सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पचास वर्षभन्दा अगाडि १४ अप्रिल १९६७ मा अश्वेत नेता मार्टिन लुथर किङ्ग जुनियरले स्ट्यान्फोर्ड विश्वविद्यालयमा उनको प्रख्यात भाषण ‘अर्को अमेरिका’ (The other America) दिएका थिए । त्यतिबेला किङ्गले धैर्यपूर्वक विद्यार्थी र प्राध्यापकहरूका बीचमा संरा अमेरिकाको स्थितिबारे चर्चा गर्दै भनेका थिए – दङ्गा सामाजिकरूपमा विध्वंसकारी र आत्मघाती छन् । तर, अन्तिम विश्लेषण दङ्गा बेवास्ता गरिएकाहरूको भाषा हो ।
संरा अमेरिकामा हालै जर्ज फ्लोयड (George Floyd) अहमद आर्वेरी (Ahmoud ArberY) र ब्रेयना टेलर (Breonf Taylar) को हत्याविरुद्ध संरा अमेरिकाका सहरहरूमा भइरहेको सडक आन्दोलनमा किङ्गका शब्दहरू पहिलेभन्दा टड्कारो सुनिएका छन् । किङ्गले त्यतिबेला चेतावनी दिएका थिए “अमेरिका स्वतन्त्रता र न्यायको वाचा पूरा नभइरहेको आवाज सुन्न असफल भइसकेको छ र गोरा जातिको समाजको ठूलो भाग न्याय, समानता र मानवताभन्दा धोकाधडी, जीत र शान शौकत कायम गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् ।”
प्रश्न उठ्छ कि विगत आधा शताब्दीभन्दा लामो अवधिमा किन केही पनि बदलिएको छैन ?

सन् १९६० को दशकमा अश्वेत नेता किङ्गले आफ्नो बढी जसो समय मुख्य आर्थिक र सामाजिक समस्याहरूमा केन्द्रित गरे । उनले विद्यमान असमानताबारे चर्चा गर्दै ‘दुईटा अमेरिका’ को अस्तित्व रहेको बताएका थिए – एउटा अमेरिकामा समृद्धिको दूध र अवसरको मह भरिभराउ छ र पोखिइरहेको छ भने अर्को अमेरिकासित परिवर्तनका टुसाहरू दुर्भाग्यको चक्कीमा पिसिँदै गइरहेको दिनदिनैको कुरूपमा मात्र छ । त्यसकारण, उनले तर्क गरेका थिए – नागरिक अधिकारको सङ्घर्ष आफैमा परिवर्तन हुनुपर्छ, कानुनी र समग्र भेदभाव उन्मूलन गर्दै अनुचित समानताको माग गर्नुपर्छ ।
किङ्गले चिन्तन गरेको नागरिक अधिकारको नयाँ आन्दोलनले काला वर्णका अमेरिकीहरूले आफ्नो दैनिक जीवनको बेरोजगारी, विभेद गरिएको विद्यालय, आवासमा विभेद, सहरी झोपडबस्ती र धेरै–धेरै समस्याका कारण सामना गरिरहेको अवसाद (depression) रहेको तथ्यलाई पहिचान गर्न सक्नुपर्छ । त्यस अवसादले सन् १९३० को मन्दीको अवसादले भन्दा बढी पिरोलिइरहेको छ ।
त्यस्तो स्थितिको निरन्तर उपस्थितिको परिणामस्वरूप संरा अमेरिकाका सबैजसो सहरहरू बारूदको गोलामाथि रहेका छन् । कतिपय आक्रोशको क्षणमा र कतिपय भेदभावको गहिरो अवस्थामा मानिसहरू दङ्गामा संलग्न हुन्छन् ।
किङ्गले त्यतिबेला संरा अमेरिकाको सङ्घीय कानुनमा ‘न्यायसम्बन्धी प्रशासनमा विशेष व्यवस्था’ गर्नुपर्ने जिकिर गर्नुका साथै सबै जनताको निम्नतम आय हुने बन्दोबस्त गरिनुपर्नेमा जोड दिएका थिए । अमेरिकामा ५० भन्दा बढी काला र गोरा वर्णका नागरिक अधिकारकर्मीहरूको हत्या भएपछि नै उक्त कुरा उठाइएको थियो । त्यतिबेला किङ्गले भियतनाम युद्धजस्तो खराब नियतको युद्धमा वर्षको ३५ अर्ब डलर र चन्द्रमामा मानिस पठाउने कार्यक्रममा २० अर्ब डलर खर्च नगरेमा आफूले प्रस्ताव गरेको योजनामा देशले खर्च जुटाउन सक्ने बनाएका थिए ।
संरा अमेरिकाको परिस्थिति आज पनि उस्तै रहेको छ । अहिले काला वर्णका अमेरिकीहरू अनुपातभन्दा धेरै बढी कोभिड–१९ को महामारी र त्यसबाट सिर्जित आर्थिक सङ्कटको चपेटामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण र मृत्युको हिसाबले काला वर्णका गरिब अमेरिकी धेरै छन् । बढ्दो बेरोजगारीले गर्दा तिनीहरूले आफ्नो स्वतन्त्रतालाई बन्धक राख्नुपर्ने सर्तसहितका ‘जरुरी’ काम पनि गर्नुपरेको छ ।
काला वर्णका पुरुष र महिलाहरूले अरू सामान्य जनताको तुलनामा धेरै नै दुःख भोग्नुपर्छ र देशको प्रहरी बलले बिनाकारण गर्ने हिंसाको निरन्तर सिकार बन्नुपरेको छ । यो क्रम १९२० को दशकको मध्यमा मिसौरी राज्यको फर्गुसनमा अश्वेत अमेरिकी माइकल ब्राउन (Michael Brown) को हत्यादेखि नै निरन्तर चालु छ ।
म्यापिङ पोलिस भ्वाइलेन्स (Mapping Police Violence) संस्थाले सङ्कलन गरेका तथ्याङ्कअनुसार संरा अमेरिकामा गोरा मानिसको तुलनामा काला मानिसहरूको हत्या तीन गुणाले बढी छ । सन् २०२० मा आएर हामी पुग्न सकिने निष्कर्ष भनेको संरा अमेरिकाले असफल आर्थिक प्रणाली र समामाजिक अनुभवको प्रतिनिधित्व मात्र गर्दछ । यो देश आफ्ना काला वर्णका मानिसलाई मात्र नभई काला, गहुँगोरा र गोरा सबै वर्णका कामदारवर्गका जनतालाई आर्थिक र सामाजिक न्याय प्रत्याभूत गर्न असफल भएको छ ।
यो देश यस्तो आर्थिक प्रणालीमा आधारित छ, जसले मुट्ठीभरका उच्चवर्गको नाफा र हितका लागि सुरुदेखि नै कालो वर्णका दासहरूको शरीरलाई र पछि बहुवर्णका कामदार वर्गलाई नियन्त्रणमा राख्दै र सजाय गर्दै आएको छ । यसले सांस्कृतिक प्रतिष्ठानहरू र राज्य हिंसा दुवैलाई भेदभावपूर्ण व्यवहारहरू र असमानताको अपूरणीय खाडल सिर्जनाका लागि बलपूर्वक लगाएको छ । संरा अमेरिकाले स्वतन्त्रता, प्रजातन्त्र र न्यायिक व्यवहारको महान् वाचाहरू गरेको थियो तर त्यसमा उ असफल भएको छ । विशेष गरी हालैका दशकहरूमा ती कुनै पनि कुरा अमेरिकी जनतालाई प्रत्याभूत गर्नमा कुनै चासोसम्म राखेको देखिँदैन ।
संयोगवश, यति नै खेर आशाका केही किरणहरू देखापरेका छन् । संरा अमेरिकामा नयाँ पुस्ताको उल्लेख्य अभियान देखापरेको छ । उदाहरणका लागि फर्गुसन विद्रोह र गरिब जनताको अभियानकै जगमा आज ‘ब्लैक लिभ्स म्याटर’ अर्थात् ‘काला मानिसहरूको जीवनको पनि अर्थ छ’ जन्मेको र अगाडि बढिरहेको छ । साथै, कैयौँ आलोचक विचारकहरू पनि देखापरेका छन् ।
यसैबीच विरोध प्रदर्शनमा कैयौँ गोरा युवा–युवतीको उपस्थिति, देशभरका सहरहरूमा विरोध प्रदर्शनहरू उठ्नु, कालो वर्णका सहकर्मीसँग गहुँगोरो वर्णका सहकर्मीहरूले काँधमा काँध मिलाउनु आदि अवस्थाहरू नै वास्तवमा सन् १९६७ मा किङ्गले सङ्घर्ष नत्याग्न प्रेरित गरेको सम्झना गर्ने प्रसङ्ग हुन् ।
अमेरिकाका गोराहरूलाई विश्वास गर्न सकिन्न भनी अनुभूति गर्नेहरूको असन्तुलित, पीडा तथा अमिलो अनुभव म बुझ्छु र मैले महसुस गरेको छु । अझै धेरै मानिस पुरानै जातिवादी धारणाले निर्देशित छन् र पनि म के कुरामा विश्वस्त छु भने अझै धेरै गोरा मानिस प्रगतिशील धारणा र व्यवहारको पक्षमा रहेका छन् । साथै, मलाई खुसी पनि लाग्छ, कि हरेक दिन भइरहेका प्रदर्शनमा विद्यार्थी पुस्ता अगाडि बढिरहेका छन् र उनीहरू सबैभन्दा माथि प्रजातान्त्रिक सिद्धान्त र न्याय हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरू न्यायको निम्ति, नागरिक अधिकारका निम्ति र आगामी दिनमा साँचो शान्तिका निम्ति न्याय नै सर्वप्रमुख हुनुपर्छ भन्ने धारणामा अडिग छन् । त्यसैले म निराश हुन अस्वीकार गर्छु !
( ‘A riot is the language of the unheard’)
_ Mronline.org
June 3, 2020’
अनुवाद ः प्रकाश
Leave a Reply