इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
निरन्तरताको विचार प्रवाह
जापान विश्वमै प्रतिक्रियाशील आधुनिकीकरणको पहिलो नमुना देश हो अर्थात् पूर्व प्रमुखता र पश्चिमा शक्तिद्वारा आवश्यकताबोध भएको आधुनिकता । त्यसकारण जापानको आधुनिकीकरण पश्चिमीकरण र जापानीकरणको दुई धारबाट अघि बढेको देखिन्छ । यो जटिलो मोडले टोकुगवाअन्तर्गत लामो समय विश्वसँग अलग रहेको जापानले वैदेशिक प्रभावहरूका निम्ति आपूmलाई खुला गर्यो । जुन खुलापनले ५ औँ र ६ औँ मा चिनियाँ सभ्यतासँग जापानले जोडेको सम्बन्ध स्मरण गराउँछ । जापानले खुलापनलाई पुनः सुरु गरे तापनि अन्य देश र आप्mनो देशबीचको मौलिक भिन्नता कायम गर्ने नीति लियो । ‘हाम्रो आप्mनो क्षेत्र’ को भावनाले जापानको सांस्कृतिक मूल्यमान्यता जोगाउने र इतिहासको निरन्तरतामा सघाउ पु¥यायो । जापान छुट्टै एउटा सांस्कृतिक एकाइको रूपमा विकास भयो । जापानको विशिष्टतालाई दुई तरिकाबाट प्रस्ट्याउन सकिन्छ । पहिलो, जापान आप्mनो मौलिक जापानी क्षेत्र निर्माण गर्न लागिप¥यो । दोस्रो, अन्य वैदेशिक प्रभावलाई एकीकृत स्वरूपमा ढाली त्यसलाई पनि जापानीकरण ग¥यो । अर्को भाषामा भन्ने हो भने वैदेशिक प्रभावको हाइब्रीड स्वरूप जापानमा अभ्यास भयो । फलस्वरूप जापानी आधुनिकता असाध्यै जटिल, असङ्गत र समयको विचित्र घटना कहलियो । यो हाइब्रिडिटिले जापानलाई चिनियाँ प्रभावको युगमा त फर्कायो तर जापानलाई पश्चिमीकरणको युगमा जापानको स्थिति अझ बढी उल्लेख्य र दर्दनाक थियो । जापानमा पश्चिमी शैलीको लुगा लगाउने प्रचलन भित्रियो तर किमोनोज् (Kimonos) हराएन, जापानी शैलीको कपडा, लुगा प्रयोगमा आई नै रह्यो । जापानी खानपान संस्कृतिमा जापानी, चिनियाँ र पश्चिमी शैलीको सम्मिश्रण व्यापक बन्यो । चपस्टिक, काँटाचम्चा दुवै प्रयोग भयो । जापानी भाषा चिनियाँ व्युत्पन्न र जापानी विशेषताले सम्पन्न छ । यसरी जीवनशैली र इतिहास अझै कायम थियो ।
पश्चिमीकरणको चर्को अवधिपश्चात् जापानी र पश्चिमी तत्वहरूबीचको सम्बन्ध परावर्तन र वादप्रतिवादको विषय बनेको थियो । सन् १८६८ पछिको जापानको इतिहास वास्तवमै पश्चिमीकरण र जापानीकरणको विकल्प खोजीको इतिहास बन्यो । मेइची पुनस्र्थापनापछिको पहिलो २० वर्ष थुप्रै क्षेत्रमा अग्र पश्चिमीकरणको प्रक्रिया अगाडि बढाइयो भने सन् १९०० बाट सो समयको आत्मपरीक्षण या आत्मसमीक्षा गरी आप्mनो प्रकृति र आवश्यकता पहिचानमा अगाडि बढ्यो । दोस्रो विश्वयुद्धमा जापान पराजित भयो भने अमेरिकाले स्थान ओगट्यो । जापान पुनः आर्थिक क्षेत्र सम्हानुपर्ने उन्मत्त अवधिमा पुग्यो र सन् १९७० देखि १९८० सम्मको दशकमा पश्चिमीकरणले पछ्यायो । यद्यपि, जापानी क्षेत्र या प्रकृतिको व्याख्या हुन छोडेन । सन् १९७० मा सजातियता र समूहउन्मुख समाज र गैरमौखिक, गैरतार्किक मानिसहरूमा केन्द्रित रही जापानको प्रकृति र जापानी मौलिकताका विषयमा छलफल चल्यो जसलाई Nihonjinron भनिन्छ । यसले युद्धपछि जापानमा अमेरिकी प्रभावलाई पनि उजिल्याउँछ । Nihonjinron पश्चिमी प्रभावविरुद्ध राजनीतिकरूपले प्रभावित सांस्कृतिक प्रतिक्रिया बताइएको छ । यसले जापानी मनस्थिति र मस्तिष्क, जापानको भिन्न र पृथक रहने चाहनालाई उजागर गर्छ । वर्ग, लिङ्ग र उमेरको आधारमा कडा पदानुक्रमअनुसार जापानी सम्बन्धहरू कायम रहेको हुन्छ । त्यतिमात्र होइन जापानको समाज दायित्वको जटिल प्रणालीमा उभिएको छ । सामाजिक दायित्व र प्रतिबद्धता पैसाभन्दा पनि मूल्यवान मानिन्छ । दायित्व र प्रतिबद्धताबाट विमुख हुनु लज्जाबोध र पश्चातापको विषय बन्दछ । पुस्तकमा भनिए अनुसार दुई प्रकारका दायित्व गिमू (Gimu) र गिरी (Giri) हुन्छन् जसको अर्थ क्रमशः असीमित र आजीवन दायित्व र गणना गर्न सकिने सीमित दायित्व । सीमित दायित्वमा मानिस चुके माफी मिल्दछ, प्रायश्चितको समय दिइन्छ यदि असीमित दायित्वमा चुके सजाय मृत्यु पनि हुनसक्छ । आत्महत्यालाई पश्चिममा स्वार्थी क्रियाको रूपमा लिइन्छ भने जापानमा सामान्यरूपमा । जापानमा प्रतिलाख जनसङ्ख्यामा ३५.६ पुरुषले आत्महत्या गर्छन् भने अमेरिकामा १७.९ र यूकेमा १०.८ र जर्मनीमा १९ं.७ ले आत्महत्या गर्ने तथ्याङ्क छ ।
व्यक्तिगत सम्बन्धदेखि संस्थागत सम्बन्धसमेत पदानुक्रम र दायित्वका आधारमा निर्धारण र विकास हुन्छ । जापानी कम्पनी र जापानी समाजमै ज्येष्ठता प्रणाली अभ्यासमा छ । यस्ता थुपै्र सम्बन्धका सवालमा जापानभित्र पृथक संस्कृतिहरू छन् जसले संस्थाहरू सञ्चालनको मनोवृत्ति निर्माण ग¥यो । यसरी जापानको पृथकता, त्यहाँको सांस्कृतिक विविधता अर्थात् फरक सभ्यताको अन्तरक्रिया र जापानको इतिहासको उपज हो । त्यतिमात्र होइन सन् १८६८ पछि कुलीन शासकहरूले आप्mनो विगतलाई पुनस्र्थापना गर्न चालेको कदम, पुनस्र्थापनापछि प्रशासनिक वर्गले गरेको योगदानले पनि केही हदसम्म सघाउँछ । जापानको लिखित इतिहासले अहिलेसम्म जापानमा दुई तीनवटा केन्द्रहरूमा शक्ति विभाजन भएको देखाउँछ । आज पनि फरक सङ्घसंस्थामा शक्ति विभाजन हुन्छ । यद्यपि, कर्मचारीतन्त्र र परम्परागत कन्फुसियन शैलीबाट शक्ति विभाजन गर्नुलाई महत्व दिइन्छ । अमेरिकाको कब्जापश्चात् जापानलाई पश्चिमकै रङ्ग दिन खोजियो, पश्चिमेली प्रजातन्त्र भएको देशको रूपमा चिनाउन खोजियो तर वास्तवमा जापानको प्रजातन्त्र पश्चिमेली प्रजातन्त्रभन्दा निकै फरक छ भन्नुहुन्छ, मार्टिन जाक ।
पश्चिमतिरको मोड
मेइजी पुनस्र्थापना पछ्याउँदै जापानले पश्चिमसँगको दुरी हटाउने, पश्चिमले जस्तै व्यवहार गर्ने, पश्चिमबाट सम्मान प्राप्त गर्ने र अन्ततः विकासका विभिन्न चरणमा पश्चिमजस्तै बन्ने मिसन अगाडि बढायो । यही क्रममा सन् १९३९ अगाडि जापानमा युरोपको प्रभाव थियो भने सन् १९४५ पछाडि युरोपको स्थान संरा अमेरिकाले लिइसकेपछि जापानमा अमेरिकाको प्रभाव बढ्यो । त्यसको प्रमुख उद्देश्य आर्थिक वृद्धि नै थियो । मेइची पुनस्र्थापनाको ६ वर्षभित्रमै जापानी उपनिवेश विस्तार हुनु भनेको युरोपको अनुकरण हो अर्थात् युरोपजस्तै शक्तिशाली बन्ने इच्छाको उपज हो भनिएको छ । जापान आफ्नै उपनिवेशहरूको पूरक खडा गर्ने महत्वकाङ्क्षाले अगाडि बढेको देखिन्छ । जापानको क्षेत्रीय महत्वकाङ्क्षाको कारण दोस्रो विश्वयुद्धमा जापानको हार भयो भन्ने विश्लेषण पनि छ । यद्यपि, मेइची पुनस्र्थापनाले पश्चिमी दमनलाई रोकेको यथार्थ हो । त्यसपछि जापानको इतिहासमा आर्थिक वृद्धिको उल्लेखनीय समयावधि पुस्तकमा प्रस्तुत गरिएको छ । सन् १९५२ सम्म जापानको कुल गार्हस्थ उत्पादन औपनिवेशिक देश मलेसियाको भन्दा सानो थियो । केही समयावधि या पुस्तामै जापान प्रारम्भिक कृषिप्रधान देशबाट पूर्णतः औद्योगिक देशको रूपमा विकास भयो । सन् १९५० र १९७० को बीचमा जापानको वार्षिक प्रतिव्यक्ति आम्दानी वृद्धि दर ८.४ प्रतिशत पुग्यो, यो तथ्याङ्क यसअघिको समय या इतिहासकै सबैभन्दा उच्च दर थियो । सन् १९८० को दशकबाट जापानले संरा अमेरिका र युरोपलाई प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा उछिन्यो र एउटा औद्योगिक र वित्तीय शक्ति केन्द्र बनेको थियो, जापान । तर, त्यो स्थान जापानले लामो समयसम्म कायम गर्न सकेन । जापानको अर्थतन्त्र पानीको फोकाजस्तो उठेको थियो । केही समयमै त्यो पानीको फोका फुट्यो । यसका थुप्रै कारणहरू मार्टिनले प्रस्ट्याउनुभएको छ । जापानको अर्थतन्त्र पुनः तल झर्नुमा संरा अमेरिकाको व्यापार नीतिले पनि भूमिका खेलेको नकार्न सकिन्न । पुस्तकले अप्रत्यक्षरूपमा यस विषयलाई छोएको अनुभव हुन्छ । जापानको अर्थतन्त्र ओरालो लाग्नेबित्तिकै पुनः संरा अमेरिकाले आर्थिक पक्षका सम्पूर्ण क्षेत्रमा अझ शक्तिशाली उडान भ¥यो । जापान भने ओरालो झरेको थियो र आर्थिक सङ्कटको सिकारसमेत बन्यो । अर्थतन्त्र ओरालो झरेपछिको Post-bubble Crisis सङ्कटले लामो समयसम्म न्यून आर्थिक वृद्धि पछ्यायो र गहिरो निरासा र मुटु कमाउने स्थिति निम्त्यायो । केहीले जापानको दुई वटा हारले गर्दा जापान प्रताडित भएको विश्लेषण गरे । एउटा हार सन् १९४५ मा र अर्को सन् १९९० मा । त्यही अवधिमा अमेरिकाले अर्थतन्त्रलाई अझ गतिशील बनाई उपलब्धि हासिल ग¥यो भने जापान भित्रभित्रै निस्सासियो । जापानको निराशा यतिसम्म बढ्यो कि अन्तर्राष्ट्रिय भूमिका र प्रभावमा जापान २७.३ प्रतिशतमा झर्यो त्यही बेला संरा अमेरिकाले ८०.८ प्रतिशत ओगट्यो । पोस्ट बबल सङ्कट जापानका निमित्त असाध्यै कठिन समय सिद्ध भयो । आर्थिक पुनः प्राप्तिका निम्ति पहल गर्न पनि जापानलाई असहज भयो । यसको एउटा कारण जापानले गैरपश्चिमा देशको परिचय पाएर पनि हुनुपर्छ । त्यही समय जापान पश्चिमतिर मोडिएको देखिन्छ ।
सन् १८६८ पछिको समयमा पनि जापानले पश्चिमलाई अङ्गाल्न खोजेको थियो र एसियालगायत कमजोर छिमेकीहरूविरुद्ध उभिएको थियो । एक जना जापानी लेखक फुकुजामा युकिची (Fukuzama Yukichi) को पुस्तक ‘एसिया छोड्दै’ बारे पनि यस पुस्तकमा चर्चा छ । फुकुजामाका अनुसार, “एसियाको विकास सहकार्यमार्पmत गर्न हामी छिमेकीहरूको उदय र विकास कुर्न सक्दैनौँ । एसियाली देशहरूको पङ्क्तिमा रहनुभन्दा पश्चिमका सभ्य देशहरूसँग सम्बन्ध बढाउनु राम्रो हुन्छ । चीन र कोरियाको लागि हामीले विशेष व्यवहार गर्न जरुरी छैन, ती हाम्रा छिमेकीमात्र हुन् । हामीले पश्चिमा ढङ्ग र शैली अवलम्बन गर्नुपर्छ र एसियाका खराब साथीहरूलाई दिमागबाट मेट्नुपर्दछ ।” यही मानसिकताबाट अगाडि बढेको जापानले सन् १८९४–५ सम्ममा चीनलाई हरायो, थाइवान र कोरियामा आप्mनो नियन्त्रण सुरु ग¥यो । सन् १९१० मा तिनले कोरिया गाभ्यो । सन् १९३१ मा तिनले उत्तर–पूर्वी चीन हत्यायो भने सन् १९३६ मा चीनको केन्द्रीय भाग कब्जा ग¥यो । सन् १९४१ देखि १९४५ सम्म दक्षिण–पूर्वी एसिया नियन्त्रणमा लियो । सन् १८६८ देखि १९४५ सम्म करिब ७७ वर्षमा जापान १० मुख्य युद्धहरूमा संलग्न बन्यो । पछिल्लो ३० वर्षमा एसियाली छिमेकी देशहरूमा उच्च खर्च गर्ने देश कहलियो । तर, २५० वर्षको टोकुगवाको इतिहासमा जापान वैदेशिक युद्धमा भने संलग्न बनेन । मेइजी जापान आर्थिक आधुनिकीरणमा मात्र सीमित थिएन बरु सीमा विस्तारमा पनि उद्यत थियो । ‘धनी देश, शक्तिशाली सेना’ राष्ट्रिय नारा बनेको थियो । जापानले सन् १९३० मा महान पूर्वी एसियाली सह–समृद्धिको परिधि निर्माण गर्ने प्रस्ताव एसियाली देशलाई आकर्षित गर्न ल्याइयो । कालान्तरमा त्यो एसियालाई ठग्न ल्याइएको साम्राज्यवादी जापानको चाल ठहर भयो । उकालो चढ्दै गरेको क्रममा जापानले एक समय आपूmले सर्वोच्च मान्ने चिनियाँ सभ्यतालाई एक कमजोर जातिको रूपमा औँल्याउने कुचेष्टासमेत ग¥यो ।
पछिल्लो आधा–शताब्दीमा पूर्वी एसिया पनि पछाडि परेको राज्यबाट गतिशील क्षेत्रको रूपमा उदायो । अब एसियामा अगाडि बढेको देश जापानमात्र रहेन । यद्यपि, आज जापान, एसिया छोडेर आफूलाई पश्चिमतिर ढल्केको भन्न रुचाउँछ । जापानले पूर्वी एसियाको सम्भावनालाई नदेख्नु र बेवास्ता गर्नुले आज पुनः जापान सङ्कट सामना गर्दै छ । जापान चीनको उदयलाई स्वीकार्न कठित अनुभव गर्दै छ । जापानको पूर्वी एसिया र विशेषतः चीनसँगको सम्बन्धका विषयमा पछिल्ला खण्डहरूमा व्यापक चर्चा गर्ने मार्टिनको जिकीर छ । वास्तवमा १९ औँ शताब्दीमा जापानी आधुनिकता गैर–पश्चिमी देशको असाधारण उपलब्धि नै मान्नुपर्छ । जापान पूर्वी एसियाको अत्यन्त परिष्कृत देश बन्न सफल रह्यो । बजार विनिमय दरका आधारमा मापन गरिएको कुल गार्हस्थ उत्पादनको आधारमा जापान विश्वकै तेस्रो ठुलो अर्थतन्त्र हो । जापानमा मानिसको जीवनस्तर प्रशंसनीय छ । सार्वजनिक यातायात सुविधा र प्रणाली विश्वमै उत्कृष्ट बताइन्छ । यी विकाससँगै जापानले आप्mनो सांस्कृतिक र सामाजिक मूल्यमान्यता पनि जोगायो । जापानको इतिहासलाई समग्रतामा उल्लेख गर्ने हो भने जापानले सुरुमा पश्चिमीकरणविरुद्ध आफूलाई उभ्यायो । पछि आफू सङ्कटमा परेपछि अमेरिकी प्रभावलाई अङ्गीकार ग¥यो । यद्यपि, आफ्नो पृथकता जोगाउन छोडेन । तर, जापानले पूर्वी एसिया अर्थात् सम्पूर्ण एसियाको क्षमता अवमूल्यन ग¥यो ।
पूर्वी एसियामा आप्mनो प्रभावको निमित्त रुची देखाएन । जापानले जहिल्यै पनि विश्वव्यापी हुन छोडेर क्षेत्रीयतामा जोड दियो । अरूको निम्ति आदर्श बन्ने सोचेन । तर, जे जस्तो भए पनि जापान पूर्वी एसियाको पहिलो आधुनिक देश हो । आज जापानबिना निःसन्देह एसियाली बाघहरू गर्जिरहेका छन् । एसियाली बाघहरूबिना चीनको आधुनिकीकरणले गति लिन केही समय ढिला हुन्थ्यो कि भन्ने अनुमान पनि छ । यसरी जापानको आधुनिकताको यात्रा सँगसँगै जापानको सांस्कृतिक, सामाजिक इतिहासबारे राम्रो जानकारी दिने यो खण्ड मननीय छ । मार्टिन भन्नुहुन्छ, “युरोपमा बेलायत आधुनिकताको संस्थापक हो भने एसियाका लागि जापान ।”
(खण्ड ३ समाप्त)
Leave a Reply