भर्खरै :

रत्ननगरमा एमाले विजयी

रत्ननगर (चितवन), ७ जेठ । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा (एमाले)का नारायण वन विजयी हुनुभएको छ ।
उहाँले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याउनुभएको छ ।
उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ हजार ४८१ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नीता ढकालको १२ हजार ७०३ मत आएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिनुभयो ।
रत्ननगरका वडाध्यक्षमा एमालेका तर्फबाट १० र काँग्रेसका तर्फबाट ६ जना निर्वाचित भएका छन् । काँग्रेसबाट विजयी हुनेमा वडा नं १ मा शङ्कर लामा, २ मा तिलकराज पौडेल, ६ मा बलराम दहाल, ७ मा राजन भट्ट, ११ मा शशीभक्त न्यौपाने र १२ मा वीरबहादुर पाख्रिन हुनुहुन्छ ।
एमालेतर्फ वडा नं ३ मा गोविन्द भट्टराई, ४ मा रवीन्द्र चौधरी, ५ मा कृष्ण महतो, ८ मा विनोद बस्नेत र ९ मा रोजन आचार्य विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेबाट अन्य विजयी हुनेमा वडा नं १० मा केशव आचार्य, १३ मा चित्रबहादुर भण्डारी, १४ मा हरिकुमार श्रेष्ठ, १५ मा होमनाथ लामिछाने र १६ मा हेमराज थापा हुनुहुन्छ ।
यसअघि चितवनका राप्ती र कालिका नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमालेले जितेको छ भने माडीका प्रमुखमा नेकपा(माओवादी केन्द्र) र उपप्रमुखमा एमाले तथा इच्छाकामना गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा काँग्रेस विजयी भइसकेका छन् । अहिले भरतपुर महानगरपालिका र खैरहनी नगरपालिका मतगणना भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *