भर्खरै :

नेपाली भान्छामा अर्जेन्टिना र बुल्गेरिया ?

आजको मूल मुद्दा भनेकै राजनीतिलाई कसरी सही बाटोमा हिँडाउने ? भन्ने हो । यहाँ राजनीति भनेको राजनीतिक दल र ती दलका नेता कार्यकर्ता हुन् । राजनीति नसङ्ली मुलुक सङ्लदैन । मुलुक नै जब सङ्लो हुँदैन मुलुकवासीले सङ्लो पानी खान पाउने सम्भावना नै रहने भएन । सङ्लो पानी खान पाएको मान्छेको स्वास्थ्य स्वस्थ हुने नै भो । स्वस्थ मान्छे भनेको सम्बद्ध देशको सुख र समृद्धिको मुख्य आधार हो । तर, स्वच्छ र स्वस्थ पानी खान पाइन्छ राजधानी यो काठमाडौँ खाल्डोमा भनी प्रतिक्षा गरेर बसेको पनि तीन दशक नाघ्यो क्यार । त्यो स्वच्छ र स्वस्थ पानी भनेको हाललाई मेलम्चीको पानी हो । तर, त्यो पानी काठमाडौँमा आयो भनेको धेरै भयो । परिणाममा आएन । किन र ¤ भन्दा मेलम्ची खानेपानी आयोजनाको निर्माण नै कच्चा रहेछ । कतिसम्म कच्चा भने सो योजनाका २६÷२७ किलोमिटर लामो सुरूङ मार्गको ढोकाको नटबोल्ट नै राम्ररी कसेको रहेनछ रे ¤ पानी छोडियो सुरूङमा १७ नम्बरको गेट भत्कायो पानीको तेज गतिले । किन भत्कायो भनी खोजीपस्ता गेटको नटबोल्ट ठीकसँग कसेको रहेनछ रे । त्यो पानीको भेलले चार जनालाई बगाएकोमा दुई जना ज्युँदै फेला परे तर एकजना इन्जिनियर, एकजना ड्रात्र हो क्यारलाई हुत्याएर लग्यो । ती दुई जना सो योजनाको बलि भए । त्यो खानेपानी आयोजना निर्माण गर्दा जम्मा तीनै जना बलि भए क्यार ¤ मान्छे केही मर्दारहेछन् ठुला परियोजनाहरूमा । तर, गेटको नटबोल्ट ठीकसँग नकसेकै कारण दुर्घटनामै मान्छे परेको पहिलोपल्ट होला ।
मेलम्चीले धेरै धेरैलाई झुक्यायो
मेलम्ची खानेपानी आयोजनाले नेपालका धेरै इमानदार मान्छेलाई पनि ढाँट्यो । पानी आउँछ आउँछ मेलम्चीको भन्यो आँैला भाँच्यो, प्रतिक्षा ग¥यो अहँ आउँदैन त पानी । सहरी विकास मन्त्रालयको सचिवमा एकजना इमानदार र घूस नखाने सचिव थिए किशोर थापा । उनले मलाई यस्तो विश्वासका साथ भने २०७३ वैशाख १ गते काठमाडौँमा मेलम्चीको पानी आउँछ । उनलाई त्यो परियोजनाका मान्छेहरूले पत्याउने गरी भनेका रहेछन् र त मलाई भने । त्यो भनाइमा उनी विश्वस्त थिए । तर २०७७ वैशाख १ गते पनि आएन मेलम्चीको पानी काठमाडौँमा आएन । २०७७ को दसैंमा पनि नआउने भो । २०७८ सालको नयाँ वर्षमा आउँछ कि ? हेरौँ । सो योजनामा सुरूदेखि सहयोगमा गाँसिएका बैङ्क एसियाली विकास बैङ्क र अन्य राष्ट्र पनि छक्क पर्दो हो । नेपालको प्रशासनको चालामाला देखेर । झन्डै तीस वर्षमा त्यो परियोजनामा कति जना योजना प्रमुख भए । कति आफूले खाए कति आफू माथिका प्रशासनका टाउकेहरूलाई र राजनीतिक प्रणालीलाई खुवाए, कति तर समयमा परियोजना सम्पन्न भएन । धेरै इमानदार मान्छे बिग्रिए त्यो परियोजनाको सेरोफेरोमा अब के हुन्छ, कहिले हुन्छ थाहा छैन । खर्च पनि कति बढ्यो होला ३० वर्षको अन्तरालमा डलर भाउ कति बढ्यो होला ¤ यी सबै आ–आफ्नो ठाउँमा छन् । तर मेलम्ची २०७७ दसैँमा पनि नआउने भो ।
बेसार, तेलमा आत्मनिर्भर
सङलो पानी पाउन सङला मान्छेहरूको नेतृत्व चाहिन्छ । सङला मान्छे नेतृत्वमा पुग्नै कठिन । कथं पुगिहाले भने पनि टिक्नै कठिन । टिकी हाले भने पनि सङलो छवि जोगाउनै कठिन । यो हो आजको कठोर वास्तविकता कटुसत्य । यो विहङ्गम दृष्टिले हेर्दा मुुलुक बनाउन द¥हो निर्णय, त्यस्तो निर्णयमा टिकिरहने दृढ सङ्कल्प, त्यस्ता सङ्कल्प कार्यान्वयनमा ल्याउने आँट र जाँगर, त्यसको निरन्तरता, के–के हो के–के ? मुलुक लर्तरो अठोटले बन्दैन । तर, नेपाल स्रोत र साधनका दृष्टिले सम्पन्न छ, यति सानो भूखण्डमा उभिएको राष्ट्र नेपालमा पारिस्थितिक प्रणाली नै ११८ वटा छन् भने कति सम्पन्न होला नेपाल ¤ तर, हामी बेसारसमेत विदेशबाट सगौरव आयात गर्छौँ केही वर्षदेखि । गत वर्षमात्र ६५ करोड रूपैयाँको बेसार ल्याएछ नेपालले । मेरो गाउँका सामान्य निरक्षर गृहिणीहरू पञ्चमाया, माइली भाउजू, सुक्री, काहिँलीहरू हलेदो ल्याउँथे । हलेदो भनेको बेसारको गानु हो । हलेदो खन्यो, सफा ग¥यो । काटेर टुक्रा टुक्रा पा¥यो । खूब सुकायो । अनि कुट्यो । धुलो हुन्छ । छान्यो । कुट्न बाँकी भएका टुक्रा फेरि कुट्यो । सबैलाई पूरै धुलो पा¥यो सक्कली बेसार तयार भो । बेसार धेरै थोकको ओखति पनि हुनेरहेछ एन्टिबायोटिक, एन्टिसेप्टिक । रूघा लाग्दा बेसार पानी पकाएर खायो, रूघा चैट । यस्तो बहुगुणकारी बेसार मेरो गाउँ दधिकोटतिर निरक्षर गृहिणीहरू खेती गर्थे । अब अचेल विदेशबाट ल्याउन थालेछ । तोरी खेती राम्रो हुन्थ्यो गाउँ गाउँमा । मेरो पल्लो गाउँमा तोरी पेल्ने कोल थियो । मानन्धरहरू तोरी पेल्थे, तेल निकाल्थे । पीना–भैँसीलाई खुवाउँथे, मल पनि हाल्थे ।
गाउँका लागि गाउँमै पाइने
गाउँको नजिकै बन घर वरिपरि बकैनाका बोट लगाइने । बारीको छेउमा नर्कट लगाउने । नर्कट बहुउपयोगी बनस्पति । साँढे, बाख्रा, भेँडा, गाई, भैँसीबाट बाली जोगाउन बार लगाइन्थ्यो । सिमी, बोडीजस्ता लहरे तरकारीका निम्ति थाङ्ग्राको काम पनि गर्ने । घिरौला, चिचिण्डोहरूका थाङ्ग्रा पनि बडो उपयुक्त हुने । आत्मनिर्भरताको अर्थतन्त्र संरक्षण, संवद्र्धन र विकासका निम्ति ग्रामीण अर्थ व्यवस्थालाई प्रभावकारी बनाउन नर्कट आधारभूत वस्तुको रूपमा गाउँमा पाइने । काँचो इटाका घर, हिलो माटोमा गारो लाउने । जग ढुङ्गाको । गहुँको बोट छ्वालीको छानो । घरको छानाका लागि बाँसका भाटा छ्वालीलाई माटामा बलियोसँग बाँध्न बासकै भाटा । बोट गाउँमै प्रशस्त हुने । अब अन्न उब्जनी नहुने सुखा, बाँझो जमिनमा, भिरालो जमिनमा पनि बाँस खेती । बाँसका हरिया पात बाख्रा, भेडाका लागि पौष्टिक खाद्य वस्तु । यसरी ग्रामीणवासीहरूको गृहस्थी सुचारू चलिरहेका थिए । नेपाली गाउँ प्रायः आत्मनिर्भर । हाटबजार लगाउने परिपाटी बसालेछन् पुर्खाले अर्थतन्त्रलाई गतिशीलमात्र होइन बजारलाई भान्सामा पु¥याउने दायित्व जाँगरिला गृहिणीलाई उपलब्ध गरायो । परिणाममा निरक्षर गृहिणीहरू, गृहअर्थशास्त्रका ज्ञाता भए घर व्यवहारका सिपालु विज्ञ भए । यसरी गाउँघर चलायमान भएको हो निरन्तर ।
फौजदारीको तारेखवालाले जिते
हुन त विश्वेश्वरप्रसाद कोइरालाले पार्टी सत्तामा पुगेपछि हुनेखानेहरूले घेर्छन् हुँदाखानेहरूको पार्टीमा पहुँच हुँदैन, त्यसकारण कार्यालयमा घेरोमात्र भएको टोपी लगाएको, जुत्ता नलगाएको, कछाड बाँधेको, गोरू जोतिरहेको किसानको तस्वीर झुण्ड्याउनु जसबाट म कहाँबाट यहाँ आएको, कसको प्रतिनिधित्व गर्छु भन्ने बोध भइरहोस्, पदमा भइरहँदामात्र आउने सुकिला–मुकिला लाउने हृष्टपुष्ट अनुहार, राता गाला भएकाहरूको वैचारिक घेरामा पर्नबाट जोगिन सकियोस् भनेका थिए रे । त्यस्तो गोरू जोतिरहेको किसानको तस्वीर उनको अफिसमा टाँगियो कि टाँगिएन त्यो त भुलेँ अहिले तर, विचार भने राम्रो छ । अब अहिले त नेपाल कम्युनिस्ट पार्टी पनि सुकिला–मुकिला, मोटाघाटा, राता गालावालाहरूकै कब्जामा गएजस्तो लाग्छ । श्रीमती वा श्रीमान्को नेतृत्व एउटा निजी विद्यालय अथवा एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रमुख वा कार्यकारी पद वा बीमा संस्थाको एजेन्ट यता पार्टीको कुनै तहको नेतृत्व ¤ अनि भएन सुरक्षित नेतृत्व । कथं आफैले नेतृत्व नगरे पनि भानिज, ज्वाइँ, छोरी, मामा, भतिजो, भतिजी, भाञ्जीले एनजीओ, आईएनजीओ धान्ने । नेतृत्वको अर्थतन्त्र त्यसरी सुरक्षित हुने र निर्वाचनमा पार्टीको प्रत्याशीको उम्मेदवारी किन्न सक्ने कारोबारी पाउने । भारतको अघिल्लो निर्वाचनमा संसद्मा निकै प्रतिशत सांसद फौजदारी र यस्तै अरू गम्भीर मुद्दाको तारेखमा भएकाहरूले उम्मेदवारी पाए र धेरैले जिते । जितेमात्र होइन मन्त्रीसमेत भए । यो अँध्यारो पक्ष हो राजनीतिको ।
नेताहरू नै कारोबारीका ?
भारतको सन् २०१३ को निर्वाचनमा ४६० सांसदविरूद्ध अदालतमा आपराधिक मुद्दा विचाराधीन थिए । ५४३ सांसदमध्ये १५० जना कुनै न कुनै आपराधिक मुद्दामा मुछिएका थिए । तत्कालीन भारतको माथिल्लो अदालतले त्यस्ता मुद्दामा मुछिएकाहरूलाई मन्त्री नबनाउन भनेको थियो । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो आग्रहलाई टेरेनन् र मुद्दा खेपिरहेका कैयौँ सांसदलाई केन्द्रीय सरकारकै मन्त्री बनाएका थिए । त्यसपछिको निर्वाचनमा त्यही कथा दोहोरियो । आपराधिक मुद्दाको तारेख बोकिरहेका धेरैले भारतीय जनता पार्टीबाट उम्मेदवारी पाए, निर्वाचन जिते र मन्त्री पनि भइरहेका छन् । यो वस्तुस्थिति हेर्दा दक्षिण र दक्षिणपूर्व एसियाकै यो हालत छ । कारोबारीहरूसँग पैसा प्रशस्त हुन्छ । निर्वाचनमा विजयी हुन धेरै पैसा चाहिन्छ । उनीहरू थुपै्र पैसो खर्च गर्छन् र निर्वाचन जित्छन् पनि । स्वच्छ निर्वाचनका लागि भ्रष्ट कारोबारीहरूलाई उम्मेदवार बनाउनै नपाउने कानुनी प्रावधान आवश्यक भइसकेको छ । वास्तवमा यो गाँठी कुरा हाम्रा पार्टी र नेताहरूलाई पूरापूर थाहा छ । तर, यस्ता कुरा रोक्नेतिर नेताहरूको ध्यानै जाँदैन । अब त यस्तो भइसक्यो नेताहरू जनताका कि कारोबारीहरूका ?
युवा शक्ति बाहिर पठाएको नतिजा ?
सरकार के गर्छ ? मुलुक कृषिप्रधान रे । आर्थिक वर्ष २०७६÷७७ मा ३० अर्ब रूपैयाँ भन्दा बढीको त चामलमात्र विदेशबाट ल्याएछ नेपालले । २०३१÷३२ सम्म नेपाल २ लाख मेट्रिक टन चामल भारत निर्यात गथ्र्यो सरकारी तहमा । जिरा नेपालमा उत्पादन भएन क्यार ¤ मैले २०३०–४० को दशकमा सर्लाही जिल्लाको नवलपुर कृषि फार्ममा जीराको परीक्षण खेती गरेको, सुनसरीको तराईमा मरीचको परीक्षण खेती गरिएको हेरेको थिएँ । मरीच आशालाग्दो थियो भने जिरा निराशालाग्दो । जाइफल सुर्खेतमा फल्थेजस्तो लाग्छ । तर, नेपालमा अनुसन्धान लामो समय गरिँदैन, हतार गरिन्छ । अब नेपालमा नै यथेष्ठ हुने धनियाँ, बेसार, भटमासजस्ता वस्तु जो नेपालका पाखा–पखेरा, तराईका फाँट हिमाली वा ठण्डीजस्ता फरक फरक पारिस्थितिक प्रणालीमा यथेष्ठ उत्पादन हुन्थे अझै पनि हुन्छन् । तर, सरकारले उत्पादक वर्ग युवा वर्गलाई विदेश जानैपर्ने वातावरण बनायो । यस्तो नकाम अर्थतन्त्रको उल्टो बाटो मुलुकको हावापानी माटो सुहाउँदो भनिएको पञ्चायत सरकारहरूदेखि नै सुरू भएको हो । आज आफ्नै देशमा, जहान परिवारसँग बसेर, एउटै भान्छामा खाएर सन्तोषपूर्वक जीवन एवम् जीविका चलाउने जीवनशैलीमा सरकारहरूले रूचि राखेनन् । देश युवाविहीन भयो भने सरकारलाई बेला बेला हल्लाउने शक्ति हुँदैन भए पनि नगण्य हुन्छ । तब जनतामा सरकारलाई हल्लाउने शक्ति हुँदैन । लामो समयसम्म निष्कण्टक राज्य चलाउन पाइन्छ भने दुराशयले युवा शक्तिलाई बाहिर पठाउन थालियो । अब अहिले बेसार पनि विदेशबाट ल्याइने भयो ।
कृषिमा आत्मनिर्भर कहिले ?
अब नेपाली भान्छामा अर्जेन्टिना, रूस, भारत, नामिविया, बुल्गेरियाजस्ता मुलुकबाट धनियाँ र जिरा, युनाइटेड अरब इमिरेट्स, पाकिस्तान, जापान, चीन, म्यानमार र भारतबाट बेसारसमेत प्रवेश गर्न थालेछन् । ६५ करोड रूपैयाँको बेसार ६ वटा देशबाट आउँदोरहेछ । ६५ करोड नेपाली रूपैयाँको व्यापार ६ वटा राष्ट्रसँग हुँदोरहेछ । कति कति कम्ता डलरको व्यापार हुँदो हो नेपालसँग । यसो घोटियौँ त । कुन धैर्यले बेसार पठाउँदा हुन् नेपालमा ती देशले । तर, व्यापार भनेको व्यापार नै हो । वस्तु र सेवा लिएर प्रवेश गर्ने हो । वस्तुको परिमाण बढाउने त त्यसपछि हो भन्ने व्यापारको सूत्र बुझेका देशहरू कति धैर्यवान हुन्छन्, हुनुपर्छ भन्ने शिक्षा लिनुपर्ने हो हामीले । तर, त्यो क्षमता छैन हामीसँग । कृषिप्रधान मुलुक नेपाल । तर गत आर्थिक वर्षमा नेपालले रू. २ खर्ब ४३ अर्बको त कृषि, पशु र वनजन्य वस्तु आयात गरेछ । आयात पनि एसियाबाट मात्र हो र ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनादेखि बेसार, जिरा झिकाउँदो रहेछ । जिरा नेपालमा कति पो खपत हुँदो हो र तर नेपाल व्यापार गर्ने मुलुक त भो । नेपालका नेताहरू शासक सत्तामा चढेपछि ओर्लनै नखोज्ने तर त्यो कुर्सी आरोहण गर्न अर्को नेता हतार गर्ने । यो खेलले नेपाल बनाएन बरू बिगा¥यो । लौन यस्तो बेसार र धनिया, गुन्द्रुक र भटमास विदेशबाट ल्याउने अवस्था त हटाउँ । नेपाली भान्छामा नेपाली उत्पादनले पर्याप्त हुने स्थिति सिर्जना गरौँ । कृषिमा आत्मनिर्भर होऊँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *