जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
झन्डै आकाशको फल ठानिएको मेलम्चीको पानी अन्ततः आउने भएको छ । सरकार मेलम्ची उद्घाटनको तयारीमा रहेको बताइन्छ । बहुदल पुनः स्थापनालगत्तैको मेलम्ची योजना प्रतिगमन, लोकतन्त्रपछि गणतन्त्रमा सम्पन्न हुने भएको छ । यसले हाम्रो विकासको गतिलाई स्पष्ट गर्छ ।
मेलम्चीको पानी भक्तपुर नगरमा पहिलो चरणमै ल्याउन भक्तपुर नपाका प्रमुखले गरेको प्रयासको निम्ति धन्यवाद ¤ यदि उहाँले जोड बल नगर्नुभएको भए सायद भक्तपुरवासीको निम्ति मेलम्चीको पानी आकाशको फल नै हुने थियो । यद्यपि निर्णय भयो भनेर ढुक्क बस्न नहुने देखिन्छ । यो देशमा छात्रवृत्तिमा पढ्न विदेश जान विमानमा बसिसकेकालाई ओरालेर ठुलाबडाका मान्छेलाई पठाएको, खेल खेल्न विदेश जान लागेका खेलाडीको सूची रातारात हेरफेर भएको घटना भएका छन् । के मेलम्चीको पानी वितरणको सन्दर्भमा नदोहोरिने कुनै ग्यारेन्टी छ ?
मेलम्चीको पानी भक्तपुर नगरमा पुरानै बन्दोबस्तमा वितरण गरिने भनिएको छ । यस कुराले हामी याछेँवासीलाई चिन्तित बनाएको छ । यो क्षेत्र पानीको हाहाकार हुनेमध्येको एक क्षेत्र हो । हिउँद या सुख्खायाममा पानी आउने कुरै भएन । वर्षायामपछिको ३–४ महिना पम्पले तान्दा पानी आउँछ । तर, पूरा नछोडेकोले हो वा केले हो माथिको घरकाले पानी तान्यो भने तल्लो घरको पम्पमात्र चल्छ पानी थोपा आउँदैन । आफ्नोभन्दा माथिको घरले पानी नतानेको मौका हेरी –पर्खी पानी तान्ने काम वर्षाैँदेखि हुँदै आएको छ । पुरानो वितरण प्रणालीको यो समस्याले मेलम्चीको पानी त हाम्रो लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने भयो ।
खानेपानीको महसुस केयूकेएललाई बुझाउँदै आए पनि समस्याको कुनै सुनुवाइ भएको छैन । २–४ महिना पानी पाउन वर्ष दिनको महसुल बुझाउँदै आएका छौँ । यसमा सुधार गर्न भक्तपुर नपा अर्थात् स्थानीय सरकारको पहल हुने आशा गरेका छौँ । नगरका सबै क्षेत्रमा मेलम्चीको पानी समानरूपमा वितरण गर्न केयूकेएललाई अहिले नै परिचालन गर्नु उपयुक्त हुनेछ । वर्षा सुरु भइसकेको र पानीपोखरीमा पानी पनि प्रशस्त भएकोले पानी नआउने क्षेत्रमा निरीक्षण र सुधारका लागि आवश्यक पहल गर्न अनुरोध गर्दछौँ ।
Leave a Reply