भर्खरै :

मध्यपुर ८ मा नेमकिपा

मध्यपुर थिमि नगरपालिकाको वडा नं ८ मा नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरेको छ । नेमकिपाका देवकृष्ण मोय १ हजार ४२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ९८२ मत प्राप्त गर्नुभएको छ ।
नेपाल मजदुर किसान पार्टीकै तर्फबाट रमेश थापाश्रेष्ठ खुला वडा सदस्य र मेनुका थापा नेपाली दलित महिला सदस्यमा निर्वाचित हुनुभएको छ । थापानेपालीले ११६७ मत हासिल गर्नुभएको छ भने थापाश्रेष्ठले १११७ मत हासिल गर्नुभएको छ ।
मध्यपुर थिमिको बोडेमा विगतका निर्वाचनहरुमा पनि नेपाल मजदुर किसान पार्टीले जित्दै आएको थियो । आइतबार मध्यराति नतिजा सार्वजनिक गरे लगतै नेपाल मजदुर किसान पार्टीका स्थानीय कार्यकर्ताहरुले खुशियाली मनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *