कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
यस कार्यक्रममा केही विचार राख्ने अवसर दिनुभएकोमा सर्वप्रथम आयोजक साथीहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।
केही साथीहरूको जिम्मेवारीबाट सुरु भएको ‘श्रमिक’ साप्ताहिक २७ वर्ष र ‘मजदुर’ दैनिक २२ वर्ष पुगिसकेको छ । समयसँगै यसको प्रकाशन तयारी र वितरणमा साथीहरूको संलग्नता बढेको छ, थुप्रै लेखक र पत्रकारहरू जन्मिएका छन् । यो हर्षको कुरा हो । युवा भएका यी साख्खै दुई दाजुभाइ विभिन्न बेलाका आँधी हुरीसँग सामना गर्दै नियमितरूपमा पाठक समक्ष पुग्नु आफैमा एउटा गौरवपूर्ण उपलब्धि हो । यसको निम्ति प्रत्यक्ष परोक्ष सहयोग गर्ने र योगदान पु¥याउनेहरू सबै धन्यवादका पात्र छन् ।
निश्चय पनि यी पत्रिका सिद्धान्त र विचारको अडान एवम् व्यवहारमा ‘प्रकाश स्तम्भ’ रहेको नेपाल मजदुर किसान पार्टीसँग आबद्ध छन् । नेमकिपाको सिद्धान्त र विचारलाई यिनीहरूले जनतामाझ पु¥याउन दुन्दुभिको काम गरिरहेका छन् । नेमकिपाका असल र अविचलित कार्यकर्ताको रूपमा आफ्नो दायित्व र कर्तव्य निर्वाह गरिरहेका छन् ।
समाजवादको पक्ष र साम्राज्यवाद, विस्तारवादलगायतका प्रतिक्रियावादको विरोधको झन्डालाई यिनीहरूले उँचो उठाइरहेका छन् र देशैभर फहराइरहेका छन् । यसर्थ ‘श्रमिक’ र ‘मजदुर’ नेमकिपाको लक्ष्य प्राप्ति गर्ने सङ्घर्षको एउटा मोर्चा हो । यस मोर्चालाई सच्चा कम्युनिस्टलगायत देशभक्तहरूले पनि दरिलो साथ र सहयोग दिएर कायम राख्न मद्दत गरेका छन् ।
देशको विद्यमान व्यवस्थामा धेरै विकृति र विसङ्गतिहरू देखापरेका छन् । सत्तापक्ष कर्तव्यच्यूत भइरहेको छ भने प्रमुख प्रतिपक्षलगायतका कतिपय प्रतिपक्षी दलहरू भागबन्डामा लिप्त देखिएका छन् । यस्तो अवस्थामा प्रखर प्रतिपक्षी नेमकिपाको सशक्त भूमिकालाई यी पत्रिकाले जनतामाझ पु¥याउने आप्mनो दायित्व निर्वाह गर्दै आएका छन् । जनतालाई सचेत र सुसूचित गर्ने प्रतिपक्षको धर्म दृढताका साथ पालना गर्दै ‘श्रमिक’ र ‘मजदुर’ सच्चा र इमानदार प्रतिपक्षको झन्डा बनेर फहरिरहेको हामी पाउँछौँ ।
स्थापनादेखि वर्तमानसम्म यी पत्रिकाले आस्थाको पत्रकारितालाई अविचलितरूपमा अङ्गीकार गर्दै आएको छ । अर्को शब्दमा सिद्धान्त, विचार र व्यवहारमा अटल नेमकिपाझैँ यी पत्रिकाले आस्थाको पत्रकारिता गरेर देशको पत्रकारिता क्षेत्रमा आफ्नो विशिष्ट र उज्यालो छवि स्थापित गरेका छन् । देशका कतिपय पत्रपत्रिकाले दही चिउरे चरित्र प्रदर्शन गरेको स्थितिमा ‘श्रमिक’ र ‘मजदुर’को सही सूचना, विचारमा स्पष्टता, सही दृष्टिकोणले राज्यको चौथो अङ्गको महत्व र गरिमालाई कायम राख्न सफल देखिएको छ । यसक्रममा इतिहासदेखि वर्तमानसम्मका सान्दर्भिक र समय सापेक्ष विषयलाई महत्व र प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ । त्यसबाट पाठकहरू ज्ञान, शिक्षा र विचारबाट सुसूचित भएका छन्, लाभान्वित भएका छन् । यसले प्रत्यक्ष–परोक्षरूपमा देशलाई अगाडि बढाउन सहयोग पुगेको छ, साथै गल्ती गर्ने र कमजोरी देखाउनेलाई सुध्रिने र सच्चिने अवसर पनि प्रदान गरेको छ । तर, हठी र मूर्खहरूको निम्ति ती कुरा ‘भालुलाई पुराण’ हुने गरेको र समयान्तरमा पश्चातापको दलदलमा फस्ने गरेको पनि हामीले देखे – सुनेका छौँ ।
नेमकिपाको सिद्धान्त र विचारको झन्डा बनेका ‘श्रमिक’ र ‘मजदुर’ कार्यकर्ताहरूका निम्ति एउटा राजनीतिक कक्षा रहिआएको छ । यसले पार्टीको सिद्धान्त, विचार, नीति, दृष्टिकोणबारे आम कार्यकर्ताहरूलाई मार्गदर्शन गरिरहेको तथ्यबाट सबै अवगत छन् । नेताहरूबाट प्रत्यक्ष मार्गदर्शन र प्रशिक्षण प्राप्त गर्न नसक्नेहरूलाई समेत परोक्षरूपमा यसले बाटो देखाइरहेको तथ्यबाट हामी भुक्तभोगी हौँ । त्यसैले यी पत्रिका कार्यकर्ता, पाठकका लागि ‘कम्पास’ अर्थात् दिशा सूचक बनेको छ । यस तथ्यलाई पत्रिकामा काम गर्ने साथीहरूले पनि हृदयङ्गम गर्नु भएकै छ, अन्यथा उहाँहरूको सानो गल्तीले अर्थको अनर्थ हुनसक्छ, कम्पासले उल्टो दिशा देखाउन सक्छ, हाम्रो सैद्धान्तिक र वैचारिक हतियार रूपी प्रकाशन विपक्षीहरूले हामीतिरै सोझ्याउन सक्छन् ।
हो, पत्रिका प्रकाशनमा मुद्रा राक्षसले धेरै दुःख दिने गर्छ – सतीले सरापेको भने जस्तै । अर्थको अनर्थ हुने मुद्रा राक्षसलाई भूलसुधार गर्न सङ्कोच गर्नु प्रत्युत्पादक र भोलिका दिनमा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।
‘श्रमिक’ र ‘मजदुर’ सिद्धान्त र विचारको कम्पासमात्र होइन राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र परिवेश, कम्युनिस्ट आन्दोलन र कामदारवर्गको आन्दोलनको ऐना पनि हो । त्यसैले ऐना सफा र स्पष्ट हुनुपर्छ, धमिलो भएमा सही विम्ब दिन सक्दैन । यी पत्रिकामा छापिने अन्तर्राष्ट्रिय विषयका लेख रचनाको सम्पादनमा अलि बढी ध्यान पु¥याउन साथीहरूलाई फेरि आग्रह गर्न चाहन्छु । किनभने, कुनै कुनै लेख वा लेखका अंश दुई तीनचोटि दोहो¥याएपछि मात्र बुझिने हुन्छ, कुनैलाई त बुझ्न कठिन नै हुन्छ । साथै, उच्चारणमा फरक हुने र थप अध्ययन गर्नेहरूका लागि अनुदित लेखहरूका महत्वपूर्ण शब्दको अङ्ग्रेजी हिज्जे नछुटाउन अनुरोध गर्दछु ।
पत्रिकामा प्रकाशित लेख रचना स्वाभाविकरूपमा उत्कृष्टदेखि सामान्य स्तरका छन् । तर, कहिलेकाहीँ ग्रहण गर्न गा¥हो हुने खालका पनि छन् । एउटा उल्लेख गरौँ – मिखाइल लुकास र भारतीय चलचित्र कलाकार इरफानलाई ‘अमर व्यक्तित्व’ बनाएको । का. मिखाइलको समर्पण, योगदान र व्यक्तित्वका कारण निश्चय पनि अमर व्यक्तित्व हुन् । तर, के इरफान पनि अमर व्यक्तित्व हुन् ? यसमा साथीहरूको दृष्टि कम पुगेको धेरैले अनुभव गरेको हुनुपर्छ ।
अन्तमा, तस्वीरले लेख रचनाका विषयवस्तु स्पष्ट बुभ्mन धेरै मदत गर्छ अतः क्याप्सनसहित धेरै समावेश गर्न, कार्टुन ‘मधुर वाण’ भएकोले कार्टुन लेख्नेहरूलाई तालिम–प्रशिक्षण दिएर भए पनि नटुटाइयोस् । यही अनुरोध गर्दै, साथीहरूको निरन्तर योगदान रहोस् र पाठकहरूको विश्वास जित्दै जान सकोस् भन्ने कामना गर्दछु ।
Leave a Reply