भर्खरै :

“जब चीनले विश्वको नेतृत्व गर्नेछ” बारे एक छलफल

मार्टिन जाक एक परिचित नाम हो । बौद्धिक र पत्रकारिता जगतमा उहाँ अझ बढी परिचित हुनुहुन्छ । जाकको जन्म सन् १९४५ अक्टोबरमा बेलायतमा भएको थियो । उहाँले बेलायती पत्रकारको रूपमा ख्याती कमाउनुभयो । उहाँ एक सम्पादक, शैक्षिक र राजनीतिक समालोचकका साथै लेखक हुनुहुन्छ । उहाँ आइडियाज (IDEAS) का वरिष्ठ आमन्त्रित विज्ञ (Visiting Fellow) हुनुहुन्छ । लण्डन स्कूल अफ इकोनोमिक्समा आइडियाज कूटनीति र बृहत् रणनीतिको केन्द्र हो । उहाँ पेइचिङको सिङ्ह्वा विश्वविद्यालयको (Tsinghua University) अतिथि प्राध्यापक हुनुहुन्छ । उहाँ वासिङ्टन डीसीको ट्रान्सलान्टिक एकेडेमीका बोस्च सार्वजनिक नीति विज्ञ (Bosch Public Policy Fellow) हुनुहुन्छ । उहाँ पेइचिङको रेनमिन विश्वविद्यालयमा अतिथि प्राध्यापक रहनुभयो । उहाँले नायोगाको आइची विश्वविद्यालयको अन्तर्राष्ट्रिय चिनियाँ अध्ययन केन्द्र र क्योटोको रित्सुमेइकान (Ritsumeikan) विश्वविद्यालयमा प्राध्यापन गरिसक्नुभयो । सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयको एसिया अनुसन्धान केन्द्रका उहाँ वरिष्ठ अतिथि अनुसन्धान परामर्शकर्ता हुनुहुन्थ्यो । डेमोस (DEMOS) नामको विशेषज्ञ टोलीका उहाँ सह–संस्थापक हुनुहुन्छ । सन् १९९१ मा यो संस्था बन्द नभएसम्म उहाँ लण्डनमा आधारित लोकप्रिय पत्रिका ‘माक्र्सवाद आज’ ‘Marxism Today’ का सम्पादक हुनुहुन्थ्यो । उहाँ इन्डिपेन्डेन्ट (Independent) का पूर्व सह–सम्पादक हुनुहुन्थ्यो । त्यतिमात्र होइन उहाँले थुप्रै टेलिभिजन कार्यक्रमहरू चलाउनुभयो । उहाँले क्याम्ब्रिजको किङ्स कलेजमा विद्यावारिधी गर्नुभयो ।
उहाँलाई सन् २००० मा पत्नीशोक प¥यो । त्यही कारण पुस्तक लेखन र प्रकाशन केही समय रोकियो । उहाँ हाल लण्डनमा आप्mनो छोरा रविसँग बस्नुहुन्छ । सन् २०१२ मा प्रकाशित दोस्रो संस्करण उहाँले आप्mनो श्रीमती हरिन्दर कौर भेरिहा (Harinder Kaur Veriha) र छोरा रविप्रति समर्पित गर्नुभयो ।
मार्टिन जाकको पुस्तक ‘जब चीनले विश्वको नेतृत्व गर्नेछ’ (When China Rules the World) पहिलो पटक सन् २००९ मा प्रकाशित पुस्तक हो । यो पुस्तक ११ वटा भाषामा अनुवाद भइसकेको छ । यो विश्वभरि धेरै बिक्री भएको पुस्तकमध्ये पर्दछ । यो पुस्तक प्रकाशनसँगै विश्वमा एक किसिमको तरङ्ग उठेको थियो कि अब पश्चिमा विश्वको अन्त्य हुनेछ र नयाँ विश्व व्यवस्थाको जन्म हुनेछ । पुस्तक युरोप, संरा अमेरिका, एसिया र समग्र विश्वको इतिहास, सभ्यता, आर्थिक क्षेत्र र राजनीतिक विषयमा केन्द्रित छ । विश्वमा सभ्यता विकासक्रम र आर्थिक सर्वोच्चताको इतिहास पल्टाउन इच्छुक, जोकोहीले यस पुस्तक पढ्नु फलदायी हुन्छ । पुस्तकले विश्व अर्थतन्त्रमा चीनको उदयमात्रको जिकिर गर्दैन बरु, चीनको ऐतिहासिक सभ्यता, आर्थिक उडानसँगै विश्वमा पार्ने सांस्कृतिक प्रभाव र चीनको शक्तिशाली सभ्यताको पुनर्जागरणको पृष्ठ उजिल्याउँछ ।
द इकोनोमिस्टले पुस्तकको बारेमा लेख्यो – पश्चिमले आशा गरेको थियो कि चीन धन, भूमण्डलीकरण र राजनीतिक सङ्घटनका कारण नरम खालको राक्षस (Gentle Giant) बन्नेछ । तर जाकले भन्नुभयो, “यो भ्रममात्र हो । समयले चीनलाई अझ पश्चिमेली बनाउँदैन बरु पश्चिमलाई र विश्वलाई नै अझ चिनियाँ बनाइदिनेछ ।”
थुप्रै विज्ञहरू पुस्तकलाई जाकको अद्वितीय उपहार, २१ औँ शताब्दीको अनुपम नमुना, अत्यन्त दूरदर्शी, असाध्यै गहिराइमा लेखिएको पुस्तक भनी प्रशंसा गर्छन् ।
पुस्तकले गरेको अनुमान, प्रस्तुत गरेको तथ्याङ्क, ऐतिहासिक पृष्ठभूमि र सटिक विश्लेषण निकै पठनीय एवम् मननीय छ । पुस्तक प्रकाशनको ११ वर्षपछि पनि पुस्तकको ओज पटक्कै कम भएको छैन । पुस्तकले उजिल्याएका पृष्ठहरू समयक्रमले सही साबित गरेको अनुभव हुँदै छ । वर्तमान परिवेशमा पुस्तकको सान्दर्भिकता अझ बढेको देखिन्छ । चाँडै चीनले विश्वको नेतृत्व गर्नेछ भन्नुहुने जाकको यस पुस्तक १३ वटा खण्डमा विभक्त छ । प्रत्येकको छुट्टाछुट्टै सङ्क्षिप्त चर्चा गर्नु फलदायी होला ।
खण्ड १
संयुक्त राज्य अमेरिका सन् १९४५ देखि नै विश्वको प्रमुख शक्ति रहँदै आएको छ । शीतयुद्धकालीन समयमा पनि अमेरिकाको अर्थतन्त्र तत्कालीन सोभियत रुसको तुलनामा दोब्बर बढी र परिष्कृत अर्थतन्त्र रहेको बताइन्छ । अर्थतन्त्रमा मात्र होइन सैन्य मामिला, प्राविधिक क्षेत्र अत्यन्त परिस्कृत थियो । दोस्रो विश्वयुद्धसँगै संरा अमेरिका बहुराष्ट्रिय कम्पनी र विश्वव्यापी सङ्घसंस्था स्थापनामा अग्रसर देखियो । संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय मुद्राकोष र नाटोजस्ता संयन्त्रहरूमार्पmत विश्वव्यापी शक्ति र आधिपत्य आप्mनो हातमा लियो ।
सन् १९९१ मा सोभियत सङ्घको विघटन भयो । तत्काल संरा अमेरिकाले सोभियत रुसमा पूर्व स्वामित्व खडा गर्ने कोसिस ग¥यो । रुसमा संरा अमेरिकी बजार विस्तार र आर्थिक सहायता एवम् अनुदान वृद्धि ग¥यो ।
संरा अमेरिकाको उदयअघि विश्वमा युरोपको शासन थियो । बेलायती साम्राज्यवादले विश्वलाई आप्mनो तखतमा राखेको थियो । थुप्रै देशहरूले बेलायती उपनिवेश भोगेका थिए । संरा अमेरिकाको उदयले भने बेलायतको शासनभन्दा अत्यन्त फराकिलो घेरा ओगट्दै गयो । संरा अमेरिकी डलरले विश्वव्यापी मान्यता पायो । अङ्ग्रेजी भाषा नै अन्तर्राष्ट्रिय भाषा बनाइयो । संरा अमेरिकाले प्रमुख महत्वपूर्ण सम्पूर्ण विश्वव्यापी सङ्घ संस्थालाई दबायो । संयुक्त राष्ट्र सङ्घ मुठ्ठीमा लियो । आप्mनो विश्वव्यापी सैन्य उपस्थितिको आनन्द लियो । आज पनि संसारका सम्पूर्ण भागमा सैन्य विस्तार हुँदै छ, सैन्य क्याम्पहरू निर्माण गरिइँदै छ । संरा अमेरिकाको स्थानलाई महाशक्ति (हाइपरपावर) र ‘एकध्रुव’ को संज्ञा दिइयो भन्नुहुन्छ जाक ।

मार्टिन जाक


संरा अमेरिकाको उदयअघि युरोपको बेलायत, फ्रान्स, जर्मनी र केही हदसम्म स्पेन, पोर्चुगल र नेदरल्यान्डको हातमा सर्वोच्चताको लट्ठी थियो । १८ औँ शताब्दीको मध्य सम्ममा सुरु भएका बेलायती औद्योगिक क्रान्तिहरूको समयदेखि युरोेपको विश्वव्यापी इतिहासको गहन तरिकाले निर्माण भएको हो । युरोपको गतिशीलताको इन्जिन भनेकै औद्योगीकरण र विस्तारित औपनिवेशिक विजय थियो । पहिलो विश्वयुद्धपश्चात युरोपको विश्व स्थान झर्दै गयो । सन् १९४५ देखि युरोप पछाडि प¥यो र अमेरिका एउटा चुलिएको शक्ति बन्यो । सत्य के हो भने अमेरिका आफँै पनि युरोपेली सभ्यताको उपज थियो ।
पुरानो विश्व र नयाँ विश्वबीचको सहानुभूति र आत्मीयता त्यही सभ्यतासँग जोडियो । तत्कालै ‘पश्चिम’ भन्ने विचारको प्रादुर्भाव गरियो । त्यो विचार बेलायत र संरा अमेरिकाबीच प्रतिद्वन्द्वीको दृष्टान्त पनि थियो । ‘पश्चिम’ आर्थिकरूपमा विकसित कहलियो । संरा अमेरिका, क्यानडा, पश्चिम युरोप, अष्ट्रेलिया, न्युजिल्यान्ड र जापान विस्तारै विकसित बन्दै गए । पश्चिमका विकसित देशले विश्वको कुल गार्हस्थ उत्पादनमा सन् १९७३ सम्म ६० प्रतिशत ओगट्यो भने २००१ सम्म आइपुग्दा आधामा झ¥यो । पश्चिमी वित्तीय सङ्कटहरू विश्वव्यापी आर्थिक शक्ति सन्तुलनको मुख्य कारकहरूमध्ये एक हो । दुई दशकको घट्दो दृश्यले नयाँ शताब्दीको सुरुआतीमा वस्तुको मूल्यवृद्धि भयो । त्यसले विकासशील राष्ट्रहरूको आर्थिक विकासमा हौस्यायो । सबैभन्दा माथि चीन थियो । विश्वव्यापी मन्दी व्यवस्थापन नभएसम्म यो प्रक्रिया चली नै रह्यो । सन् १९७० सम्म विश्व उत्पादन र निर्माणको हकमा विकसित देशले ६५ प्रतिशत भाग योगदान गथ्र्यो र विकासशील देशले ३५ प्रतिशतमात्र । सन् २०१० सम्म आइपुग्दा विकासशील देशको योगदान बढेर ४७ प्रतिशत र विकसित देशको ५३ प्रतिशतमा झरेको तथ्याङ्क छ ।
सन् १९९९ मा विकासशील देशको वैदेशिक मुद्रा सञ्चितिको कुल अंश जम्मा ३८ प्रतिशत थियो भने विकसित देशको ६२ प्रतिशत । सन् २०१० सम्म पुग्दा त्यसको ठीक उल्टो विकसित देशको ३४ प्रतिशत र विकासशील देशको ६६ प्रतिशत पुग्यो । विशेषगरी पूर्वी एसियाली देशहरू चीन, सिङ्गापुर र दक्षिण कोरियाले वैदेशिक मुद्रा सञ्चितिमा ठूलो योगदान ग¥यो । त्यही सञ्चितिलाई ती देशले राज्यनियन्त्रित सार्वभौम अर्थकोष निर्माणमा प्रयोग गर्न , अन्य देशहरूमा नाफामूलक लगानी सुरु ग¥यो । पश्चिममा पनि त्यो लगानी पुग्यो । पश्चिमी वित्तीय मन्दीमा यो कोष र लगानीले राहत पु¥याएको थियो । वालस्ट्रिटका थुप्रै विशाल वित्तीय संस्थाहरू सन् २००८ मा पश्चिमबाट आर्थिक शक्तिमा उडान भर्न चाहन्थे । संरा अमेरिका टाइदन्स फ्रेडी माक (Fredaie Mac) र फानी मेइ (Fannie Mae) को धितो (Mortagage) जोगाउन चीनले अतुलनीय सहयोग ग¥यो । त्यसमा चीनको ठुलो लगानी थियो । यदि चीनले त्यो लगानी झिक्ने हो भने डलरको मूल्य नै घट्ने पूर्वानुमान थियो । समग्रमा त्यतिबेलाका वित्तीय मन्दीहरूले के देखायो भने दशकौँको बचतबाट पूर्वी एसिया नगदमा धनी र संरा अमेरिका धेरै वर्षको घाटाले नगदमा गरिब बन्यो । त्यो वित्तीय मन्दीलाई सामान्यतः विश्वव्यापी वित्तीय मन्दीको नाम दिइयो तर त्यो गलत नामकरण थियो किनभने त्यो त निर्विवाद पश्चिमेली वित्तीय मन्दी या सङ्कट थियो, भन्नुहुन्छ लेखक ।
चीन निरन्तर अत्यन्त बलियो भई उदाउँदै गयो । चीनसँग स्वस्थ र पारदर्शी, सन्तुलित बैङ्क प्रणाली थियो । पश्चिमा बजार विस्तारमा पूर्वी एसियाको बजार विस्तार बढ्यो भारत र ल्याटिन अमेरिकाको आर्थिक वृद्धिले पनि अर्थ राख्छ । तत्कालीन समयमा विकसित अर्थतन्त्रको एउटैमात्र कथा थियो भने विकासशील अर्थतन्त्रका थुप्रै कथाहरू थिए ।
सन् २००७ मा गोल्डम्यान साच (Goldman Sachs को प्रक्षेपणअनुसार चिनियाँ अर्थतन्त्रको आकार सन् २०२५ भित्रमा संरा अमेरिकी अर्थतन्त्रको आकारसँग बराबर हुनेछ । सन् २०५० बाट चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा स्थापित हुनेछ र त्यो अर्थतन्त्र अमेरिकी अर्थतन्त्रको ठीक दोब्बर हुनेछ । दोस्रो अमेरिका, तेस्रो भारत र यी तीनलाई ब्राजिल, मेक्सिको, रुस, इन्डोनेसियाले पछ्याउने अनुमान गरिएको छ । त्यसपछि बल्ल यूके र जर्मनी आउनेछ । यदि यी प्रक्षेपणहरू व्यवहारमा देखिए विश्व एउटा वास्तवमै छुट्टै ठाउँको रूपमा विकास हुनेछ । पश्चिमले पुनः वित्तीय मन्दी सामना गर्नेछ र त्यतिबेला विश्वमा विकासशील देशले विकसित भनिएका देशहरूलाई नेतृत्व गर्नेछ । यस्ता थुप्रै तथ्यहरूलाई व्यवस्थित प्रस्तुतीकरण पुस्तकमा गरिएको छ ।
आज अमेरिकाले संसारभर आप्mनो सैन्यशक्ति लाद्ने प्र्रयास छोडेको छैन । प्रतिद्वन्द्वी देशहरू कमजोर बनाउन अमेरिका सेना प्रयोग गर्छ । शीतयुद्धपछिको समयदेखि संरा अमेरिका सैन्यशक्तिमा अमेरिकाले विश्वका अन्य देशले गर्ने खर्चको जोडभन्दा धेरै खर्च गथ्र्यो । योभन्दा पहिले इतिहासमै कहिल्यै पनि एउटा देश र बाँकी विश्वबीच यसरी सैन्य खर्चमा असमानता भएको थिएन । आतङ्कमाथि युद्धको नारा तत्कालीन बुस प्रशासनले लगाएको थियो । पश्चिम युरोपसँगको गठबन्धन क्रमबद्ध कम महत्वको रूपमा लिइयो र राष्ट्रिय सार्वभौमिकताको सिद्धान्त निर्बलियो बनाइए सँगै शासन व्यवस्था परिवर्तन भएको पुष्टि भयो । लगत्तै आतङ्क मच्चाएको आरोप लगाउँदै इराकमाथि आक्रमण गरियो । अमेरिकाको अत्यधिक सैन्यशक्ति अभ्यासको सिकार इराक बन्यो । बुस प्रशासनले आफ्नो अर्थात् अमेरिकी शक्तिलाई बढी आँक्यो । तर, आर्थिक या राजनीतिक वृत्तमा बुस प्रशासन चुक्दै गयो साथै अमेरिकाको स्थान कमजोर हुँदै जानुमा अमेरिकी परराष्ट्र नीति बढी जिम्मेवार ठहर भयो । सैन्य र राजनीतिक शक्ति आर्थिक शक्तिमा निर्भर हुन्छ । ‘महान् शक्तिको उत्थान र पतन’ पुस्तकमा पल केन्डीले भन्नुभएजस्तै विश्वव्यापी प्रभुत्वको अभ्यास दीर्घकालसम्म कायम राख्न आधुनिक राष्ट्रहरूको क्षमता तिनको उत्पादन क्षमतामा निर्भर हुन्छ ।
संरा अमेरिकाले इराक युद्धका लागि मात्र ३० खर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरेको थियो । बुस प्रशासन इरान र उत्तर कोरियामा इराकमा जस्तै आक्रमण गर्न असफल रह्यो । अप्mगानिस्तानसँग सैन्य सम्झौता गरियो । संसारभर चाहेर पनि संरा अमेरिकी सैन्य विस्तार गर्न नसक्नुको एउटा कारण संरा अमेरिकाको चालू आर्थिक घाटा हो भन्ने विश्लेषण छ । हालसम्म करिब ८०० वटा अमेरिकी वेस क्याम्पहरू संसारभर पैmलिएका छन् । बढ्दो सैन्य खर्च र घट्दो आर्थिक परिवेशमा संरा अमेरिकाको प्रमुख उत्पादन र विशाल आकारको वस्तु निर्यात घटेको हो । उत्पादन र वस्तु निर्यातको स्थान पूर्वी एसिया विशेषतः चीनले लियो ।
छोटो समयमै वित्तीय क्षेत्रमा प्रगतिका लागि संरा अमेरिकाले तत्काल सैन्य खर्च घटाउनुपर्दछ । संरा अमेरिकी राष्ट्रिय मानसिकता र वैदेशिक नीति पनि सैन्यशक्तिमा आधारित रहँदै आएको छ । के कुरा सत्य हो भने सधैँभरि अमेरिकाको शक्तिशाली सैन्य सर्वोच्चता रहँदैन । अमेरिकी प्रभुत्व विस्तारै क्षय भएर जाने निश्चित छ । अमेरिकाले आप्mनो करेसाबारी बताउने गरेको ल्याटिन अमेरिकामा पनि यस शताब्दीको अन्त्यसम्ममा प्रभाव न्यून रहनेछ र स्थान तल्लो विन्दुमा पुग्नेछ । पूर्वी एसियामा त संरा अमेरिका चीनकै कारण छायामा पर्नेछ । अफ्रिकामा संरा अमेरिकाको प्रभावलाई चीनले उछिन्नेछ । अमेरिकासँगै अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैङ्क पनि निस्तेज हुँदै जानेछन् । सन् १९४५ मा अमेरिकाले बनाएको भनिएको विश्व अस्ताउनेछ । पुस्तक अध्ययनले पाठकको मस्तिष्कमा यी विचार खचाखच भरिने निश्चित छ ।
नयाँ किसिमको विश्व
अहिलेसम्मको विश्वमा पश्चिमा हाबी छ । पश्चिमसँग अझै पनि विश्वमा आप्mनो छाप छोड्ने निहित स्वार्थ छ । पश्चिम अझै बहुपक्षीय लाभ प्राप्त गर्न उद्यत्त देखिन्छ । प्रभुत्वशाली शक्तिले सधैँभरि आफूभन्दा कमजोर राष्ट्रहरूमा आप्mना मूल्य र मान्यता र संस्था पनि लाड्न खोज्छ र पछि ती राष्ट्रहरू त्यही परिवेशमा अभ्यस्त भइसकेका हुन्छन्, निर्भर हुन्छन् ।
भूमण्डलीकरणलाई नै उदाहरणको रूपमा लिन सकिन्छ । पश्चिमा दृष्टिकोणअनुसार सारा विश्वलाई पश्चिमीकरण गर्ने प्रक्रियाको रूपमा भूमण्डलीकरणको उपयोग गर्न खोजियो । खुला बजार, पश्चिमी पुँजीको निर्यात, निजीकरण, विधिको शासन, मानव अधिकारका मुद्दाहरू र प्रजातान्त्रिक मान्यताहरूको नाममा विश्वलाई पश्चिमी दृष्टिकोण दिने प्रयास गरियो । यसको लागि पश्चिमले निकै धेरै राजनीतिक बल प्रयोग ग¥यो । तर प्रतिस्पर्धा, बजार र प्रविधिको विकास पश्चिममा जस्तै अन्यत्र पनि हुनथाल्यो । ती सहर र देशहरू आप्mनो आत्मविश्वासका साथ आप्mनो संस्कृति र इतिहास बोकेर अगाडि बढ्दै छन् । त्यसकारण भूमण्डलीकरण एकमार्गीय प्रक्रिया होइन बरु यो जटिल र बहुमार्गीय हुन्छ । संरा अमेरिका एकमात्रै विश्वको प्रभावशाली खेलाडी बन्न चाहन्छ, निरन्तरका थुप्रै व्यापार बहसहरूमा ठूलो शक्ति बनिरहन खोज्छ । तर यतिबेला सबैभन्दा ठूलो विजेता पूर्वी एसिया हो र चीनले सबैभन्दा बढी लाभ प्रदान गर्दै छ, भन्नुहुन्छ जाक ।
सन् १९६० पहिले पश्चिम र जापानले ठुलो आर्थिक लाभ लिइरहेको थियो । विशेषगरी कृषि क्षेत्रमा सारा विश्वलाई चकित बनाएको थियो । तर, त्यसपछि पूर्वी एसियाका विकासशील देशहरू अगाडि बढे । पश्चिम र पूर्वबीचको आर्थिक लाभ या उन्नयनको खाडल पुर्नको लागि चीनको महत्वपूर्ण भूमिका छ । कोरिया र ताइवान त विकसित देश नै कहलियो ।
एउटा प्रश्न उठ्ने गरेको थियो, यदि कुनै विकासशील देश विकसित देशको रूपमा उदाए के ती देशले पश्चिमलाई पछ्याउँछन् अर्थात् पश्चिमजस्तै हुन्छन् ? पश्चिमा मूलधारलाई के भ्रम थियो भने संसारमा आधुनिकीकरणको एउटैमात्र बाटो छ त्यो हो – पश्चिमा शैली । पश्चिमी सभ्यता, रीतिथिति, मूल्यमान्यता, संस्कृति, प्रजातान्त्रिक मान्यता, खुला बजार, विधिको शासनलगायतका पक्षहरू अङ्गीकार गरेका देशहरू बढी सभ्य हुने मान्यता एकातिर विकास हुँदै थियो भने अर्कोतिर पश्चिम नै आधुनिकता र सभ्यताको स्रोत होइन पूर्व पनि हुनसक्छ र इतिहासमा पूर्वले नै सभ्यताको निर्यात गरेको थियो भन्ने मान्यता हुर्कँदै थियो । चीन यो मान्यतालाई व्यवहारबाट पाइला पाइला गरी पुष्टि पनि गर्दै छ ।
अमेरिकालाई आज पनि लाग्छ कि आधुनिकता पश्चिमको देन हो । वास्तवमा पश्चिमले आधुनिकताको एकाधिकार खोज्यो । तत्कालीन समयमा जापान आर्थिक प्रगति गर्दै थियो र सोभियत रुस आप्mनै ढङ्गले आधुनिकताको अभ्यास गर्दै थियो । सन् १९४५ पछाडि जापान पश्चिमको अत्यन्त शक्तिशाली प्रतिद्वन्द्वी थियो । सन् १९८० सम्ममा जापान संसारको दोस्रो ठुलो अर्थतन्त्र बन्न सफल रह्यो । त्यो अवधिमा जापान पश्चिमका प्रमाणहरू राजनीतिक, सांस्कृतिक विशेषतामा जोड दियो । दोस्रो विश्वयुद्ध हराएपछि जापान पूर्णतः अमेरिकाको चङ्गुलमा प¥यो । सन् १९५१ मा हस्ताक्षर गरिएको संरा अमेरिका – जापान सुरक्षा सम्झौता एउटा दृष्टान्त हो । यद्यपि जापान आप्mनो संस्कृति र आप्mनै मान्यतामा अगाडि बढेको देश हो । योबाहेक सारा युरोपका केही देशहरू पश्चिमलाई मान्छन् ।
पश्चिमले करिब २ शताब्दी राज ग¥र्यो । तर, अन्य फरक संस्कृति र इतिहास अर्थात् विपरीत सभ्यताको विरासत भएका देशहरूले पनि आधुनिकताको प्रक्रिया श्रीगणेश गरिसकेका छन् । पश्चिमी अनुभवको विशिष्टतावाद या अपवाद चाँडै नै प्रस्टिँदै छ ।
ऐतिहासिक भाषामा भन्ने हो भने यसको सुरुआती चरणमा विश्व छ । सन् १९५० को अन्त्यतिर मात्रै चार एसियाली बाघहरू (Four Tigers) दक्षिण कोरिया, ताइवान, हङकङ र सिङ्गापुरको आर्थिक उडान सुरु भएको थियो । सन् १९७० मा मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया पनि चीनलाई पछ्याउँदै उदायो ।
उत्तर – पूर्वी एसियामा जापान, ताइवान, हङ्कङ् र दक्षिण कोरिया, दक्षिण पूर्वी एसियामा फिलिपाइन्स, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र भियतनामले महादेशको अर्थतन्त्र अगाडि बढाउँदै थियो । ल्याटिन अमेरिका र भारतले पनि सघाउँदै थियो । सन् १९५० मा संरा अमेरिकाको कुल गार्हस्थ उत्पादन पूर्वी एसियाको ३ गुणा ज्यादा थियो र एसियाको दोब्बर थियो । सन् २००१ बाट संरा अमेरिकाको कुल गार्हस्थ उत्पादन ३ भागको २ भाग थियो भने पूर्वी एसियाको कुल गार्र्हस्थ उत्पादनभन्दा न्यून थियो ।
यस खण्डमा आधुनिकताको प्रकृतिका विषयमा बढी छलफल प्रस्तुत छ । यसमा आधुनिकताका लागि के एउटैमात्र बाटो छ ? भन्ने प्रश्नको जवाफ छ । संसारमा बहु र प्रतिस्पर्धी आधुनिकताको विश्व जन्मँदै गरेको परिपे्रक्ष्यमा यो बहस फलदायी छ । २१ औँ शताब्दीमा आधुनिकताको छलफल नयाँ सिराबाट गरिनुपर्दछ ।
विकासशील मुलुकहरूको उदयमा २१ औँ शताब्दी आफँै साक्षी बनेको छ । चीन विशेषतः देखिने गरी महत्वपूर्ण आर्थिक शक्तिको रूपमा उदाउँदैछ । चीन नयाँ विश्वको संवाहक एवम् ड्रात्र हुनेछ । चीनले आप्mनो प्रभावशाली सम्बन्ध अगाडि बढाउनेछ । पूर्वी एसिया, केन्द्रीय एसिया, दक्षिण एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा त दशकौँ पहिलेदेखि नै चीनको राम्रो प्रभाव कायम छ । चीन पहिलेका एसियाली बाघहरू मानिने दक्षिण कोरिया र ताइवानभन्दा बिलकुल फरक छ । चीन कहिल्यै संरा अमेरिकाको दास राज्य भएन अर्थात् संरा अमेरिका चीनमाथि आप्mनो प्रभुत्व थोपर्न कहिल्यै सफल भएन । चीनसँग ठुलो जनसङ्ख्या छ, यसलाई चीनले विशेषताको रूपमा लिन्छ । चीनको उदयसँगै एसियाली बाघहरू भनिने देशहरू साथै पश्चिमलाई ठुलो चुनौतीको अनुभव जरुर हुनेछ । चीन क्रमिकसँग आधुनिकतामा पदार्पण गर्नेछ । चीन पश्चिमेली आधुनिकता र अमेरिकी नीतिबारे जानकार थियो । अमेरिकाले इच्छाएको चीनसँगको सहकार्यका लागि चीन तयार भयो । चीनले निर्यात खुला ग¥यो, विश्व व्यापार सङ्गठनको सदस्य बन्यो, चीन अन्तर्राष्ट्रिय समुदायको पूर्ण सदस्य देश पनि बन्यो ।
यो परिप्रेक्ष्यमा पश्चिमी मूलधारको धारणा के हो भने — चीनको उदयले विश्वको आधारशीला नै बदलिन सक्छ । तीमध्ये तिनले गरेका तीन अनुमानहरू यस्ता छन् –चीनको उदयको प्रमुख चुनौती भनेको आर्थिक या अर्थतन्त्र हो, चीन निश्चितरूपमा एक सामान्य पश्चिम देश बन्नेछ र अन्तर्राष्ट्रिय प्रणाली आज जस्तो छ त्यस्तै रहनेछ । यी सब पूर्वानुमानहरू एकदमै गलत छन् । चीनको उदयले विश्वलाई अत्यन्त गहन तवरले परिवर्तन गर्ने निश्चित छ । समयक्रमले पनि तिनका अनुमान आधारहीन प्रमाणित गर्दै छ ।
अहिले नै चीनको आर्थिक उदय संसारले गहिरोसित अनुभव गर्न थालेको छ । गोल्डम्यान साचको प्रक्षेपणअनुसार सन् २०२७ सम्ममा चीनको जनसङ्ख्या संरा अमेरिकाको भन्दा चार गुणा बढी हुनेछ । दोहोरो अङ्कको आर्थिक वृद्धिदरसहित चीनले संरा अमेरिकाको अर्थतन्त्रलाई उछिन्नेछ । तथापि त्यतिबेला चीन आधुनिक अर्थतन्त्रमा रूपान्तरणको मध्य चरणमा हुनेछ । के चीनको उदय, मात्र आर्थिक प्रकृतिको हो ? यो प्रश्न जरुर उठ्छ । तर, आर्थिक उदयसँगै राजनीतिक, सांस्कृतिक र सुरक्षामा स्वाभाविक उदय हुन्छ ।
लामो समय प्रभुत्व जमाएको पश्चिमलाई चीनको उदय र विस्तारको पूर्वानुमान पनि अस्वीकार्य हुनु स्वाभाविक हो । पश्चिमीकरणलाई मात्र प्रगति मान्ने संरा अमेरिकालाई यो निको नलाग्न सक्छ । अमेरिकाले पूर्वानुमान गरेझैँ चीन पश्चिमेली रङ्गमा नरङ्गिने निश्चित छ । चीन आफै गौरवशाली इतिहास र संस्कृतिको उपज हो । चीनको इतिहास र संस्कृति पश्चिमसँग पटक्कै मेल खाँदैन । तर, आर्थिक क्षेत्र र उचाइमा भने चीन पश्चिमेली बन्न सक्दछ । तसर्थ चीन पश्चिमभन्दा नितान्त पृथक छ र रहनेछ ।
चीनको ५००० वर्ष लामो इतिहासमा चीन एउटा ‘राष्ट्रिय–राज्य’ या राष्ट्रियताको रूपमा विकास भएको होइन । चीन एउटा सभ्यताको रूपमा विकसित देश हो । जहाँसम्म युरोप र संरा अमेरिकाको कुरा छ ती देशहरू ‘राष्ट्रिय–राज्य’ को रूपमा विकसित छन् भने चीन एउटा ‘सभ्यता–राज्य’ को परिचय बोकेको देश हो ।
जाति (च्बअभ) को विषयमा चीनको भिन्न अवधारणा छ । ठुलो जनसङ्ख्या भएको चीनमा ठुलो जातीय विविधता पनि छ । हान जातिले चीनमा ९२ प्रतिशत ओगट्छ । चीन जातीय विविधतामा एकता हुर्काएको देश हो । त्यसकारण चिनियाँ सभ्यता लामो समयदेखि निरन्तर अगाडि बढ्दै छ । हजारौँ वर्ष बितिसकेको छ, यो अवधिमा फरक जातिहरूबीच अन्तरघुलन, मिश्रण, अवशोषण, आत्मसात, विविध जातीय हुलहुजतको प्रभावकारी उन्मूलनले एकताको भावना र साझा परिचय हुर्कायो । व्यवहारमा चिनियाँ जातजातिले चीनको लामो इतिहासमा ज्यादा असर गरेन । जातीयता समाज बुभ्mन, सामाजिक परिवेशको विश्लेषण बुभ्mन सहयोगी बन्यो । जातीयताले आर्थिक, राजनैतिक, सांस्कृतिक क्षेत्रमा कुनै प्रभाव परेन ।
चीनले विश्वव्यापी शक्तिको रूपमा कसरी काम गर्दै छ भन्ने व्याख्या विवेचना पुस्तकमा प्रस्तुत छ । चीनको आधार क्षेत्रको रूपमा परिचित पूर्वी एसियामा चीन सहृदयी सम्बन्ध कायम छ र चीनको सांस्कृतिक सर्वाेच्चताले छिमेकहरूसँगको सम्बन्ध सुमधुर छ । मध्य राज्यमा Middle Kindom अर्थात् मान्डरीन चिनियाँ भाषामा चीनलाई चोङ्गो (Zhongguo) भनिन्छ) त्यसको बदलामा पूर्णतः परोपकारी एवम् सुरक्षा दिन तत्पर छ । ट्रिबुटरी प्रणाली Tributary system भएको पूर्वी एसिया युरोपेली शक्ति र जापानबाट उपनिवेश बनाइएको थियो र पछि वेस्टफेलियन राष्ट्रिय–राज्य प्रणालीले त्यसको ठाउँ लियो । त्यो नयाँ किसिमको औपनिवेशिक रूप थियो । के अब ती क्षेत्रहरूमा ट्रिबुटरी प्रणाली पुनः फर्कन्छ ? भन्ने प्रश्नको हल पुस्तकमा छ । चीन पहिलेजस्तै आर्थिक हैसियत फर्काउन सो क्षेत्रमा क्षमतावान र सीपयुक्त मानवको रूपमा खडा छ । युरोप पूर्वी एसियाबाट छुट्टिइसक्यो । संरा अमेरिकी स्थान उल्लेख्य कमजोर बन्दै छ । त्यसकारण, सो क्षेत्रमा अन्तर राज्य प्रणाली र वेस्टफेलियन प्रणाली अपनाइन्छ भन्न मुस्किल छ भन्ने निष्कर्ष जाकको हो ।
चीनको उदयसँगै हामी फरक विश्वमा प्रवेश गर्दै छौँ । फेरि चीन पूर्वी एसियाप्रति इमानदार र जिम्मेवार पनि छ । ट्रिबुटरी राज्य प्रणालीको विगत र सम्भावित भविष्यबारे चर्चा पुस्तकमा छ । चीनको सबैभन्दा महत्वपूर्ण विशेषता भनेकै चीन आप्mनो एकतामा चासो राख्छ । थियानमेन स्क्वायरको दमनपछाडि पश्चिममा के विश्वास गरिएको थियो भने अब चीन पनि सोभियत सङ्घजस्तै घाइते हुनेछ, टुक्रिनेछ । तर त्यो चीनलाई मनगढन्ते अर्थात् बुभ्mदै नबुझिकन गरिएको अनुमान सिद्ध भयो । विशेषतः ठुलो आकारमा जनसङ्ख्या बस्दै आएको करिब दुई सहस्राब्दी भइसक्यो । जतिबेला रोमन साम्राज्य स–साना राज्यहरूमा टुक्राउने प्रक्रिया चलेको थियो, चीन भने विपरीत दिशामा केन्द्रित थियो । वाल्कनाइजेसन (Balkanization) को लामो अवधिबीच पनि चीनले एकता कायम राख्यो एउटा देशमा विशाल तहको मानवियता एकैसाथ बाँचेपछि यस्तो सम्भव हँुदोरहेछ । पुस्तकमा ऐतिहासिक तथ्यसहित चीनको एकताको प्रकृति र प्रभावबारे विभिन्न चरणमा विवेचना गरिएको छ ।
पुस्तकमा सभ्यता–राज्य, जाति, ट्रिबुटरी राज्य र एकताको विषयमा गम्भीरतापूर्वक अध्ययन प्रस्तुत छ । जसले चीनको इतिहास पश्चिमको भन्दा फरक भएको प्रमाण अघि राख्छ । कुनै पनि देशले आप्mनो अनुभव र आप्mनो मूल्य मान्यताका आधारमा विश्वमा प्रकाश फिजाउँछ । त्यसकारण विश्वमा चीनको प्रभाव आर्थिक देखिए पनि कालान्तरमा सांस्कृतिक र राजनीतिक प्रभाव पनि पैmलिनेछ यद्यपि त्यसको लागि लामो समय लाग्न सक्छ ।
यो पुस्तकको अन्तरनिहित विचार के हो भने पछिल्लो शताब्दीमा संरा अमेरिकाको प्रभाव जति थियो चीनको प्रभाव पनि त्यस्तै हुनेछ । अझ त्योभन्दा धेरै उँचो प्रभाव हुनेछ । निश्चितरूपमा फरक र बलियो प्रभाव हुनेछ भन्ने हो ।
एउटा प्रश्न पनि खडा भएको छ कि के अब चीनले विद्यमान अन्तर्राष्ट्रिय प्रणाली स्वीकार्छ या यसको आधार र रूपमै परिवर्तन हुन्छ ? लेखकका अनुसार यो अहिले नै भनिहाल्ने अवस्था छैन किनभने यो चीनको उदयको प्रारम्भिक चरण (पुस्तक लेखिएको समय) हो । सन् १९७८ देखि नै चीन अन्तर्राष्ट्रिय समुदायको पूर्ण सदस्य बनिसकेको थियो । एक प्रभावशाली लेखक जोन इकेनबेरीका अनुसार अमेरिकी नेतृत्वको अहिलेको अन्तर्राष्ट्रिय व्यवस्था चीन नेतृत्वको विश्व व्यवस्थाबाट विस्थापित हुनेछ । अमेरिका नेतृत्वको विश्व व्यवस्था बढी उदार र पुँजीवादी थियो । चीन नेतृत्वको व्यवस्था असामान्य ढङ्गले शक्तिशाली र पृथक हुनेछ । नयाँ विचारको उदयले नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको जन्म निश्चितरूपमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *