सिंहदरबारमा बलात्कारपछि हत्याको ‘मुद्दा मिलाउन’ गृहमन्त्री आफै !
- भाद्र १५, २०८३
वर्गमा विभाजित समाजमा वर्गीय कुरा आउनु स्वाभाविक हो । पुँजीवादी व्यवस्थाका पक्षपातीहरू समाजवादी व्यवस्था चाहँदैनन् । उनीहरू समाजवादी व्यवस्थाका विरोधी हुन्छन्, कम्युनिस्टको सिद्धान्त र विचारको विरोध गर्छन् । समाजवादी पक्षधरहरू पनि पुँजीवादी व्यवस्थाको विरोध गर्छन्, पुँजीवादी व्यवस्था उदाङ्ग्याउँदै कम्युनिस्टको सिद्धान्त र विचारको पक्षपोषण गर्छन् । यो उनीहरूको धर्म हो, जिम्मेवारी हो । पुँजीवादी चरित्रका नेता, मन्त्री, सांसद, लेखक, बुद्धिजीवी र कूटनीतिज्ञहरू नेपालको कम्युनिस्ट पार्टीको मात्र होइन चीन, प्रजग कोरिया र क्युवाको धुरन्ध विरोध गर्छन् । आपूmलाई कम्युनिस्ट दाबी गर्ने नेकपाका कति नेताहरू नै प्रजग कोरियाको विरोध गर्छन् भने पुँजीवादी नेताहरूको त विरोध गर्नु धर्मै भइसकेको छ । चीनलाई भारतजस्तै ठान्नु गिद्धेदृष्टि हो । नेपालको लागि चीनले के नै गरेको छ भनी लाजै नमानी वास्तविकताको ढाकछोप गर्नु दृष्टिदोषबाहेक अरू होइन ।
नेपाल भारतबाट आक्रान्त छ, चीनबाट छैन । यो कुरा घामझैँ छर्लङ्ग छ । भारतले नेपाली भूमिमै नेपालीलाई हिँडडूल गर्ने काममा रोक लगायो । चीनले त्यो काम गरेको छैन । नेपालको संविधान बनाउँदा भारतीय शासकले आफ्नो अनुकूल बनाउन दबाब दियो, आफ्नो कुरा नमानेको कारण नाकाबन्दी ग¥यो । चीनले नेपालको संविधान बनाउँदा दबाब दिएको छैन । भारतले नाकाबन्दी गर्दा नेपालमा देखिएको सङ्कट अन्त्य गर्न चीनले पेट्रोलियम पदार्थ पठाएर सहयोग ग¥यो । नेपालमा आधारभूत आवश्यकता परिपूर्ति गर्न चीनले दर्जनौँ उद्योग तथा कलकारखाना स्थापना ग¥यो । तर, नेपालमा चीनद्वारा स्थापित उद्योग तथा कलकारखानामा अनेक अनियमितता गरेर घाटामा डुबाइयो र बन्द गरियो ।
नेपालमा असमान सन्धि गर्ने देश भारत नै हो । नेपाली भूमि डुबानमा पार्ने काम भारतले नै गरिरहेको हो । भारतले नेपाली भूमि अतिक्रमणमात्र होइन नेपालको जलस्रोत कब्जा गर्न असमान सन्धि ग¥यो । भारतले नेपाललाई एक–एक पाइला गरेर आफ्नो छत्रछायाँमा राख्ने र सधैँ भारतनिर्भर बनाउने जाल बुनिरह्यो । भारतको यस्तै दबाब, असमान सन्धि, अतिक्रमण, थिचोमिचोको कारण भारतप्रति नेपाली जनताको विश्वास गुम्दै गएको हो, कम्युनिस्ट पार्टीप्रति झुकाव बढ्दै गएको हो ।
Leave a Reply