जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
भारतीय शासक वर्गसँग रहेका दुई गलत समझदारी गत सोमबार चीन र भारतको सीमावर्ती गलवन उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच आपसमा गम्भीर मुक्कामुक्की, कुटपिट र हानाहान भयो । भारतीय पक्षले आफ्नो तर्फबाट कम्तीमा २० जना सेना मारिएको बताएको छ । चीनको सेनाले दुई देशका सेनाबीच आपसमा भिडन्त भएको र दुवै पक्षका सेनाको हताहती भएको पुष्टि गरे पनि आफ्नो तर्फबाट कति सङ्ख्यामा सिपाहीँ मारिए वा घाइते भए भन्ने तथ्याङ्क खुलाएको छैन ।
पछिल्लो समय चिनियाँ र भारतीय सेनाबीच भएको यो सबभन्दा ठलो र गम्भीर खालको भिडन्त हो । केही भारतीय सञ्चारमाध्यमले सन् १९७५ यता दुई देशबीच सीमा विवादमा सिपाहीं मारिएको यो पहिलोपटक हो ।
भारतले सीमावर्ती क्षेत्रमा बृहत् परिमाणमा पूर्वाधारहरू निर्माण गरिरहेको छ । यसरी बनाइँदै गरेका केही भारतीय पूर्वाधारले भने दुई देशबीचको सिमाना (लाइन अफ एक्चुएल कन्ट्रोल) नाघेर चिनियाँ भूमिमा समेत बनाइएका छन् । यसले सिमाना विवादबारे दुई देशबीचको सहमतिको उल्लङ्घन भएको छ । चिनियाँ सेनाले भारतीय समकक्षीहरूलाई सिमाना उल्लङ्घन गर्न रोक्ने क्रममा दुई पक्षबीच पटक – पटक भिडन्त हुँदै आएको छ ।
भारतीय पक्षको आक्रामकता र लापरबाही नै चीन–भारत सिमानामा लगातार द्वन्द्वको मूल कारण बन्दै आएको छ । पछिल्लो वर्षमा नयाँ दिल्लीले सीमाको मुद्दामा कडा नीति अख्तियार गर्दै आएको छ । यसको निम्ति मूलतः दुई वटा गलत बुझाइहरू दोषी छन् । भारतलाई हिजोआज के लागेको छ भने संरा अमेरिकाबाट चीनमाथि बढ्दो रणनीतिक दबाबको कारण चीन भारतसँगको सम्बन्ध कुनै पनि अवस्थामा तिक्त बनाउन चाहँदैन । त्यसकारण भारतीय पक्षबाट कुनै प्रकारको उत्तेजनात्मक पाइला चाले पनि चीनले त्यसको प्रतिरोध गर्नेछैन । साथै, केही भारतीय जनता भूलवश आफ्नो देशको सेना चीनको भन्दा शक्तिशाली भएको सोच्छन् । यी गलत बुझाइले भारतीय सोचाइको वस्तुनिष्ठतालाई प्रभावित बनाएको छ । फलतः भारतको चीन नीतिमा थप दबाब बढाएको छ ।
हिन्द–प्रशान्त रणनीतिमार्फत संरा अमेरिकाले भारतलाई उक्साइरहेको छ । त्यसकारणले पनि केही भारतीय शासक वर्गले माथिका गलत बुझाइ पालेर बसेका छन् । सन् २०१७ मा भारतीय सेना सिमाना नाघेर डोक्लाम क्षेत्रमा प्रवेश गरेको थियो । त्यो घटनाले चीनको भूअखण्डतालाई खुला चुनौती दिएको थियो । उनीहरूको आक्रामकताले नै त्यो पागलपना जन्मिएको थियो । भारतीय सेनाको आक्रामकताको लागि केही भारतीय सर्वसाधारणबाट वाहवाही पाएको थियो । त्यसको अर्थ भारतीय शासक वर्गमा चीनप्रति अस्वस्थ र खतरनाक सोचाइ छ ।
चीन भारतसँग भिड्न चाहँदैन । दुईपक्षीय सिमाना विवाद शान्तिपूर्ण वार्तामार्फत समाधानमा आशावादी छ । यो चीनको सदिच्छा हो, कमजोरी होइन । चीनले शान्तिको नाममा कसरी आफ्नो सार्वभौमिकतामा सम्झौता गर्नसक्छ र नयाँ दिल्लीका धम्कीसामु झुक्नसक्छ ?
चीन र भारत दुवै ठुलठुला देशहरू हुन् । दुई देशबीचको सीमा क्षेत्रमा शान्ति र स्थायित्व दुवै देश र सिङ्गो क्षेत्रको चासोको विषय हो । चीन–भारत सम्बन्धमा संरा अमेरिकाले लगानी गर्ने स्रोत सीमित भएको कुरा नयाँ दिल्ली बुझ्न जरुरी छ । संरा अमेरिकाले भारतलाई चिप्लो घस्नेबाहेक केही काम गर्नेछैन । वाशिङ्टनले चीनसँग भारतको सम्बन्ध खराब बनाउन नै मिहिनेत गर्नेछ । भारतलाई आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गर्नु नै वाशिङ्टनको लक्ष्य हो ।
चीन र भारतको शक्तिबीचको भिन्नता प्रस्ट छ । चीन भारतसँगको सिमाना विवादलाई द्वन्द्वमा रूपान्तरण गर्न चाहँदैन । यो चीनको सदिच्छा र संयम हो । तर, चीन सिमानाको अवस्थाबारे प्रस्ट छ । चीन सिमानाको विषयलाई द्वन्द्वको विषय बनाउन चाहँदैन । तर, चीन द्वन्द्वबाट डराएर भाग्ने पनि होइन । उसको यो नीतिले नैतिकता र शक्ति दुवैमा आधारित छ । चीनले आफ्नो न्यूनतम आधारमा कसैसँग पनि सम्झौता गर्न तयार छैन ।
गलवन उपत्यकामा अहिले भएको भिडन्तमा परी दुवै पक्षबाट हताहती भयो । दुई देशबीचको यो लगातारको घर्षण नियन्त्रणभन्दा बाहिर पनि जानसक्छ । सोमबारको घटनापछि दुवै देशका सेना नेतृत्वबीच संयम नीति लिएका छन् । विवादलाई शान्तिपूर्ण समाधान गर्न दुवै पक्षले इच्छा देखाएको छ । दुवै पक्ष तनाव बढाउने पक्षमा छैनन् । दुई पक्षबीच तुलना हुन नदिन र त्यसबाट बढ्नसक्ने तनावपूर्ण अवस्था रोक्न चिनियाँ सेनाले आफ्नो तर्फबाट भएको हताहतीको सङ्ख्या सार्वजनिक गरेको छैन ।
गलवन उपत्यकामा तनाव कम हुन जरुरी छ । भारतीय पक्षबाट सीमा क्षेत्रका सेना र प्राविधिकहरूको व्यवस्थापनलाई ध्यान दिने अपेक्षा गरिएको छ । साथै दुई देशका सेनाको नेतृत्वबाट आपसी सहमतिको पालना हुन आवश्यक छ । त्यस्तो भए दुवै पक्षको कल्याण हुनेछ । यसको निम्ति सीमा क्षेत्रमा परिचालित चीन र भारतका सेनाको भूमिका महत्वपूर्ण हुनेछ ।
चीन र भारतको सिमाना विवादमा चीनका जनताले चीन सरकार र जनमुक्ति सेनालाई विश्वास गर्नुपर्छ । चीन सरकार र जनमुक्ति सेनाले चीनको भूअखण्डताको रक्षा गर्नुका साथै सीमा विवाद समाधान गर्दा राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नेछ । चीनसँग आफ्नो एक इन्च भूमि पनि रक्षा गर्ने क्षमता र बुद्धिमता छ । चीनले कुनै पनि रणनीतिक फट्याइँलाई छुट दिनेछैन ।
ग्लोबल टाइम्सको सम्पादकीय
Leave a Reply