संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
गएको चौबीस घण्टा (आइतबार बिहानसम्म) मा भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४८ हजार ९१६ वृद्धि भयो र कुल सङ्क्रमित १३ लाख ३७ हजार ०२४ पुग्यो । समाचारअनुसार नेपालसँग खुला सीमा जोडिएको भारतको बिहारमा सङ्क्रमण तीव्र बढ्दो छ । चौबीस घण्टामा काठमाडौँमा १९ जना सङ्क्रमित भए । भारतबाट काठमाडौँ आएकाहरूबाटै सङ्क्रमण भएको अनुमान गरिएको छ । वीरगञ्जबाट काठमाडौँ आएकाले पनि सङ्क्रमण फैलाएको देखिन्छ । नेपाल–भारत खुला सीमा बन्द गरिए पनि भारतबाट लुकिछिपी नेपाल प्रवेश भइरहेको र उनीहरूबाटै पर्सा र सप्तरीमा सङ्क्रमण फैलिएको हुँदा ती दुवै जिल्लाका राजविराज र वीरगञ्ज नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुपरेको हो ।
नेपालमा असार मसान्तसम्म लक्षणविनाको सङ्क्रमण फैलिएकोमा साउनदेखि अधिकांशमा लक्षण देखिएको छ । केही सङ्क्रमितमा डेङ्गुसमेत भएको छ । सप्तरी र पर्सामा खुला सीमा र लापरबाहीको कारण सङ्क्रमण फैलिएको बताइन्छ । यसरी भारतसँग जोडिएका तराईका जिल्ला र काठमाडौँ उपत्यकामा समुदायमा सङ्क्रमण फैलिने खतरा बढेको छ । वीरगञ्ज अस्पतालमा सङ्क्रमित राख्ने ठाउँ नै भएन ।
नेपाल सरकारले राजस्व उठाउनकै निमित्त साउन ७ गतेदेखि सार्वजनिक यातायातसमेत सञ्चालन अनुमति दियो । सङ्क्रमणसँगै लकडाउन गरेको सरकारले अर्थतन्त्रभन्दा जनताको जीवनलाई प्राथमिकतामा राख्ने दाबी गरेको थियो । सरकारको पार्टीलाई चुनाव जिताउन करोडौँ–अर्बौँ रूपैयाँ चन्दा दिएका ठुला उद्योगी र व्यापारीले दबाब दिएपछि सरकारले लकडाउन खुकुलो पारेको थियो ।
अमेरिका, ब्राजिल र भारतजस्तै नेपाल सरकारका पुँजीवादी पार्टी र प्रशासन संयन्त्रले सङ्क्रमण रोक्न नसक्ने स्पष्ट देखिँदै छ । अमेरिकामा सङ्क्रमणको निहुँमा ठुला उद्योगी र व्यापारीले अर्बौँ डलर क्षतिपूर्ति पाए । अमेरिकी राष्ट्रपति ट्रम्प स्वयम् ठुला उद्योगी–व्यापारी भएकाले सङ्क्रमण र लकडाउनको निहुँमा १६ लाख डलर क्षतिपूर्ति पाए । नेपालमा पनि ठुला उद्योगी–व्यापारीलाई वित्तीय संस्थाको सावाँ–ब्याज भुक्तानीको अवधि थप, सहुलियत ब्याजमा पुनःकर्जाको व्यवस्था गरियो । नेपालका मजदुर, किसान, सर्वसाधारण गरिबलाई क्षतिपूर्तिको व्यवस्था गरिएन । यसले नेपाल सरकार र यसको पार्टी गरिब जनताको पक्षमा नरहेको पुष्टि गर्छ ।
सङ्क्रमण नियन्त्रण गर्न सरकारले २५ जनाभन्दा बढी भेला नहुने आदेश जारी गरेको छ । तर, सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली काभ्रे जिल्लाको नेकपा कार्यकर्ताहरूको ७ सय भन्दा बढी भेला भएको होटलमा प्रमुख अतिथि बने । भेलाका सहभागीहरू सभाकक्षमा नअटेर बरन्डा र आँगनमा बसेका थिए । यसरी सरकारका मन्त्रीहरूकै कारण नेपालमा सङ्क्रमण समुदायमा फैलिँदै छ ।
युरोपमा सङ्क्रमणको दोस्रो लहर फैलिँदै छ । स्पेन, फ्रान्स, जर्मनीले सङ्क्रमण रोक्ने नयाँ नियम जारी गरे । यसअघि युरोपले सङ्क्रमण रोकेको दाबी गरेको थियो । युरोपेली देशमा यात्रा
प्रतिबन्ध हटाएपछि दोस्रो चरणको सङ्क्रमण फैलिएको हो । नेपालमा पनि यात्रा प्रतिबन्ध हटाइएलगत्तै सङ्क्रमण समुदायमा देखिँदै छ । यसअघि विज्ञहरूले नेपाल सरकारलाई ५० हजार डाक्टर र नर्सको व्यवस्था गर्न र १० हजार भेन्टिलेटर तयारी गर्न सुझाव दिएका थिए । नेपालमा सरकारी सेवामा १५ सयमात्र डाक्टर छन् भने ३०० वटा भेन्टिलेटरको व्यवस्था छ । यसकारण पनि नेपालमा सङ्क्रमण भयावह हुने अवस्था छ । दक्षिण कोरियामा सङ्क्रमणकै बेला संसद्को चुनाव गरिएको थियो । अहिले सङ्क्रमण बढेपछि मानिसलाई दुई मिटरको दूरी कायम गर्न निर्देशन गरिएको छ । दक्षिण कोरियाबाट प्रजग कोरियामा सङ्क्रमित प्रवेश गरेको पनि खबर छ ।
साउन ८ गते पहाडी जिल्ला दैलेखको ठाटीकाँधमा एकै दिन १६ जना सङ्क्रमित देखिएपछि सो क्षेत्र निषेधित घोषणा गरिएको थियो । प्रदेश २ सङ्क्रमणको बढी जोखिममा रहेको बताइन्छ । ५०० भन्दा बढी सङ्क्रमित रहेको जिल्लामा रौतहट, कैलाली, बाजुरा रहेका छन् भने पाँचथर, भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ अहिले सङ्क्रमणमुक्त भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले सङ्क्रमितको सङ्ख्या कम भए, अस्पतालमा उपचारको पर्याप्त तयारी भए, स्वास्थ्य सामग्रीको व्यवस्थापन भए, पीसीआर टेष्ट पर्याप्त गरिए खुकुलो गर्नसक्ने बताएको थियो । नेपाललगायत अधिकांश देशमा समुदायमा सङ्क्रमण फैलिएको छ छैन सुनिश्चित नगरी अर्थतन्त्र चलायमान बनाउने भनी लकडाउन खुकुलो गरियो । मानव जातिले यसको ठुलो मूल्य चुकाउनुपर्ने देखिँदै छ ।
Leave a Reply