इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी
- श्रावण ९, २०८३
विगत ३० वर्षमा चीनमा भएको व्यापक गरिबी निवारण आधुनिक समयको आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा सफलताका महान् कथाहरूमध्ये एक हो । विश्व बैङ््कको गरिबी मापनको आधार दैनिक २ डलर आम्दानी रहेको छ तर त्यस्तो आधार विभिन्न देशमा भिन्नाभिन्नै रहेको छ । सन् १९९० सम्म चीनका ६६ प्रतिशत जनसङ्ख्या गरिबमा गनिन्थे भने २०१६ मा घटेर ०.५ प्रतिशतमात्र गरिब जनसङ्ख्या बाँकी छ । तुलनात्मक अध्ययनका लागि पूर्ण तथ्याङ्क उपलब्ध भएको सबभन्दा पछिल्लो वर्ष २०१६ नै हो । हुन त चीनले २०२० सम्ममा गरिबी पूर्णतः निर्मूल गर्ने घोषणा र सङ्कल्प गरेको छ । विगत ३० वर्षमा चीनले हासिल गरेको उल्लेखनीय उपलब्धिले विश्वव्यापी गरिबी निवारण कार्यको ठूलो भाग ओगट्छ ।
चीनमा गरिबी निवारणको सफलताका कैयौँ पक्षहरूले आज विश्वको ध्यान खिच्दै छ । तीमध्ये सबभन्दा उल्लेखनीय पक्ष भनेका गरिबहरूसित भएका सम्पत्तिबाट आम्दानी बढ्ने आयोजनाहरूको तत्काल कार्यान्वयन, ग्रामीण अर्थतन्त्रको शीघ्र विकासको लागि कृषिको आधुनिकीकरण, प्रभावकारी सामाजिक सुरक्षा व्यवस्थाको स्थापना र ग्रामीण क्षेत्रमा लगानी वृद्धिको लागि लक्षित गरिबी निवारण विधिहरूको कार्यान्वयन हुन् ।
विशेषगरी ग्रामीण क्षेत्रमा गरिबहरूसित भएका सम्पत्तिहरू जस्तै भूमि र श्रमबाट आम्दानी बढ्ने आयोजनाहरूको तत्काल कार्यान्वयन मूलरूपमा रहेको थियो । यो लक्ष्य मानव पुँजी निर्माण र विशेषगरी गरिबहरूको शिक्षा, स्वास्थ्य र सरसफाइमा लगानी गरेर तथा ग्रामीण बजार साना उत्पादकहरूको उत्पादनको सहभागिता वृद्धिद्वारा हासिल गरिएको थियो । त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरणको माध्यमद्वारा ग्रामीण अर्थतन्त्रको तीव्र विकासमा ध्यान दिएर गरिबी निवारणमा महत्वपूर्ण सफलता हासिल गरिएको थियो । यसबाहेक चीनमा काम गर्न नसक्नेहरूका लािग प्रभावशाली सामाजिक सुरक्षा व्यवस्था लागू छ र काम गर्नसक्ने युवाहरूका लागि सीपमूलक तालिम र रोजगारको व्यवस्था गरिएको छ । अन्तमा, चीनको लक्षित गरिबी निवारण विधिहरूले गरिबीले आक्रान्त रहेको क्षेत्रअनुकूलको योजना कार्यान्वयनमा ध्यान केन्द्रित गरेको छ, ग्रामीण क्षेत्रमा लगानीको समुचित व्यवस्था गर्न सरकारको साथै निजी क्षेत्रको सहभागिता र साझेदारीलाई पनि प्रोत्साहित गरिएको छ । साथै, सामाजिक उत्तरदायित्वको दृष्टिकोण, ई–कमर्स (विद्युतीय माध्यमद्वारा वित्तीय कारोबार) र ई–मार्केट (विद्युतीय माध्यमद्वारा व्यापारिक कारोबार) लाई पनि बढावा दिइएको छ ।
ई–कमर्सको सम्भावनाको एक उदाहरण जुलाई २०१९ देखि विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) द्वारा लागू गरिएका एडीजी गाउँ परियोजनाहरू हुन् । क्वाङ्फा सेक्युरिटिजले लगानी गरेको र अलिबाबा, पिन्टुटु, बाइट डान्सलगायतका ई–कमर्स प्लेटफमहरूसित साझेदारी गरिएका छन् । साथै, किसान – खेती – विद्यालय परियोजना गरिवत्तम प्रदेशका किसानहरूको गरिवी निवारणका लागि इन्टरनेट – कृषि –ग्रामीण वित्तीय विकासको नमुना हो ।
कोभिड – १९ को महामारीका कारण चीनको आर्थिक वृद्धिमा देखिएको मन्दी पूरै विश्वमा फैलिएको आर्थिक मन्दीसित जोडिएको देखिएको छ । यसले यस वर्षभित्र पूर्णरूपमा गरिबी निवारण गर्ने चीनको लक्ष्यमा चुनौती थपेको छ । अझै ठूलो प्रयास निश्चितरूपमा जरूरी भएको छ । विश्वव्यापी सङ्कटले ठूलठूला चुनौतीहरू र खतरा देखाएको छ तर त्यसले सही तवरले काम गरेमा सबै कुरा ठीक गर्ने अवसर र गरिबी निर्मूल गर्ने लडाइँलाई थप बलियो बनाउने प्रयास प्राप्त भएको छ ।
म अहिले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ग्रामीण गरिबी निवारणसम्बन्धी रणनीतिक कार्यक्रमहरूको नेतृत्व गर्छु । सदस्य राष्ट्रहरूको ग्रामीण विकास, कृषि तथा खाद्य व्यवस्थालाई थप राम्रो बनाएर एसडीजी–१ (गरिबीमुक्त) र एसडीजी–२ (भोकमरीमुक्त) बनाउन आवश्यक सहयोग गर्ने हाम्रो काम हो । यही कार्यको सेरोफेरोमा विगत केही वर्षभित्र कैयौँ पटक चीनको भ्रमण गरेँ र गरिबी निवारणको लागि दक्षिण–दक्षिण सहयोगको प्रभावकारिता जाँच गर्न तथा बढावा दिन म त्यहाँको सहरी अनि ग्रामीण दुवै क्षेत्रमा गएँ । मैले गरिबी निवारणबारे प्रत्यक्षरूपमा आफैले चीनको अनुभवबारे जान्नको लागि पनि त्यहाँको भ्रमण गरेको थिएँ । विगत केही वर्षमा मैले त्यसमा ठूलो प्रगति पनि गरेँ ।
सन् २०१७ देखि हाम्रो साझेदारी विश्व बैङ्क (डब्ल्युबी), एसियाली विकास बैङ्क (एडीबी), अन्तर्राष्ट्रिय गरिबी निवारण संस्था चीन (आईपीआरसीसी), चीन इन्टरनेट सूचना केन्द्र (सीआईसीसी), अरू दुई रोममा रहेका संस्थाहरू, कृषि विकासका लागि अन्तर्राष्ट्रिय सहयोग (आईएफएडी) र विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) सित रहेको छ । यी सबै संस्थाले अनुभव साझाकरण, गरिबी निवारणमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको भूमिकामा जोड दिन्छन् । आईपीआरसीसी, सीआईसीसी, एफएओ आईएफएडी र डब्ल्युएफपीसितको साझेदारीको मञ्च २०१७ देखि रहँदै आएको छ र वर्षमा दुईवटा विश्वव्यापी गरिबी निवारण सम्बन्धमा अन्तर्राष्ट्रिय विचार गोष्ठीहरूको आयोजना गरिन्छ ः पहिलो विश्वव्यापी गरिबी निवारणमा साझेदारी गोष्ठी–रोम र दोस्रो चीनको गरिबी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च बेइजिङ्ग । त्यसबाहेक गत नोभेम्बर २०१९ मा चीनको गरिबी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च अफ्रिकी देश युगान्डाको राजधानी कमपालामा पनि आयोजना गरिएको थियो । उक्त मञ्च अफ्रिकामा गरिबी निवारणका लागि वैश्विक साझेदारी बढाउने उद्देश्यमा आधारित थियो । यी छलफलहरू सन् २०२० मा पनि निरन्तर चालू रहनेछन् । त्यसले चीनको अति गरिबी निवारणको ज्ञान र अनुभव साझा गर्नु तथा अरू देशहरूले बटुलेका अनुभवहरू तथा सामना गरेका चुनौतीहरूबाट सिक्नु रहेको छ । यस साझेदारी र साझा मञ्चहरूको माध्यमले ११० वटा सबैभन्दा राम्रा गरिबी निवारणको केस अध्ययन पहिचान गर्नु र पहिलो वैश्विक सोलिसाइटेसन तथा गरिबी निवारणमा सबभन्दा राम्रो व्यवहारका लागि च्यालेन्ज प्राइज (चुनौती पुरस्कार) का लागि छनौट गर्नु रहेको छ । उपर्युक्त सबै संस्थाहरूले संयुक्तरूपमा मे २०१८ मा उक्त पुरस्कार स्थापना गरेका थिए । दोस्रो वैश्विक सोलिसाइटेसन तथा चुनौती पुरस्कारका लागि प्रक्रिया चलिरहेको छ र २०२० का सबभन्दा राम्रा घटनाहरू घोषणा हुँदै छन् ।
पछिल्लोपटक म २०१९ मा चीनमा थिएँ । त्यस क्रममा मलाई एमएआरए
(MARA), विश्वव्यापी महत्वपूर्ण कृषि सम्पदा प्रणाली (GIAHS) सित हाम्रो सम्बन्ध बलियो बनाउने अवसर जु¥यो । विश्वव्यापी महत्वपूर्ण कृषि सम्पदा प्रणाली (GIAHS ले विविध भूस्थितिको प्राकृतिक सुन्दरतासित जोडिएको कृषि जैविक विविधता बढावा दिन्छ र पर्यावरण चक्र एवम् मूल्यवान् सांस्कृतिक सम्पदाको जगेर्नामा जोड दिन्छ । विश्व र चीनकै विशिष्ट स्थानमा रहेका ती राष्ट्रिय महत्वपूर्ण कृषि सम्पदा प्रणाली (GIAHS) ले जनतालाई दिगो र बहुआयामिक फाइदा उपलब्ध गराएका छन् साथै दसौँ लाख साना किसानलाई विविध सेवा एवम् खाद्य एवम् जीविकाको सुरक्षाको प्रत्याभूति गर्छन् । विश्वका ५९ वटा विश्वव्यापी महत्वपूर्ण कृषि सम्पदा प्रणाली (GIAHS) मध्ये चीनमा मात्र १५ वटा रहेका छन्, ती संस्थाहरू ग्रामीण क्षेत्रमा गरिबी निवारणका लागि विशाल सम्भावनाका साथै दिगो विकासका शक्तिशाली उदाहरण हुन् ।
खाद्य तथा कृषि सङ्गठन (एफएओ) सितको साझेदारी तथा अरू विकासशील देशहरूको गरिबी निवारणमा विगत १२ वर्षभन्दा पहिलेदेखि चीनले वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्नुका साथै ज्ञान र अनुभव साझाकरण पनि गर्दै आएको छ । चीनले एफएओसितको सहकार्यमा कृषि क्षेत्रमा सहयोगका लागि दक्षिण – दक्षिण सहयोग कार्यक्रमका लागि ८० करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराएको छ । २००६ मा इच्छापत्रको माध्यमद्वारा एफएओसितको रणनीतिक सहकार्य –दक्षिण–दक्षिण सहयोग कार्यक्रम स्थापना गर्ने पहिलो देश नै चीन हो ।
गरिबी निवारणमा दक्षिण–दक्षिण सहयोगबारे पछिल्लो असल उदाहरण एफएओ र आईपीआरसीसीको सहआयोजनामा भएको दसदिने तालिम हो । चौधवटा अफ्रिकी देशका सरकारी अधिकारीहरूले चीनका तीन सहरहरूको अध्ययन भ्रमण र अन्तरक्रिया गरेर गरिबी निवारणबारे सिक्ने अवसरको उपयोग गरेका थिए । तालिमका क्रममा अफ्रिकी देशका प्रतिनिधिहरूले आईपीआरसीसीसित अन्तरक्रिया गर्नुका साथै आपसमा अफ्रिकाको चुनौती पार गर्ने सम्भावित उपायका बारेमा पनि गम्भीर विचारविमर्श गरेका थिए र केही सफलताका अनुभवहरू आ–आफ्नो देशमा लागु गर्ने बताएका थिए ।
भविष्यमा पनि ग्रामीण क्षेत्रको गरिबी निवारणको ज्ञान साझा गर्न, अनुसन्धान प्रतिष्ठानहरूसितको साझेदारीमा नवीन आविष्कारको दृष्टिकोण र व्यवहारबारे सिक्न निजी क्षेत्र र किसान सङ्गठनहरूका लागि पाठ्यसामग्री एवम् कार्यशाला गोष्ठीहरू गरिनेछन् । एफएओ र चीनमा रहेका हाम्रा कार्यालयहरूले विश्वका विभिन्न क्षेत्रमा रहेका हाम्रा कार्यालयहरूसित वार्षिकरूपमा क्षेत्रीय छलफलहरू आयोजना गर्नेछन्, गरिबी निवारणका लागि ज्ञान र नविन आविष्कारका दृष्टिकोणहरू साझा गर्नेछन् एवम् दिगो कृषिका लागि सहयोगमा मध्यस्थको कार्य गर्नेछन् ।
China’s success in poverty reduction worth bringing to the world’s attention
(People’s Daily)
July 31, 2020
Leave a Reply