भर्खरै :

खोजेको के भइरहेछ ?

संरा अमेरिका नेपाललाई हेर्दा पहिलो नजरमा चीनसँग टाँसिएको मुलुकको आँखाले हेर्छ र नेपाल पस्दा भारत भएर पस्ने रणनीति बनाउँछ । भारत अझ मोदी शासित अमेरिका यस्तो नीतिको आँखा चिम्लेर समर्थन गर्छ । स्वतन्त्र, स्वायत्त, स्वाधीन, सार्वभौम देश नेपाल जो गएको भए पनि दृष्टिकोण मन पराउँदैन र विरोध गर्छ । यहाँ नेपाल भनेको सचेत, स्वाधीन र संवेदनशील नेपाल र नेपाली हो । संसारमा आफ्नो विशाल उपनिवेश कायम हुँदा र विशाल भारत आफ्नो उपनिवेश कायम रहँदा ब्रिटिश सरकार तिब्बत प्रवेश गर्न खोज्दा नेपाल उसको आँखामा परेको हो । तिब्बत अत्यन्त प्राचीन सभ्यता र यथेष्ट सम्पदा भएको देश हो भन्ने मान्दथ्यो ब्रिटेन । आफ्नो स्वार्थ सिद्धिका निम्ति नेपाललाई प्रयोग गथ्र्यो ग्रेट ब्रिटेन । शाहकालीन नेपालमा ब्रिटिश सरकारले तिब्बतको त्यति सारो भेउ पाइसकेको थिएन क्यार ¤ तसर्थ ब्रिटिश रेजिमेन्ट–राजदूत–तिब्बततर्फ आँखा गाड्दैनथे । दरबारकै जोडानी र फुटानीमै र दरबारको अन्तःकलह र अन्तरविग्रहमा रूचि राख्थे । अब जङ्गबहादुरले सत्ता कब्जा गरेपछि र नेपाल–तिब्बत लडाइँहरू पछि ब्रिटेनको आँखा तिब्बततर्फ बढी केन्द्रित हुनलागेको हो । बेलायती यति धेरै खेल्ने ¤ नेपाल र तिब्बतबीच लडाइँ चर्काउन र मत्थर पार्ने भूमिका पनि खेल्न सिपालु । यो इतिहास कति लिखित र कति अलिखित पढ्यो, विश्लेषण ग¥यो भने सजिलै सजिलै थाहा हुन्छ ।
शक्तिकेन्द्र परिवर्तन
तर राणा शासकहरू सा¥है चतुर र चलाख । त्यसैले नेपाल–तिब्बत सम्बन्धका, अन्तस्करणका गुह्य अङ्ग्रेज सरकारलाई नखोल्ने, खोल्दै नखोल्ने बोक्रा कुरामा अल्मल्याउने । अब तिब्बतको स्वतन्त्र अस्तित्व समाप्त भयो । तिब्बत विशाल चीनको स्वायत्त राज्यको हैसियतमा उभियो । एउटा रहस्यमय आकर्षण दलाइ लामा तिब्बतबाट अति धेरै अमूल्य सम्पदासहित पलायन भए दिल्लीमा, आश्रयमात्र लिएनन् प्रवास सरकार नै चलाई आएका छन् । दोस्रो विश्व युद्धपछि पश्चिमी विश्वको परिस्थितिमा व्यापक परिवर्तन आयो । शक्ति केन्द्र युरोपको बेलायत, स्पेन, पोर्चुगल, फ्रान्सबाट संरा अमेरिकातर्फ स¥यो । सोभियत सङ्घको विघटन गर्न सफल भयो साम्राज्यवाद । यता चीनमा माओ त्सेतुङको नेतृत्वमा नयाँ शक्ति स्थापित भयो । भारत र वरपरबाट अङ्ग्रेज शासन निष्काशन भयो । अब अमेरिकन शक्ति विश्व शक्तिको केन्द्र बन्न लाग्यो । आजको विश्व यस्तै अवस्थामा छ । अहिलेसम्म विश्वको प्रमुख शक्ति संरा अमेरिका थियो । अब चीन विश्वको प्रथम शक्ति हुने दौडमा छ । भारत दोस्रो हुने तरखरमा छ । को के हुन्छ भनिहाल्न सहज छैन । अमेरिका अस्ताउँदो अवस्थामा छ भने चीन उदाउँदा रूपमा छ होला । तर, प्रतिस्पर्धा ठुलै रूपमा छ ।
म जन्मँदा दुई अर्ब मान्छे
विश्वको यो परिवर्तनको प्रसङ्गमा अहिलेको स्थिति झन्डै विस्फोटक बिन्दुमा पुगेको भान हुन्छ । अब चीन शक्तिशाली भइरहेको अवस्था, शक्तिशाली शक्ति केन्द्रलाई पाच्य नहुनु अस्वाभाविक हुँदै होइन । चीन उदाउँदो दिशातर्फ उन्मुख छ । यो स्थिति संरा अमेरिकाका निम्ति नितान्त प्रिय छैन । अमेरिकाको प्रतिस्पर्धामा उभिनु ठट्टा थिएन । तर, चीन भगीरथ प्रयत्नमा जुटेको छ । यो अहिलेको कोभिड–१९ ले झन्नै खतराको छन्द बनाइदिएको छ । यो महामारीको अन्त भएपछि सात अर्ब ६० करोड भन्दा बढी सङ्ख्या भएको मान्छे वा जनसागरको अवस्था कस्तो होला ? विश्लेषण गर्ने र भविष्यवाणी गर्ने अवस्थामा कोही पनि छैन । वैज्ञानिकहरू भन्छन्, पृथ्वीमा मानव प्रजाति स्थापित भएर दुई खुट्टामा ठाडो उभिएर हिड्डुल गर्न थालेको दुई लाख वर्षपछि बल्ल एक अर्ब पुगेको थियो रे मान्छे जाति यो पृथ्वीमा । तर मान्छेको प्रजाति यति बुद्धि खेलाउने भो अर्को १२३ वर्षमा नयाँ एक अर्ब मान्छे थपिएछ । अब मान्छे जाति दुई अर्ब पुग्यो । एक अर्ब पुग्न दुई लाख वर्ष लागेको युग र १२३ वर्षमै दुई अर्ब पुग्नु भनेको आश्चर्य होइन र ? मान्छेको सङ्ख्या दुई अर्ब सन् १९२७ मा पुगेको हो । विसंमा हिसाब गर्दा १९८४÷८५ पर्दोरहेछ अर्थात् म जन्मेको साल । म जन्मेको विसं १९८५ साउन २९ गते हो । म तीन अर्ब मान्छे पुग्ने बेला जन्मेको हुँ । अब यो जनसङ्ख्या सलहझैँ बढ्न थालेछ । मैले २०१८ सालमा कालापानी–लिपुलेक–लिम्पियाधुरातिरका नावी, कुटी, गुञ्जीतिर जनगणना गराउँदा विश्वको जनसङ्ख्या तीन अर्ब पुगेछ ।
नयाँ विषाणु भाइरसले तोवा तोवा
अर्को १ अर्ब मान्छे थपिन ३३ वर्षमात्र लागेछ । कताको दुई लाख वर्ष, कताको १२३ वर्ष र कताको ३३ वर्षमा नै एक अर्ब मान्छे बढेको पृथ्वीमा ¤ अब अहिले यो पृथ्वीमा ७ अर्ब ६० करोडभन्दा बढी जनसङ्ख्या पुगेको छ । विज्ञहरूका अनुसार आजको मान्छेले यो पृथ्वीको ७५ प्रतिशत भूभागलाई आफ्नो अनुकूल हुने गरी परिवर्तन गरिसकेको छ । आजको मान्छेले पृथ्वीको माटोमात्र अनुकूल बनाएन जलमण्डलको ६६ प्रतिशतसमेत मानव क्रियाकलापको वातावरणीय प्रभावले प्रदूषित भइसकेको छ । सिमसार क्षेत्रका ८५ प्रतिशत भूभाग विनाश भइसकेको छ । जल र स्थलको मिलन हुने ठाउँलाई सिमसार भनिन्छ । सिमसार क्षेत्र चराहरूका निम्ति पाँचतारे होटल हो । बसाइ सर्ने नभचर (चरा) हरू साइवेरियादेखि लामो यात्रामा जाँदा वासस्थान सीमसार क्षेत्रमा हुने गर्छ । तर, अब सिमसार क्षेत्र व्यापकरूपमा मासिएको कारण चराहरूको वासस्थान र आश्रयको सङ्कट हुनलागेको छ । यो विश्वमा मानव क्रियाकलापको प्रतिकूल प्रभावले गर्दा पृथ्वीको जीवमण्डलबाट १० लाख जीव प्रजाति (जीव वनस्पति र पशुपक्षी) लोप हुने खतरामा रहेका छन् भनिन्छ । जलवायु परिवर्तनका कारण परिस्थितिकीय अवस्थामा समेत प्रतिकूल प्रभाव परिरहेछ । कार्वन सञ्चय अधिक हुँदा वायुमण्डल नै प्रदूषित भएको छ । यी सबैका कारण आज यो विश्वमा नयाँ विषाणु भाइरसले आजको मानव समाज तोवा तोवा भइरहेको छ । मान्छेले आफ्नै लागि खाडल खन्दै छ ।
विस्मृति रोग कि उपेक्षा ?
आजको अर्को प्रसङ्ग । भारतका प्रतिरक्षामन्त्री राजनाथसिंहले मुख खोले । उनले भने “नेपालसँगको लिपुलेकलगायतको सीमा विवाद संवादबाट समाधान हुन्छ ।” यो कुरा उनले भारतको टीभी च्यानल आजतकलाई अन्तर्वार्ता दिँदै भनेछन् । नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको धारणा पनि व्यक्त गरेछन् । नेपाल र भारतबीचको ५७ वर्ष अघिदेखिको लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्तालगायत ७१ ठाउँभन्दा पनि धेरै ठाउँको सीमा विवादलाई भारत सरकार सुनेको नसुन्यै गर्दै आएको थियो । बल्ल उच्च तहका नेताले मुख खोले । यो मौन भङ्गलाई पनि चर्चा गर्नुपर्ने बेला आउँदोरहेछ । भारतका यिनै वरिष्ठ मन्त्री हुन् जसले गएको वैशाख २६ गते नेपालको अतिक्रमित भूमि दार्चुलाको पिथौरागड–लिपुलेक सडकको उद्घाटन गरेका थिए । यो सडक चीनको मानसरोवरसम्म जोड्ने लिङ्क रोडको रूपमा निर्माण भइरहेको छ । त्यो भूमि सुगौली सन्धिअनुसार नेपालको हो भन्ने स्पष्ट जान्दाजान्दै पनि र नेपालले आपत्ति जनाउँदा जनाउँदै पनि किन उक्त सडक बनाए ? किन उद्घाटन गरे ? त्यो राजनाथ नै जानून् । कति मीठो र सुन्दर व्यङ्ग्य नेपाल र भारतबीच भाइ–भाइको सम्बन्ध रहेको पनि उल्लेख गर्न भुलेनछन् । समस्या जो खडा छ – लाई बिर्सेजस्तो गरेर भनेछन्, “कुनै समस्या छ भने वार्ताबाटै समाधान खोजिने छ ।” के साँच्चै समस्या छ भन्ने कुरो बिर्सेकै हो कि ? पछि बिर्सेकै हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान जानुप¥यो र विस्मृति (अल्जाइमर) रोग लागेको हो भने चाँडो उपचार थाल्नुप¥यो । विस्मृति रोग लागेको मान्छे रक्षामन्त्री ? बर्बाद गर्लान् । होइन भने नेपालप्रतिको उपेक्षा हो यो ।
यही हो भारतको संस्कृति र संस्कार ?
प्रतिरक्षामन्त्री राजनाथले वार्ताबाटै सीमा विवाद समाधान गर्न सक्ने बताए पनि उनको सरकारले वार्ताको लागि चासो देखाएको देखिएकै छैन । अझ उल्टो नेपालले सो सडक उद्घाटनको विरोध गर्दागर्दै नै द्विपक्षीय बैठक डाक्न आग्रह गर्दागर्दै नेपाल थाकिसक्यो । यता भारत कोभिड–१९ महामारी नियन्त्रणपछि मात्र बैठक डाक्न सकिने कुरा गरेर नेपालको कुरो सुनेकै होइन । अझ उल्टो मातहतको सेना त्यही सेनाका प्रमुखले त चीनको इसारामा नेपालले विरोध गरिरहेकोसम्म भने । के उनको सेनाप्रमुख यति तल्लो तहमा ओर्लेर त्यस्तो कुरा गर्नुहुन्छ ? यही हो मित्रता ? यही हो भारतको सभ्यता र संस्कृतिले सिकाएको कुरा ? यही हो भारतको परिचय ? यसले भारतको उच्चतम सभ्यता, संस्कृति र संस्कारलाई रसातलमा पु¥याएन र ? भारतले गएको १६ कार्तिकमा हाम्रो नेपालको भूमि अतिक्रमण गरी त्यो क्षेत्रसमेतको नक्सा सार्वजनिक ग¥यो । नेपालले त्यो थिचोमिचोको तीव्र विरोध ग¥यो । फेरि अर्को हप्ता काली–महाकाली नदी नभएको अर्को नक्सा निकाल्यो । यसपछि गएको २६ वैशाखमा त नेपालको जमिनमा बनाएको सडक नै उद्घाटन गरेर मित्रताको उल्टो काम गरिरहेको छ भारत सरकार । साँच्चै भारत सरकार के चाहन्छ नेपालबाट ? त्यो स्पष्ट भए वार कि पार लाग्थ्यो । यस्तो न मैत्री न अमैत्रीको वातावरणको मित्रता कसरी फस्टाउँछ ? राजनाथजी कम्तीमा पनि नेपाल–भारत मैत्रीको परिभाषा बुझुन्हुन्छ । लौ न अगुवाइ गर्नोस् ।
एमसीसी पास गराउलान् है ?
वर्तमान सरकार कसको सरकार हो गम्भीर प्रश्न उठेको छ । एसियाको यो दक्षिणपूर्वी पाखेलाई चीनविरूद्ध घेर्ने अमेरिकी रणनीतिअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसीको नाममा अमेरिकी एउटा योजना ल्यायो संरा अमेरिकी सरकारले । त्यो योजनाको समर्थन ग¥यो नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा सरकारले । रात–दिन नभनी दौडादौड गर्दै अमेरिका पुगेर देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सन्धिमा हस्ताक्षर गरेर आए । उक्त सन्धि वा प्रस्तावको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकले विरोध ग¥यो र परिमार्जन गर्न नेकपाले नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेता भीम रावलसहितको एउटा समिति बनायो । सो समिति पनि अहिले जस्तो छ त्यसै रूपमा परिणत हुनुहुँदैन भन्नेमा पुग्यो । तर, वर्तमान ओली सरकारले जस्ताको तस्तै रूपमा त्यो विधेयक पारित हुँदैन भनी अडानमा छन् । नेपाल हो सकेसम्म साम, दाम, दण्ड र भेद जे गरेर भएपनि त्यो एमसीसी वर्तमान सरकारले छुट्टै विधेयक पारित गर्दैन भन्ने लाग्यो होला र बजेटमा अन्तर्घुलन गरिकन बजेटका गोलमाल गरी घुसाइ ल्याइएको छ । यस्तो महत्वपूर्ण विधेयक छुट्टै विधेयकका रूपमा प्रस्तुत हुनुपर्नेमा गोलमाल गरी बजेटमै मिसाएर प्रस्तुत भएको छ । यो विधेयक छुट्टै प्रस्तुत हुनुपर्छ । अब अहिले बजेट त पारित हुनैपर्छ । बजेटमा मिसाइयो भने सा¥है सङ्क्षिप्त हुन्छ भनी डेढ अक्कली बुद्धिले यो एमसीसी आएको छ । सांसदहरू सावधान ¤ पारित होला एमसीसी । यो पास भयो भने अनर्थ हुनेछ, अमेरिकीकरण हुनेछ, सांसदहरू एमसीसी बजेटमा नघुसाउ ।
एमसीसी जस्केलाबाट ?
सरकार लाचार बन्दै गइरहेको छ । भारत सरकारलाई अतिक्रमित जमिनबारे कुरा गर्नेसम्म गराउन सकेको छैन । कोरोना नियन्त्रण गर्न पनि विफल हुँदै छ । एकोहोरो लकडाउनमात्र बढाइरहेछ । बहुपक्षीय प्रयत्न हुनुपर्नेमा सरकार रित्तो भएको छ । एउटामात्र हतियार लकडाउनमात्र प्रयोग भइरहेको छ । सरकारमा प्रतिभा छैन । बाहिरका प्रतिभा पनि सिंहदरबार पसेपछि भुत्ते भएका छन् । सरकारमा भ्रष्टाचार नियन्त्रण गर्ने इच्छाशक्ति नै नभएको हो कि ? भन्ने अवस्था आइरहेको छ । नेकपा प्रधानमन्त्री एक्लै वा यती र ओम्नीहरूको कम्पनी भएको त छैन ? भन्ने प्रश्न उठ्न थालेको छ । नेपाली काङ्ग्रेसको प्रसङ्गमा एक जना पूर्वकाङ्ग्रेस भन्दै थिए, सभापति देउवामा काङ्ग्रेसको डीएनए छ वा छैन, भए कति प्रतिशत छ परीक्षा गर्नुप¥यो । अब यहाँ आज यही प्रश्न प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि लागू हुनुपर्ने कुरा उठ्न थाल्यो, साँच्चै एमसीसीको पूर्ण समर्थन गर्नेहरू पनि कम्युनिस्ट हुन्छन् भन्ने नारा लाग्न थालेको छ । बजेट शब्दमा धेरै सारमा थोरै भएर आएको छ । के भएको यो ¤ राजनीति निर्धो भयो, भ्रष्ट, दलाली, शुभ–लाभले ढाक्न थाल्यो । लुचोपना बढ्न लाग्यो । काङ्ग्रेस पार्टी काङ्ग्रेस रहेन, त्यस्तै कम्युनिस्ट पार्टी पनि कम्युनिस्ट नरहने स्थिति आयो । सीमा अतिक्रमणकारीहरूकै आवाज ठुलो हुने स्थिति कहिलेसम्म ? जनता उठ्नुप¥यो । यी दृष्टिबाट कोरोनाको लकडाउनले राजनीतिलाई नपुंसक पार्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *