भर्खरै :

बिफरका जीवाणु भएका कम्बल र रेशमको रुमाल

आदिवासी अमेरिकीहरूविरुद्ध उत्तर अमेरिकालाई उपनिवेश बनाउने उपनिवेशवादीहरूको युद्ध निकै निर्मम हुने गथ्र्यो । तीमध्ये पनि उनीहरूले प्रयोग गरेको एउटा उपाय भने निकै भयानक खालको थियो । त्यो तरिका कुनै रक्तपातपूर्ण संहारभन्दा भयानक थियो । उपनिवेशवादीहरूले आदिवासी अमेरिकीहरूलाई बिफरका जीवाणु भएका कम्बल र कपडा दिने गर्थे । बिफरको भाइरसको कारण आदिवासी अमेरिकीहरूको जीउभरि ठूलठूला खटिरा आउँथ्यो । उनीहरूले आँखाको ज्योति गुमाउँथे र अन्ततः प्राण त्याग्थे । उपनिवेशवादीहरूको यो जैविक युद्धकै निर्मम रूप थियो । तर, उपनिवेशवादीहरूले यो तरिका अपनाएकोबारे निकै थोरै मात्र उल्लेख गरेका छन् ।
आदिवासी अमेरिकीहरूविरुद्ध उपनिवेशवादीहरू हतियारको रूपमा बिफरका जीवाणु प्रयोगबारे पहिलो उल्लेख उन्नाइसौँ शताब्दीका इतिहासकार फ्रासिन्स पार्कम्यानले गरेका थिए । पार्कम्यानले सन् १७६०–दशकको पूर्वाद्र्धमा उत्तर अमेरिकामा तैनाथ बेलायती सेनाका सेनापति सर जेफ्री एमहस्र्टले लेखेका पत्रहरूको अध्ययन गरेका थिए । सर जेफ्री एमहस्र्टले आफ्ना सहयोद्धा कर्णेल हेनरी बुकेटलाई लेखेको चिट्ठीमा आदिवासी अमेरिकी जनताविरुद्ध प्रयोग गरेको बिफरका जीवाणुबारे चर्चा गरेका थिए । फ्रान्सेली र बेलायती उपनिवेशवादी शक्तिबीच सन् १७५६ देखि १७६३ सम्म भएको युद्ध (जो ‘सात वर्षे युद्ध’ को नामले पनि चर्चित छ) मा एमहस्र्ट र बुकेट पश्चिम सीमामा लडेका थिए ।
उपनिवेशवादीहरूले उपनिवेश फैलाउँदै गरेको अवधिमा लेखेका धेरै लिखित दस्तावेजहरू उपलब्ध छन् । तथापि, तीमध्ये एकाधमा मात्र बिफरको जीवाणु प्रयोगबारे उल्लेख छ । एमहस्र्टले पनि आफ्नो पत्रमा त्यो प्रयोगबारे खासै लामो उल्लेख गरेका छैनन् । उनलाई त त्यो विधिले प्रभावकारी काम पनि गरेको थियो वा थिएन भन्नेबारे पक्का थिएन ।

कर्णेल हेनरी बुकेटसँग वार्ता गर्दै ओट्टावाका आदिवासी नेता पोन्टियाकको चित्र । बुकेट आदिवासी अमेरिकीहरूलाई बिफरको जीवाणु सङ्क्रमित कम्बल दिने बेलायती सैनिक अधिकारी थिए । तस्वीर ः गिटी इमेज


कोलोराडो विश्वविद्यालयमा आबद्ध प्रारम्भिक अमेरिकी इतिहासका जानकार एलिजावेथ फेनको एउटा लेख सन् २००० मा ‘द जर्नल अफ अमेरिकिन हिस्ट्री’ मा प्रकाशित छ । सन् १७६३ को वसन्त ऋतुमा ओट्टावाका आदिवासी युद्ध नेता पोनटाएकबाट प्रेरित भएर डेलावर, शनी र मिङ्गोका आदिवासी लडाकूहरूले पिट किल्लामा हमला गरे । पिट किल्ला एलगेनी र मनानगाहिला नदीको सङ्गममा पर्दछ । अहिले त्यो ठाउँ संरा अमेरिकाको पिटस्वर्गमा पर्दछ ।
किल्लाका कमान्डर कप्तान सिमोन इकुअरले जून १६ मा फिलाडेल्फियामा रहेका आफूभन्दा माथिल्लो पदका कर्णेल हेनरी बुकेटलाई त्यहाँको खराब अवस्थाबारे खबर गरे । स्थानीय व्यापारी र उपनिवेशवादीहरू सबैले ज्यान जोगाउन किल्लाभित्र शरण लिएका थिए । इकुअरलाई आदिवासी अमेरिकी शत्रुसँग डर थिएन । उनलाई किल्लाभित्रको अस्पतालमा बिफरको बिरामी भएको र त्यहाँ मान्छेको सङ्ख्या बढेसँगै त्यो रोग फैलिएर महामारीको रूप लिने हो कि भन्नेमा चिन्तित थिए ।
बुकेटले पिट किल्लाभित्र बिफरको भयबारे आफूभन्दा माथिल्लो दर्जाका अधिकारी एमहस्र्टलाई जून २३ मा पत्राचार गरे । जुलाई ७ मा एमहस्र्टले बुकेटको पत्रको जवाफ पठाए । एमहस्र्टले त्यो अवस्थालाई निकै उपयुक्त मौकाको रूपमा लिए । उनले पत्रमा लेखे, “बिफरका किटाणुलाई ती केही आदिवासीबीच फैलाउन सकिन्न ? हामीले उनीहरूलाई कमजोर बनाएर हाम्रो अवस्था बलियो बनाउन हरेक उपाय प्रयोग गर्नुपर्छ ।”
पिट किल्लामा बेलायती सैनिक बल थप्न पेनसाल्भानिया हुँदै अघि बढिरहेका बुकेटले जुलाई १३ मा एमहस्र्टलाई अर्को पत्र पठाए । त्यसमा उनले आदिवासीहरूबीच कम्बलबाट रोग फैलाउन प्रयास गर्ने वाचा गरेका थिए । उनले लेखे, “त्यो रोग बरु मैमा नसरोस् भनी सावधानी अपनाउनुपर्नेछ ।” जुलाई १६ मा एमहस्र्टले अर्को पत्र लेखेर बुकेटको योजनाप्रति खुशी व्यक्त गरे । उनले ‘निमिट्यान्न बनाउनुपर्ने यो समुदायलाई सिध्याउन सम्भव सबै उपाय अवलम्बन गर्न’ पत्रमा भनेका थिए ।
तर, एमहस्र्ट र बुकेटलाई आफूले बनाइरहेको योजनाको कार्यान्वयन पिट किल्लाका कसैले पहिले नै विचार गरेर आदिवासीहरूमाथि बिफर फैलाउने प्रयास गरिसकेका थिए ।
जून २३ मा व्यापारी, भूमिपति र लडाकू कप्तान विलियम टे«न्डले आफ्नो दैनिकीमा दुई जना डेलावर सेनाका दुई जना सिपाही किल्लाभित्र पसेर अर्को दिन वार्ता गर्ने प्रस्ताव गरेका थिए । बैठकमा आदिवासी लडाकूका प्रतिनिधिले बेलायतीहरूलाई किल्ला छोड्ने प्रस्तावमा मनाउन सकेनन् । त्यसपछि उनीहरूले केही सम्पत्ति र रक्सीको माग गरे । बेलायतीहरू उनीहरूको त्यो माग भने पूरा गर्न तयार भए । आदिवासी लडाकूका प्रतिनिधिहरूलाई उपहार स्वरूप दुई वटा कम्बल र एउटा रुमाल दिए । कम्बल र रुमाल बिफरको जीवाणुबाट सङ्क्रमित थियो । “मलाई आशा छ, त्यसले हामीले चाहेजस्तो प्रभाव पार्नेछ”, ट्रेन्डले लेखेका थिए ।
यो जैविक हमलाको सोच सुरुमा कसले निकालेको थियो भन्ने विषयमा कुनै पूर्ण विवरण त छैन । तथापि, उपलब्ध दस्तावेजले ट्रेन्ड पनि यसका मुख्य दोषी हुन् भन्ने देखाएको छ । सन् २००० मा प्रकाशित फेनको लेखमा ट्रेन्डले पछि बेलायती सेनालाई दुई वटा कम्बल र रेशमको रुमाल किने बापतको पैसा मागेकोबारे उल्लेख छ । ट्रेन्डले पैसा मागेको कागजमा लेखिएको थियो, “आदिवासीहरूलाई बिफर सार्न अस्पतालबाट ल्याएको सामानको पूर्ति गर्न ।”
कप्तान इकुअरले ती सामान बिफर फैलाउन प्रयोग गरेको अनुमोदन गरेका छन् । त्यसकारण, यो घटनाको निम्ति उनी पनि दोषी भएको स्पष्ट हुन्छ । एमहस्र्टपछि उनको पद सम्हाल्न पुगेका जर्नेल थोमस गेगले ट्रेन्डले मागेको पैसा तिरेका थिए ।
स्टोनी ब्रुक विश्वविद्यालयका इतिहासकार तथा अमेरिकी जनतामाथि युरोपेलीहरूको कब्जाको निम्ति महामारीले खेलेको भूमिकाबारे दुई वटा पुस्तक लेखेका लेखक पल केल्टनले लेखेका छन्, “इतिहासमा उल्लेख भएको प्रमाणसहितको घटना त्यो एउटा हो ।” एमहस्र्टको आदेश शीरोपर गरेर बुकेटले आदिवासी जनताबीच बिफर फैलाउन थप केही गरेका थिए वा थिएनन् भन्ने कुरा भने प्रस्ट छैन ।

सन् १६०० देखि १७०० को शताब्दीमा उपनिवेशवादीहरूले उपनिवेश बनाउन प्रयोग गरेका धेरैथरी निर्मम तरिकामध्ये यो तरिका निकै सानो हिस्सामात्र हो । बेलायती लडाकूहरूले आदिवासी अमेरिकीहरूका मकैबारी नष्ट पार्ने, उनीहरूका घर जलाउने काम गर्थे । यस्ता अपराध गरेर बेलायती उपनिवेशवादीहरू आदिवासी जनतालाई आफ्नै भूमिमा शरणार्थी बनाइदिन्थे । घरबासबाट उठिबास गर्थे । बिफरका जीवाणुले भन्दा यसरी उठिबास भएका आदिवासी अरू सयौँथरी रोगका शिकार बन्थे ।

जैविक युद्धबाट बेलायती उपनिवेशवादीहरूले सोचेजस्तो प्रभाव प¥यो वा परेन, त्यसको कुनै उल्लेख छैन । तर, फेनको लेखअनुसार पिट किल्ला वरपरको क्षेत्रमा सन् १७६३ को वसन्तयाम र गर्मी याममा बिफरको महामारी नै फैलिएको थियो । त्यतिबेला जताततै बिफर फैलिरहेको हुनाले आदिवासीहरूबीच त्यही कारणले नै रोग फैलिएको थियो वा अरू कुनै माध्यमबाट रोग फैलिएको हो भन्ने विषयमा कुनै प्रमाण भने नभएको इतिहासकारहरू बताउँछन् ।
सन् २००० मा नै हन्टर कलेजका इतिहासकार फिलिप रनलेटको बिफरका जीवाणु भएको कम्बलसम्बन्धी लेख ‘पेन्सालभानिया हिस्ट्री ः अ जर्नल अफ मिड–एटलान्टिक स्टडिज’ मा प्रकाशित भएको थियो । सो लेखमा भने आदिवासी जनताबीच बिफरको महामारी कम्बलकै कारण फैलिएको विषयमा सन्देह व्यक्त गरिएको छ । उनले यसलाई बेग्लै ढङ्गले प्रस्तुत गरेका छन् । उनको बुझाइमा कम्बलले बिफर आदिवासीबीच फैलिएको थिएन, बरु आदिवासी जनताबीच फैलिएको बिफर पिट किल्लाभित्र फैलिएको थियो । उनले यदि कम्बलबाट बिफर फैलाउने आफ्नो उपायले काम गरेको भए आफ्नो दैनिकीमा निकै गौरवका साथ त्यो कुरा उल्लेख हुुनुपर्ने तर्क गरेका छन् ।
एकछिनलाई मानौँ, त्यो तरिकाले काम नगरेकै भएपनि आदिवासी जनताविरुद्ध बिफरको जीवाणु प्रयोग गर्ने बेलायती उपनिवेशवादीहरूको सोचाइ उनीहरूको निर्ममताको चिन्ह हो । “छोटो समयकै लागि भएपनि यसले युद्धको सभ्य नियमको उल्लङ्घन गरेको देखिन्छ”, इतिहासकार केल्टनले भने । बिफरका जीवाणुले लडाकूहरूलाई मात्र मृत्युको मुखमा पु¥याएको थिएन, बरु निर्दोष केटाकेटी र महिलाहरू समेतलाई निर्ममतापूर्वक मारेको थियो ।
तर, केल्टन आदिवासी जनताविरुद्ध भएका लिखित तरिकाको रूपमा कम्बलमा बिफरका जीवाणुमा मात्र बढी जोड दिने पक्षमा छैनन् । सन् १६०० देखि १७०० को शताब्दीमा उपनिवेशवादीहरूले उपनिवेश बनाउन प्रयोग गरेका धेरैथरी निर्मम तरिकामध्ये यो तरिका निकै सानो हिस्सामात्र हो । बेलायती लडाकूहरूले आदिवासी अमेरिकीहरूका मकैबारी नष्ट पार्ने, उनीहरूका घर जलाउने काम गर्थे । यस्ता अपराध गरेर बेलायती उपनिवेशवादीहरू आदिवासी जनतालाई आफ्नै भूमिमा शरणार्थी बनाइदिन्थे । घरबासबाट उठिबास गर्थे । बिफरका जीवाणुले भन्दा यसरी उठिबास भएका आदिवासी अरू सयौँथरी रोगका शिकार बन्थे ।
स्रोत ः हिस्ट्री
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *