् । पोम्पेओबारे वासिङ्टन पोष्टको भनाइ दिइएको छ —“अमेरिकी इतिहासमा सबभन्दा पतित विदेशमन्त्री पोम्पेओ, कार्यकुशलतारहित खत्तम विदेशमन्त्री” । सम्पूर्ण ट्रम्प प्रशासन नै जसरी पनि आफ्नो एकहत्ती कायम राख्न लागिरहेको प्रस्ट शब्दचित्र कोरिएको छ ।
साम्राज्यवादी अमेरिका कोभिड–१९ सँग लड्न असमर्थ भइरहँदा समाजवादी चीनको प्रयास भने सफल रह्यो । आज देखिएको चीनको सफलतामा इतिहासको देन पक्कै छ । अध्यक्ष माओ त्सेतुङले रोप्नुभएको समाजवाद र क्रान्तिको बिउ आज हुर्कंदै गरेको हामी देख्दै छौँ । यस अङ्कले माओलाई पनि सम्झेको छ । माओको सङ्क्षिप्त व्यक्तित्व चर्चासँगै माओको कृति ‘दर्शनबारे पाँच कृतिहरू’ को मिहिन छलफल प्रस्तुत छ । दर्शन, व्यवहार, अन्तरविरोध, विचारको प्रादुर्भाव र प्रचार कार्यबारे माओको विचारलाई अत्यन्त व्यवस्थित र सुन्दर ढङ्गले बसन्तीले प्रस्तुत गरेकी छन् ।
महाव्याधिसँग लड्न कुशल नेतृत्व र व्यवस्था खाँचो हुँदो रहेछ । आज चीन र क्युवा विश्व मानवजातिको रक्षार्थ चिकित्सक र मेडिकल सामाग्रीसहित पुग्दै छन् । अन्तर्राष्ट्रिय भावना मनमा लिएर विश्वको सेवामा जुटिरहेका छन् । यस अङ्कमा क्युवाली विदेश मामिला मन्त्रालयको वक्तव्य सङ्कलित छ । वक्तव्यमा लेखिएको छ – “कोभिड–१९ को महामारीविरुद्धको विश्वव्यापी लडाइँमा सहयोग बढाउनुपर्ने र अन्तर्राष्ट्रिय सङ्गठनको भूमिका वृद्धि गर्नुपर्ने समयमा संरा अमेरिकी प्रशासन बहुध्रुवीयतामाथि हमला गर्दै छ ।” वास्तवमै संरा अमेरिका द्वन्द्व, विभाजन, बडाराष्ट्र अहङ्कारवाद हुर्काउँदै छ ।
कोभिड – १९ सँगै उदाङ्गो भएको ट्रम्प र संरा अमेरिकी साम्राज्यवादी नीति पुष्टि हुने प्रज्ज्वलको लेख अत्यन्त जानकारीमूलक छ । साथै, यशराजले साम्राज्यवादको घृणित रूप उदङ्ग्याएका छन् । त्यतिमात्र होइन उनले क्युवा र चीनको सराहनीय भूमिकाको चर्चा गरेका छन् ।
कोरोना भाइरसले सी चिङफिङ्को विश्व दृष्टिकोण फेरिने छैन भन्दै निर्जलाले एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अध्यक्ष एवम् अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडको सी चिङफिङ्माथिको आरोपहरूलाई तर्कपूर्ण ढङ्गले खण्डन गरेकी छन् । आफूसँग विकासोन्मुख मुलुकहरूलाई आर्थिक विकास र समृद्धिको मार्गमा डो¥याउन सी चिङफिङ्को विचार र चीनको ‘एक क्षेत्र एक मार्ग अगुवाइ’ बाट विश्वलाई नै अघि बढ्न, सहकार्य गर्न मद्दत मिल्नेछ । मुखपत्रमा महामारीविरूद्ध अन्तर्राष्ट्रिय सहकार्यबारे नेमकिपासहित संसारका २३० राजनैतिक दलको संयुक्त आह्वान सङ्ग्रहित छ ।
साम्राज्यवाद पाइला–पाइला गरी हार्दै गइरहेको छ । महाव्याधिको परिदृश्यले पनि त्यही पुष्टि ग¥यो । का. रोहितले भन्नुभएजस्तै यो शताब्दी साम्राज्यवादको अन्त्यको शताब्दी हुनेछ । यो शताब्दी सामाजवादको शताब्दी हुनेछ ।
‘मजदुर–किसान’ ले यो वैशाख महिनामा परेका विशेष दिनहरूलाई सम्झेको छ । १३१ औँ मई दिवसबारे सामयिक विचार सम्पादकीयमा छापिएको छ । १५० औँ लेनिन दिवसको स्मरणमा नरेन्द्रजीले लेनिनको साम्राज्यवादविरोधी विचार, साम्राज्यवादको पतन र समाजवादी क्रान्तिको अपरिहार्यताबारे लेनिनको शिक्षा प्रवाह गर्नुभएको छ । लेखबाट लेनिनको पुस्तक ‘साम्राज्यवाद, सर्वहारा सामाजिक क्रान्तिको पूर्वसन्ध्या’ अध्ययन गर्न पाठकलाई उत्साह मिल्नेछ । २०२ औँ माक्र्स दिवसको सम्झना गर्दै यो शताब्दीमा कार्ल माक्र्सको पुँजीको सान्दर्भिकताबारे टर्कीको मजदुर पार्टी – इएमइपीले २ वर्ष अगाडि प्रकाशन गरेको लेखलाई यस अङ्कमा समावेश गरिएको छ ।
यीबाहेक कोभिड–१९ सँग सम्बन्धित अन्य रचनाहरू, एमसीसीको विरोधमा नेमकिपाले जारी गरेको विरोधपत्र र प्रदर्शनीका जीवन्त तस्बिर छापिएका छन् । त्योसँगै भारतीय विस्तारवादले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गरेको सिमा अतिक्रमण तथा हस्तक्षेपको विरोधमा आयोजित ¥याली र भारतीय दुतावासमा धर्ना कार्यक्रमका तस्बिरहरूले मुखपत्रलाई सजिव बनाएको अनुभव हुन्छ ।
समग्रमा हरेक अङ्कझैँ ‘मजदुर–किसान’ को यो अङ्क पनि पठनीय र सङ्ग्रहणीय छ । का. रोहितलगायत स्रष्टाहरूका सशक्त लेख–रचनाहरूबाट कार्यकर्ताहरूलाई वैचारिक खुराक त मिल्छ नै साथै अन्य पाठकहरूलाई ऊर्जा प्राप्त हुनेछ । बौद्धिक समुदायले यो अङ्कलाई छलफलको टेबुलमा राख्ने पक्का छ र विश्वव्यवस्थासँग जोडिएका विचारहरू मनन गर्नेछन् । अध्ययन गोष्ठी र अन्तरक्रियाले ‘मजदुर–किसान’ को सूक्ष्म अध्ययन एवम् स्पष्टता सम्भव तुल्याउने हुँदा यो प्रतिकूल समयमा आधुनिक प्रविधिमार्फत कार्यक्रम हुनसके राम्रो हुनेछ । मुखपत्रको आवरण रोचक र आकर्षक, साजसज्जा प्रशंसनीय, मुद्रण राम्रो अनुभव हुन्छ । ‘मजदुर–किसान’ नियमित प्रकाशनको लागि शुभकामना !
Leave a Reply