चिनियाँ क्रान्तिकारी साहित्यकार लु सुन
- आश्विन ८, २०८३
विश्व कोभिड–१९ बाट अझै मुक्त भइसकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले थप भयावह स्थिति आउनसक्छ भन्दै सावधानीका उपायहरू अपनाउन सुचित गर्दै छ । कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्रमध्ये एउटा महत्वपूर्ण क्षेत्र शिक्षा हो । चार महिनादेखि विद्यालयको नियमित कक्षा बन्द छ । यो वर्षको एसईई परीक्षा स्थगन गरी आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय भइसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन । त्यसैले विभिन्न देशमा जस्तै नेपालमा पनि वैकल्पिक माध्यमबाट शिक्षा प्रदान गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ । मोबाइल तथा कम्प्युटरको प्रयोग गरेर अनलाइन कक्षा सञ्चालन गरिँदै छ । कोभिड–१९ का कारण २०७६ चैत ११ गतेबाट सुरु भएको लकडाउनपछि पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । लकडाउनको मोडलमा केही परिवर्तन हुँदै हाल सार्वजनिक यातायात खुल्ने क्रममा रहे पनि विद्यालयको नियमित कक्षा सञ्चालन सुरु हुन सकेको छैन ।
बासु माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म दिनको दुईवटा विषयको अनलाइन कक्षा सञ्चालित छन् । कक्षा सञ्चालन गर्न सुरुमा सहज थिएन । शिक्षकशिक्षिकामा कम्प्युटरसम्बन्धी धेरै÷थोरै ज्ञान भए पनि अपर्झट अनलाइन कक्षाको प्रस्ताव आउँदा सुरुमा कक्षा सञ्चालन गर्न सकिँदैन जस्तो लागेको थियो । त्यसैले सर्वप्रथम शिक्षकको निम्ति तालिम सञ्चालन भयो । सामाजिक दुरीको ख्याल गरी विभिन्न चरण र समूहमा विषय शिक्षकहरूको बीच तालिम सञ्चालन भएपछि सुरुमा शिक्षक–शिक्षिकाबीच ‘जुम’ एप्लिकेसनको प्रयोगको अभ्यास भयो । विद्यार्थीलाई फोन सम्पर्क गरी अनलाइन कक्षा सञ्चालनको सम्भाव्यताबारे फर्म तयार गरी सर्भे भयो । तत्पश्चात् समूह–समूहमा बैठक बसी छलफल ग¥यौँ । कक्षा ९ र १० को अनलाइन कक्षा सञ्चालनको कार्यतालिका तयार गरी फेसबुक मेसेन्जरमा विद्यार्थीको ग्रुप तयार गरी विद्यार्थीलाई ग्रुपमा जोडिन सुचित ग¥यौँ । पहिलो ‘परीक्षण कक्षा’ विद्यालयका कक्षा १० का विद्यार्थीबीच भयो । कक्षा सञ्चालन प्राचार्य र सहप्राचार्यले गर्नुभएको थियो । सुरुमा विद्यार्थी सहभागिता सङ्ख्या न्यून भए पनि हाल ४० प्रतिशत विद्यार्थी सहभागी छन् । हाल कक्षा ६, ७ र ८ मा पनि अनलाइन कक्षा सञ्चालन भइरहेका छन् । विभिन्न समयमा भएका अभिभावक भेलाबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । अनलाइन कक्षासँगै गृहकार्य गर्न लगाउने र कापी परीक्षण गर्ने काम भइरहेको छ । यसलाई प्रभावकारी बनाउनुपर्ने सुझाव आएको छ ।
कक्षा सञ्चालन गर्दा आएका केही समस्याहरू ः
१. सबै विद्यार्थीको घरमा इन्टरनेट सुविधा नहुनु ।
२. नेटवर्कको पहुँच भए पनि ‘जुम कक्षा’ सञ्चालन गर्न आवश्यक साधन जस्तैः एन्ड्रोइड मोबाइल फोन, ल्यापटप, कम्प्युटर आदि सुविधा नहुनु ।
३. कक्षा सञ्चालन गर्ने शिक्षकहरूमा कम्प्युटरको सामान्य ज्ञान भए पनि प्राविधिक ज्ञान कम हुँदा कक्षा सञ्चालन गर्न अपुरो हुनु ।
४. बिजुली बत्ती आदि कारणबाट इन्टरनेटमा व्यवधान हुनु ।
५. कक्षामा विद्यार्थी प्रवेश भएपछि पनि कक्षा छोड्नु ।
६. विद्यार्थीको नियमित हाजिरी नहुनु ।
७. दिइएको गृहकार्य परीक्षण गर्न दिनेको सङ्ख्या कम हुनु ।
८. ६० प्रतिशत विद्यार्थी कक्षामा सहभागी गराउन नसक्नु ।
९. मोबाइलबाट कक्षा लिनेहरूको स्क्रिन (पर्दा) सानो हुँदा हेर्न र बुझ्न गा¥हो हुनु ।
१०. प्रयोगात्मक विषयको कक्षा सञ्चालन गा¥हो हुनु ।
अनलाइन कक्षा वैकल्पिक शिक्षाको रूपमा हाल सञ्चालनमा छ । हामी यही अवस्थामा सधैँ रहँदैनौँ । ‘शैक्षिक जनशक्ति विकास केन्द्र’ तथा विभिन्न शैक्षिक संस्था अनि व्यक्ति विशेषले पनि भच्र्युअल कक्षा सञ्चालन गरी यूट्युवमा अवलोड गर्नसक्ने बनाइएको छ । रेडियो कक्षा पनि सञ्चालनमा छन् ।
अनलाइन कक्षा गर्दा आएका विभिन्न समस्यामध्ये केहीको समाधानको लागि विद्यालयले गरेका केही प्रयासहरू यहाँ प्रस्तुत छ ।
१. विद्यालयमा नियमित शिक्षक हाजिरी गरी विद्यालयबाट अनलाइन कक्षा सञ्चालन गरिएको छ ।
२. प्राविधिक सहयोगको लागि केही शिक्षकहरूलाई जिम्मा दिइएको छ ।
३. अनलाइन कक्षामा सहभागी विद्यार्थीको हाजिरी लिइएकोले सहभागिता बिस्तारै बढ्दो क्रममा छ ।
४. विद्यार्थी विद्यालयमा आएर वा फेसबुक मेसेन्जरमार्फत गृहकार्य बुझाउने गरिरहेका छन् ।
५. कक्षामा विद्यार्थी सहभागिता बढाउन अभिभावकसँग फोन सम्पर्क, अभिभावक भेला आदि उपाय गरिएको छ ।
६. पढाइएका विषयवस्तुहरू रेकर्ड गरी पछि हेर्न÷सुन्न मिल्ने गरी व्यवस्था गरिएको छ ।
७. अनलाइन कक्षामा नियमित सहभागी हुन नसकेका विद्यार्थीलाई अन्य वैकल्पिक माध्यमबारे जानकारी दिइएको छ ।
Leave a Reply