नेपाल र भारतको युवा आन्दोलन : दुई दृष्टिकोण
- श्रावण १२, २०८३
वर्तमान अवस्थामा यस कोभिड–१९ को महाविपत्तिमा परम्परागत शिक्षण प्रणाली असम्भव प्रायः छ किनभने यस परिस्थितिमा यस महाविपत्तिबाट जोगिन एकमात्र उपाय घरभित्रै बस्नु अथवा सामाजिक दुरी कायम गर्नु नै हो । हालको परिस्थितिमा लाखाँै विद्यार्थीहरूलाई नियमित शिक्षा सुरु गर्न वैकल्पिक कक्षा निश्चितरूपमा वस्तुगत एवं व्यवहारिक हुनुपर्छ । शिक्षा मन्त्रालयले असार १ गतेबाट वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । देशभर रहेका हजारौँ सार्वजनिक एवं संस्थागत विद्यालयहरू सरकारको उक्त निर्देशिकाअनुसार स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफलाइनबाट कक्षा सञ्चालन गर्न आफ्नो आफ्नो किसिमले तयारी गरिरहेका छन् । हाल देशभर करिब ५५ लाख ८३ हजार विद्यार्थीहरू सार्वजनिक विद्यालयमा अध्ययन गर्छन् भने २४ लाख ४४ हजार विद्यार्थीहरू संस्थागत विद्यालयहरूमा अध्ययन गर्छन् । त्यसैगरी उपत्यकाभित्र मात्र करिब ६१६ सार्वजनिक विद्यालय र १ हजार ५६५ संस्थागत विद्यालयमा करिब ५ लाख ९४ हजार ४५८ विद्यार्थीहरू अध्ययन गर्छन् । तर, अहिलेसम्म आवश्यक पठनपाठनका सामग्रीहरू सुलभरूपमा सम्पूर्ण विद्यार्थीहरू पुग्न सकेका छैनन् । तसर्थ हाल तयारी गर्न खोजेको वैकल्पिक कक्षालाई वस्तुगत एवं व्यवहारिक बनाउनैपर्छ ।
विश्वमा प्रविधिको विकास अत्यन्त द्रुतगतिमा भइरहेको छ । तर, नेपालमा प्रविधिको अवस्था निकै पछाडि छ । विकसित राष्ट्रहरूले विविधरूपमा प्रविधिको प्रयोग गरी हरेक काम छिटो छरितो गर्नसक्दा पनि नेपालमा भने सामान्य कक्षा सञ्चालनका लागि पनि आधुनिक प्रविधिको प्रयोग मुस्किल देखिन्छ । हामीलाई थाहा छ, शिक्षामा प्रविधि हुनु अत्यन्त आवश्यक छ । आधुनिक प्रविधिको प्रयोगबाट गरिएको शिक्षण परम्परागत शिक्षणभन्दा कैयौँ गुणा बढी उत्कृष्ट हुन्छ । तर, नेपाल विकासशील मुलुकको रूपमा रहेको र प्रविधिमा निकै पछाडि परेका कारणले त्यस्तो लाभबाट बञ्चित देखिन्छ । आज संसारका अधिकांश मुलुकहरू कोभिड–१९ बाट ग्रसित छन् । यस्तो समयमा नियमित कक्षा सञ्चालन गर्नु पूर्णरूपमा सम्भव हुँदैन । यस्तो अवस्थामा विकल्पको रूपमा अघि सारिएको अनलाइन कक्षा जहाँ आधुनिक प्रविधिको भरपुर प्रयोग गरिन्छ, नेपालजस्तो गरिब मुलुकमा अति नै आवश्यक तर चुनौतीपूर्ण छ ।
किन आवश्यक छ अनलाइन शिक्षा ?
गत डिसेम्बर २०१९ मा चीनको उहान सहरबाट सङ्क्रमण सुरु भएको कोभिड–१९ नामक महामारीबाट अधिकांश मुलुकहरू ग्रसित छन् । यस महामारीबाट नेपाल पनि ग्रसित भइरहेको छ । अहिले २१३ देशमा सङ्क्रमण फैलिसकेको छ । यस महामारीबाट नेपाल पनि ग्रसित छ । नेपालमा सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा बढी पुगेको छ भने निको भइसकेको सङ्ख्या ८ सत्न्दा बढी पुगिसकेको छ । यसबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको छ । वर्तमान अवस्थामा यो सङ्क्रमण नियन्त्रण हुने सम्भावना देखिएको छैन । विदेशबाट नेपालीहरू फर्कने क्रम जारी छ । सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । औद्योगिक, शैक्षिक, पर्यटन, व्यापार–व्यवसाय, बैङ्किङ्ग, कृषि र अन्य आर्थिक गतिविधिहरू पूर्ण अथवा आंशिकरूपमा प्रभावित भइसकेका छन् । शिक्षा क्षेत्र पूर्णरूपमा ठप्प छ । दुई महिनाभन्दा बढी सम्पूर्ण शैक्षिक संस्थाहरू बन्दाबन्दी रहँदा देशभरका लाखौँलाख विद्यार्थीहरू आफ्नो पढ्न पाउने अधिकारबाट बञ्चित छन् । आर्थिक विकासका विभिन्न पूर्वाधारहरूमध्ये महत्वपूर्ण मानिने शिक्षा क्षेत्र पनि पूर्णरूपमा ठप्प छ । यसलाई अझ प्रस्टरूपमा भन्नुपर्दा ५५ लाख ८३ हजार सार्वजनिक विद्यालयमा र २५ लाख ४४ हजार संस्थागत विद्यालयमा पढ्ने सम्पूर्ण विद्यार्थीहरू दैनिक पठनपाठनबाट बञ्चित छन् ।
बन्दाबन्दीले घरबाहिर निस्कने अवस्था छैन । बालबालिकालाई कतिञ्जेल घरमै थुनेर राख्ने ? सबै अभिभावक र परिवेश शिक्षित नहुन सक्छन् । पाठ्यसामग्री उपलब्ध नहुन सक्छ । विद्यालयमा पढ्ने, खेल्ने र रमाउने बालबालिकालाई घरमै थुनेर राख्दा नकारात्मक मानसिक असर पर्नसक्छ । कोरोना त्रास बढ्न सक्छ । एउटा शैक्षिक सत्र ग्याप हुनसक्छ । मुलुकले ठुलो क्षति बेहोर्नुपर्ने हुनसक्छ । त्यसैले वैकल्पिक शिक्षाको खोजी गर्नु जरुरी छ । विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्न नसक्ने अवस्थासम्म अनलाइन कक्षा सञ्चालन गर्ने एउटा विकल्प देखिन्छ । यस अवस्थामा कतिपय संस्थागत विद्यालयहरूले सार्वजनिकरूपमै सूचना जारी गरी अभिभावकहरूलाई सम्पर्क गर्न र वैकल्पिक विधिबाट सञ्चालन गरिने कक्षाहरूमा बालबालिकालाई आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेको पाइन्छ । कतिपय संस्थागत विद्यालयहरूले त अनलाइन कक्षा सञ्चालन गरिसकेका छन् । राजधानी र प्रमुख सहरका केही सामुदायिक विद्यालय पनि अनलाइन कक्षा सञ्चालनमा जुटेका छन् । यो सराहनीय कुरा हो । तर, यो कार्य चुनौतीपूर्ण छ ।
अनलाइन शिक्षा सञ्चालनमा देखिने चुनौतीहरू के हुन् त ?
सुन्दा सामान्य र निकै राम्रो लागे पनि अनलाइन शिक्षा सञ्चालनमा धेरै चुनौतीहरू देखिन्छन् । यहाँ तिनकै लेखाजोखा गरिन्छ ।
गतसाता एउटा समाचार हामी सबैले पढेकै हुनुपर्छ । भारतको कुनै स्कूलमा पढ्ने एक बालिकाले स्कूलले सुरू गरेको अनलाइन कक्षामा बस्न आफ्ना अभिभावकले आवश्यक सामग्री किनिनदिएको रिसमा आत्महत्या गरिछन् । हाम्रा अभिभावकहरू यस कुराबाट केही मात्रामा भए पनि त्रसित हुनु स्वाभाविकै हो । अनलाइन कक्षाको नाममा अभिभावकलाई थप आर्थिक भार पर्नसक्छ । धेरैजसो अभिभावकले त यो पूरा गर्न नसक्ने अवस्था पनि छ ।
नेपालको शिक्षामा प्रविधि जसरी प्रयोग हुनुपर्ने हो त्यसअनुरूप हुनसकेको छैन । धेरैजसो विद्यालयहरूमा कम्प्युटर तथा इन्टरनेटको अभाव छ । विद्यार्थीमा पनि यो अभाव देखिन्छ । एकातर्फ सामुदायिक विद्यालयहरूमा अनलाइन कक्षाको कुनै तयारी छैन भने अर्कातर्फ संस्थागत विद्यालयहरूमा वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्दा निश्चितरूपमा नेपालको शिक्षा क्षेत्रमा विभेद पैदा हुन्छ ।
सरकारी विद्यालयहरूमा प्रविधिको पहुँच निकै कम छ, भौतिक पूर्वाधारहरू पनि आवश्यकतानुसार विकास गर्न सकेको देखिँदैन । त्यस अवस्थामा सरकारी विद्यालयहरूमा प्रविधिमा निहित कक्षा सञ्चालन गर्न असम्भव प्रायः छ भने संस्थागत विद्यालयहरूमा पनि यो समस्या उत्तिकै छ । केही शैक्षिक संस्थाहरूको अवस्थाबाहेक अधिकांश संस्थागत विद्यालयहरू जुन उपत्यकाभित्र अथवा उपत्यकाबाहिर सञ्चालनमा रहेका छन्, तिनमा पनि आवश्यक प्राविधिक पूर्वाधारहरूको खासै व्यवस्था गरिएको देखिँदैन । तिनीहरूले कसरी अनलाइन कक्षा सञ्चालन गर्लान् ?
अधिकांश अभिभावकहरू निम्न र मध्यमवर्गीय परिवारका छन् । यस परिस्थितिमा प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गर्दा आइपर्ने प्राविधिकका साथै आर्थिक समस्याहरू जताततै बाधाका रूपमा रहन सक्छन् ।
उपत्यकाबाहिर एवं देशका विभिन्न जिल्ला, सहर र ग्रामीण भागमा सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयहरू आफैँ त्यति सम्पन्न छैनन्, प्राविधिकरूपमा सबल छैनन् तिनले के–कस्तो वैकल्पिक विधि प्रयोग गर्लान् ? कुन तरिकाबाट अनलाइन कक्षाहरू सञ्चालन गर्लान्, यो आफैँमा चुनौतीपूर्ण सवाल हो ।
केही संस्थागत विद्यालयहरूले शिशु कक्षादेखि नै अनलाइन कक्षाहरू सञ्चालन गर्दै आएको र केहीले गर्ने तयारी गरिरहेको देखिन्छ । जुन धेरै हदमा अव्यवहारिक हुन्छ ।
अधिकांश विद्यालयहरूमा आबद्ध शिक्षकहरू प्राविधिक ज्ञानमा खासै निपुण देखिँदैनन् । विषयवस्तुको ज्ञानले मात्र के गर्नु ? प्रविधिमा असक्षम शिक्षकले अनलाइन कक्षा कसरी सञ्चालन गर्लान् ?
नेपालमा अनलाइन कक्षा सञ्चालनसम्बन्धी यी र यस्ता अरू धेरै चुनौती छन् । यस्तो अवस्थामा के गर्ने त ? कसरी समस्या समाधान गर्ने ?
सम्भावित उपायहरू
बन्दाबन्दीको यस अवस्थामा आफ्ना विद्यार्थीहरूलाई बिनाथप आर्थिक भार निःस्वार्थ भई पठनपाठनमा सहभागी गराउनु पक्कै पनि केही सामुदायिक विद्यालय र धेरै सहरकेन्द्रित संस्थागत विद्यालयहरूको सो कार्यलाई सराहनीय मान्नुपर्छ । यसका लागि अनलाइन कक्षा सञ्चालन कार्यलाई थप सहज बनाउन निम्न उपायहरू अपनाउन सकिन्छ ।
१. सबै अभिभावकहरूको मोबाइल नम्बर तथा फेसबुकसहित इन्टरनेटको व्यवस्था भए नभएको तथ्याङ्क सङ्कलन गर्ने ।
२. हरेक परिवारमा रहेका बालबालिकाको सङ्ख्या र उनीहरूको कक्षा, तह आदिको तथ्याङ्क सङ्कलन गर्ने ।
३. हरेक विद्यालयहरू एवं हरेक विषय शिक्षकहरूले प्रशस्त पाठ्यसामग्रीहरू सङ्कलन गर्ने र आफ्नो पहलमा नयाँ पाठ्यसामग्री तयार गर्ने र हरेक विद्यार्थीहरूको फेसबुकमा पठाइदिने ।
४. साप्ताहिक अथवा दैनिकरूपमा विषयवस्तु केन्द्रित प्रश्नहरू तयार पारी हरेक तहका विद्यार्थीहरूलाई पठाउने ।
५. नेपाल टेलिकमको खयष्अभ उबअप लिएर सम्पूर्ण अभिभावकहरूलाई समयतालिका मिलाएर सम्पर्क गर्ने, पाठ्यसामग्रीसम्बन्धी परामर्श गर्ने र घरपरिवारमा विद्यार्थीहरूलाई पढ्ने वातावरण मिलाइदिन अनुरोध गर्ने ।
६. अधिकांश अभिभावकहरू निरक्षर भएको अवस्था एवं इन्टरनेटको सुविधा नभएको अवस्थामा यलष्लिभ कक्षाको औचित्य हुँदैन । यस्तो परिस्थितिमा अभिभावकहरूलाई सम्पर्क गरी घरमै नानी बाबुहरूलाई सम्बन्धित कक्षाका पुस्तकहरू सङ्कलन गरी पठनपाठनको व्यवस्था गर्न अनुरोध गर्ने ।
७. त्यसैगरी सो व्यवस्था पनि हुन नसकेको अवस्थामा नानीबाबुहरूलाई घरमै व्यवहारिक ज्ञान एवं अन्य सम्भावित सीपहरू सिकाउन अनुरोध गर्ने ।
८. अभिभावकहरूलाई उपयुक्त पाठ्यसामग्रीहरू पाउनका लागि विभिन्न स्रोतहरूको जानकारी दिई सङ्कलन गर्न सुझाव दिने र विद्यार्थीहरूलाई पढ्न दिनका लागि अनुरोध गर्ने ।
निष्कर्ष
आजको विषम परिवेशमा बालबालिकालाई निरन्तर शिक्षा दिन अनलाइन प्रविधि जरुरी देखिन्छ तर यसमा मनग्य चुनौती देखिन्छन् । ती चुनौती समाधान गर्दै अनलाइन कक्षा सञ्चालन गर्नु उपयुक्त हुन्छ । चुनौती समाधानका उल्लिखितबाहेक स्थान र परिवेशअनुसार अन्य केही विकल्पहरू भए तिनलाई पनि यथोचित समावेश गरी अनलाइन कक्षा वा अन्य उपयुक्त प्रकृतिले विद्यार्थीलाई शिक्षा दिन सकिन्छ ।
८ वर्षभन्दा कम उमेरका साना–साना नानीबाबुहरूलाई पठनपाठन गर्दा खेल विधि, आफँै गरेर सिक्ने विधि, कुनै चिज हेरेर सिक्ने विधि आदिबाट पढ्न र सिक्न प्रेरित गर्नु उपयुक्त हुन्छ । यिनीहरूलाई नीरस तरिकाबाट अनलाइन कक्षा लाद्न खोज्यो भने पठनपाठन प्रक्रिया र शिक्षाप्रति नै वितृष्णा पैदा हुनसक्छ । जसले नानीहरूमा नकारात्मक असर पर्नसक्छ । यस यथार्थलाई सम्पूर्ण सम्बन्धित पक्षहरूबाट संवेदनशील भएर सोच्नु जरुरी देखिन्छ ।
Leave a Reply