नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
पन्ध्र–सोह्र वर्ष अगाडि ईश्वरवल्लभसँग भक्तपुरमै परिचय भयो– नरेन्द्र र इन्दिरा प्रसाईँमार्फत । उहाँको ‘आगाका फूलहरू हुन्, आगाका फूलहरू होइनन्’ पढ्ने अवसर जु¥यो । त्यसबेला नेपाली साहित्यको निम्ति नयाँ–नयाँ समालोचकहरूको आवश्यकता अनुभव भयो ।
भक्तपुरमै एक–दुइटा साहित्यिक कार्यक्रममा ईश्वरवल्लभसँग सामान्य भलाकुसारी भयो, उहाँका जीवनबारे खास जानकारी पाएको थिइनँ । उहाँसँगको उठबस आत्मीय हुन बाँकी नै थियो ।
पानी परेकोले अरू समाचारपत्रहरू आइपुगेको थिएन । ३ साउन २०७७ शनिबारको नागरिक ‘अक्षर’ मा प्रकाश सायमीको ‘एक सरदार, जो गीतकार थिए, गीतकार नै रहे’ हेरेँ । मसिनो ‘अक्षर’ केलाउँदै गर्दा ईश्वरवल्लभको व्यक्तित्वको पर्दा खुल्दै गए ।
प्रकाश सायमीसँग ईश्वरवल्लभकी छोरी रेखाको मनको कुरा यसरी पोखिएको रहेछ – “बाबाका सारा पुस्तकको पुस्तकालय बनाउन मन थियो । म आफैँले राख्नुपर्ने थियो । आमाले अरूलाई दिनुभयो ।”, “यदि ईश्वरवल्लभलाई सोधिएको भए यसको वल्लभियन के हुन्थ्यो होला ?” प्रकाश सायमीले अनुत्तरित जिज्ञासामा टुङ्ग्याए ।
तर, यसबारे घोत्लिँदा हामी नेपालीहरूको सांस्कृतिक स्तर र समस्या नै यसको उत्तर पाउनेछौँ । हाम्रा धेरै इतिहास लेखक, कवि, कलाकार र लेखकमध्ये ९५ प्रतिशतको साझा प्रश्न हो यो । उत्तर दिने जिम्मेवार संस्थाहरू हुन्– प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, विश्वविद्यालयहरूका सम्बन्धित विभाग र साहित्यिक सङ्घ–संस्था, प्रदेश सरकार र स्थानीय निकायहरू । हिजो काठमाडौँ र केन्द्रीय सरकार दोषी थिए – तर, आज प्रदेश सरकार, स्थानीय निकायहरू विविध भाषा, कला, संस्कृति साहित्यको विकास र संरक्षणमा जिम्मेवार संस्थाहरू हुन् ।
देश–विदेशबाट डलर कमाएर फर्केका वा डाक्टर, इन्जिनियर, व्यापारी र ठेकेदार बनेका अधिकांश छोराछोरीलाई बुबा–आमाहरूका रचना र पुस्तकका दराज तथा कोठाहरू बोझ बनेका छन् । उनीहरू आफ्ना साथीहरूसँग भन्छन्– ‘पत्र–पत्रिका, पुस्तक र अखबारहरू कसैले लगिदिएका भए महिनामा एक कोठाकै ५–१० हजार रूपैयाँ आउँथ्यो !’
ईश्वरवल्लभका हरेक निबन्ध, कविता र गीतबारे समालोचना गर्नसक्ने प्रकाश सायमीले समालोचनामै कलम उठाउने जमर्को गरेमा नेपाली साहित्यले एकजना राम्रा समीक्षक पाउनेछ । किनभने, कविको कविता, गीत र रचनाको गहिराइ बुझ्न पहिले कवि वा रचनाकारलाई चिन्नुपर्ने हुन्छ, अनिमात्रै पाठकले कवि चिन्नेछन् । प्रकाश सायमीलाई नै ईश्वरवल्लभका साहित्यका समीक्षकको रूपमा नेपाली साहित्यले पाउने आशा गरौँ !
हाम्रा विश्वविद्यालयहरूले नयाँ पुस्तालाई कस्तो शिक्षा दिए कुन्नि ¤? त्यसको तुलनामा ईश्वरवल्लभकी छोरी रेखा नयाँ पुस्ताका नमुना पात्र हुन् । हरेक प्रदेश, जिल्ला र स्थानीय निकायले एउटा–एउटा राम्रो साहित्यिक संस्था र पुस्तकालय बनाएर आ–आफ्ना लेखक, कवि, कलाकारहरूको एउटा–एउटा कोठा, दराज र अध्ययन गर्ने कोठाको बन्दोबस्त गर्न नसक्ने त होइन । आखिर देश टुप्पोबाट होइन जगबाटै बलियो र स्वस्थ हुनु आवश्यक छ । प्रजातन्त्र र गणतन्त्रको व्यावहारिक अर्थ पनि त्यही हो ।
ब्राह्मण पिताले नेवार आमासँग विवाह गरी अर्कै परिवार बसाएको कारण ‘मेरी आमाले आत्महत्या गरेको देशमा’ कवितामा कविको पीडा पोखियो । आर्थिक र सामाजिक असन्तुलन एवम् भेदभाव भएसम्म देशले धेरै छोरी, बहिनी र आमाहरूको आत्महत्या व्यहोर्नुपर्नेछ । किनभने, शोषणमा आधारित समाजका शासकहरूको मन र मतिष्कमा मौलिक परिवर्तनको प्रकाशको रेखा छिरेकै छैन ¤ यसकारण, हरेक दिन विभेद, अन्धविश्वास र असमान सामाजिक परम्पराकै कारण मारिएका र आत्महत्याका समाचारहरू पढ्न बाध्य भइन्छ ।
कामदार स्तरका ठेकेदार कविले दिनभर सिमेन्ट, बालुवा र मजदुरहरूसँग काम गर्दै राती कविता लेख्छन्–
‘सारा दिन अरूलाई बाँडे
सायद यी रात मेरा
मेरा सुखहरू अरूको
सायद यी आँसु मेरा’…
ईश्वरवल्लभका हरेक निबन्ध, कविता र गीतबारे समालोचना गर्नसक्ने प्रकाश सायमीले समालोचनामै कलम उठाउने जमर्को गरेमा नेपाली साहित्यले एकजना राम्रा समीक्षक पाउनेछ । किनभने, कविको कविता, गीत र रचनाको गहिराइ बुझ्न पहिले कवि वा रचनाकारलाई चिन्नुपर्ने हुन्छ, अनिमात्रै पाठकले कवि चिन्नेछन् । प्रकाश सायमीलाई नै ईश्वरवल्लभका साहित्यका समीक्षकको रूपमा नेपाली साहित्यले पाउने आशा गरौँ !
Leave a Reply