नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
आजभन्दा १०३ वर्ष अगाडि रुसको माटोमा समाजवादी क्रान्तिको विजयको रातो झन्डा फहरियो । सन् १९१७ को रुसी अक्टोबर क्रान्तिले बहुमत कामगरी खाने जनतामाथि हुने शोषणको अन्त्यको विगुल फुक्यो । दासताबाट मुक्त सच्चा मानिस भएर बाँच्ने जनआकाङ्क्षा पूरा भयो । का. लेनिनको नेतृत्वमा भएको त्यो क्रान्तिले विश्वमै समाजवादी क्रान्तिको लहर चलायो । आजको विश्वमा रुसी क्रान्तिको गर्विलो इतिहास र लेनिनको शिक्षाबारे गहन अध्ययन र चर्चा आवश्यक छ । शोषणबाट मुक्तिको सास फेर्न जनता आपैmले रगत बगाएको त्यो इतिहास र जनताको क्रान्तिकारी भावनाबाट आजका मानिसहरूले सिक्न जरुरी छ । पुस्तक ‘By the Will of Peoples’ ‘जनताको इच्छाबाट’ ले रुसी क्रान्तिको इतिहास बताउँछ । युरी पोल्याकोभ (Yuri Polyakov) द्वारा लिखित उक्त पुस्तकले क्रान्तिपूर्वको रुसदेखि क्रान्तिपछिका ६० वर्षको महत्वपूर्ण उपलब्धिबारे अवगत गराउँछ । कुशल नेतृत्व पाएको रुसी अक्टोबर समाजवादी क्रान्तिले जनताको मुक्ति र देशको स्वाधीनतालाई प्राथमिकतामा राख्यो । क्रान्तिको तयारीका निम्ति गरिएको सङ्घर्षका पृष्ठहरू त छँदै छन् क्रान्तिपछि निरन्तर बाह्य एवम् आन्तरिक हस्तक्षेपमा रुसको बोल्सेभिक पार्टी अर्थात् कम्युनिस्ट पार्टीले कसरी भूमिका निर्वाह ग¥यो ? जनताको सुझबुझले कस्तो उपलब्धि प्राप्त ग¥यो भन्ने जानकारी पुस्तकबाट मिल्छ ।
सन् १९१७ मा क्रान्ति सफल भयो र सन् १९२२ को डिसेम्बर ३० मा सोभियत समाजवादी गणतन्त्रको सङ्घ अर्थात् USSR स्थापना भयो । रुसी जनता डिसेम्बर ३० लाई ठूलो उत्सवको रूपमा मनाउँछन् । क्रान्ति सफल भएको ५ वर्षपछि मात्रै सोभियत सङ्घको स्थापना किन भयो ? सन् १९१७ बाट १९२२ सम्ममा कस्तो सोभियत सत्ता अस्तित्वमा थियो ? सोभियत सङ्घको संरचनामा कस्तो परिवर्तन भयो ? यी प्रश्नहरूको जवाफ यो पुस्तकले दिन्छ ।
रुस सदियौँदेखि विविध राष्ट्रियता, भाषाभाषी, जातीय तथा सांस्कृतिक समुदायले सम्पन्न भूमि हो । ती जनता क्रान्ति अगाडि कस्तो दमन भोग्थे र तिनले शोषणका सम्पूर्ण सिक्री चुँडाल्न कसरी लडे भन्ने सोभियतको शब्दचित्र पुस्तकभित्र छ । २० औँ शताब्दीको सुरुआती अवधिको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा त्यो विविधताले भूमिका खेल्यो । सामन्तवाद र पितृसत्तात्मक बन्दोवस्त भएको त्यो युगमा राष्ट्रिय सम्बद्धता, भाषा र धर्मको आधारमा विभाजन स्वाभाविक थियो । क्रान्तिले युरोपेली खण्डको रुसी जनतादेखि उत्तर–पश्चिम बाल्टिक किनार उर्लासका रुसी जनता, मध्य रुसदेखि सुदूर पूर्वसम्मका जनता, दक्षिण भेगका रुसी जनतादेखि मध्य एसियासम्मका जनतालाई क्रान्तिको बाटोमा ल्यायो । ‘फुटाऊ र राज गर’ को विचारमा टिकेको जार शासनले ककाससमा मात्रै अरमेनियाली र अजरबैजानियालीबीच फूट गरी राज गरिरहेको थियो । सम्पूर्ण रुसमा राष्ट्रिय, क्षेत्रीय, जातीय तथा धार्मिक भिन्नताका आधारमा फूट सृजना गर्ने काम जार शासकले रोकेको थिएन । जनता आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिकरूपमा शोषणमा परेका थिए, जनताको एकता कमजोर बनाइँदै थियो ।
शोषणमा आधारित सामन्तवादी व्यवस्था फाल्न रुसी जनतालाई एक बनाउने आन्दोलन अगाडि बढ्यो । सम्पूर्ण खाले शोषणबाट मुक्तिका निम्ति समाजवादी क्रान्ति नै आवश्यक हुन्छ भन्ने शिक्षा जनतालाई दिइयो । जनताकै शक्तिले १२ वर्षको अवधिमा तीन महत्वपूर्ण क्रान्ति सफल भए । सन् १९०५ देखि १९०७ सम्मको क्रान्ति, सन् १९१७ को फेब्रुअरी क्रान्ति र सन् १९१७ कै अक्टोबर समाजवादी क्रान्ति । सम्पूर्ण मजदुरहरूलाई सङ्गठित गरी जार शासनविरुद्ध लड्न तयार बनाई सन् १९०५–१९०७ को क्रान्तिले जारलाई हटायो । फेबु्रअरी क्रान्ति पुँजीवादी क्रान्ति थियो । ती दुई क्रान्तिले बहुमत कामगरी खाने जनताको जीवनमा कुनै परिवर्तन ल्याएन र का. लेनिनले अक्टोबर समाजवादी क्रान्तिको तयारी गर्नुभयो । रेल मजदुरहरूको आन्दोलन, उरल्स्मा १ लाख मजदुरहरूको हडताल, तनोभोकिनेस्मा क्षेत्रमा ३ लाख टेक्सटाइल मजदुरहरूका ठूलठूला जलुश प्रदर्शनी, बाकुमा तेल मजदुरको हडताल, अजरबैजान, अमेन र डाग्हेस्तानका मजदुरहरूको संयुक्त आन्दोलन, युक्रेनका कोइला मजदुरहरूको आन्दोलन नै समाजवादी क्रान्तिको कोसेढुङ्गा बने । सन् १९१७ अक्टोबर २५ मा रुसका सोभियतहरूको दोस्रो सम्मेलनबाट अक्टोबर समाजवादी क्रान्ति सफलताको उद्घोष गरियो । सो सम्मेलनमा का. लेनिनको प्रवेशबारे अन्तर्राष्ट्रिय पत्रकार जोन रिडले लेखे – “अत्यन्त उच्च सम्मानका साथ महान् लेनिनको स्वागत गरियो । अत्यन्त प्रभावशाली व्यक्तित्व, रुसी जनताले असाध्यै माया गर्ने नेता लेनिन इतिहासकै थोरै नेतामध्ये एक हुनुुहुन्थ्यो ।” अद्भूत ढङ्गले सुविख्यात, सिद्धान्तनिष्ठ नेता, बौद्धिकताका धनी का. लेनिनको चर्चासँगै जोन रिडको पुस्तक ‘संसार हल्लाउने ती दश दिन’ को विषयमा यहाँ चर्चा गरिएको छ । सोही सम्मेलनबाट का. लेनिनले ‘शान्तिको घोषणा’, ‘भूमिको घोषणा’ रुसी जनताको अधिकारको सुनिश्चितताबारे घोषणा गर्नुभएको प्रसङ्ग छ । रुसी जनताको समानता र सार्वभौमिकता, स्वायत्तता र आत्मनिर्भरताको अधिकार, राष्ट्रिय तथा धार्मिक विशेषाधिकारको उन्मूलन, अल्पसङ्ख्यक तथा सांस्कृतिक समूहहरूको स्वतन्त्र विकासका निमित्त क्रान्तिपछि नै कार्य थालियो ।
क्रान्ति अगाडि ६६ प्रतिशत रुसी जनता लेख्न पढ्न जान्दैनथे । कजाखका जनता एक दुई प्रतिशत पनि साक्षर थिएनन् । ताजाकिस्तानमा केही धार्मिक, प्रारम्भिक विद्यालय मात्र थिए । माध्यमिक तथा उच्च मावि अस्तित्वमै थिएनन् , एउटा मात्र अस्पताल थियो । सहरमा जम्मा १९ डाक्टर र गाउँमा डाक्टर नै थिएनन् । कजाकस्तान, भोल्गा क्षेत्र, उत्तर ककासस्को अवस्था पनि त्यस्तै कमजोर थियो । समग्रमा रुसी जनता शिक्षाबाट वञ्चित थिए ।
क्रान्तिपछि जनतालाई साक्षर र शिक्षित बनाउने आन्दोलन सुरु गरियो । तत्काल जनतालाई साक्षर बनाउन राज्यले जिम्मेवारी लियो । सन् १९१९ सम्ममा ८ वर्षदेखि ५० वर्षका रुसी जनतालाई पठनपाठन गराउन स्थानीय भाषा र रुसी भाषाको प्रयोग गर्न सकिने नीति बनाइयो । रुसबाट अशिक्षा उन्मूलन गर्न सहर र गाउँगाउँमा विद्यालय, कलेजहरू खोलिए । “अशिक्षा मुर्दावाद र शिक्षा हेरक खराब शक्तिहरूसँग लड्ने हतियार हो’ भन्ने नारा लगाइयो । पहिलो चरणमै ७० लाख प्रौढ मानिसले पढ्न र लेख्न सिके । यसरी क्रान्तिपछि विशेषगरी जनताको शिक्षा, जनस्वास्थ्यमा ध्यान दिइयो । क्रान्तिपश्चात् पनि सम्पूर्ण क्षेत्र या राज्यहरू एकतामा आएका थिएनन् । केही क्षेत्रहरू आर्थिक, सांस्कृतिक तथा राजनीतिकरूपले अत्यन्त पिछडिएका थिए । जनगणतन्त्र बोखारा (Bokhara) र खोरेसम (Khoresm) लाई उदाहरणको रूपमा लिन सकिन्छ । बोखारामा करिब ८५ प्रतिशत र खोरेसममा करिब ७५ प्रतिशत खेतीयोग्य जमिन धर्मभिरु, धार्मिक सामन्त एवम् देवीदेवता र उचपदस्थ अधिकारीहरूको नाममा थियो । त्यहाँका कृषकहरूले तिनलाई उत्पादन बुझाउन पथ्र्यो । यस्ता केही स्थानमा शोषणको बर्बरता क्रान्तिपछि पनि चालु थियो, शासन अझैपनि सामन्तकै हातमा थियो । तिनको शक्ति उजवेक्स्, ताजिक्स, काराकालपाक्स् र काजाक्स् हँुदै अन्यत्र पैmलिँदै थियो । सन् १९१७ को क्रान्तिले तत्काल त्यतातिर ध्यान दिन सकेन । यस्ता केही दृष्टान्तबारे पुस्तकमा चर्चा छ । देशभित्र यस्ता घटनाहरू, गृहयुद्ध, प्रतिक्रियावादीहरूको निरन्तरको षड्यन्त्र सत्ताप्राप्तिको अभ्यास चलिनै रह्यो । पेट्रोग्राड नजिक प्रतिक्रान्तिकारी हमला, दक्षिण उरल्स्मा भएको आक्रमणलाई सजिलै दबाइयो । जमिनदार, सामन्त, जारका मतियार एवम् शासकवर्गको सत्ता पुनः प्राप्तिको प्रयास लामो समयसम्मै चल्यो । त्योबाहेक रुसी जनताले जर्मनको फासीवादी सैन्य आक्रमण, अस्ट्रोहङ्गेरी र टर्कीको सैन्य आक्रमणको पनि सामना गरे । सुरुमा जर्मनले ब्रेख्त शान्ति सम्झौतामा हस्ताक्षर गर्न दबाब दियो । साथै, पश्चिम र दक्षिण–पश्चिमको रुसी भूभागलगायत बाल्टिक क्षेत्रका सम्पूर्ण भाग, युक्रेन र बेलारुसमा कब्जा ग¥यो । शान्ति सम्झौता भङ्ग गर्दै क्रिमिया र ककासस्मा आँखा गाड्यो । पुँजीवादी देशहरूलाई रुसको समाजवादी क्रान्ति सफलता विश्वमा पैmलिने डर थियो । त्यसकारण, जर्मनलगायतका पुँजीवादी देशहरूले आप्mनो ठूलो सैन्यशक्ति रुसविरुद्ध केन्द्रित ग¥यो । ती प्रतिक्रान्तिकारी आक्रमणहरूमा पनि रुसी जनताले बहादुरीपूर्वक लडे । कठिनत्तम समयको सामना गर्दै, रगतको खोलो बगाई सोभियत सङ्घको स्थापना भएको हो । सन् १९१८ मा बेलायत र त्यसपछि संरा अमेरिकी सेनाले रुसको उत्तरमा अवस्थित मुरमान्स्क र अरचाङ्गेलमा हस्तक्षेप ग¥यो । त्यसपछि क्रमशः जापान, बेलायत, संरा अमेरिकाले बिस्तारै सुदूर पूर्वी क्षेत्र कब्जा ग¥यो, भ्लादिभोस्तोकको समुद्री तट हडप्यो । बेलायतले सन् १९१८ मा ट्रान्सकापियन क्षेत्र कब्जा ग¥यो । पहिलो विश्वयुद्ध भयो । यद्यपि, हस्तक्षेप कम भएन । विश्वयुद्धमा जर्मन खेमा हारेपछि सैन्य हस्तक्षेप अझ बढायो । रुसी जनताले ठूलठूलो हतियारधारी देशहरूसँग बोल्सेभिक भावनाले लडे । यसरी बाह्य हस्तक्षेप र प्रतिरोधका थुप्रै कथाहरू यस पुस्तकभित्र छन् । रुसी रेड आर्मीले काँधमा काँध मिलाई गरेको सङ्घर्षले क्रान्तिको मिठो फल प्राप्त गरेको इतिहासको त्यो कालखण्ड पुस्तकमा प्रतिविम्बित छ । थुप्रै उकाली ओरालीपछि सन् १९२२ मा अर्थात् ५ वर्षपछि सोभियत सङ्घको स्थापना भएको थियो । पहिलो सोभियत सम्मेलनमा विश्व सर्वहारावर्गका महान् नेता लेनिन अध्यक्ष हुनुहुन्थ्यो । उक्त ऐतिहासिक दिनले विश्व सर्वहारा ज
नतालाई एकजुट हुन आह्वान गर्नुका साथै क्रान्तिका निम्ति सङ्घर्ष गर्ने ऊर्जा पनि प्रदान गरेको थियो । त्यसपछि सोभियत रुसमा USSR अङ्कित रातो ब्यानर उँचो फहराई रुसी जनताले विजयको उन्मुक्ति दिवस मनाए ।
संसारमै पहिलो पटक मानिसमाथि मानिसद्वारा हुने शोषण तथा अन्याय अन्त्य भएको त्यो दिन अविस्मरणीय छ । पुँजीवादी व्यवस्था र साम्राज्यवादको हारले मात्र विश्वमा शान्ति र सुखको प्रत्याभूति हुनसक्दछ भन्ने सन्देश रुसले दियो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रलाई सोभियत सत्ताले आत्मसात् ग¥यो । सम्पूर्ण वर्गीय दमन उन्मूलन, जातीय तथा धार्मिक विभाजनको अन्त्य गरियो । वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त जल र थल सेनाको तयारी गरियो । अत्याधुनिक हातहतियार निर्माण थालियो । त्यतिमात्र होइन हिटलरको फासीवादविरुद्ध रुसी जनताले निरन्तर सङ्घर्ष गरिरहे ।
देशको आर्थिक उन्नयनका निम्ति योजनाबद्ध समाजवादी अर्थनीति अगाडि बढाइयो । अर्थतन्त्र पुनः प्राप्तिदेखि अत्याधुनिक औद्योगिकीकरण, रोजगारीको सुनिश्चितता, भौतिक निर्माण र उन्नत सांस्कृतिक विकासमा सोभियत सत्ताले जोड दियो । विज्ञान तथा प्रविधिमा विकासको नयाँ अध्याय सुरु ग¥यो । सामूहिक खेती र सहकारीको अवधारणा विकास गरियो । केही समयमै सांस्कृतिक क्षेत्रमा फड्को मा¥यो । शिक्षा र स्वास्थ्य, अनुसन्धान, नाटकघर अर्थात् रङ्गमञ्च निर्माण, पुस्तकालय निर्माणले दु्रतता पाउनु त्यसको प्रमाण हो ।
अत्यन्त पिछडिएका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम गरियो । एकैसाथ कृषि, औद्योगिक तथा सांस्कृतिक क्रान्तिलाई अगाडि बढाइयो । सन् १९४१ मा पुनः सोभियत सङ्घविरुद्ध जर्मनको हिटलरले आक्रमण गर्दा समाजवादी देशका जनता एकजुट भई लडे । शत्रुमाथि विजय प्राप्त गरे । यसरी अक्टोबर समाजवादी क्रान्तिपश्चात् ६५ वर्षसम्म निरन्तर कुनै न कुनै रूपमा रुसी जनताले समाजवादी व्यवस्थाविरोधी, क्रान्तिविरोधीहरूसँग लडिरहे । क्रान्तिको २० वर्षसम्म शत्रुको हस्तक्षेप र आक्रमण र युद्धपछिको पुनः निर्माणका निम्ति सङ्घर्ष भयो । समाजवादी व्यवस्था निर्माण सबैभन्दा जटिल र कठिन कार्य थियो । त्यही समयमा जर्मन फासीवादीहरूले एक हजार ७१० वटा सहरहरू जलाए र ध्वस्त बनाए, करिब सत्तरी हजार गाउँहरू ध्वस्त पारे, बत्तीस हजार औद्योगिक इन्टरप्राइजेज्हरू नस्ट पारे, पैसठ्ठी हजार किलोमिटर रेलको बाटो ध्वस्त बनाए । यद्यपि, अन्ततः जर्मनी फासीवाद रुसको समाजवादसामु टिकेन । बाह्य आक्रमणका सम्पूर्ण ध्वस्त भौतिक संरचना पुनः निर्माण गरियो । नयाँ स्वायत्त गणतन्त्रहरू खडा गरिए । रुसमा समाजवादी सङ्घीयता लागु गरिएको थियो जुन अत्यन्त प्रभावकारी सिद्ध भयो । रुस जस्तो भूगोल र आकारमा ठूलो देशमा सङ्घीय प्रणालीले विकेन्द्रीकृतरूपमा विकास दु्रत्त अगाडि बढाउन सघायो । प्रान्तहरूबीचको सौहाद्र्रता, आपसी सहकार्य र फरक राष्ट्रियताबीचको एकताले समाजवादी व्यवस्था निर्माण सम्भव भयो । विकेन्द्रित तथा स्वायत्त ढङ्गले सामाजिक, आर्थिक रूपान्तरण गरिइँदा योजनाबद्ध समाजवादी अर्थतन्त्र सफल भयो र सन्तुलित विकास सम्भव भयो ।
पुस्तकमा पुरानो कथन लेखिएको छ – “समयको घण्टा हिँड्छ, दिन दौडन्छ, वर्ष उड्छ । वास्तवमा वर्षहरू उड्छन्, दु्रतगतिमा उड्छन् ।’’ अक्टोबर समाजवादी क्रान्तिपश्चात्का ६५ वर्ष र सोभियत सङ्घ गठनदेखिको ६० वर्ष पनि त्यसरी नै उडे । ती वर्ष थुप्रै ऐतिहासिक घटनाहरूका प्रत्यक्षदर्शी बने । ती वर्षहरू समाजवादी व्यवस्था जोगाउने कठिन सङ्घर्षका वर्षहरू थिए । जनताको समर्पण, इच्छाशक्तिविना क्रान्ति सफल हुँदैनथ्यो र समाजवाद निर्माणको ६५ वर्ष जनताको सहकार्य, सौहाद्र्रता तथा आपसी मेलमिलापविना उड्न त के हिँड्न पनि सक्दैनथ्यो भन्ने सन्देश पुस्तकले दिन्छ । त्यसकारण, क्रान्ति जनताका निम्ति जनताले नै गर्दछन् । जनता नै अजय शक्ति हो । पुस्तकले यही शिक्षा दिन्छ ।
Leave a Reply