भर्खरै :

टिकटक कसले किन्ने ?

वाशिङ्टन, ९ अगस्ट । चीन र संरा अमेरिकाबीचको द्वन्द्वको शिकार बनाइएको चिनियाँ सामाजिक सञ्जाल टिकटक खरिद गर्ने विषयमा अमेरिकी सामाजिक सञ्जाल एप ट्वीटरले वार्ता थालेको वाल स्ट्रिट जर्नलले जनाएको छ । यद्यपि टिकटक खरिदको दौडमा सबभन्दा अगाडि अमेरिकी कम्पनी माइक्रोसफ्ट नै रहेको स्रोतले बताएको छ । संरा अमेरिकी ट्रम्प सरकारले ‘राष्ट्रिय सुरक्षा’ को कारण देखाएर संरा अमेरिकामा विदेशी लगानीबारे समितिको निर्णयअनुसार टिकटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै टिकटकक कुनै एउटा अमेरिकी कम्पनीमा बेच्नुपर्ने अवस्था बनेको हो । ट्रम्पले सेप्टेम्बर १५ भित्र टिकटक कुनै अमेरिकी कम्पनीलाई नबेचिए प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । बिहीबार ट्रम्पले जारी गरेको वक्तव्यमा अर्को चिनियाँ एप विच्याट र टिकटकबाट कुनै कारोबार नगर्न उल्लेख छ ।
माइक्रोसफ्टले गत सोमबार टिकटकको मूल कम्पनी बाइटडान्स कम्पनीसँग वार्ता गरिरहेको बताएको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकारी सत्य नेदल्लाले यो विषयमा ट्रम्पसँग पनि कुराकानी गरेका छन् । माइक्रोसफ्टले संरा अमेरिका, अस्टे«लिया, क्यानाडा र न्युजिल्यान्डमा टिकटकको कारोबार खरिद गर्न छलफल गरिरहेको बताइएको छ ।
तर, बाइटडान्सका अधिकारीहरूले आफू टिकटकको संरा अमेरिकामा रहेको कारोबार बेच्ने पक्षमा नरहेको बताउँदै आएको छ । टिकटकका प्रयोगकर्ताहरूका डाटा सुरक्षालाई ध्यानमा राखी आफूले यस्ता कदम चाल्न नसक्ने बाइटडान्सका संस्थापक चाङ यिमिङले भने ।
चाङले सन् २०१७ मा बाइटडान्सले म्युजिकल्ली नामको एप खरिद गरेको सम्बन्धमा अघिल्लो वर्ष गरेको अनुसन्धानमा पूर्ण सहयोग गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *