भक्तपुर, ६ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सहकारी संस्थाहरू सदस्यहरूको सांस्कृतिक स्तर उठाउन सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष – २०७६ को अवसरमा प्रकाशित ‘सिद्धि गणेश स्मारिका’ को विमोचन कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “बैङ्कले जस्तै आर्थिक कुरामात्र गर्ने हो भने सहकारीको प्रभावकारिता रहँदैन । अन्ततः समाजले यसको आवश्यकता महशुश गर्न छाड्नेछ ।”
उहाँले धेरै पैसा र ठुलो घर हुँदैमा जीवन सफल नहुने भन्दै राजनैतिक र सामाजिक गहिरो अध्ययनबाट मात्र जीवनको सांस्कृतिक स्तर उठ्ने हुँदा सहकारीले आफ्ना सदस्य र सदस्य परिवारको लागि यस्तो गैरवित्तीय सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । बल र पैसामा घमन्डी अमेरिकाले आफ्नै नागरिकलाई बचाउन अस्पताल र भेन्टिलेटरको पनि व्यवस्था गर्न नसकेको भन्दै अध्यक्ष बिजुक्छेँले अध्ययन, वर्गीय सोच र सङ्घर्षलाई आफ्नो जीवन पद्धति बनाउनुपर्छ भन्नुभयो ।
भारतको काँधमा बन्दुक तेस्र्याएर अमेरिकाले चीनलाई तर्साउन खोजेको र कोरोना भाइरस पनि यसैको श्रृङ्खला रहेको तथ्य क्रमशः प्रमाणित भएको चर्चा गर्दै अध्यक्ष रोहितले चीन सरकार र जनता एक ढिक्का भएकाले चीनमा कोरोना सङ्क्रमण नियन्त्रण भएको हो भन्नुभयो ।
पढेलेखेका राजनीतिक नेता र कार्यकर्ताको नेतृत्वको कमीका कारण देश अगाडि बढ्न नसकेको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले राम्रा शैक्षिक जनशक्तिलाई विदेश पठाउने र समाजका शोषक र शासक ढुक्क भएर जनताको शोषण गर्ने राजनीतिको विरोध गरिरहनुपर्छ भन्नुभयो ।
सभापतिको आसनबाट बोल्दै संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाद्वारा प्रकाशित स्मारिकामा समुदायमा आधारित असल सहकारी संस्था सञ्चालनका लागि आवश्यक सामग्रीहरू रहेको भन्दै सहकारीहरू मिलेर विशिष्टिकृत सहकारी सङ्घमार्फत ठुलो आकारमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने नयाँ सहकारी नियमावलीको व्यवस्थालाई सहकारीले उपयोग गर्नुपर्दछ भन्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले संरक्षित पँुजी फिर्ता कोष रकम सुपर मार्केटबढी लाभान्वित हुने धारणा राख्नुभयो ।

व्यवस्थापक राजेन्द्र दुमरुले कोरोना भाइरसको महामारीका कारण जारी लकडाउन अवधिमा पनि सेवा सुरु भएको भन्दै सदस्य रहे संस्था रहने हुँदा संस्थाले ऋणको साँवा भुक्तानीमा स्थगन तथा ब्याज भुक्तानीमा छुटलगायतका कार्यक्रम अगाडि सारेको बताउनुभयो ।
संस्थाको खँचास्थित सिद्धि गणेश तालिम हलमा सामाजिक दुरी कायम गरी आयोजना गरिएको कार्यक्रम संस्थाको फेसबुक खाताबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

One response to “सांस्कृतिक स्तर उठाउन सहकारी सक्रिय हुनुपर्ने”

  1. राम सुन्दर वासी says:

    “बैङ्कले जस्तै आर्थिक कुरामात्र गर्ने हो भने सहकारीको प्रभावकारिता रहँदैन । अन्ततः समाजले यसको आवश्यकता महशुश गर्न छाड्नेछ ।”
    उहाँले धेरै पैसा र ठुलो घर हुँदैमा जीवन सफल नहुने भन्दै राजनैतिक र सामाजिक गहिरो अध्ययनबाट मात्र जीवनको सांस्कृतिक स्तर उठ्ने हुँदा सहकारीले आफ्ना सदस्य र सदस्य परिवारको लागि यस्तो गैरवित्तीय सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *