तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३ साउन । भक्तपुर नगरको कला, संस्कृति, सम्पदा, जीवनशैली, स्थानीय वातावरण झल्किने फोटोहरूको जिल्लास्तरीय प्रतियोगिताको पुरस्कार वितरण शनिबार एक समारोहबीच सम्पन्न भयो । इन्फिनिटी फोटो वल्र्डको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका विभिन्न फोटोग्राफरहरूबाट ६० वटा उत्कृष्ट फोटोहरू दर्ता भएको र निर्णायकमण्डलबाट छनोट गरिएका सर्वोत्कृष्ट फोटोहरूको प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोटोले तत्कालीन समाजको इतिहास बताउने र भविष्यका लागि सशक्त प्रमाण सावित हुने चर्चा गर्दै सय वर्षअघिका फोटो र चित्रकै आधारमा नगरपालिकाले सम्पदा तथा मठ मन्दिर र दरबारहरू पुरानै शैलीमा पुनःनिर्माण गरिरहेको बताउनुभयो । उहाँले बेलायतको सङ्ग्रहालयमा सुरक्षित राखिएको दरवारक्षेत्रस्थित न्हेकं झ्यः दरबारको चित्रकै आधारमा मल्लकालीन शैलीमा पुनः निर्माणको तयारी भइरहेको र पुरानो फोटोकै आधारमा लापाँ देगः पुनःनिर्माणको लागि अध्ययन भइरहेको उल्लेख गर्नुभयो ।
एउटा फोटो पनि सिङ्गो लेख र हतियार हुने चर्चा गर्दै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै राजनैतिक उथलपुथलको कारक तत्व तत्कालीन फोटो भएको उदाहरणहरू प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनको क्रममा कुनै पनि ठाउँको भूगोल र स्वरूप केही वर्षमा परिवर्तन हुने हुँदा प्रत्येक समयावधि झल्किने गरी फोटोहरू सङ्ग्रह गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले कोभिड १९ को महामारीबाट बच्न नगरपालिकाले यो वर्ष विभिन्न सांस्कृतिक चाडपर्वलाई औपचारिकतामा सीमित गरिएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सुनिल सितिखूको सभापतित्वमा भएको कार्यक्रममा कृष्णश्वरी दुवाल र विनय हाडाले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा राम माक प्रथम, नेल्सन सुवाल दोस्रो र सुदिप सुवाल तेस्रो हुनुभएको थियो ।
Leave a Reply