भर्खरै :

चोरमाथि चकार

बैठकमा पूर्वनिर्धारित विषयमा निर्णय गरेपछि अस्पताल प्रमुखले विशेष प्रस्ताव पेश गरे । उनले एम्बुलेन्स सेवा सञ्चालनको क्रममा सवारी चालकका गलत क्रियाकलापबारे बैठकमा जानकारी दिए ।
गत आर्थिक वर्षमा करार सेवामा नियुक्त चालक स्थानीय वासिन्दा रहेछन् । प्रमुखलगायत माथिल्ला कर्मचारीहरू बाहिरी जिल्लाका रहेकाले स्थानीयताको ‘धाक’ लगाउने र कहिलेकाहीँ सत्ताधारी राजनैतिक दलको नेता कार्यकर्ताको आड भरोसामा कार्यकर्ताको भीड लगाएर उनै चालक डेलिगेसनसमेत आउने रहेछन् ¤ उनले आप्mनो पद एवम् तहको मर्यादाविपरीत व्यवहार गर्न खोज्दा समय–समयमा असमझदारी सिर्जना भई थुप्रै पटक एम्बुलेन्स सेवा नै ठप्प भएको रहेछ !
उनलाई सम्झाउन र सचेत पार्न खोज्दा उल्टै प्रमुख र अन्य कर्मचारीलाई सरुवा गरिदिने ‘धम्की’ दिएको बैठकमा अस्पताल प्रमुखले जानकारी दिए । “करार सेवामा नियुक्त भएको र मेरै हातबाट वार्षिकरूपमा करार नवीकरण हुने कर्मचारीले मलाई सरुवा गरिदिने कुरा गर्दा हासौँ कि रिसाऔँ भएको छ । सबै कर्मचारीहरू उसँग आजित भएका छन्,” उनले भने ।
प्रमुखको भनाइमा प्रस्ट पार्दै लेखा प्रमुखले थपे, “कार्यालयका सबै गाडीहरूमा इन्धन भर्ने पेट्रोल पम्पबाट एम्बुलेन्सको लागि कहिल्यै तेल भरिँदैन । गाडीमा तेल भरेको बील आउँदा छक्क पर्छु । तेल खर्च भएअनुसार एम्बुलेन्स सेवाबाट आम्दानी भने भइरहेको देखिँदैन ।”
जिन्सी शाखा प्रमुखको पनि छुट्टै पीडा रहेछ ¤ उनले भने, “विदेशी दातृ निकायले एम्बुलेन्स हस्तान्तरण गरेको तीन वर्ष भएको छैन, अहिले नै महिनाको तीन दिन जति गाडी मर्मत गर्ने भन्दै कार्यालयमा गाडी ल्याइन्न । गाडी मर्मत खर्च पनि डल्लै आउँछ । फरक फरक कम्पनीको बील आउँछ, विश्वास गर्ने कि नगर्ने हुन्छ ।”
“नाक राम्रो बनाउन फुली लायो, फुलीले नाकै खायो भनेजस्तै भयो कि क्या हो ?”, बैठकमा उपस्थित एक जना सदस्यले ठट्यौली शैलीमा भने ।
“नियमानुसार कारबाहीको प्रक्रिया थाल्नुप¥यो नि प्रमुखज्यू ¤ नभए अरू कर्मचारीमा पनि अराजकता आउन सक्छ”, अर्का सदस्यले भने ।
जवाफमा प्रमुखले भने, “कारबाहीको प्रक्रिया थालेको हो नि ¤ सुरुमा मौखिक स्पष्टीकरण लिँदा स्पष्टीकरण किन दिने भन्दै मेरो कार्यकक्षबाट बाहिरिए । दोस्रो पटकमा तीन दिनभित्र लिखित स्पष्टीकरण दिन कार्यालयबाट पत्राचार गर्दा सुरुमा पत्र बुझिलिन मानेनन् । पारिश्रमिक रोक्ने चेतावनी गएपछि सत्तासीन पार्टीको जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य समेतबाट फोन गर्न लगाई उनलाई कारबाही गरेमा नराम्रो हुने धम्की आएको छ ।”
बैठकले एम्बुलेन्स चालकसँग थप छलफल गर्न मलाई जिम्मेवारी दिएपछि एम्बुलेन्स चालकलाई आप्mनै कार्यकक्षमा बोलाएँ । छलफलको क्रममा उनको भनाइले मलाई सोच्न बाध्य बनायो । उनको भनाइ थियो, “एम्बुलेन्स त सबैको दुहुनो गाई बनेको छ नि सर ¤ एकजना बिरामी ल्याएवापत तलदेखि माथिसम्म भाग बाँड्नुपर्छ । हाम्रै अस्पतालबाट बिरामी अर्कोमा रिफर गर्दा रिफर गर्ने डाक्टर, प्रशासन, लेखा र जिन्सीको हाकिमलाई थप भाग दिनुपर्छ । आफ्नो जाने होइन क्यारे ¤ मलाई पनि जुन अस्पतालमा बिरामी लगेको हो, त्यहाँबाट कमिसन आइहाल्छ ।”
“एम्बुलेन्सले बिरामी बोकेपछि पैसा लिँदा बील काट्नुपर्दैन त भाइ ?”
मेरो प्रश्न भुर्इँमा खस्न पाएको थिएन, उनको जवाफ आइहाल्यो, “दिनको २० जना बिरामीलाई अस्पताल पु¥याइन्छ भने सबैबाट पैसा लिइन्छ तर बील १० जनाको पनि काटिँदैन । बिरामीको आफन्तलाई पनि बिरामीलाई अस्पताल दौडाउन हतार हुन्छ, बील माग्न बिर्सिहाल्छन् । फेरि कति अवस्थामा सबैसँग पैसा लिएर पनि आर्थिक अवस्था कमजोर भएकोले यति जनाको पैसा पाउन सकिएन भनेर कार्यालयमा टिप्पणी लेखे पुगिहाल्छ ।”
“यो त सरासर ठगी नै भएन र भाइ ?”
“मैले मात्र खाने होइन क्यारे । सबैले भाग पाएपछि तैँ चुप, मै चुप भएकै छन् ¤”
“अहिले त सबैजना तिम्रो विरुद्ध खनिएका छन् त ?”
“कोभिड १९ को महामारी फैलिरहेको समयमा एम्बुलेन्सको आम्दानी बढेअनुसार आ–आप्mनो भागमा बढी रकम आएन भनी चिढिएका मात्र हुन् सबै । त्यसमाथि अस्ति कोभिडको आशङ्का गरिएको एकजना बिरामी हाम्रो अस्पतालमा बितेपछि माथिल्लो निकायबाट छानबिन भइरहँदा तर्सेर ममाथि रिस पोखेका हुन् । मलाई सबै कुरा थाहा छ सर ¤”
कुरो जति बुभ्mयो, त्यति गहिरो मानेँ । मैले व्यवस्थापन समितिको बैठकमा उनै चालकलाई जागीरबाट निकाल्ने तयारी भइरहेको बताउँदा उनी बम्किए, “मलाई कसरी निकाल्छन्, हेरौँला ¤ तिनका एक – एक काला कर्तूत मलाई थाहा छ । सरकारले दिने तलबभन्दा बढी रकम इन्सेन्टिभ खाइरहेको मलाई थाहा छैन र ? बिरामीको अप्रेसन गर्दा बिरामीबाट उठाइएको रकम कोकोलाई बाँडिन्छ भन्ने थाहा नभएको हो र ¤ औषधी तथा अस्पताललाई आवश्यक सामग्री खरिदमा कमिसन खाने, एमआरमार्फत औषधी कम्पनीबाट उपहार र कोसेली पाउने कुरा सबै थाहा छ । त्यति मात्र हो र सर, उपचार गर्न आउने बिरामीबाट शुल्क असुल्दा फर्जी बील काट्ने, ठेक्का सम्झौतामा नियुक्त गरिएका सफाइ मजदुरहरूको तलब अस्पतालबाट बुझेर मजदुरहरूलाई आधामात्र रकम दिने गरिएको समेत प्रमाण मसँग सुरक्षित छ । अस्पतालको ट्याङ्कीमा पानी भरे–नभरेको हेर्नका लागि राखिएको सरकारी कर्मचारीले समेत ट्याङ्की कुरेबापत भत्ता लिने गरेको समेत तपार्इँलाई चाहिएमा प्रमाण दिनसक्छु ।”
“मलाई कारबाही गरिएमा यी सबै कर्तूतहरू एक – एक गरी बाहिर निकाल्छु नि सर ¤ त्यसैले मसँग सबैजना डराउँछन् ।”
“तिमीलाई त अस्पतालको कुपनअनुसारको पेट्रोल पम्पबाट नभई अरू नै पम्पबाट तेल भरेको र महिनैपिच्छे गाडी मर्मत गरेको बील पनि बुझाउँछ भन्ने आरोप छ नि ¤ साँचो कुरा के हो ?”
टाउको कन्याउँदै चालकले भने, “कुरो सही हो सर ¤ बिरामी लिन जाँदा कहाँ तेल सकिन्छ, थाहै हुँदैन । तेल सकिएपछि नजिकको पम्पबाट तेल भर्नैपर्छ । तर, एम्बुलेन्सको लागि भनेर ल्याइएको तेल क–कस्को घरमा पु¥याउनुपर्छ भनी सोध्नुस् न सर ¤ तपाईँकै व्यवस्थापन समितिका दुई जना सरहरूको घरमा समेत महिनाको १५ लिटरको दरले तेल पु¥याउने गरेको छु सर ¤ प्रमुखदेखि मभन्दा माथिका ६ जना कर्मचारीको गाडी वा बाइक त निःशुल्क बनाइदिनुपर्छ । तिनीहरू सबैको मर्मत खर्च मेरो एम्बुलेन्सको खर्चमा जोडिन्छ ।”
“तिमी आफँै पनि आप्mना मान्छेहरूको गाडी मर्मत खर्च जोड्छौ रे नि त ?”
“अब १९ मा २० गर्न परेन सर ? मेरा पनि आप्mना मान्छे छन् । मलाई जागीर खुवाउने, समय –समयमा जागीर बचाइदिने, मलाई आपत् पर्दा फोन गरिदिने ।”
“मलाई भन्नुपर्ने थप केही छ भाइ ?”
“थुप्रै छ नि सर ¤ तर, सबै ‘तुरूप’ अहिले नै किन खोल्ने र ? मेरो जागीर बचाइदिने हो भने एक एक गरी सबै प्रमाण तपाईँलाई बुझाउन तयार छु ।”
एम्बुलेन्स चालकको कुरा सुनेर अवाक् भएँ । आवश्यक परे फेरि बोलाउने कुरा राख्दै उसलाई बिदावारी गरेँ ।
एकछिन घोत्लिएँ । जनताको कर र राज्यको ढुकुटी यसरी पो सकाउने रहेछन् ¤ यो त सानो र प्रतिनिधि उदाहरण मात्र हो । चोर पक्रन खोज्यो, चोरमाथि चकारी गर्नेहरू त थुप्रै फेला पर्दारहेछन् । यिनले गरेका अपराध कसरी क्षम्य हुनसक्छ ¤ जनताले एकदिन अवश्य हिसाब माग्नेछन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *