तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, १६ असार । देश हितविपरीतको अमेरिकी सहस्राब्दी चुनौती परियोजना (एमसीसी) को विरोधमा नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समितिको आयोजनामा मङ्गलबार विरोध जुलुस तथा जनसभा भयो ।
जनसभाअघि तार्केश्वर नपाको फुटुङ नागपोखरीबाट ‘एमसीसी सम्झौता खारेज गर’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगायतका नारासहित विरोध जुलुस भएको थियो ।
जुलुसपछि लोकतान्त्रिक चोकमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले एमसीसी सम्झौता संरा अमेरिकी साम्राज्यवादले चीनलाई घेर्न र चीनको विकासको गति रोक्न ल्याएको र आफ्नो छिमेकी देशको विरोधमा साम्राज्यवादी शक्तिले आफ्नो स्वार्थको लागि अघि सारेको सम्झौताको नेपाली जनताले समर्थन गर्न नहुने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसीले देशको विकास हुने कुरा झूट भएको चर्चा गर्दै महाकाली सन्धि गर्दाताका पनि देशघातीहरूले विकास र समृद्धिकै नारा र सपना देखाउने गरेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले एमसीसी संरा अमेरिकी हिन्द–प्रशान्त सैनिक रणनीतिको हिस्सा भएकोले नेपालको असंलग्न परराष्ट्र नीतिको आधारमा पनि एमसीसी पारित गर्न नहुने धारणा राख्नुभयो । उहाँले एमसीसी पारित गर्दा देश कुनै पनि बेला साम्राज्यवादी शक्तिको युद्ध भूमि बन्नसक्ने बताउनुभयो ।
सभा नेमकिपा तार्केश्वरका अध्यक्ष श्यामकुमार महर्जनको सभापतित्वमा भएको थियो ।
कीर्तिपुर
एमसीसी परियोजनाको विरोधमा मङ्गलबार कीर्तिपुरमा पनि विरोध जुलुस तथा सभा भयो ।
नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा भएको सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले अमेरिकी साम्राज्यवादको निर्देशनमा हिन्द–प्रशान्त सैन्य गठबन्धनमार्फत विकासको नाममा सेना तैनाथ गर्ने एमसीसी परियोजना भएको बताउनुभयो ।
“अमेरिकी साम्राज्यवादले जहाँ एमसीसी लागू ग¥यो, त्यहाँ अमेरिकी सेनाले सैन्य परेड खेलेको इतिहास हामीले बिर्सनु हुँदैन ।”, उहाँले भन्नुभयो ।
एमसीसी सम्झौताको पक्षमा लागेको नेपाली काङ्ग्रेस र वर्तमान सत्तासीन नेकपा लागेको अवस्थामा संसद्बाट अनुमोदन नगरिकन विफल गर्नुपर्ने चर्चा गर्दै एमसीसीको पक्षमा लागेकाहरू जनताको कठघरामा उभ्याइने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले एमसीसी राष्ट्रघाती भएको बुँदागत प्रस्तुति गर्दै नेपालको संविधान र सार्वभौमिकतामाथि आँच आउने गरी ल्याइएको एमसीसी खारेज गर्नुपर्छ भन्नुभयो । उहाँले एमसीसीको निहुँमा अमेरिकी साम्राज्यवादीले सेना तैनाथ गरी एसियामा युद्ध थोपर्न खोजेको र समाजवादी चीनको प्रगतिलाई रोक्नको निम्ति षड्यन्त्र गरेको हो भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य हृदय दाहालले विकासको नाममा विनास गर्ने र सार्वभौमिकता र स्वाधीनतामाथि हस्तक्षेप गर्ने एमसीसी खारेजीको निम्ति सबै जनता एक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जन र नेपाल क्रान्तिकारी महिला सङ्घका कमला विकले पनि बोल्नुभएको थियो ।
पाङ्गा लाछीबाट विरोध जुलुस सुरु भई विभिन्न स्थान परिक्रमा गरी पाङ्गा दोबाटोमा पुगी कोणसभामा परिणत भएको थियो ।
Leave a Reply