भर्खरै :

समाज स्वार्थी बन्दै छ

 
आज म वडावासी एक ज्येष्ठ नागरिक निधन भएको चौँथो दिन (लक्च) को सामाजिक संस्कारमा सहभागी थिएँ । ८४ वर्षको उमेरमा ती व्यक्तिको निधन भएको हो । मृतककी जीवनसङ्गिनी १० वर्षअघि नै बितेकी थिइन् । अहिले उनका ३ विवाहित छोरा, ५ विवाहित छोरी तथा १३ नातिनाहरू छन् । नेवारी संस्कारमा लक्चको दिन आफन्त, टोलवासी तथा शुभचिन्तकहरू मृतकको घर आँगनमा जम्मा भई शोकसन्तप्त परिवारजनमा सहानुभूति दिने चलन छ । मृतकका विवाहित छोरीनातिनीहरू तथा नजिकका आफन्तहरू साँझतिर मृतकको घरनजिकको चोकबाट रोदनसाथ मृतक परिवारको घर पुग्छन् । महिलाहरूको रुवाबासी कारुणिक लाग्छ । मृत्यु संस्कारमा अन्धविश्वास र कुरितीहरू अद्यापि बाँकी छन् र ती क्रियाकलापलाई समयानुकूल परिवर्तन गर्न आवश्यक भएको उपस्थित प्रायबाट आवाज उठ्यो ।
लक्चमा सहभागीहरूबाट मृतकको बानी व्यहोरा, आचरण र उनको विगतबारे विभिन्नखाले टिकाटिप्पणी सुनेँ । त्यसैक्रममा मैले पनि उनी ६ महिनाअघि वडा कार्यालयमा आएको घटना सम्झेँ ।
निगालोको लौरो टेक्दै सकिनसकी उनी मेरो कार्यकक्षमा आए । उनको आँखा रसाइरहेको थियो । चिप्राले उनका दुवै आँखा छोपिएका थिए । उनले दौरासुरुवाल लाएर कम्मरमा पटुका बाँधेका थिए । वडा कार्यालय आउँदा उनका हात काँपिरहेका थिए । मैले उनलाई कुर्सीमा आराम गर्न र चिया खान आग्रह गरेँ । चिया खाइसकेपछि उनले पटुकीबाट एक हजार रुपैयाँका नोटहरूको बिटो निकालेर मतिर देखाउँदै भने, “यो पैसाले मलाई खान दिएन बाबू ¤ मसँग के छैन ? घर छ, जग्गा जमिन छ, पैसा छ तर पनि म सा¥है दुःखी छु । छोरा, छोरी र नाती नातिनीहरू नभएका पनि होइनन् तर पनि म खुशी हुन सकिरहेको छैन । सबथोक भएर पनि म आज एक्लो भएको छु । मेरा ३ छोरा र ५ छोरीहरूलाई बोलाइदिनुप¥यो बाबू ¤”
वडा कार्यालयमा दैनिक हुने कामको चाप त्यो दिन कम भएकोले म उनको कुरा फुर्सदले सुनिरहेको थिएँ । उनी बोल्दै थिए, “सबै छोरीहरू विहे गरी आ–आप्mनो घर गए । उनीहरू माइत आउन दशैँ÷तिहार र बिस्केट जात्रा कुर्नुपर्छ । छोराहरू आपसमा झगडा गरी भिन्न बसे । जेठो, माइलो र कान्छो कोही पनि मसँग बस्न मानेन । मसँग पैसा छ, घरमा अन्न छ तर पकाइदिने कोही छैन । घरमा खानेपानी दिने समेत कोही छैन । म एक्लिएँ बाबू ।”
“त्यसैले बिन्ती छ, मेरा छोरा र छोरीहरूलाई बोलाइदिनू ¤ जसले मलाई पाल्छु भन्छ, मेरो नामको सबै सम्पत्ति र पैसा उसैलाई दिन्छु । म यो धर्तीमा अब कति दिनको पाहुना बन्छु होला र ?”
उनको कुराले मलाई सोच्न बाध्य बनायो । हाम्रो सामाजिक दायित्व, पारिवारिक कर्तव्य सबै भताभुङ्ग हुँदै छ । अनेक दुःखकष्ट गरी हुर्काएका सन्तानहरू विहे गरेपछि आप्mनै मातापितालाई पाल्न र स्याहारसुसार गर्न पनि अस्वीकार गर्दारहेछन् ¤ पैत्रिक सम्पत्तिमाथि ¥याल काढेर एक इन्च जग्गा नपुग भएसम्म दाजुभाइबीच झगडा गरी अंशबन्डा गर्ने, अनि त्यही पैत्रिक सम्पत्ति कमाउने र संरक्षण गर्ने बुवाआमाप्रतिको जिम्मेवारी पूरा नगर्ने ¤ समाज निकै स्वार्थी बनिसकेको छ ।
मैले उनलाई अर्कोपटक सबै छोराछोरीलाई डाकेर बैठक बोलाउने वचन दिएँ । उनी लौरो टेक्दै बिस्तारै कार्यालयबाट बाहिरिए । मैले टोलका अगुवा र उनका समकक्षीहरूसँग उनको विगतबारे बुझ्ने प्रयास गरेँँ ।
आप्mनो उमेरमा त उनी पनि कम्ताका रहेनछन् ¤ उतिबेला नै तराईबाट अन्न ल्याएर यहाँ बेच्ने ठूलै व्यापारी रहेछन् । व्यापारी मान्छेको आप्mनै धाक र रवाफ !हरेक दिन बिहानको खाना घरमै खाने, दिनभरि स्थानीय भट्टी पसलमा जाँड खाँदै अनेक गफ लडाउने । बेलुकी ढिलो गरी जाँडले मात्तिएर घर जाने क्रममा कहिले आप्mनै घर भुल्ने त कहिले गल्ली समेत भुलेर यताउता भौँतारिने अनि पाटीमा भुस्याहा कुकुरलाई साथी बनाएर रात बिताउने ¤ न उनलाई परिवार र सन्तानको चिन्ता थियो न त परिवारका सदस्यलाई नै उनको मतलब थियो । व्यापारको क्रममा जहाँ गयो, उतै ‘ससुराली’ बनाउने गजबको बानी रहेछ उनको ¤ जब उमेर ढल्किँदै गयो, आप्mनी जहानले संसार छोडेर गइन्, परिवारको आवश्यकताबोध भयो, तब छोराछोरीहरू आपूmबाट टाढिए ।
वडा कार्यालयबाट चिठी गएपछि सबै छोराछोरीहरू कार्यालयमा जम्मा भए । सबैका सामु तिनै बुढोबाले आप्mनो पीडा पोखे । समाजका अगुवा र हामी जनप्रतिनिधिहरूले पनि सम्झायौँ । निकै बेरसम्मको छलफलपछि ठूलो छोराले बुवाको स्याहारसुसार गर्ने प्रतिबद्धता व्यक्त ग¥यो । हर्षले उनको आँखा रसायो । बुढा बाले तत्कालै पटुकीमा रहेको पैसा जेठो छोरोलाई दिए । हामीले अहिले नै सबै पैसा छोरालाई नदिन आग्रह गरेका थियौँ तर छोराप्रतिको मायाले हो वा सधैँका लागि जेठो छोरोले हेर्ने भयो भन्ने पूर्ण विश्वासले हो, उनले हाम्रो आग्रह मानेनन् । वडा कार्यालयमा दिनभरि भएको छलफलको आधारमा बाँचुन्जेल ती जेठो छोरोले आफ्ना बुवाको स्याहार गर्ने, मरेपछिको अन्तिम संस्कार समेत गर्ने र त्यसबापत बुवाको नाममा रहेको घर र जग्गा बाँकी छोराहरूले मन्जुरीनामा गरेर जेठो छोरोलाई हस्तान्तरण गर्ने व्यहोराको कानुनी कागज समेत बनायौँ । सबैजना खुशी भएर बिदा भए ।
तिनै बाले घर पुग्नेबित्तिकै भकारीमा लुकाइराखेको ३ लाख रुपैयाँ पनि जेठो छोरोलाई दिएका रहेछन् । कानुनी कागजमा त्यो कुरा उल्लेख गरिएको थिएन । जे भएपनि उनले सहारा पाएछन भन्ने लाग्यो ।
दुई महिनापछि उनी फेरि उसैगरी लौरो टेक्दै आँखाभरि आँसु लिएर वडा कार्यालयमा आए । उनले रुँदै आफ्नो बह पोखे, “मलाई जेठो छोरोले हेरेन । बुहारीले बासी खानामात्र खुवाउँछे, नाती नातिनीले समेत मलाई हेप्छन् । म उनीहरूसँग बस्न सक्दिनँ । त्यसैले सबै छोराछोरीलाई वडा कार्यालयमा बोलाउनुप¥यो । मैले जेठो छोरोलाई दिएको सबै पैसा फिर्ता माग्नुप¥यो । सबैसामु गरेको कागज पनि च्यात्नुप¥यो बाबू ¤ मलाई अब कोही चाहिँदैन, सम्पत्ति पनि कसैलाई दिन्नँ ।”
उनी दुई महिनामा निकै गलिसकेका थिए । स्याहारसुसार नपुगेको प्रस्टै देखिन्थ्यो । जीवनको उत्तराद्र्धमा ती बाले निकै दुःख पाए भन्ने लागेर फेरि पनि मैले सबै छोराछोरीलाई कार्यालयमा बोलाउन पत्र काटेँ । यस पटक प्रहरीलाई पनि बैठकमा निमन्त्रणा गरेँ ।
फेरि छलफल चल्यो । जेठो छोरोलाई सबैले आलोचना गरे । छोरो चाहिँले अहिलेसम्म पनि बुवाको बानी नसुध्रिएको र कसैलाई पनि मान्छे नगन्ने भएपछि परिवारका कोही पनि सदस्यले वास्ता नगरेको प्रस्ट पारे । प्रहरीको उपस्थितिले हुनुपर्छ विवाद अनियन्त्रित हुन पाएन । निष्कर्षमा ती बा एक्लै बस्ने, उनले जेठो छोरोलाई दिएको पैसा र सम्पत्ति फिर्ता माग्ने कुरो आयो । तर, जेठो छोरोले आप्mनो स्वास्थ्यउपचारको लागि आधा पैसा खर्च गरेको र एक टुक्रा मूल्यवान् जग्गासमेत बेचिसकेको बतायो । जेठो छोरो दुवै मिर्गौला काम नलाग्ने भएर नियमित डायलाइसिस गर्नुपर्ने दीर्घरोगी रहेछ । खर्च भइसकेको पैसा र बेचिसकेको जग्गा त परै जाओस्, बाँकी पैसा र जग्गा मात्र फिर्ता गरे पनि ठूलै उपलब्धि होला जस्तो माने सबैले । फेरि एकचोटी वकिल बोलाएर कानुनी कागज लेखियो ।
ती बालाई अब कोही पनि छोराछोरीले नहेर्ने निश्चित भयो । उनी पनि कसैको वास्ता नगरी बिहान उठेदेखि बेलुकीसम्म नजिकैको वृद्धाश्रममा जान थाले । चिया, खाना र खाजा त्यही नै खाने, भजन गर्ने, दुःख पीडा आप्mनै उमेरका अरूसँग बाँडचँुड गर्न थाले । यसप्रकारको दिनचर्या महिना, दुई महिनामात्र चल्यो । उनले प्राण त्यागे । शायद आप्mनो नाममा रहेको सबै सम्पत्ति र पैसा त्यही वृद्धाश्रमलाई दिए कि भन्ने लाग्छ । नभए मृत्युकर्म नसकिँदै तीन भाइ छोराहरूबीच सम्पत्तिको विषयमा ठूलै ‘महाभारत’ चल्ने निश्चित छ, फेरि पनि ती बाको सम्पत्तिको विषयमा छोराछोरी र समाजका अगुवाहरूलाई भेला गर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *