कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
भारतको दबाबमा दक्षिण, पूर्व र पश्चिम नेपालको सीमा खुकुलो पारेपछि सङ्क्रमित सङ्ख्या नेपालमा बढ्दै गएको देखाउँछ । सम्भवतः यसैलाई लिएर नेपालमा भारतबाट ‘कोभिड– १९ नेपालमा निर्यात’ को त्रास जनतामा बढ्दै छ । यसबारे सचेत समुदायले समयमै सरकारलाई सीमामा कडाइ गर्न, सीमामै स्वास्थ्य परीक्षण केन्द्रहरू स्थापनाको बन्दोबस्त सुरु गर्न र क्वारेन्टिनको बन्दोबस्त गर्न घच्घच्याएको हो । एवम्रितले जिल्ला – जिल्ला र पालिकाहरूलाई समेत स्वास्थ्य सेवामा आवश्यक तम्तयार रहन घच्घच्याएको हो । देश र जनताको सेवालाई प्राथमिकता नदिने र आत्मकेन्द्रित सामन्ती संस्कारका शासकहरूकै कारण आज कपिलवस्तुमा ‘एउटै स्कूलमा ७२ सङ्क्रमित’, दैलेखमा ‘घर पठाइएका ८७ लाई सङ्क्रमण’ र धनुषामा ‘दशगजामा छटपटाएरै बिते वीरेन्द्र’
(कान्तिपुर, २६ जेठ २०७७) जस्ता समाचार पढ्नुपर्ने स्थिति छ ।
डोटी, ‘क्वारेन्टिनमा चरम लापरबाही’ शीषर्कमा हेरचाह, खानपिन र स्वास्थ्य जाँचमा ध्यान नदिँदा ११ जनाको क्वारेन्टिनमै र ६ जनाको क्वारेन्टिनबाट अस्पताल लगेपछि मृत्यु भयो । धनगढीको समाचार यस्तो छ, ‘भारतबाट भित्रिनेको ओइरो, कोरोना परीक्षण बन्द र सुदूरपश्चिममा मात्रै ७ को मृत्यु’ ।
विदेशमा कामदार पठाउने म्यानपावर कम्पनीका मुख्य – मुख्य मानिसलाई निगरानीमा राख्नुपर्ने जनतामा चर्चा चल्दै छ । जिल्ला र गाउँका युवाहरूको घर – खेत बेची विदेश पठाउन फकाउने एजेन्टहरूको ठाउँ थाहा छैन र तिनीहरूलाई खोज्दा पनि घरमा भेटाइँदैन भन्ने गुनासो छ ।
आफ्नो देशमै रोजगारीको बन्दोबस्त नगरी एजेन्ट भाग खाएर युवाहरूलाई विदेश पठाउने नीति अगाडि सार्ने पूर्व अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री भएका डा. प्रकाशशरण महतलाई पनि विदेशमा अलपत्र परेका युवाहरूका परिवारले भेट्न खोजेको गाइँगुइँ सुनिएको छ ।
गलत दृष्टिकोणबाट भयानक परिणाम
कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४ लाखभन्दा बढी भयो, ७० लाख १६ हजार सङ्क्रमित र ३० लाख ३२ हजार निको भएको समाचार छ ।
सम्भवतः अर्काे महिनासम्ममा सङ्क्रमित हुने, निको हुने र मृत्यु हुनेको सङ्ख्या करोड नाघ्नेछ ।
‘भारतमा एकै दिन झन्डै १० हजार सङ्क्रमित थपिएको समाचार नयाँ दिल्ली (एजेन्सी) को छ (राजधानी, २६ जेठ २०७७) । भारतमा अहिले लकडाउनलाई खुकुलो पारिएको छ एवम् बजार र व्यवसाय बिस्तारै अगाडि बढ्दै छ । यस हिसाबले अर्काे महिनासम्ममा भारतमा दैनिक सङ्क्रमण सङ्ख्या ३ लाख पुग्ने स्वाभाविक अनुमान गरिँदै छ ।
बितेका महिनाहरूमा रेल खुला गर्दा लाखौँ – करोडौँ कामदार जनता विभिन्न प्रान्तका गाउँ र सहरका घर – घर पुगे, तिनीहरूमध्ये केही सङ्क्रमित होलान्, गाउँमा क्वारेन्टिन (एक्ला–एक्लै बस्ने) को बन्दोबस्त थिएन न त ‘सामाजिक दुरी’ कायम गर्नेबारे नै जानकारी होला । त्यसको अर्थ ठूलो सङ्ख्यामा सङ्क्रमित हुने सम्भावना सबैको अनुमान र अनुभवकै विषय हो ।
नेपाल र भारतको खुला सीमा छ । पहिलेदेखि सीमा नियमित गर्नु आवश्यक भएको चर्चा देशमा हुँदा र सदनमा छलफल हुँदा आजका सङ्घीयमन्त्री हृदयश त्रिपाठी र सांसद राजेन्द्र महतोले भारतसँग ‘रोटी र बेटी’ को सम्बन्ध तथा रोजी–रोटीको कुरा गरेर सीमा नियमित नगर्न सरकारलाई प्रभावमा पार्थे । यसले दुवै देशमा तस्कर, काला बजारिया, अपराधी, नक्कली औषधी नेपाल छिराउनेहरूले फाइदा लिए ।
अहिलेको कहालीलाग्दो परिस्थितिमा समेत आवतजावतमा सबै नाकामा कडाइ नगर्दा, सीमाका जिल्लावासीको स्वास्थ्य परीक्षण, क्वारेन्टिनको बन्दोबस्त र ‘सामाजिक दुरी’ को प्रचारप्रसार नगर्दा दुवैतिरका जनता महामारी रोग ‘कोभिड–१९’ बाट आक्रान्त छन् ।
Leave a Reply