संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
भक्तपुर, ११ साउन । नेपाली सेना वीरदल गण र आर.एन.ए. १६ को सहकार्यमा साउन ६ गतेदेखि ११ गतेसम्म भक्तपुरको सिद्धपोखरीमा सञ्चालन भएको दैवी प्रकोप उद्धार तथा व्यवस्थापनअन्तर्गत ‘वाटर रेस्क्यु ड्रिल’ अभ्यासको समापन कार्यक्रम आइतबार सम्पन्न भयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘वाटर रेस्क्यु ड्रिल’ अभ्यासमा प्रशिक्षक र भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मास रेस्क्यु प्रतियोगिताका विजयी टीम र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले तालिम प्राप्त प्रशिक्षार्थीहरूले आफूले हासिल गरेको ज्ञान, सीप र तालिमलाई आवश्यक ठाउँमा सही ढङ्गले प्रयोग गर्न मार्गनिर्देश गर्नुभयो । विपद् कुनै पनि समयमा आउनसक्नेतर्फ सचेत गर्दै उहाँले विपद्को समयमा उद्धार कार्य आफैँमा चुनौतीपूर्ण रहेको औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी आगलागी र बाढीलगायतका विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गरी आवश्यक जनशक्ति उत्पादन गरेको बताउँदै प्रमुख प्रजापतिले कोभिड १९ को सङ्क्रमण नियन्त्रण र जनताको जीवन रक्षामा केन्द्रित विविध गतिविधि नगरपालिकाले अगाडि सारिरहेको बताउनुभयो ।
प्रजिअ हुमकला पाण्डेले कुनै पनि बेला आउने विपद्ले मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न उद्धारसँग सम्बन्धित सक्षम जनशक्ति उत्पादन गर्न यस्ता तालिमहरूको महत्व भएको औँल्याउनुभयो । उहाँले नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त पहलमा भएको सो तालिमको औचित्यताबारे प्रस्ट पार्दै यस्ता कार्यहरूमा भक्तपुर नगरपालिकाको पनि साथ सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले दैवी प्रकोपसम्बन्धी तालिम बाढी र पहिरोबाट पीडित जनताको जीवन रक्षाको निम्ति फलदायी हुनेमा आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षकद्वय अरुण सैँजु र राजेश गाइँजुले ‘वाटर रेस्क्यु ड्रिल’ अभ्यास जीवनउपयोगी ज्ञानमूलक सीप रहेको उल्लेख गर्दै तालिमको महत्वमाथि प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापलिते कमलाभक्त फाउन्डेसनले सहयोग गरेको १० थान लाइफ ज्याकेट आरएनएका अरुण सैँजुलाई हस्तान्तरण गर्नुभयो ।
Leave a Reply