संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका कैयौँ देशमा जस्तै नेपालमा पनि शैक्षिक सत्र सुरू भएको छैन । गत चैतदेखि बन्द रहेको पठनपाठन सुरू हुन सकेको छैन । विद्यालय तहमा १ भदौदेखि विद्यार्थी भर्ना गर्ने भनिए पनि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि के गर्ने भन्नेमा अन्योल बढेको छ । वैशाखदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरू हुनुपर्ने हो । एक शैक्षिकसत्रमा २ सय २० दिन विद्यालय खोल्नैपर्छ भने १ सय ८० दिन पढाउनुपर्ने हुन्छ । शैक्षिकसत्रको समय ४ महिना पछाडि धकेलिएकाले अब पूरा गर्न कठिन हुने शिक्षाका सरोकारवालाहरूको कथन छ ।
कोभिड–१९ नियन्त्रणसम्बन्धी उच्चस्तरीय समिति –सीसीएमसीले भने १ भदौदेखि विद्यार्थी भर्ना नगर्ने प्रस्ताव गरेको छ । योसँगै विद्यार्थी भर्ना पनि रोकिने भएको छ । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा ५ चैतअगाडि नै सकियो । जसोतसो नतिजा सार्वजनिक पनि भए तर माथिल्लो कक्षामा चढाइएका ७५ लाख बालबालिका अहिले विद्यालयबाहिर छन् । हुन त १ असारदेखि सरकारले वैकल्पिक शिक्षण सिकाइ सुरू ग¥यो । तर, वैकल्पिक शिक्षण सिकाइमा सबै विद्यार्थी जोडिएका छैनन् । निजी विद्यालयको वैकल्पिक शिक्षण सिकाइ केही प्रभावकारी देखिए पनि तिनको सङ्ख्या केही हजारमा मात्र आउँछ । ग्रामीण क्षेत्रका दसौँ लाख विद्यार्थी अनलाइन कक्षामा जोडिएका छैनन् । वैकल्पिक विधिका रूपमा रेडियो, टेलिभिजन र अनलाइनबाट सिकाइलाई निरन्तरता दिए पनि विद्यार्थीको पहुँचमा पुग्न सकेको छैन । कति विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा जोडिए भन्ने तथ्याङ्क सरकारी निकायसँग छैन ।
सरकारको एकपछि अर्को निर्णयले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय सञ्चालक पनि अलमलमा छन् । शैक्षिक सत्र कहिले सुरू गर्ने, के गर्ने भन्ने ठोस निर्णय सरकारले गर्न सकेको छैन । सरकारको निर्णय नै विवादित हुँदै आएको छ । यद्यपि, सरकारी निकायहरू जसरी पनि शैक्षिक सत्र पूरा गर्ने रणनीतिमा रहेको र शैक्षिक सत्र प्रभावित हुन नदिने दाबी गर्छन् । शैक्षिक सत्र जसरी पनि पूरा गर्ने भन्नुको अर्थ के हो ? विनाशिक्षण क्रियाकलाप शैक्षिक सत्र पूरा भयो भनी घोषणा गर्नु र विद्यार्थीलाई कक्षा चढाउन त सजिलै होला तर त्यसले शिक्षाको स्तरमा व्यापक ¥हास ल्याउने निश्चित छ । तसर्थ वैकल्पिक शिक्षण सिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ ? स्वअध्ययन र गाउँ–गाउँ र टोलटोलमा शिक्षण सिकाइलाई कसरी पु¥याउन सकिन्छ भनी विचारविमर्श गरी उचित उपाय अपनाउन ढिलो नगर्नु बुद्धिमानी हुनेछ ।
Leave a Reply