अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
हङकङका केही मानिसले सुरक्षा कानुनमा संशोधनको माग गर्दै गरेको प्रदर्शनलाई संरा अमेरिका र पश्चिमा शक्तिले चीनविरुद्ध राम्रो मसला बनाएका थिए । उनीहरूले प्रदर्शनकारीमाथि हङकङ प्रहरीले दमन गरेको भन्दै मानव अधिकार र प्रजातन्त्रको लामो लामो बयान र वक्तव्य दिएका थिए । चीनको अभिन्न अङ्ग हङकङलाई चीनबाट अलग गर्ने र चीनविरुद्ध प्रयोग गर्ने केही पृथकतावादी शक्तिलाई पश्चिमा शक्तिहरूले आर्थिक, राजनीतिक र नैतिक समर्थन गर्दै आएका थिए । हङकङमा फसाएर चीनको उदय रोक्न साम्राज्यवादी शक्तिकै योजनाअनुसार सन् १९९९ सम्म बेलायतको शासन रहेको हङकङमा लगातार उपद्रवका गतिविधि भए । लगातारको उपद्रवले त्यहाँको जनजीवन र अर्थव्यवस्था अस्तव्यस्त भयो । हङकङका प्रहरीमाथि सशस्त्र प्रदर्शनकारीहरूबाट हमला भयो । पश्चिमा प्रचारमाध्यम र तिनकै प्रचारबाजीका आधारमा दृष्टिकोण बनाउने मानिसहरूले त्यो उपद्रवलाई प्रजातान्त्रिक आन्दोलनको रूपमा बुझे । प्रदर्शनकारीमाथि प्रहरीले चर्को दमन भएको भन्दै मानव अधिकारको कुरा लगातार उठाइरहे । हङकङलाई देखाएर उनीहरूले चीनलाई मानव अधिकार विरोधीको रूपमा बदनाम गरिरहे ।
तर, समय एउटै दिशामा अघि बढ्ने गर्दैन । २५ मेको दिन संरा अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिस सहरमा चार–पाँच जना प्रहरीहरूले जोर्ज फ्लोड नामका एक जना अफ्रिकी अमेरिकी नागरिकलाई गिरफ्तार गरे । आफूले गिरफ्तार गरिसकेको बन्दीलाई मिनियापोलिस प्रहरीले घुँडाले घाँटी थिचेर लामो समय राख्दा जोर्जको खुला आकाशमुनि सडकमै निधन भयो । प्रहरीले घाँटीमा घुँडाले थिचिरहेको बखत जोर्जले आफूलाई श्वास फेर्न गाह«ो भएको भन्दै पटक – पटक छोड्न बिन्ती गरेका थिए । तर, निर्मम प्रहरीसामु उनको बिन्तीको कुनै मान्य रहेन । उनले त्यहीं अन्तिम श्वास फेरे ।
संरा अमेरिकाको इतिहासमा अफ्रिकी अमेरिकी समुदायमाथि यस्ता निर्मम दमन पहिलो र नयाँ कदापि होइन, यो अन्तिम घटना पनि पक्कै हुनेछैन । जोर्ज फ्लोडजस्ता विभेदका शिकार हिजो पनि धेरै थिए, आगामी दिनमा पनि जोर्जहरू हुने छैनन् भन्न सकिन्न । अफ्रिकी अमेरिकी समुदायमात्र होइन, संरा अमेरिकी सत्ताले अमेरिकाका आदिवासी रेड इन्डियन, विभिन्न देशबाट त्यहाँ बस्दै आएका आप्रवासी, ल्याटिनो, एसियाली, ह्यास्पियन मूलका मानिसमाथि यस्तै विभेद र अत्याचार हुँदै आएको छ । विशेषतः डोनाल्ड ट्रम्प सत्तामा आए पनि यस्ता विभेद र जातीय घृणाका घटनाक्रम बढेको छ ।
राज्य स्वयम् यस्ता घटनाका दोषीको संरक्षणमा लागेको छ । ट्रम्प सरकार अनुदार फासीवादी सरकार हो । त्यसकारण उसले विदेशीप्रति घृणा, काला र अल्पसङ्ख्यकप्रति नकारात्मक भावना र भिन्न विचारप्रति निषेधको नीति अङ्गालेको छ । अमेरिकी समाजमा भित्रभित्रै सल्किरहेको यो घृणाभावकै अभिव्यक्ति जोर्ज फ्लोडको हत्या हो ।
जोर्जको हत्यासँगै अमेरिकाका अधिकांश सहरमा ठुलठुला प्रदर्शन भएका छन् । धेरै सहरमा प्रदर्शनमाथि प्रहरी दमन भएपछि आन्दोलनले हिंसात्मकरूपमा लिएको छ । उनीहरूले जोर्ज फ्लोडको हत्यामा प्रहरीले खुला आकाशमुनि देखाएको नृशंसताको हिसाब मागेका छन् । उनीहरूले प्रजातन्त्र र मानव अधिकारको बखान गरेर नथाक्ने अमेरिकी शासक वर्गसमक्ष आफ्नै नागरिकको मानव अधिकार हनन र प्रजातान्त्रिक अधिकार खोसिएकोमा न्याय खोजिरहेका छन् ।
प्रदर्शनकारीहरूको भीड देखेर आज अमेरिकी शासक वर्ग त्रसित छन् । समाचार स्रोतअनुसार राष्ट्रपति ट्रम्प आफ्नो परिवारजनसहित सुरक्षित स्थानमा लुक्न गएका थिए । वाशिङ्टन, न्यु योर्कलगायत अधिकांश ठुला सहरमा आज कफ्र्यु आदेश जारी भएको छ । प्रहरी र नेशनल गार्ड (अर्धसैनिक प्रहरी) ले अमेरिकी जनतामाथि गरेको दमनका दृश्यहरू अधिकांश अन्तर्राष्ट्रिय समाचारमाध्यमले प्रसारण गरेका छन् ।
न्यायको पक्षमा प्रदर्शन गरिरहेका युवाहरूमाथि प्रहरी दमनले संसारसामु अमेरिकी मानव अधिकार नाङ्गो बनेको छ । हङकङलाई देखाएर मानवअधिकारको प्रवचन दिएर नथाक्ने अमेरिकी शासकहरूलाई यतिबेला अमेरिकाभरि भएका प्रहरी दमनले कुरीकुरी गरिरहेको छ ।
Leave a Reply