लण्डन, ७ जुलाई । अक्सफोर्ड विश्वविद्यालयका एक जना विज्ञले चीनमा गत वर्ष देखिनुअघि नै संसारमा नोबेल कोरोना भाइरस रहेको बताएका छन् । उनले त्यो कोरोना भाइरस आफूलाई अनुकूल वातावरण मिल्नेबित्तिकै फैलिने गरेको बताए ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत प्रमाणमा आधारित औषधि अध्ययन केन्द्रका वरिष्ठ सहायक शिक्षक डा. टम जेफरसनले भने, “मेरो विचारमा भाइरस संसारको सबैतिर छ । त्यो भाइरस आफूलाई अनुकूल वातावरण मिल्नेबित्तिकै सक्रिय हुने गथ्र्यो ।”
फेब्रुअरीमा फकल्यान्ड टापुमा नोबेल कोरोना भाइरसका बिरामी देखियो । त्यो भाइरस कहाँबाट त्यहाँ पुग्यो । दक्षिण जर्जियाबाट व्युनर्स आयर्समा एउटा यात्रुवाहक जहाज छुटेको थियो । यात्रा गरेको आठौँ दिन वेडल सागरतिर जानुअघि यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा नोबेल कोरोना भाइरस फेला प¥यो । बरफमा थिग्राएको खानामा भाइरस थियो र त्यो भाइरस नै अनुकूल अवस्थामा सक्रिय भएको थियो ?”, उनले भने ।
“स्पेनिस फ्ल्युको समयमा पनि यस्तो आश्चर्यजनक घटना भएको थियो । सन् १९१८ मा पश्चिमा सामाओको कुल जनसङ्ख्याको ३० प्रतिशत फ्ल्युको कारण मारिएका थिए । त्यो टापुका मानिसको त्यत्तिबेला बाहिरी संसारसँग कुनै सम्पर्क नै थिएन”, जेफरसनले भने ।
“यसो हुुनुबाट भाइरस कहीँबाट आउने वा जाने होइन भन्ने बुझ्न सकिन्छ । भाइरस यहीँ थियो र कुनै कारणले त्यसलाई सक्रिय बनाउँछ । मानिसको घनत्व वा वातावरणीय अवस्थाको कारण भाइरस सक्रिय भएको हुनसक्छ । हामीले यहीँ विषयमा अनुसन्धान गर्न जरुरी छ”, उनले भने । उनले एसियामा पहिलो पटक यो भाइरस देखापर्नुअघि पहिले नै कहीँ भएको हुनसक्ने उनको तर्क छ । गत साता स्पेनमा भएको एक अध्ययनले स्पेनका भाइरोलोजिस्टहरूले बार्सिलोना सहरका ढलको पानीमा सन् २०१९ को मार्चमा नोबेल कोरोना भाइरस फेला परेको बताएका थिए । चीनमा पहिलोपटक कोभिड–१९ देखापर्नुभन्दा नौ महिनाअघि नै बार्सिलोनामा सो भाइरस फेला परको सो अध्ययनले देखाएको छ । इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले गत महिना मिलान र टुरिनको ढलको पानीमा डिसेम्बर १८ मै कोरोना भाइरस रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *