सर्वोच्चका ४ न्यायाधीशविरुद्ध महाअभियोगको चर्चा
- श्रावण ११, २०८३
कर्णाली प्रदेशमा १० वटा जिल्ला पर्दछन् । ती हुन् – डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालीकोट, जाजरकोट, दैलेखे, सुर्खेत, सल्यान र रूकुम पश्चिम । कालीकोट जिल्लामा तीनवटा नगरपालिका र ६ वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । तीमध्ये तिलागुफा नगरपालिका एक हो । तिलागुफा नगरपालिका २६२.५६ वर्ग किमीमा फैलिएको छ । तिलागुफा नगरपालिकाअन्तर्गत पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानहरू क्रमशः तिलागुफा, पुगेल्नी माई, मालिका, रूडुबन्चु, साँद, त्रिवेणी, बासुधारा, फूलबारी पाटन, पाथीभरा, टाम्का, चौसिला र मालिकाकाँध भट्टारीलगायतका स्थानहरू पर्दछन् । तीमध्ये मालिकाकाँध भट्टारी एक हो । यो तिलागुफा नगरपालिका वडा नं. ९ र ११ को बीचमा अवस्थित छ ।
तिलागुफा नगरपालिकाको प्रारम्भिक सर्भेले ‘मालिकाकाँध भट्टारी’ विमानस्थल बनाउनका निम्ति उपयुक्त ठाउँ भएको ठहर ग¥यो । प्रस्तावित ठाउँको लम्बाइ १,६७२ मिटर र चौडाइ ४०–५० मिटर छ । २०७५ असारमा सम्पन्न पाँचौँ नगरसभाले ‘मालिकाकाँध भट्टारी पर्यटकीय विमानस्थल’ बनाउन सर्वसम्मत पारित गरेको थियो ।
जिल्ला समन्वय समिति, कालीकोटको आयोजनामा २०७५ मंसिर १० गते सम्पन्न दोस्रो जिल्ला सभाबाट पनि उक्त योजना सर्वसम्मतरूपले पारित भएको थियो ।
यसरी स्थानीय तह र जिल्ला सभाबाट विविध प्रक्रिया पूरा गरी २०७५ पुसमा कर्णाली प्रदेशसभामा प्रस्ताव पेश भयो । तर, हालसम्म पनि उक्त प्रस्ताव अगाडि बढ्न सकेको छैन । यसनिम्ति प्रदेश योजना आयोग, प्रदेशसभा र प्रदेश सरकार उदासिन देखिएका छन् ।
विकास, समृद्धि र परिवर्तनको प्रत्यक्ष सम्बन्ध राजनीतिक नेता–कार्यकर्ताको दूरदर्शिता, दृष्टिकोण र इच्छाशक्तिसँग हुनेगर्छ । शासक राजनीतिक पार्टीले विकास निर्माणलाई गम्भीरतापूर्वक लिएका छैनन् । कालीकोट जिल्ला विमानस्थलविहीन जिल्ला हो । कालीकोट जिल्लामा कर्णाली र तिलाभेग गरी दुई भेग छन् । सुन्थराली विमानस्थल कर्णाली भेगमा पर्दछ । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाअन्तर्गत पर्ने सुन्थराली विमानस्थल २०४२ सालमा शिलान्यास भई हालसम्म निर्माणाधीन अवस्थामा छ । हरेक सरकारी पार्टी र तिनका जिल्ला वा स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरू यसको निम्ति जिम्मेवार छन् । झन्डै आधा शताब्दीसम्म निर्माण कार्य सम्पन्न नगरी जनताको अपमान गरिरहेका छन् ।
सुन्थराली विमानस्थललाई ‘नागरिक विमानस्थल’ र प्रस्तावित मालिकाकाँध भट्टारी विमानस्थललाई ‘पर्यटकीय विमानस्थल’ को रूपमा काम कारबाही अगाडि बढाउनु उपयुक्त हुने धारणा र सुझावहरू मननीय छ । यसो भएको खण्डमा कालीकोट जिल्लाको सर्वाङ्गीण विकासमा मात्र योगदान पुग्ने नभई समग्रमा कर्णाली प्रदेशकै विकासमा समेत उल्लेख्य योगदान पुग्ने कुरामा दुईमत छैन ।
२०६३ चैत ३० गतेका दिन सुर्खेत–जुम्ला मोटरबाटोको उद्घाटन गर्न तत्कालीन राष्ट्रिय योजना आयोगका सदस्य डा. जगदीशचन्द्र पोखरेल जुम्ला पुगेका थिए । बोलेरो गाडीबाट जुम्ला पुगेका पोखरेल उही बाटोबाट फिर्ता हुन हिम्मत नगरेर जहाजबाट नेपालगन्ज ओर्लेका थिए । सोही व्यक्ति आर्थिक वर्ष २०६७÷६८ तिर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा आसिन हुँदा पनि सुर्खेत जुम्ला मोटरबाटोको अवस्था ज्यूँ का त्यूँ थियो । राज्यको महत्वपूर्ण पदमा पुगेका हरेक व्यक्तिका व्यवहारमा ‘कर्णालीप्रति गोहीको आँसु चुहाइ’ बाहेक केही पाइँदैन । देशको सन्तुलित विकासबारे सोच्न नसक्ने राज्यसत्ता अनि राज्यका विभिन्न संरचना पदमा बस्दासम्म देशको विकास सम्भव छैन ।
सुर्खेत – जुम्लाको मोटरबाटोअन्तर्गत दैलेख जिल्ला र कालीकोट जिल्लाको सिमानामा पर्ने दहिखोलादेखि तिलागुफा नगरपालिका वडा नं. ६ अन्तर्गतको टिमुरेभिरसम्मको बाटो अत्यन्त जोखिमपूर्ण भएको र उक्त बाटोमा धेरै जनधनको क्षति भएकोले पनि सुविधासम्पन्न र समथर ठाउँमा जन्मेहुर्केका मानिस उक्त बाटोबाट आउजाउ गर्न अप्ठेरो मान्छन् । कतिपय पर्यटकहरूको फेरि घुम्ने इच्छा हुँदाहुँदै पनि बाटोको कहालीलाग्दो अवस्थाका कारण आउन मान्दैनन् ।
सुर्खेत–जुम्ला मोटर बाटो सञ्चालनमा आइसकेपछि कालीकोट र जुम्ला जिल्लाको सीमावर्ती क्षेत्र नाग्म गाउँबाट मुगुसम्मको लागि मोटरबाटो २०६८ सालमै सञ्चालनमा आएको हो । त्यसपछि रारा ताल भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा अत्यधिक वृद्धि भयो । पर्यटकहरू रारा ताल पुगेर त्यहाँको प्राकृतिक मनोरम दृश्यहरूले ‘स्वर्गमा पाइला टेकेसरह अनुभूति’ गर्छन् । तत्काल पुनः अर्काेपल्ट रारा ताल आउने इच्छा पनि राख्छन् । यात्रा असुरक्षित भएपनि कतिपय पर्यटकहरू रारा ताल त जीवनमा एकपल्ट पुग्नैपर्ने ठाउँ हो भन्छन् । तर, उही ‘जोखिमपूर्ण खण्डको यात्रा संस्मरण नै बाधक’ बन्ने भयो भन्ने अवस्था विद्यमान छ ।
नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न नेपाल सरकारले विभिन्नखाले नयाँ उपायहरूको अवलम्बन गर्न खोजेको पाइन्छ तर ठोस कदम चाल्न सकेको छैन । सोलुखुम्बुको कालापत्थर र मुगुको रारा तालमा मन्त्रिपरिषद्का बैठकहरूको आयोजना ग¥यो तर ती ठाउँको शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकासलगायतको क्षेत्रको सुधारको लागि योजना र बजेट ल्याएन ।
कालीकोटको तिलाभेगमा अवस्थित मालिकाकाँध भट्टारीलाई पर्यटकीय विमानस्थल बनाउन सकेको खण्डमा उक्त सुर्खेत–जुम्ला मोटरबाटोअन्तर्गतको जोखिमपूर्ण खण्डको विकल्प हुने र पर्यटन व्यवसाय प्रवद्र्धनमा कोशेढुङ्गा साबित हुने निश्चित छ । त्यसैले पनि यस प्रस्तावलाई अविलम्ब प्रदेश योजना आयोग, प्रदेशसभा र प्रदेश सरकारले प्रक्रिया पूरा गरेर नागरिक उड्डयन मन्त्रालयमा सिफारिस गरी विस्तृत सर्भेको दिशामा लैजानुपर्ने आवश्यकता छ ।
यो कदम रारा तालको महिमालाई उजिल्याउन तथा ‘रारा ताल एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य’ बनाउनका निम्ति सम्भावनायुक्त अवसर पनि हो ।
सारमा, मुलुकको सर्वाङ्गीण विकासको लागि विमान सेवा एक द्रुततर सेवा हो । अतः विज्ञान र प्रविधिको युगमा देशको समयानुकूल समृद्धि, जनताको परिवर्तनको चाहना र समग्रमा व्यापक जनताको बृहत्तर हितलाई हृदयङ्गम गर्नु राज्यको जिम्मेवारपूर्ण दायित्व हो ।
Leave a Reply