भर्खरै :

उपत्यकामा कोरोनाको सङ्क्रमण फैलिनुमा दोषी को !

काठमाडौँ, २२ साउन । छिमेकी देश भारतमा कोरोनाको सङ्क्रमण बढ्दै जाँदा अग्रीम बन्दोबस्तबिना नेपाली नाका खोल्न नेपाली काङ्ग्रेस र चेम्बर अफ कमर्स (नेपालको उद्योग–वाणिज्य सङ्घ) का उद्योगपति र व्यापारीहरूले सरकारलाई दबाब दिएका थिए ।
भारतसँग खुला सीमा र भाजपा सरकारको कोरोना रोकथाम नियन्त्रणको गलत नीतिको कारण नेपाल पनि त्यस महामारीबाट आक्रान्त हुँदै छ । ट्रम्पको दोषपूर्ण नीतिको कारण कोरोनाबाट निधन भएकाहरूको लास गाड्ने ठाउँको जोहो गर्न संरा अमेरिकी सरकारलाई धौ धौ भएको समाचार नसुनिएको होइन । भारतले ट्रम्पकै नीति अँगाल्दा नेपाली जनता पनि आक्रान्त हुने स्थितिमा छ ।

यसको रोकथाम र नियन्त्रणको लागि काठमाडौँ उपत्यकामा मात्र होइन देशभरि नै घर–जग्गा कारोबार (किनबेच) रोक्नु आवश्यक छ । दोस्रो, उद्योगधन्दा चलाउने उद्योग–वाणिज्य सङ्घहरूले आ–आफ्नो जिल्लामा आफ्ना मजदुर र कर्मचारीहरूको उपचार गर्न र एक्लाएक्लै वा क्वारेन्टिनमा राख्न सामूहिक बन्दोबस्त तत्कालै सुरु गर्ने छलफल सुरू गर्नु आवश्यक छ ।
सरकार उपचारसम्बन्धी आवश्यक व्यवस्थाको निम्ति सदा होसियारीपूर्वक रहनु आवश्यक छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस र नेकपाका नेताहरूलाई आ–आफ्ना जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न स्वयम्सेवकको अनिवार्य सेवा गर्न प्रहरीका साथ पठाउनु आवश्यक छ ।

बम्बई र दिल्लीमा लाखौँ भारतीयहरू सङ्क्रमित छन्, सङ्क्रमितको सङ्ख्या अझ बढ्दै छ भने मृत्यु भएको सङ्ख्या हजारौँ नाघिसकेको छ । काठमाडौँ उपत्यकामा जिल्ला जिल्लाबाट प्रवेश नरोक्ने हो भने हजारौँ होइन एक वर्षमा लाखौँ जनता मृत्युको मुखमा पर्नेछन् ।
कसैले सोचेका होलान्– काठमाडौँ उपत्यकामा केही लाख मान्छे मर्दा केही हुनेछैन, बरू त्यहाँको घर–जग्गा सस्तो हुनेछ ¤ यस्तो गलत सोचको जवाफ हो– पहिलो, यो रोग अब वषौँसम्म रहनेछ । दोस्रो, यस्तो स्थितिमा काठमाडौँ बस्नलायकको ठाउँ हुनेछैन ।
यसको रोकथाम र नियन्त्रणको लागि काठमाडौँ उपत्यकामा मात्र होइन देशभरि नै घर–जग्गा कारोबार (किनबेच) रोक्नु आवश्यक छ । दोस्रो, उद्योगधन्दा चलाउने उद्योग–वाणिज्य सङ्घहरूले आ–आफ्नो जिल्लामा आफ्ना मजदुर र कर्मचारीहरूको उपचार गर्न र एक्लाएक्लै वा क्वारेन्टिनमा राख्न सामूहिक बन्दोबस्त तत्कालै सुरु गर्ने छलफल सुरू गर्नु आवश्यक छ ।
सरकार उपचारसम्बन्धी आवश्यक व्यवस्थाको निम्ति सदा होसियारीपूर्वक रहनु आवश्यक छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस र नेकपाका नेताहरूलाई आ–आफ्ना जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न स्वयम्सेवकको अनिवार्य सेवा गर्न प्रहरीका साथ पठाउनु आवश्यक छ ।
यी उपायले झूटो मतभेद देखाएर भित्रभित्र सरकारी पद र मनोनयनमा हुने पार्टीभित्रको भागबन्डाको विकृति र विसङ्गगतिलाई रोक्न सहयोग पुग्नेछ ।
माथिका उपायमा सम्बन्धित पक्षले ध्यान नदिने हो भने सबै सम्भावित पीडित जनता, उपत्यकावासी र जिल्लावासीहरू आ–आफ्ना ठाउँका उद्योग–वाणिज्य सङ्घ र शासक दलका कार्यालय र नेताहरूको घरअगाडि सत्याग्रह गर्नुपर्ने संवेदनशील जनतामा छलफल भइरहेको व्यापक चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *