कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
स्कूल पढ्दा नैतिक शिक्षाको पाठमा गुरु सिकाउनुहुन्थ्यो, ‘मूर्ख साथीभन्दा विद्वान शत्रु ठीक ।” तर, यो भनाइ कहिलेकाहीँ परिपक्व मान्छेले पनि नबुझ्ने रहेछ । परिपक्वमात्र होइन, प्रधानमन्त्रीजस्तो उच्च पदमा बसेका कतिपय व्यक्तिले यस्ता कुरामा ध्यान नदिनेरहेछ । सन्दर्भ हो–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको । ट्रम्पको व्यवहारमाथि विचार गर्दा उनलाई कसैको मतलाई सम्मान नगर्ने मैमत्त साँढेजस्तै जे मनमा लाग्यो त्यही गर्ने मूर्ख व्यक्ति मान्न सकिन्छ । त्यही मूर्खको लहैलहैमा हिँड्दै छन्–मोदी ।
यतिबेला संरा अमेरिका तनावमा छ । एक जना श्वेत प्रहरीले अश्वेत नागरिकको अमानवीय हत्या गर्दा त्यहाँका अधिकांश सहरमा विरोध प्रदर्शन र हिंसा भड्केको छ । यस्तो अवस्थामा राष्ट्र प्रमुखको नाताले समाज शान्त हुने वातावरण बनाउनुपर्नेमा उल्टो ट्रम्पले जब लुटपाट सुरु हुन्छ, तब गोली चल्छ (When the looting starts, the shooting starts) भनेर आक्रोशित जनताको रिसमा थप घ्यू थप्ने काम गरेका छन् । अमेरिकी समाज पूरै दङ्गामय भएको छ । यसको परिणाम अहिले अमेरिकी जनताले भोगिरहेका छन् । अमेरिकी राष्ट्रपतिको क्षुद्रताको यो उदाहरण हो । ट्रम्प मूर्खमात्र होइनन्, झूटा पनि रहेछन् भन्ने कुरा यो एउटा घटनाले पुष्टि गरेको छ ।
ट्रम्पले “हालैमात्र मोदीसँग टेलिफोनमा कुरा भएको, उनको मुड ठीक छैन” भनेर अमेरिकी मिडियाको अगाडि बोले । त्यसको भोलिपल्टै भारतले मोदीको ट्रम्पसँग कुराकानी नभएको भनी वक्तव्य नै जारी ग¥यो । यसरी ट्रम्पले आफ्नै मित्रलाई समेत अप्ठेरोमा पार्ने झूट बोेले । ट्रम्पले यसो गरेर भारत आफ्नो मुठीमा रहेको सङ्केत गरी चीनलाई अप्रत्यक्षरूपमा धम्की दिन खोजेको हुनसक्छ । उनी भारतलाई मोहडा बनाएर चीनलाई धम्क्याउन खोजिरहेका छन् । त्यसैगरी चीन भारतबीचको सीमा विवादमा ट्रम्पले हतारिएर मध्यस्थता गर्न चाहेको ट्विट गरे । ट्रम्पलाई यस्तो मामलामा घुस्न सा¥है मनपर्ने तर कसैले महत्व नदिएपछि भने उनको अवस्था ‘मान न मान मे तेरे मेहेमान’ भनेजस्तै हुने गरेको छ । सामाजिक सञ्जाल ट्वीटरले ट्रम्पलाई झूटो स्टाटस ट्वीट नगर्न चेतावनी दिएको छ । ट्विटरका अनुसार ट्रम्पले गर्ने ट्वीटमा ७० प्रतिशत गलत जानकारी दिने र हिंसायुक्त हुने देखिएको छ ।
यहाँनिर सोचनीय कुरा के हो भने चीन, भारत तथा पाकिस्तानबीचको समस्यामा संरा अमेरिका किन मध्यस्थता गर्न चाहन्छ ? नेपालमा जसरी पनि एमसीसी लागू गर्न अमेरिका किन दबाब दिँदै छ ? उत्तर स्पष्ट छ, चीनको छेउछाउमै जसरी पनि आफ्नो उपस्थिति र प्रभाव बढाउने र चीनलाई दुःख दिने ।
अमेरिकी राष्ट्रपति पदको लागि नोभेम्बर महिनामा हुने चुनावमा भारतीय मूलका मतदाताको समर्थनको लागि ट्रम्पले भारतीय प्रम मोदीको नक्कली प्रशंसा गरिरहेका छन् । नोभेम्बरको चुनावमा ट्रम्प पुनः विजय भए मोदीलाई टेरपुच्छर पनि लाउनेछैनन् । ट्रम्पको स्वभाव त हाइड्रोक्सीक्लोरोकुइन नामको औषधिको प्रसङ्गबाट नै संसारले देखिसकेको छ । भारतमा १ अर्ब भारतीय रूपैया खर्च गरेर ‘नमस्ते ट्रम्प’ कार्यक्रम भएको एक महिना नबित्दै भारतले हाइड्रोक्सीक्लोरोकुइन अमेरिका निर्यात नगरे भारतमाथि बदला लिने भनी ट्रम्पले धम्की दिएका थिए । हरेक कुरालाई पैसा र नाफासँग दाँज्ने, मानवतालाई पैसासँग दाँज्ने द्रव्यपिसाच ट्रम्पको नजिक भएको देखाएर मोदी भने गद्गद् छन् ।
अष्टे«लिया र चीनबीच व्यापार विवाद भइरहँदा संरा अमेरिका मख्ख पर्दै चीनविरुद्ध अष्टे«लियालाई उचाल्दै थियो । तर, जब चीन र अष्टे«लियाबीच व्यापार विवाद समाधानतिर उन्मुख हुँदै गयो, अमेरिकालाई सह्य भएन । ट्रम्पले अष्ट्रेलियालाई चीनसँग नजिक भए राम्रो नहुने भनी धम्की दिन थाले । आफ्नो सैनिक गठबन्धनका मित्रशक्तिलाई समेत संरा अमेरिकी राष्ट्रपतिले गर्ने व्यवहार कस्तो ¤ अमेरिकाको दुनो नसोझिएसम्म मात्र हो मित्रराष्ट्रप्रतिको अमेरिकी समर्थन, त्यसपछि एकैछिनमा ‘यु टर्न’ लिने ट्रम्पको स्वभाव हो ।
छुद्र ट्रम्पले भारतलाई आफ्नो पासोमा पार्न भरमग्दुर प्रयास गरिरहेका छन् । कोरोना महामारीको कारणले संरा अमेरिकामा अलोकप्रिय ट्रम्पलाई आफ्नो प्रतिष्ठा बढाउन र फेरि अमेरिकी जनतासामु आफ्नो पाप पखालेको भ्रम छर्न एउटा बहाना चाहिएको छ । यो उद्देश्य प्राप्तिको निम्ति भारत ट्रम्पको लागि एउटा औजार हुनसक्छ । संरा अमेरिकाको चालबाजीमा नराम्ररी फसेका मोदी भारतका पुरानो मित्रहरूबाट टाढिँदै छन् । सन् १९७१ को भारत–पाकिस्तान युद्धको क्रममा जब भारतीय सेनाले पूर्वी पाकिस्तान (वर्तमान बङ्गलादेश) मा हस्तक्षेप गरे, अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अमेरिकी नागरिकहरूलाई युद्धक्षेत्रबाट बाहिर निकाल्ने बहानामा भारतसँग भिड्न बङ्गालको खाडीमा आणविक शक्तियुक्त युद्धपोत पठाउने आदेश दिएका थिए । त्यतिबेला रुस भारतको समर्थनमा खरो उभिएको थियो । तर, अहिले मोदी सरकार सङ्कटको बेलाका मित्र रुससँग टाढा हुँदै छ । बरु अरूमाथि आधिपत्य जमाउने मनसाय भएको अमेरिकाको मोहडा बन्न तयार भएको छ । ट्रम्पजस्ता शासकको लहैलहैमा लागेर मोदी आफ्नो मित्र राष्ट्रहरूसँग टाढा हुँदै छन् ।
एकजना सामान्य मान्छेजस्तै मोदी संरा अमेरिकाको झिलिमिलीमा हराइरहेका छन् । अमेरिकासँग नजिक हुने मोदीसँग हुतहुती त छँदै छ । यही देखाउन समय–समयमा भारत चीनविरोधी गतिविधि देखाउँदै अमेरिकालाई खुसी पार्न खोज्दै छ ।
चीनको अखण्डतामाथि अमेरिकाले समय–समयमा सुँड घुसार्न खोज्छ । यस क्रममा ताइवानलाई कूटनैतिक मान्यता नदिने चीनसँगको सहमतिविपरीत अमेरिका ताइवानसँग कूटनैतिक सम्बन्ध बराबरको महत्व दिएर उचाल्न खोजिरहेको छ । हालैमात्र ताइवानका राष्ट्रपतिको सपथग्रहण समारोहमा अमेरिकी सभामुखले बधाई सन्देश दिए । यता अमेरिकालाई खुसी पार्न भारत सरकारको तर्फबाट पनि ताइवानी राष्ट्रपतिको सपथग्रहण समारोहमा सांसद मिनाक्षी लेखी र राहुल कस्वानले भर्चुअल उपस्थिति जनाउँदै अमेरिकाको साथ दिएर चीनलाई चिढाउन खोजेका छन् । दिल्ली दङ्गामा मुसलमानहरूमाथि भएको अत्याचारविरुद्ध इरानलगायत अरू मुसलमान मुलुकहरूले विरोध गर्दा हाम्रो आन्तरिक मामलामा हस्तक्षेप भयो भन्ने भारतले चीनको मामिलामा हस्तक्षेप गर्दा एक पटक सोच्नुपर्ने थियो ।
अमेरिका र चीनबीचको व्यापार युद्ध जारी नै छ । कोरोनाको निहुँमा संरा अमेरिकी स्टक एक्सचेजमा सूचिकृत चिनियाँ कम्पनीलाई बन्द गर्न ट्रम्पले सदनमा विधेयक पेश गरे । भारतले पनि प्रत्यक्ष वैदेशिक लगानी गर्ने विश्व व्यापार सङ्घको नियमलाई बेवास्ता गर्दै चिनियाँ कम्पनीलाई मात्र लक्षित गरी भारतको सीमासँग जोडिएको देशले भारतमा लगानी गर्दा प्रत्यक्ष नभई भारतीय सरकारको छुट्टै स्वीकृति चाहिने नियम लागू ग¥यो । त्यसैगरी कोराना भाइरसको निष्पक्ष अनुसन्धानको नाममा ट्रम्पले बखेडा निकालिरहेको समयमा अमेरिकालाई खुसी पार्न त्यसैको पछि लागेर भारतले पनि ट्रम्पको स्वरमा स्वर मिलाए । अमेरिकाकै उक्साहटमा चीन र भारतबीचको सीमामा भारतले चलखेल बढाउँदै जाँदा द्वन्द्व सिर्जना हुने सम्भावना बढेको छ । यसरी ट्रम्पलाई खुसी पार्न एकपछि अर्को गर्दै मोदीले आफ्नै छिमेकी मुलुक चीनविरोधी पाइला चाल्दै गइरहेका छन् ।
मोदी साँच्चै छिमेकीसँग टाढा–टाढा भएर अमेरिकाको कठपुतलीजस्तो हुन गयो भने ‘विद्धानलाई छोडेर मूर्ख साथी खोज्नु’ भनाइजस्तै हुनेछ, भारतको निम्ति ।
Leave a Reply