सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
अगस्ट १२ तारिखका दिन संयुक्त राष्ट्र सङ्घको आह्वानमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको पनि २१ औँ वर्ष लागिसकेको छ । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घले अगस्ट ८ देखि १२ सम्म युवा मामिला हेर्ने मन्त्रीहरूको विश्व सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनले विश्वभरका युवाहरूको शिक्षा, स्वास्थ्य, सीप, रोजगार, राजनीतिक, सामाजिक एवम् आर्थिक क्रियाकलापमा सहभागिता वृद्धिलगायत युवाहरूको चौतर्फी विकासका लागि काम गर्ने र आ–आफ्नो देशको राष्ट्रिय नीति तथा योजनामा आवश्यक कार्यक्रम समावेश गर्नेसहितको घोषणा पारित गरेको थियो । सोही सम्मेलनको सिफारिसबमोजिम संयुक्त राष्ट्र सङ्घको महासभा बैठकले प्रत्येक वर्ष अगस्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय सर्वसम्मतरूपमा गरेको थियो । त्यसैअनुसार हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘विश्वव्यापी कार्यमा युवाको संलग्नता’ ( थ्यगतज भ्लनबनझभलत ायच न्यिदब िब्अतष्यल ) रहेको छ ।
कुनै पनि देशमा समाजको आमूल परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहँदै आएको तथ्य छर्लङ्गै छ । कतिपयले आफ्नो स्वार्थअनुकूल नभएकोले यस तथ्यलाई स्वीकार नगरे पनि त्यो हत्केलाले आँखा छोपेर दिन उज्यालो छैन भनी तर्क गर्नुजत्तिकै हो । अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालेको भन्दा सयौँ वर्ष अगाडिदेखि नै मानव समाजको सुधार, परिवर्तन र प्रगतिको निम्ति करोडौँ युवाहरूले आफूलाई समर्पित गरिसकेका थिए । समाजको आमूल परिवर्तन चाहने युवाहरूका अगाडि आज पनि सङ्घर्षको अग्ला पहाडहरू रहेकै छन् । अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएसँगै विश्वभरका बहुसङ्ख्यक युवाहरूको समस्या समाधान भइसक्यो भन्ने पनि होइन तर अन्तर्राष्ट्रिय युवा दिवसका कार्यक्रमहरूले युवा समुदायलाई शक्तिको रूपमा लिइनुपर्छ र त्यस शक्तिलाई सही दिशामा लगाइनुपर्छ भन्ने सन्देश प्रसार गरेको छ । समग्र विश्वव्यापी परिवेशमा युवाहरूको जिम्मेवारीबोध गराउने प्रयत्नहरू पनि भएको मान्न सकिन्छ । विभिन्न देशको राजनीतिक र समाज विकासको स्थिति भिन्नाभिन्नै रहेको हुनाले अन्तर्राष्ट्रिय युवा दिवसको नारा सबै देशमा समानरूपमै सान्दर्भिक रहला भन्न पनि सकिन्न । त्यसैले कतिपय देशका सरकारहरूले र युवा सङ्घ–सङ्गठनहरूले आफ्नो अलग्गै नारा तय गरेर पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाएका पाउँछौँ ।
शिक्षा र विज्ञान–प्रविधिको विकासको कारण मानव समाजले असङ्ख्य अद्भूत उपलब्धिहरू हासिल गर्नुका साथै कैयौँ नसोचेका समस्याहरूको पनि सामना गर्न परिरहेको छ । आज विश्व अत्याधुनिक प्रविधिको युगमा छ । अत्याधुनिक प्रविधि आविष्कार गर्ने, आत्मसात गर्ने र निर्यात गर्नसक्ने देश र समाज आज विकास र समृद्धिमा निकै अगाडि रहेका छन् । प्रविधिमा पछाडि परेका देश विकास र आर्थिक उन्नतिमा पनि पछाडि नै छन् । वैज्ञानिक शिक्षाको प्रचारप्रसार र विज्ञान–प्रविधिको प्रवद्र्धनमा युवा पुस्ताकै मेहनत र योगदान जरुरी छ । यो जिम्मेवारी युवाहरूले पूरा गरेमा मात्र देशमा प्रगतिले गति लिनेछ । समाजको परिवर्तनमा सकारात्मक टेवा पुग्नेछ ।
नयाँ पुस्ताका लागि वैज्ञानिक शिक्षा प्रदान गर्नु आजको युवा पुस्ताको काँधमा रहेको अर्को जिम्मेवारी हो । सधैँ आध्यात्मिक र वैज्ञानिक दृष्टिकोणइतर शिक्षा पढाएर नयाँ पुस्तालाई युगको मागअनुसारको मानव वा विश्व नागरिकको रूपमा तयार गर्न सक्दैनौँ । वैज्ञानिक दृष्टिकोणअनुसारको शिक्षा व्यापक नहुँदा आज भौतिक र रासायनिक विज्ञानका प्राध्यापकहरू आ–आफ्नो विषयअनुसार नयाँ खोज अनुसन्धानमा भन्दा आध्यात्मिक भजनकिर्तनमा लागिरहेको देख्नसक्छौँ । भू–उपग्रहको डिजिटल ट्रान्समिसन र इन्टरनेटजस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी अन्धविश्वासको प्रचारप्रसार बढी भइरहेका छन् । समाजका लब्धप्रतिष्ठित र समाजसेवीहरूमै वैज्ञानिक दृष्टिकोणको अभावले नेपाली समाजमा कैयौँ समस्या सही तरिकाले समाधान भइरहेका छैनन् ।
व्यक्तिगत स्वार्थ, वित्तीय नाफा, कमिसन र भ्रष्टाचारसहितको पुँजीवादी राजनीतिक र आर्थिक व्यवस्था विश्वको अधिकतर भागमा कायमै छ । हाम्रो देश पनि त्यही अधिकतर भागमा पर्छ । कमिसनतन्त्रको जालोमा फसेका हुनाले पटक–पटकको राजनीतिक परिवर्तनपछि सत्तामा पुगेका नेताहरूले देश र बहुसङ्ख्यक जनताको हितमा काम गर्न सकेका छैनन् । शासन, प्रशासनका उच्च पदहरूमा योग्य र राम्रोलाई भन्दा चाकडी गर्ने, नजराना चढाउन सक्ने र हाम्रोलाई प्राथमिकता दिएर नियुक्ति भइरहेका छन् । हरेक सरकारी निकाय र कार्यालयहरू अनियमितता र भ्रष्टाचारको अखडा बनिरहेका छन् ।
पुँजीवादी व्यवस्थाका यस्ता दुर्गुण हाम्रो देशमा मात्र होइन केही बढी र केही घटी सबै पुँजीवादी देशहरूमा छन् । तसर्थ पुँजीवादी व्यवस्थाले बहुमत जनताको हित नगर्ने यथार्थ आफूले बुझ्दै र समाजलाई बुझाउँदै पुँजीवादको विकल्पमा समाजवादी व्यवस्थाका लागि सङ्घर्ष अगाडि बढाउनु पनि युवाहरूको जिम्मेवारी हो । कामदार वर्गका जनताको यस सङ्घर्षमा सही मार्गदर्शन गर्ने सिद्धान्त भनेका फेरि पनि माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारालगायतका समाजवादी र साम्यवादी सिद्धान्तहरू नै हुन् ।
जनप्रतिनिधिजस्तो निःस्वार्थरूपले जनताको सेवा गर्ने पदहरूमा व्यक्तिगत र पेशागत स्वार्थ बोकेका व्यापारी र ठेकेदारहरू पुगिरहेका छन् र तिनीहरूले आफ्नो पदको चरम दुरुपयोग गरिरहेका छन् । सरकारका मन्त्री र सचिवभन्दा मन्त्रीका पत्नी, छोराछोरी र स्वकीय सचिवहरू शक्तिशाली देखिएका छन् । प्रधानमन्त्री र मन्त्रीहरूका भ्रष्टाचारविरुद्ध सदाचारका अभिव्यक्तिहरू गाईजात्रे प्रहसनझैँ तिनीहरू आफैँविरुद्धका व्यङ्ग्य बढी लाग्न थालेका छन् । निमुखा जनता र युवाहरूका जायज मागको सुनुवाइ गर्न सरकारले चाहेको छैन । सरकारले दुईचार घराना व्यापारी र केही दर्जन ठेकेदारहरूलाई नै जनता मान्न थालेको आभास गर्न नेपाली जनता बाध्य छन् ।
देश झन् झन् ऋणको जालोमा फस्दै गएको छ । हरेक वर्ष वैदेशिक ऋण बढेर प्रत्येक नेपालीको टाउकोमा ऋणको भार ४२ हजार रुपैयाँभन्दा माथि पुगेको छ । हरेक वर्ष व्यापार घाटा बढ्दो छ । राज्य या सरकारको उदासिनताका कारण स्वदेशी उद्योग र उत्पादन विभिन्न तवरले ध्वस्त र शिथिल हुँदै गएको छ । आफ्नै देशमा आवश्यकताका विभिन्न वस्तु उत्पादन गर्नेभन्दा विदेशी वस्तु आयात गर्ने, कमिसन कुम्ल्याउने र भन्सार राजस्व वृद्धि गर्नेमा मात्र आजसम्मका सरकारहरूको चासो रहँदै आएको छ । गरिबी निवारण विदेशी अनुदान र ऋण पाउनका लागि जप्ने मन्त्र बनेको छ, निमुखा नेपाली जनतालाई रोजगार प्रदान गर्ने र उनीहरूको आय बढाउन सघाउनेतिर कुनै सरकारको पहल देखिँदैन । बहुमत नेपाली युवाहरू स्वदेशमा बेरोजगार रहन बाध्य छन् र बाध्य भएरै वेदेशिक रोजगारीका नाममा विदेशी र बहुराष्ट्रिय कम्पनीहरूमा दासका रूपमा बेचिन बाध्य छन् । पुँजीवादी व्यवस्थाका यस्ता दुर्गुण हाम्रो देशमा मात्र होइन केही बढी र केही घटी सबै पुँजीवादी देशहरूमा छन् । तसर्थ पुँजीवादी व्यवस्थाले बहुमत जनताको हित नगर्ने यथार्थ आफूले बुझ्दै र समाजलाई बुझाउँदै पुँजीवादको विकल्पमा समाजवादी व्यवस्थाका लागि सङ्घर्ष अगाडि बढाउनु पनि युवाहरूको जिम्मेवारी हो । कामदार वर्गका जनताको यस सङ्घर्षमा सही मार्गदर्शन गर्ने सिद्धान्त भनेका फेरि पनि माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारालगायतका समाजवादी र साम्यवादी सिद्धान्तहरू नै हुन् ।
Leave a Reply