सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
वाशिङ्टन, ४ जुन । संरा अमेरिकाको मिनिसोटा राज्यका महान्यायाधिवक्ताले मिनियापोलिसमा अफ्रिकी अमेरिकी नागरिक जोर्ज फ्लोडको घाँटी थिची हत्या गरेको प्रहरी अधिकारीलाई थप सजाय माग गर्नुका साथै उनीसँगै त्यहाँ उपस्थित तीन जना प्रहरी अधिकारीलाई पनि सजाय हुनुपर्ने बताएका छन् ।
मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ इलिसनले त्यहाँ आयोजित पत्रकार भेटघाटमा जोर्जको घाँटी थिच्ने प्रहरी अधिकारी डेरेक चौभिनलाई दोस्रो तहको हत्याको सजायको माग गर्ने बताएका हुन् । उनलाई यसअघि तेस्रो तहको हत्याको आरोप मात्र लगाइएको थियो । उनले जोर्जलाई घुँडाले नौ मिनेटसम्म घाँटी थिचेर मारेका थिए ।
“मेरो विचारमा हामीलाई अहिले प्राप्त प्रमाणको आधारमा उनलाई दोस्रो तहको हत्याको आरोप लगाउन सक्ने बनाएको छ”, इलिसनले भने ।
महान्यायाधिवक्ताले हत्या हुँदा बखत त्यहाँ उपस्थित रहेका तीन जना अरू प्रहरीलाई पनि पक्राउ गर्न आदेश जारी गरेका छन् ।
जोर्जको हत्या हुँदा मुख्य हत्यारा चौभिनलाई थोमस लेन र जे एलेक्सान्द्र क्युङले मद्दत गरेका थिए । साथै अर्का प्रहरी अधिकारी ताउ थाउ पनि त्यहाँ सहभागी थिए ।
“मेरो विचारमा यो पछिल्लो विकासक्रमले जोर्ज, उनको परिवार, उनको समुदाय र राज्यको न्यायको पक्ष लिएको छ”, न्याय अधिकारीले भने ।
जोर्जले चुरोट किन्न २० डलरको नक्कली पैसा प्रयोग गरेको भन्दै चार जना प्रहरीले उनलाई गिरफ्तार गरी मारेका थिए । चौभिनले घाँटी थिचेर राख्दा दुई मिनेट ५३ सेकेन्डमै जोर्जले होस गुमाएका थिए । चौभिनले आफूले मार्ने नियतले सो काम नगरेको भनी आफूमाथिको आरोपको प्रतिकार गरेका छन् ।
चौभिनलाई अधिकतम चालिस वर्षसम्म जेल सजाय हुन सक्छ । अरू तीन जना प्रहरी अधिकारीहरूलाई भने अधिकतम १० वर्षको कैद सजाय अथवा २० हजार डलर जरिवाना हुने भएको छ ।
पत्रकारहरूलाई जोर्ज हत्याकाण्डको आफू प्रमुख सरकारी वकिल भएको जानकारी दिंदै इलिसनले आफ्नो टोलीका सबैजना प्रहरी अधिकारीहरू विरुद्धको सजाय माग उपयुक्त भएकोमा एकमत भएको बताए । “सबै जना उनीहरूमाथिको कार्वाहीले नै व्यापक जनताको भावनाको सम्मान हुनेमा विश्वस्त छन्”, उनले भने ।
उनले ‘समाजमा न्याय र निष्पक्षता कायम गर्ने गा¥हो हुने’ भन्दै राजनीतिक नेता र सबै नागरिकलाई न्यायपूर्ण समाजका नियमको पुनर्लेखनको थालनी गर्न’ आह्वान गरे ।
महान्यायाधिवक्ताको भनाइबारे प्रतिक्रिया दिँदै जोर्जका परिवारका वकिल बेन्जामिन क्रम्पले पक्राउ नै सजाय नभएकोले अहिले नै खुशी भइहाल्ने अवस्था नभएको बताए । उनले जोर्जको परिवारले चौभिनविरुद्ध पहिलो तहको हत्याको सजाय हुनुपर्ने माग गर्दै आएको छ ।
“हामीलाई टुक्राटाक्रीमा न्याय होइन, हामीलाई पूर्ण न्याय चाहिएको छ”, उनले भने । अमेरिकी जातीय विभेदको भत्र्सना गर्दै वकिल क्रम्पले भने, “अमेरिकामा दुईथरी न्यायप्रणाली छ । कालालाई एकथरी र गोरालाई अर्कोथरी न्याय प्रणाली छ । तर, संरा अमेरिकामा समान खालको न्याय हुनुपर्छ ।”
हत्या हुँदा उपस्थित एक जना प्रहरी अधिकारी जे एलाक्सान्द्र क्युङ बिहीबार साँझ अदालतमा हाजिर भएका थिए । महान्यायाधिवक्ता इलिसनले यो मुद्दा एक महिनाको अवधि अघि नै अदालतसमक्ष पेश हुने बताए ।
Leave a Reply