भर्खरै :

इश्वरको नाममा सपथ लिएन भक्तपुरले

भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको आइतबार सम्पन्न सपथ ग्रहण कार्यक्रममा कोही पनि प्रतिनिधिहरुले इश्वरको नाममा सपथ लिएनन् । मुख्य निर्वाचन आयुक्त भोजराज शर्माले ‘इश्वर, देश र जनताको नाममा सपथ लिन्छु कि…’ भनी सपथको व्यहोरा पढ्दा प्रमुख, उपप्रमुख र वडाध्यक्षमध्ये कसैले पनि ईश्वर शब्द उच्चारण गरेका थिएनन् । उनीहरुले ईश्वर शब्द नबोली ‘देश र जनताको नाममा’ मात्र बोलेका थिए ।
प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित सबै प्रतिनिधिहरुले नेपाल मजदुर किसान पार्टीको नीतिअनुसार त्यसो गरेका हुन् । यसअघि पनि सांसदको सपथमा नेमकिपाका सांसदहरुले ईश्वर शब्द बोलेका थिएनन् ।
नेमकिपा भौतिकवादी दर्शन बोकेको दल भएका कारण सो दर्शनअनुसार ईश्वरको अस्तित्व नस्वीकार्ने भएकाले सपथ ग्रहणमा सो शब्द उच्चारण नगरेको स्रोतको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *