भर्खरै :

हिटलरको पुनर्जन्म भएकै हो ?

विज्ञानले प्रमाणित नगरेको कुरामा म विश्वास गर्दिनँ । सामान्यतया म अपुष्ट समाचारमा विश्वास गर्दिनँ । त्यसैले मलाई पुनर्जन्ममा पनि विश्वास छैन । किनकि पुनर्जन्मको कुरा अहिलेसम्म विज्ञानले प्रमाणित गरेको छैन वा वैज्ञानिकरूपमा यसको पुष्टि भएको छैन । तर, मरिसकेका व्यक्तिको जस्तै स्वभाव र चरित्र भएका व्यक्ति वर्तमानमा देख्दा कता कता पुनर्जन्म भन्ने कुरा साँच्चै छ कि जस्तो पनि लाग्छ । सन्दर्भ हो, जर्मनीका तानाशाह स्वर्गीय एडोल्फ हिटलर र जीवित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । हिटलरको मृत्यु भएको ७५ वर्ष भइसकेको छ । तर, हिटलरको मृत्युको ५ वर्षपछि जन्मिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिटलरकै स्वभावसँग मिल्दोजुल्दो भएकोले हिटलरको पुनर्जन्म भएको हो कि जस्तो लाग्छ !
हिटलरले सैनिकसामु दिएको एउटा चर्चित भाषणको केही अंशसँग यो सन्दर्भलाई जोड्छु – “मलाई माफ गर्नुहोस्, म सम्राट बन्न चाहन्न । यो मेरो काम होइन । म कसैमाथि शासन गर्न वा जित्न चाहन्न । सम्भव भएमा सबैलाई मद्दत गर्न चाहन्छु । यहुदी, श्वेत, अश्वेत, हामी सबै एक अर्कालाई सहयोग गर्न चाहन्छौँ । हामी एक अर्काको सुखले बाँच्न चाहन्छौँ, हामी एक अर्कालाई घृणा गर्न चाहँदैनौँ । यो संसार सबैको साझा हो । पर्याप्त स्रोत साधनले भरिपूर्ण पृथ्वीले सबैको आवश्यकता पूरा गर्नसक्छ । तर, हामीले बाटो बिरायौँ । लोभले मानिसको आत्मालाई विष दिएको छ, संसारलाई घृणाले घेरिदिएको छ । मेसिनरीभन्दा बढी हामीलाई मानवता चाहिन्छ । चलाखीभन्दा पनि हामीलाई दया र कोमलता चाहिन्छ । यी गुणहरूबिना जीवन हिंस्रक हुनेछ । अहिलेको व्यवस्थाले निर्दोष मानिसहरूलाई जेल हाल्छ । जसले मलाई सुन्न सक्छन्, म भन्छु निराश नहुनुहोस् । अहिले हामीमाथि आइरहेको दुःख भनेको लोभकै कारणले हुँदै छ । तानाशाहहरूको अन्त्य हुनेछ र तिनीहरूले जनताबाट लिएको शक्ति जनतामा फर्किनेछ । तानाशाहहरू आफूलाई स्वतन्त्र ठान्छन् तर तिनीहरू मानिसहरूलाई दास बनाउँछन् ।

हुबहु उस्तैखाले भाषण दिएर भारतमा मोदी सत्तामा आए । “सबैको साथ, सबैको विकास, सबैको विश्वास” भन्ने नारा दिए तर मुसलमानलगायत अल्पमतका जनतामाथि विभेद गर्दै जातीय दङ्गा गराई समाजलाई नै विभाजन गरे । यो नाराको विपरीत मोदीले मुसलमानमाथि लक्षित नागरिकता विधेयक ल्याएर हिटलरले यहुदीमाथि यातना दिएजस्तै मुसलमानहरूको निम्ति भारतको विभिन्न ठाउँमा बन्दीगृह निर्माण गरे । “बेटी बचाउ, बेटी पढाउ” भन्ने नारा दिने मोदीको शासनकालमा बलात्कारीको आरोप लागेका उच्च जातिका व्यक्तिहरूलाई समेत चुनावमा उम्मेदवार बनाए ।

आउनुहोस्, हामी विश्वलाई स्वतन्त्र बनाउन लोभ, घृणा र असहिष्णुतासँग लडौँ । सैनिकहरू ! प्रजातन्त्रको नाममा हामी सबै एकजुट हुनुपर्दछ ।”
हिटलरको यो भाषण पढेर तपार्इँ कल्पना नै गर्न सक्नुहुन्न, यस्तो भाषण दिने मान्छे संसारको क्रूर तानाशाह, फासीवादी हुन्छ भनेर । भाषणमा भनिएका कुराभन्दा विपरीत ढङ्गले हिटलरले शासन सत्ता चलाए । म शासन गर्न चाहन्न भन्नेले आफ्नो विचारसँग असहमति भएका सबैलाई जेलमा कोचे । प्रजातन्त्रको लागि एकजुट हुन आह्वान गर्ने हिटलरले सबै विपक्षीलाई एक चिहान बनाए । सबै मानिस एक समान हुन् भन्नेले जर्मन सर्वश्रेष्ठ जाती हुन् भन्दै ६० लाख यहुदीलाई ग्यास च्याम्बरमा राखेर हत्या गरे । थुप्रै नजरबन्द क्याप बनाउन लगाए । पोल्यान्डस्थित सबैभन्दा ठुलो अस्वीज् नजरबन्द क्याम्पमा युरोपभरका यहुदीहरूलाई जम्मा पारी हत्या गरिएको थियो । स्तालिनको नेतृत्वको रुसले नाजिमाथि जित हासिल नगरेको भए अझ हिटलरले यहुदीहरूको समूल नष्ट गर्न भ्याउँथे ।
हुबहु उस्तैखाले भाषण दिएर भारतमा मोदी सत्तामा आए । “सबैको साथ, सबैको विकास, सबैको विश्वास” भन्ने नारा दिए तर मुसलमानलगायत अल्पमतका जनतामाथि विभेद गर्दै जातीय दङ्गा गराई समाजलाई नै विभाजन गरे । यो नाराको विपरीत मोदीले मुसलमानमाथि लक्षित नागरिकता विधेयक ल्याएर हिटलरले यहुदीमाथि यातना दिएजस्तै मुसलमानहरूको निम्ति भारतको विभिन्न ठाउँमा बन्दीगृह निर्माण गरे । “बेटी बचाउ, बेटी पढाउ” भन्ने नारा दिने मोदीको शासनकालमा बलात्कारीको आरोप लागेका उच्च जातिका व्यक्तिहरूलाई समेत चुनावमा उम्मेदवार बनाए । “दलित जनतालाई नमार बरु मलाई मार” भन्नेजस्ता सस्तो भावनात्मक कुरा गर्ने मोदीको मनुवादी चिन्तनले ‘ब्राह्मण श्रेष्ठता’ देखाएर हरेक दिनजसो दलितमाथि हुने हिँसा बढाइरहेको छ । सत्तामा आउनेबित्तिकै छिमेकी प्रथम भन्ने मोदीले छिमेकी राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप गरी विस्तारवादी नीति लादिरहेका छन् । नेपालमाथि त नाकाबन्दीसमेत गरे ।
हिटलर सत्तामा आउँदा जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन भनेर ४ वर्षको समय मागेको थियो तर १२ वर्ष शासन गरे । यता भारतमा मोदीले ‘राम्रो दिन आउने’, ‘कालो धन जफत गर्न’, ‘आतङ्कवाद रोक्न’ नोटबन्दी जरुरी छ भनेर त्यसको लागि जनतासँग ५० दिन मागे । नोटबन्दीको कारणले थुप्रै जनता मरे भने लाखौँ जनताले दुःख पाए तर समस्या ज्युँका त्यूँ रहे । सन् १९३५ मा हिटलरले जर्मनीमा यहुदी दोस्रो दर्जाको नागरिक भनेर कानुन नै बनाए भने भारतमा मोदीले सन् २०१९ मा मुसलमानहरूलाई देशबाट निकाल्ने मनसायले ‘राष्ट्रिय नागरिकता ऐन’ ल्याए । हिटलरले स्कूलमा विद्यार्थीहरू कसरी यहुदी चिन्ने भनेर पढाउँथे, यता मोदीले “लुगाबाट थाहा हुन्छ को आतङ्कवादी” भनेर मुसलमाने लगाउने टोपी र सर्वाल कमिजमाथि लक्षित गर्दै हिन्दूहरूलाई भड्काउने काम गरे ।
जनतालाई आफू उच्च संस्कारी भएको देखाउन हिटलर गाडीमा धूमपान मनाही, जनावर हत्यामा प्रतिबन्धजस्ता ससाना लोकप्रिय काम पनि गर्थे । यसबाट जनता हिटलरदेखि प्रभावित हुन्थे । यता मोदी सफाइकर्मीका खुट्टा धुने, आमाको हातबाट खाना खाने, समुद्रको छेउमा गएर फोहर टिप्नेजस्ता सानातिना काम टीभीमा देखाएर जनतामाथि प्रभाव पार्न नौटङ्की गर्छन् । हिटलरले जस्तै राम्रा राम्रा शब्द र नारा छानेर आफ्नो भाषणमा प्रयोग गर्न मोदीले सिनेमाको पटकथा लेख्ने लेखकलाई जिम्मा दिएको हुन्छ । ‘अच्छे दिन आएगा’, ‘मोदी हे तो मुमकिन हे’, ‘मे फकिर हुँ’ जस्ता केही उदाहरण हुन् जुन मोदीको भाषणमा सुन्न पाइन्छ ।
जब जनता डराएका हुन्छन् उनीहरूलाई वशमा पार्न सजिलो हुन्छ भन्ने विश्वासमा हिटलरले शक्ति र सत्तामा टिकिराख्न काल्पनिक दुश्मन देखाउँदै देश खतरामा छ भन्ने हल्ला फिजाएर जनताका मनमा डर उत्पन्न गराउने गर्थे । मोदीले पनि चुनाव नजिकिँदै जाँदा हिन्दू खतरामा छ भनेर हिन्दू मतदातालाई आतङ्कित बनाएर चुनावी लाभ हासिल गर्ने कोशिश गर्छन् । अहिलेको कोरोना कालमा पनि अस्पतालको सुविधा नपाएर हजाराँै नागरिक मरिरहेको अवस्थामा अरबौँ रूपैयाँ खर्च गरेर राम मन्दिरको शिलान्यास गर्दै छन्, मोदी । राष्ट्रवादको नाममा हिटलरले ‘नयाँ जर्मनी उठान’ भन्दै नारा दिए भने यता भारतमा मोदीले ‘नयाँ भारत’ को नारा दिए । आफ्नो विचारसँग असहमत हुनेलाई हिटलरले छानी छानी जेलमा हाल्थे भने मोदीले आफ्नो विचारसँग असहमति जनाउनेलाई लक्षित गर्दै १० वर्षसम्म जेलमा हाल्न मिल्ने आतङ्कवादीमाथि लगाउने कानुन ‘राष्ट्रिय सुरक्षा ऐन’ बनाए । नागरिकता ऐनविरुद्ध भएको आन्दोलनमा सहभागी भएका ८१ वर्षीय मानअधिकारवादी वृद्धदेखि लिएर गर्भवती महिला र गरिब जनताको घर–घरमा गएर स्वास्थ्य सुविधा पु¥याउने एकजना मुसलमान डाक्टरमाथि उक्त कडा कानुन लगाएर जेल हाले । ध्यान र योग गरेर जनताको अगाडि आफू बुद्धमार्गी भएको स्वाङ्ग पार्ने मोदीले यस्तो फासीवादी चरित्र प्रदर्शन गरिरहेका छन् ।
स्मरणीय कुरा, मोदीको नेतृत्वमा सरकार बनेदेखि नै भारत फासीवादको दिशातर्फ उन्मुख भएको भन्दै आउनेमध्ये नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहित सम्भवतः अग्रपङ्क्तिमै पर्छन् होला । उनले मोदीको विजयलाई हिटलरको उदयसँग दाँजेर धेरै पटक उदाहरण दिएका थिए । कालान्तरमा आएर मोदी फासीवादी भएको पुष्टि हुँदै छ । राइनल्याड (अहिलेको पश्चिमी जर्मनी), अष्ट्रिया, चेकोस्लोभाकिया, पोल्यान्ड गर्दै सम्पूर्ण युरोपमाथि युद्ध थोपर्ने अरू कोही नभएर हिटलर थिए भने चीनलगायत सम्पूर्ण दक्षिण एसियाली छिमेकी मुलकसँग तनाब बढाउने मोदी नै हुन् । हिटलर पनि मोदीजस्तै निर्वाचनबाट नै सत्तासीन भएका थिए । हिटलरसँग पनि ‘ब्राउन सर्ट’ नामक अर्धसैनिक बल थियो भने मोदीसँग ‘राष्ट्रिय स्वयम्सेवक दल’ (आरएसएस) नामक अर्धसैनिक बल छ । ‘आरएसएस’ लाई सघाउने अन्य धेरै उग्रवादी धार्मिक सङ्गठनहरू पनि छन् । भीडद्वारा आफ्ना विरोधीलाई दबाउने, मार्ने (Mob Lynching) जस्ता घृणित कार्य आरएसएसले गर्दै आएको छ । भर्खरैमात्र राम जन्मभूमिको विवादको सन्दर्भमा भारतको बनारसमा मोदीका कार्यकर्ताले नेपाली भनेर एकजना व्यक्तिको शिरमुण्डन गरेको थियो । आरएसएसले फरक विचारका मानिसमाथि उहिलेदेखि आतङ्क मच्चाउने काम गरेकै हो । मोदीको फासीवादी सोचले छिमेकी नेपाललाई पनि असर पर्ने निश्चित भएकोले नेपाली नेताहरू सचेत हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *