भर्खरै :

भारतको चीन युद्ध – १२, भारतीय सेनाको गरम नीति

जनरल थिमैया
१९३९ को मे महिनामा जनरल थिमैयाको विरोध हुँदाहुँदै दुईजना वरिष्ठ मेजर जनरललाई किनार लगाएर कौललाई लेफ्टिनेन्ट जनरल बनाइयो । यसपछि कौलले आर्मी हेडक्वाटरको महत्वपूर्ण क्वाटरमास्टर जनरलको पद पाए । अब उनी अरूको पदोन्नतिमा खेल्न पाउने भए । छिट्टै सेनामा कौलले रुचाएका अफिसरहरूको गुटजस्तो बन्न पुग्यो । उनको आशीर्वाद पाउने अफिसरलाई के–बोय र बाँकीलाई के–बोयविरोधी भनिन्थ्यो । कौल नेहरूलाई सीधै भेट्न सक्थे । सेनाका अन्य अधिकारीलाई यो सुविधा थिएन ।

जनरल थिमैया


यसरी प्रधानमन्त्री नेहरूको एक तल्लो तहको अफिसरसँगको हिमचिमले सेनाको अनुशासन र मनोबलमा ¥हास ल्यायो । वायु, जल र थल गरी तीनै सेनाका प्रमुख र मन्त्रीहरूबीच तिक्तता असाध्यै बढेको थियो । मन्त्रीहरू ती प्रमुखका प्राविधिक प्रस्तावहरूलाई असान्दर्भिक भन्दै लत्याउँथे र तल्ला अधिकारीहरूका अगाडि नै तिनको बेइज्जती गर्थे । अति भएपछि १९५९ को अगस्ट ३१ मा थिमैयाले राजीनामा दिए ।
केही दिनअघि मात्र लोङजु घटना भएको थियो । थिमैयाको राजीनामाका कारण कृष्ण मेननको डाहा गर्नेहरूले बोल्ने ठाउँ पाए । मेननमाथिको हमला नेहरूमाथिको हमला पनि थियो किनभने मेनन नेहरूका मित्र र विश्वासपात्र थिए । मेननलाई बिदा गर्नु सरकारमा पुरातनपन्थीहरूको खेमालाई बलियो बनाउनु हुन्थ्यो । त्यसैले नेहरूले थिमैयालाई घर बोलाएर अबदेखि उनका गुनासाहरू आफैँले हेर्ने आश्वासन दिँदै राजीनामा फिर्ता लिन मनाए । थिमैयाले राजीनामा फिर्ता लिए । तर, राजीनामापत्र बाहिरिसकेको थियो । अर्को दिन अखबारमा थिमैयाको राजीनामा छापियो । यसले विपक्षीबीच तरङ्ग ल्यायो । नेहरूले समस्यालाई सशक्त ढङ्गले मिलाए । उनले थिमैयाको खोट देखाउँदै समस्त समस्याको दोष उनीमाथि थोपरे । सेनामाथिको भारतीय राजनीतिज्ञहरूको पूर्वाग्रहको प्रयोग गर्दै उनले मेननको बचाउ गरे । साथै राजनीतिक नेतृत्वको गरिमा राखेकोमा मेननलाई धन्यवाद पनि दिए । विपक्षीले थिमैयाको प्रतिष्ठाको विषय उठाएपछि नेहरूले भने, “उनी बहादुर अफिसर हुन् । तर, राजीनामा पत्र लेखेकोमा म उनलाई बधाई दिन्न ।”
नेहरूले त्यसपछि थिमैयाको राजीनामालाई मेननको प्रतिष्ठा उठाउन र थिमैयालाई तुच्छ देखाउन खुबै उछाले । मेननको प्रतिष्ठा बढ्नुको अर्थ कौलको प्रतिष्ठा बढ्नु थियो । अर्कोतिर थिमैयाको सम्मानमा आँच आउनु सेनाको पेशेवर छविमा धक्का थियो । अब नेहरू सैन्य मामिलामा मेनन र उनका आसेपासे अफिसरको सल्लाहमा भर पर्न खोजे । साथै सरकारले सैनिक मामिला सञ्चालन गर्दा इमानदार अफिसरहरूले आवश्यक व्यावसायिक सल्लाह दिन पनि सकस मान्न थाले ।
सन् १९६१ को आरम्भमा थिमैया अवकाशको उमेरमा पुगे । उनीपछि सेनाप्रमुख हुने पालो दुई लेफ्टिनेन्ट जनरल थापर र थरुटमध्ये एकजना हुनुपर्ने थियो । योग्यताको हिसाबले थरुट अब्बल थिए । त्यसैले थिमैयाले थरुटलाई सेनाप्रमुखको लागि सिफारिस गरे । तर, उनको अपमान गर्दै थापरलाई सेनाप्रमुख बनाइयो । जनरल थापर सजिलो बाटो लिन रुचाउने अफिसर थिए । उनको नियुक्तिपछाडि कौलको हात थियो । त्यसैले गुन तिर्दै थापरले योग्यता नपुगे पनि कौललाई चीफ अफ जनरल स्टाफ बनाए । सेनाको पदोन्नतिको यस कहालिलाग्दो स्थितिले कृष्ण मेनन धेरैजनाको तारो बन्न पुगे । उनीमाथि सेनाको उच्च पदमा आफ्ना आउरेबाउरेहरूको गुट बनाएको, सेनाको मनोबल गिराएको, कम्युनिस्ट चीनको आक्रमणको प्रतिकारलाई फितलो पारेको आदि आरोप लागे । तैपनि नेहरूको आड पाएपछि सबै विरोध सेलाए ।

बीएम कौल


थापर सेनाप्रमुख भएसँगै कौलले आफ्नो हातमा सेनाको लगाम आएको ठान्नु अन्यथा थिएन । उनले अरूलाई पनि यस्तै महसुस गराए । उनले उच्च पदको नियुक्तिमा कौलपक्ष र कौलविरोधी खेमामा भेदभाव गर्न थाले । खासगरी सेनाका वरिष्ठ अधिकारीहरू कौलविरोधी खेमामा थिए । अझ थिमैयाको अवकाशको बेला सरकारविरुद्ध सैन्य कूको तयारी हुने हल्ला पनि फैलाइयो । देशको स्थिति भने सैन्य कूको प्रतिकूल थियो । नयाँ सेनाप्रमुखमाथि आक्षेप लगाएको आरोपमा केही वरिष्ठ अधिकारीहरूलाई केरकार पनि गरियो । यस्तैमा एउटा घटना मेजर जनरल साम मानिकशासँग सम्बन्धित थियो ।
मानिकशाको पाठ
मेजर जनरल मानिकशा कौलभन्दा ठीक उल्टो प्रकृतिका थिए । उनी बेलायती सैन्य परम्परामा हुर्केका पारसी जातिका अफिसर थिए । उनले बर्माको लडाइँमा बहादुरी देखाएबापत उच्च सम्मान पाएका थिए । राजनीतिज्ञको पछि लाग्ने उनको बानी थिएन । उनी फरासिला थिए र कौलप्रतिको वैमनस्य लुकाउँदैनथे ।
अङ्ग्रेज रवाफ मानिकशको परिचय थियो । उनको खानपान, चालचलन, रुचि, भेषभुषा सबै बेलायती थियो । उनीमात्र होइन पुराना अफिसरहरूको जीवनशैली नै बेलायती थियो । तर, विश्वयुद्धपछिका नयाँ अफिसरहरू धनाढ्त्न्दा पनि मध्यम वर्गबाट आएका थिए । त्यसैले उनीहरू राजनीतिमा रुचि लिन्थे, हातैले खाना खान्थे, बोलीचाली र चालचलन सबै भारतीय थियो । मानिकशाहरू भने यस्तो भारतीयकरणलाई घृणाको दृष्टिले हेर्थे किनभने उनलाई पुरानो जीवनशैली बेलायती भएर प्रिय थिएन बरु त्यसलाई नै उनी सैनिक जीवनशैली मान्थे । यता नयाँ पुस्ताका कौलहरू भने बढी राष्ट्रवादी थिए । उनीहरू पुराना अफिसरलाई बेलायतका चाकर मान्थे । यस्तै द्वन्द्वबीच मानिकशाको फरासिलोपनले घिउ थप्यो । मानिकशा बेलामौकामा कौलको विषयमा सार्वजनिक स्थलमै घोचपेच गर्थे । कहिले उनी रक्षामन्त्री मेननलाई पनि कटाक्ष गर्थे । त्यसैले मानिकशाविरुद्ध सेनाले आफूभन्दा माथिल्लो दर्जाका अफिसरको विरोध गरेको र नेतृत्वप्रति बफादार नरहेको आरोप लगायो र छानबिन थाल्यो । मानिकशाले मुद्दा लडे तैपनि अन्तमा कारबाहीस्वरूप उनको पदोन्नतिमा रोक लाग्यो ।
मानिकशाको पाठले पहिले नै खस्केको सेनाको मनोबलमाथि अर्को आघात पुग्यो । अफिसरहरूबीचको हेलमेलमा कमी आयो । उनीहरू खुलेर बोल्न छोडे । एकअर्काप्रति शङ्काको भावना बढ्यो । उनीहरू कुरा चपाउन वा डराइडराइ बोल्न थाले । उच्च पदका अधिकारीलाई खुसी पार्ने गरी बोल्न थालियो । राजनीतिक नेतृत्वमुनि दबेको सैनिक नेतृत्वका कारण समग्र भारतले सीमा युद्धमा मूल्य चुकाउनुप¥यो ।
केही हल्ला र नेहरू
कौलको उद्देश्य के थियो ? उनी सेनाप्रमुख बन्न चाहन्थे । यसमा शङ्का छैन । तर, उनी सेनाप्रमुख हुँदै देशको प्रधानमन्त्री बन्न चाहन्छन् भन्ने दाबी एक पत्रिकाले गरेको थियो । नेहरूको उनीमाथिको भरोसाबाट यस्तो निष्कर्ष निकालिएको थियो । पत्रिकाले अझ अघि बढेर कौललाई नेहरूले आफ्नो उत्तराधिकारी बनाउन सक्ने सम्भावनातिर औँल्याएको थियो । काङ्ग्रेस पार्टीबाट सत्तामा आउने कुरा अमिल्दो थियो । तर, उनी सैन्य कूमार्फत सत्तामा आउनसक्ने एक अमेरिकी पर्यवेक्षकले केलाएका थिए । यो आफैँमा असम्भव ठहर थियो किनभने कौलले जीवनमा जे पाएका थिए त्यो राजनीतिक नेतृत्वलाई रिझाएर पाएका थिए । तैपनि ती पर्यवेक्षकले आफ्नो विचार पुष्टि गर्न कौलले राशीफलमा विश्वास गर्ने र उनलाई एक दिन शासन चलाउने योग भएको बताइएको दलिल दिएका थिए ।
अर्कोतिर आफूवरिपरि सेनाको झुन्ड तयार पारेकोले रक्षामन्त्री मेननले नेहरूपछि सत्ता हत्याउलान् भन्ने चर्चा पनि थियो । मेनन नेहरूका आदर्शमा चल्थे र प्रजातन्त्रमा विश्वास गर्थे । त्यसैले यस्तो सम्भावना एकदम न्यून थियो । बरु वरिष्ठ सैन्य अधिकारीहरूले राजनीतिक नेतृत्वको ठाउँ लेलान् कि भन्ने पीर उनमा हुनसक्थ्यो । सेनामाथिको अविश्वास र सैनिक कूको सम्भावना राजनीतिक नेतृत्वले नकारेको थिएन ।

जनरल साम मानिकशा


सेनाको पदोन्नतिमा हस्तक्षेप गरेर मेननले सेनाभित्र यस्तो कुनियत भए पनि अफिसरलाई टुक्र्याएर खतरा टार्न खोजेको हुनसक्छ ।
कौलले जति नै चुरीफुरी गरे पनि उनका गतिविधि सेनाभित्र मात्र सीमित थिए । विदेश नीतिका हकमा नेहरूले आफ्नै विवेकलाई महत्व दिएका थिए । कौल लद्दाख र नेफा क्षेत्रको स्थलगत भ्रमणमा ‘बहादुरीपूर्वक’ गए । खासमा कुनै युद्ध मैदानमा नलडेको कुन्ठा उनले यी ‘साहसी’ भ्रमणमा पोखेका थिए । उनी फर्केपछि नेहरूले सीमाको स्थितिबारे सीधै उनीबाट खबर सुने । अनि कौललाई उनले र उनी अघिका अरू जनरलले समस्या नबुझेको नेहरूले बताए । उनले कौललाई भने, “तनाव सिर्जना गर्नेबाहेक चीन र पाकिस्तानले भारतसँग युद्धै चाहिँ गर्दैनन् किनकि तिनका आफ्नै समस्या छन् ।” चीनसँगका सानातिना झडपमा भारतीय सेनाले तिनलाई धुलो चटाउनेछ भन्ने आफ्नो सुझावमा बी.एम. कौल १९६२ को अक्टोबर २० तारिखसम्मै अडिग रहे । यिनै विचार नै गरम नीति ९ायचधबचम उयष्अिथ० का तत्कालीन आधार थिए अर्थात् भारतको गरम नीति वा अघि लम्कने क्रियाकलापविरुद्ध चिनियाँहरूले बल प्रयोग गर्ने छैनन् ।
कामना र यथार्थ
चीन र भारतबीचको शिखर बैठक असफल भएको थियो । वार्ता असफल हुनेछ भन्ने लक्षण भारतले विवादको सुरुबाट लिँदै आएको अडानबाट स्पष्ट थियो । खासमा यो अडान स्वतन्त्र भारतको पहिलो वर्षबाट नै कायम थियो । वार्ता विफल भएपछि भने एउटा टड्कारो प्रश्नले भारत सरकारलाई सताइरह्यो – अब के गर्ने त ?
पहिले नीति, अनि उद्देश्य
भारतले दाबी गरेको भूभागमा चीनले आक्रमण गरेको आफ्नै अडानले भारत सरकारलाई चुप लागेर बस्न दिएन । त्यसैले उसले कूटनीतिक माध्यम वा बल प्रयोग कुनै एक माध्यमबाट केही न केही गर्नैपथ्र्यो । विषय प्रधानमन्त्री नेहरूको हातमा हुँदासम्म पहिलो सम्भावना सम्भव थियो । तर, अब विषय बाहिरिसकेको थियो । शिखर वार्तासमेत विफल भइसकेको थियो । चिनियाँहरूलाई हटाउन सेना प्रयोगले युद्धमा धकेल्ने थियो । चीनले प्रस्ताव गरेझैँ यथास्थितिमा रहने हो भने भारतले हार खाएको ठहरिन्थ्यो । तेस्रो विकल्प आफँै भारतीय सरकारसामु प्रकट भयो । चीनका अगाडि हार नखाएको देखाउन भारतीय गस्ती टोली सीमा क्षेत्रमा खटाउनेमात्र बाँकी रह्यो ।
सन् १९६० को आरम्भतिर भारत सरकार स्वतःस्फूर्त गरम नीति ९ायचधबचम उयष्अिथ० अङ्गीकार गर्ने टुङ्गोमा पुगेको थियो । तर यसो गर्न आफूले दबाब दिएको युद्धअघि सम्म धेरैले बताएका थिए । १९६२ को अक्टोबरमा जनरल कौलले (म्याक्सवेललाई) गरम नीति आफ्नै विचार भएको बताएका थिए । कृष्ण मेनन हुँदै सो विचार नेहरूसम्म पुगेको उनको दाबी थियो । तैपनि नीतिको सम्पूर्ण जिम्मेवारी नेहरूले नै लिनुपर्ने थियो । तर मेननले भने यसलाई सदा चेसको चालमा झैँ परिस्थितिको निष्कर्ष भनिरहे अर्थात् गर्न बाँकी केही नरहेपछि गरम नीति अख्तियार गरिएको थियो ।
गरम नीतिका मूलतः तीन उद्देश्य थिए । एक, चीनलाई अझ अघि बढ्न नदिने । दुई, अक्साइ चीनमा आफ्नो उपस्थिति देखाउने र यसैलाई पछि दुवै देश पछाडि हट्ने सर्त बनाउने । यसबाट दुवै देश फिर्ता हुनुपर्छ भन्ने नेहरूको प्रस्ताव कागजी नभई भारतको हकमा पनि व्यावहारिक कदम बन्ने थियो । यसले चिनियाँहरूलाई पछि फर्किन कूटनीतिक वार्तामा दबाब दिन सकिन्थ्यो । तीन, सो क्षेत्रमा चिनियाँ उपस्थितिलाई फितलो बनाउने । यसले चीनको सञ्जाललाई एकआपसबाट अलग्याएर उसलाई पछाडि फर्किन बाध्य तुल्याउन सकिन्थ्यो । यी उद्देश्य नीति बनिसकेपछि मात्र बुनिएका थिए ¤
सीमामा सत्याग्रह
चिनियाँसँगको सम्झौतामा आफ्नो हात बलियो बनाउन अक्साइ चीनको धेरैभन्दा धेरै भूभागमा गएर उभिन जरुरी थियो अथवा कम्तीमा चीनकै बराबरीमा उपस्थिति जनाउनुपर्ने थियो । यो कदम आफैँमा असावधानी थियो किनभने चीनले बारम्बार पश्चिमी भूभागमा भारतले दाबी गरेमा आफूले पनि म्याकमाहोन रेखामा दाबी गर्ने दोहो¥याइसकेको थियो । तैपनि भारत नहिच्किचाई अघि बढ्न चाह्यो । चीनले दाबी गरिरहेको र उपस्थिति जनाइरहेको स्थानमा जति नै गस्ती टोली पठाए पनि र जति नै चौकी स्थापना गरे पनि चिनियाँ पक्षले केही गर्नेछैन भन्ने भारतीय धारणा आधारहीन थियो । सन् १९५४ मा मध्य भूभागमा पहिलो चोटि चिनियाँ सुरक्षा बलसँग सामना भएदेखि नै आफूले दाबी गरेको भूभागमा चीनले आफ्नो स्थान नछोडेमा बल प्रयोग गर्न भारत तयार थियो । बल प्रयोगको धम्की त्यसपछि पनि भारतले बन्द गरेन । लोङजु र कोङका भञ्ज्याङको झडपमा भारतले चिनियाँ पक्षको सत्यमा विश्वास गरेको देखिन्छ । यसबाट नेहरू र उनका साथीहरूले चीनले बल प्रयोग गर्नेछैन भन्नेमा निश्चिन्त भएको देखिन्छ ।
भारतको यस गरम नीतिमा गान्धीको सत्याग्रहको छनक पाइन्छ । सत्याग्रह अङ्ग्रेजहरूविरुद्ध एउटा निष्क्रिय अवज्ञा आन्दोलनको रणनीति थियो । यसमा अङ्ग्रेज सुरक्षाकर्मीले आन्दोलनकारीहरूमाथि आक्रमण गर्दैनथे । गरेमा त्यसको उल्टो प्रभाव स्वयं सुरक्षाकर्मीमा पथ्र्यो । नेहरूले उही सत्याग्रह वा नैतिक बलमा आधारित प्रतिकारको शैली चीनको सीमामा अपनाउन खोजेका थिए । फरक यत्ति थियो, यहाँ सत्याग्रहीहरू हतियारबद्ध टुकडीहरू थिए । संसारमा फैलिएको भारतको सम्मान अक्साइ चीन जाने भारतीय गस्ती टोलीको नैतिक कवच बनी जानेछ भन्ने विश्वास सरकारको थियो । यस अवधारणालाई मानिएन भने भारतको गरम नीति बेतुकको देखिन्छ । किनभने भारतको उद्देश्य अक्साइ चीनको सैन्य सन्तुलन फेर्नु थियो र चीनलाई खेद्न ऊ बल प्रयोग गर्ने हदसम्म जानसक्थ्यो । नेहरू आफँैले लोकसभामा युद्धका लक्षणबारे चर्चा गरेका थिए । उनले भनेका थिए, “कूटनीति, अन्य तरीका र अन्तमा तपाईं भन्नुहुन्छ भने युद्धबाट… हामी कमजोर बिन्दुबाट नभई आफूलाई सम्झौताका लागि बलियो भइयो भन्ने नलागेसम्म आफ्नो स्थिति सबल बनाउँदै लग्छौँ ।” भारतले यतिबिघ्न गतिविधि गर्दा चीनले केही नगर्ला भनी कसरी सोच्यो ? आश्चर्यको कुरा छ । तर, नेहरू र उनका साथीहरू यत्तिकैमा रोकिएनन् । उनीहरूले पूर्वमा थाग ला खोँचमुनि पनि यसरी नै अघि बढ्ने विश्वास लिए । यो विश्वास सन् १९६२ को अक्टोबरमा तोडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *