भर्खरै :

उदार लोकतन्त्र’ का मित्र केसीसँग ‘ख्याल–ठट्टा’

नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीको ‘उदार लोकतन्त्र बिसर्जनतिर’ शीर्षकको १४ असारको लेख ‘नयाँ पत्रिका’ मा हेर्ने अवसर मिल्यो । देश लथालिङ्ग भएको चुपचाप हेरेर बस्नुभन्दा कुनै मित्रको घच्घच्याइमै भएपनि नेकपाको ‘नसुतेको’ वा ‘नबाँचेको’ सरकारको प्रदर्शनबारे २—४ वाक्य सुन्न र हेर्न पाउनुलाई प्रजातन्त्रकै पक्षमा गुण लाएको मान्नुपर्ने अवस्थामा नेकाको नेतृत्व छ । त्यसैले, एमालेंएमाओवादी (नेकपा) को सैद्धान्तिक–राजनैतिक चिन्तनबारे केसीजीलाई पर्नु पीर परेकोमा आश्चर्य लाग्यो ! नेकपा गलत बाटोमा गएपछि मात्रै नेकाको सत्ता भोगको पालो आउने सम्भावना छ । तर, केसीजीले किन पीर लिनुभएको होला, कुन्नि !?
बारम्बार सदन र सडकमा एमालेंएमाओवादी (नेकपा) नेपाली काङ्ग्रेसकै पद चिन्हमा लाग्दै छ र ‘नेकपा भाइकाङ्ग्रेस’ हो भन्ने चर्चा वर्षौँसम्म हुँदापनि किन फेरि नेकपालाई साँच्चै कम्युनिस्ट बनाउन ‘होली वाइन’ को ‘सुनपानी’ सिँचनमा लाग्नुपरेको होला केसीजीलाई ¤? नेका पनि एक अन्तर्राष्ट्रिय ‘समाजवादी’ पार्टीको सदस्य हो क्यारे ¤ तर, संसारमा ‘समाजवाद’ र ‘समाजवादी’ यस्तो टोप हो, जसलाई सबै किसिमका मानिसले लाउँदालाउँदै त्यसको आकार नै बिग्रिसकेको थियो । यो कथन वा कहावत नै एक सय वर्ष पुरानो भइसकेको छ । हरेक साम्राज्यवादी देशले मजदुरहरूलाई टुक्र्याउन अनेक प्रकारका ‘समाजवादी’ दलहरूको सृजना गर्छन्, भत्काउँछन् र कति ‘उदार’ प्रजातन्त्रवादीहरूलाई तर्साउँछन् । ‘कम्युनिस्ट’ को हाउगुजीले मात्र ‘उदार’ प्रजातन्त्रवादीहरू बाँचेका धेरै उदाहरण छन् ।
संयुक्त राष्ट्र सङ्घमा झन्डै २०० सदस्य राष्ट्र छन् भने संरा अमेरिकाको सैन्य अखडाहरू संसारमा झन्डै ८०० वटा भएको बताइन्छ । त्यसको एउटा सैन्य अखडा नेपालमा स्थापना गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा ८–१० वर्ष अगाडि नै ‘उदार’ प्रजातन्त्रका नेपाली ठेकेदार नेकाले गुप्त सम्झौता गरेको अहिले सुनिँदै छ । त्यसकै पछाडि लागेर ओली सरकार ‘बेसार पानी खाँदै’ र घाँटीमा ‘नीलो गलबन्दी’ लगाउँदै कोभिड–१९ विश्वव्यापी महामारीसँग भिड्दै छ । माक्र्स र लेनिनका ‘तस्वीर’ एक कुनामा थन्क्याएर माक्र्सवादलाई ‘पुरानो भयो’ र ‘संशोधन गर्नुप¥यो’ भन्ने माक्र्सका शिष्य वर्नस्टिन जस्तै ‘लोकप्रिय’ नेता मदन भण्डारीको तस्वीर झुन्ड्याइएको भर्खरै होइन । ‘जनताको बहुदलीय जनवाद’ भन्नु नै ‘जनताको बहुदलीय प्रजातन्त्र’ हो । नेपालमा ‘बहुदलीय प्रजातन्त्र’ को प्रणेता बीपी कोइराला हुन् भने ‘जनता’ को सरकार भनिने नेकपाको वर्तमान सरकारले ऋण मिनाहा र कर कट्टी कामदारवर्गको निम्ति होइन पुँजीपतिवर्गकै निम्ति गर्दै आएको छ । देश डुबाउने ठेकेदार, सरकार तथा जनतालाई ठग्ने व्यापारिक कम्पनीहरूको निम्ति ऋण दिने र कर माफको खेल खेल्दै छ ।
अर्जुननरसिंह केसीजी जस्ता ‘पुराना’ उदार प्रजातन्त्रवादी नेताले थाहा नपाए जस्तो गर्दा जनता झुक्किने सम्भावना छ । काठमाडौँमा निर्वाचन जितेकै भरमा कसैलाई ‘लोकप्रिय’ नेताको बिल्ला झुन्ड्याउने हो भने नानीमैयाँ दाहालले पनि काठमाडौँबाटै निर्वाचन जितेकी हुन् र एकै रातमा राजधानी पुरै स्वागत द्वारले सजाइएकै हो । ‘गोरखादल’ र राप्रपाका खाँटी नेताहरूलाई ‘कम्युनिस्ट’ भनी दिउँसै टीकोटालो गरिएकै हो !
तर, केसीजीलाई मित्रहरूले भन्न नभ्याएका नयाँ विषय पनि छन्– संसारको पुरानो प्रजातन्त्र र सबभन्दा ठूलो प्रजातन्त्रका ठेकेदार ट्रम्प ‘साहेब’ र मोदी ‘महाराज’ बाइबल र बत्ती बालेर चर्च र मन्दिरमा पूजापाठ गर्दै छन् । ट्रम्पले आन्दोलनमा भाग लिने जनतामाथि ठाडै गोली हान्ने ट्वीट गरे । मोदीले मुसलमान, दलित, आदिवासी, अल्पसङ्ख्यक, सीमान्तकृत र कामदार जनतालाई उपचार नगराई कोभिड–१९ बाटै ‘यमपुरी’ पठाउन पूजापाठमा अलमलाइरहेका छन् । नवउदारवादको ध्येय यस्तै हो– केसीजी ! धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *