भर्खरै :

नयाँ नक्साको प्रकाशनपछिको छलफल

जेठ ५ गते नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नक्सा प्रकाशन ग¥यो । गत कार्तिक महिना (सन् २०१९ को नोभेम्बर २) मै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आप्mनो नक्सामा पारेर नयाँ नक्सा प्रकाशन गरेको थियो । त्यत्तिबेला नै नेपाल सरकारले आफ्नो भूमिसहितको नक्सा निकाल्नुपर्ने थियो । ढिलै भए पनि वा झन्डै ८ महिनापछि नक्सा प्रकाशन गर्नु राम्रै हो । विपक्षी राजनैतिक दलका आन्दोलन र सङ्घर्ष, भैरव रिसालको अगुवाइमा सीमा बचाउ अभियानको दौडधुप र आन्दोलन तथा विभिन्न अभियन्ताहरूको आन्दोलन र जनदबाबको कारणबाट नयाँ नक्सा प्रकाशित गर्न नेपाल सरकार बाध्य भएको हो ।
नेमकिपाले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नक्साको उपलब्धि बोकेर भारतीय अतिक्रमणविरोधी सङ्घर्ष जारी राख्ने नीति लियो । जेठ ६ गतेको मजदुर दैनिकमा सरकारले जारी ग¥यो लिम्पियाधुरासहितको नक्सा, उपलब्धि बोकेर भारतीय अतिक्रमणविरोधी सङ्घर्ष जारी राख्न आवश्यक शीर्षकमा समाचार विश्लेषण छापियो । उक्त समाचारमा भनिएको छ, “सोमबार सरकारले लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्नुलाई देशभक्त नेपाली जनताले सकारात्मकरूपमा लिएका छन् । तर, नक्सा निकाल्नु भारतले नेपाली भूमिमाथि अतिक्रमणको विरोधमा नेपाली जनताको आन्दोलन एउटा प्रारम्भिक प्रस्थानबिन्दुमात्र हो । सो क्षेत्रमा भारतले तैनाथ गरेका आप्mना अर्धसैनिक बलका शिविर हटाउने, भारतीय पक्षबाट कुनै पनि खालको भौतिक निर्माण रोक्ने अथवा सो भूमिलाई भाडामा दिने वा लिने प्रस्तावको विरोधमा नेपाली जनताको आन्दोलनलाई भने चालू राख्नुपर्छ ।”
पत्रकार समाज नेपालको आयोजनामा जेठ ३ गते शनिबार अनलाइन प्रवचन भएको थियो । सो प्रवचनबारे जेठ ४ गतेको मजदुर दैनिकमा ‘हतियार र सैन्य शक्तिले जित्दैन सबै लडाइँ’ शीर्षकमा समाचार छापिएको थियो । सो कार्यक्रममा वक्ताहरू नारायणमान बिजुक्छेँ, प्रेम सुवाल, भैरव रिसाल, बुद्धिनारायण श्रेष्ठ र रतन भण्डारी हुनुहुन्थ्यो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले भारतीय सेना प्रमुखले नेपाललाई अरु कुनै देशले उक्साएको हुनाले लिपुलेकमा भारतले निर्माण गरेको सडकको नेपालले विरोध गरेको भनाइलाई लिएर सेना प्रमुखले बोल्ने होइन र भारतीय प्रधानमन्त्री मोदीले बोल्ने हो भनी हतियार र सैन्य शक्तिले सबै लडाइँ जितिँदैन भनी चुनौती दिनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले देशको सिमाना रक्षाको लागि सुरक्षाकर्मी नपुगेको बेला पूर्वपदाधिकारीहरूको सुरक्षाको नाममा खटिएका सबै सुरक्षाकर्मी र औद्योगिक क्षेत्रहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी जवानहरूलाई सीमा सुरक्षामा खटाउनुपर्ने र आवश्यक परेमा नेपाली सेनालाई पनि नेपालको सीमा रक्षाको लागि परिचालन गर्ने कुरा औँल्याउनुभयो ।
वरिष्ठ पत्रकार एवं सीमा बचाउ अभियानका अगुवा भैरव रिसालले भारतीय सेना प्रमुखको भनाइ केटाकेटीपन भएको विचार राख्दै मौन र भद्र कूटनीतिले मात्र काम नगरेकोले ह्यान्ड ब्रेक कूटनीति प्रयोग गरेर नेपालको भूमि फिर्ता लिनुपर्छ भन्नुभयो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतद्वारा लिपुलेकमा निर्माण गरिएको कार्य रोक्न आजै नेपालका प्रधानमन्त्री ओलीले ह्यान्ड ब्रेक कूटनीति प्रयोग गरी फोनवार्ताबाटै सडक निर्माण कार्य तत्कालै बन्द गर्नुपर्छ भन्नुभयो ।
सीमा अध्येता रतन भण्डारीले कहिले लिपुलेक कहिले कालापानी र लिम्पियाधुरा त कहिले सुरक्षा क्याम्पको मात्र होइन, अब नेपालले समग्रमा त्यो क्षेत्रको कुरा गर्नुप¥यो भन्नुभयो ।
गत मंसिर ७ गते शनिबार (2019 Nov 23) ओम इन्टरटेन्टमेन्टले प्रसारण गरेको माइती घर मण्डलामा भएको जनसभा र उक्त जनसभापछि भारतीय राजदूतावासमा तारबार घेर्ने कार्यक्रम रहेकोमा स्वागत नेपालले नारायणमान बिजुक्छेँ र चित्रबहादुर केसीलाई सर्वदलीय बैठकमा नबोलाइएको हुँदा सार्वभौमसत्ता बेचिखाने देशद्रोहीहरूको मात्रै सर्वदलीय बैठक बसेको, भारतीय राजदूत र राजदूतावासका भारतीय कर्मचारीहरूलाई ७२ घण्टाभित्र नेपाल छाड्नुपर्ने नेपाल सरकारसँग माग गर्नुभयो ।
एभरेस्ट नेपालको जेठ ९ (2020 May 22)  गतेको अन्तर्वार्तामा भरत दाहालले नेपाली सेनालाई इजरायल, प्रजग कोरियाजस्तो अत्याधुनिक हातहतियारबाट सुसज्जित राख्ने विचारलाई समर्थन गर्दै नागरिक प्रतिरोध प्रणालीको विकास नगरेसम्म भारतजस्तो शक्तिशाली देशलाई पराजित गर्न नसक्ने कुरा बताउँदै भारतले नेपालको भू–भागमा बाटो निर्माण गर्दै उद्घाटन गर्दा युद्ध हुनु स्वाभाविक भएको बताउनुभयो ।
दैनिक न्युज नेपालको जेठ ९ (2020 May 22) गतेको अन्तर्वार्तामा अधिवक्ता बालकृष्ण न्यौपानेले जनदबाबको कारण सरकारद्वारा नयाँ नक्सा जारी भएको बताउनुभयो ।
टीभी नेपालको जेठ १० (2020 May 23) गतेको अन्तर्वार्तामा नेपाली महाअभियानका अभियन्ता पुण्यप्रसाद प्रसाईले बाबुराम भटट्टराई, सरिता गिरी, सुजाता कोइराला, डा. सुन्दरमणि दीक्षितहरू भारतबाट मासिक तलब बुभ्mनेहरू हुन्, तथ्य–प्रमाणको आधारमा तिनीहरूको नामावली प्रकाशित गरेर तिनीहरूलाई जेलमा थुनेर कोर्रा लगाउने कानुन पारित गर्नुपर्छ, भन्नुभयो ।
भृकुटी अनलाइन टीभीको जेठ ११ (2020 May 24) गतेको टेलिफोन अन्तर्वार्तामा बोर्णबहादुर कार्कीले नक्सामा राष्ट्रवादी देखिए पनि एमसीसीमा ठूलो देशद्रोह हुन लागेको र सीआइएको एउटै मिसनमा एमसीसी पास गर्न लागेको उल्लेख गर्नुभयो ।
दैनिक न्युज नेपालको जेठ १२ (2020 May 25) गतेको अन्तर्वार्तामा फणीन्द्र नेपालले नयाँ नक्सा प्रकाशनमा देशभक्ति देखिए पनि एमसीसी पास गर्न भित्रभित्रै षड्यन्त्र गरिरहेकोले अब ओलीको सुरुवालको टुना खुस्किनमात्र बाँकी रहेको र एमसीसी पास हुनेबित्तिकै टुना खुस्केर नाङ्गेझार हुने बताउनुभयो ।
नेपालको सिमाना र भारतले नेपालमाथि गरिरहेको अतिक्रमणको विषयमा यतिबेला विभिन्न सञ्चारमाध्यम र बुद्धिजीवीहरूबीच खँदिलो अन्तरक्रिया भइरहेको छ । नयाँ नक्साको प्रकाशनलाई सबैले स्वागत गरे पनि सत्तासीनहरूको आत्मसमर्पणवादी चरित्रको कारण भोलि कुनै पनि बेला यिनीहरू भारतीय शासकसामु लम्पसार पर्नसक्नेबारे सबै सचेत हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *