सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
बर्नार्ड कन्डोन, म्याट सेडेन्स्की र मेघन होयर
न्युयोर्क, २७ साउन (एपी) । ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोना भाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शय्याको यस नर्सिङ होममा चार जनाको मात्र मृत्यु भएको उल्लेख छ ।
तर नर्सिङ होमका अनुसार सत्य निकै डरलाग्दो छ । यहाँ २१ जनाको ज्यान गएको थियो । उनीहरूको मृत्यु हुनुअघि हतारमा अस्पतालमा सारिएको थियो ।
यहाँ एक नियमित आकस्मिकताझैँ थियो, प्रशासक एमिल फुजायेभले भन्नुभयो । “एकपछि अर्को व्यक्तिको मृत्यु भएको थियो ।”
न्युयोर्कका नर्सिङ होमहरूमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या वास्तवमै ठूलो छ । न्युयोर्क राज्यमा अमेरिकामै सबैभन्दा बढी नागरिकको कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गएको थियो । राम्रो सेवा सुविधा दिएको दाबी गर्ने नर्सिङ होमहरूले सङ्कटका घडीमा राम्रो काम गर्न नसकेको आरोप लाग्न थालेको छ ।
उनीहरूले नर्सिङ होममा आश्रित व्यक्तिहरूको मृत्युको सङ्ख्या पनि न्यून देखाएका छन् । नर्सिङ होममा बिरामीको मृत्यु हुनैलाग्दा अस्पताल पु¥याइएका ती व्यक्तिलाई नर्सिङ होमको रेकर्डमै राखिएको छैन । त्यस विवरणले नर्सिङ होममा मानिसको मृत्यु भएको देखाउँदैन ।
राज्यको आधिकारिक केयर होममा भएको मृत्युको सङ्ख्या हालसम्म ६ हजार ६०० मात्र देखाइएको छ । तर डेमोक्रेटिक पार्टीका तर्फबाट गभर्नर रहेका एन्ड्रु कुमो प्रशासनले यो सङ्ख्या बताउन इन्कार गरेको छ । अन्य राज्त्न्दा राम्रो काम गरिरहेको देखाउन पनि कुमो प्रशासनले वास्तविक विवरण लुकाउन खोजेको आरोप छ ।
यसै महिनाको सुरुमा नर्सिङ होमसम्बन्धी एक संसदीय सुनुवाइका क्रममा न्युयोर्कका स्वास्थ्य आयुक्त होवार्ड जुकरलाई राज्यका सिनेटर गुस्ताभो रिभेराले व्यङ्ग्यमिश्रित भनाइ राख्नुभएको थियो, “यही त समस्या हो । यस मुद्दालाई तपाईँ अलगरूपमा परिभाषित गर्न प्रयास गरिरहनुभएको छ ता कि तपार्इँ अरू राज्त्न्दा अझ राम्रो देखिन सक्नु हुन्छ ।”
यसले कति धेरै फरक पार्नसक्छ ? मे महिनायता, सङ्घीय नियामकहरूले नर्सिङ होमहरूलाई कोरोना भाइरसबाट व्यक्तिको मृत्युका बारेमा विवरणहरू प्रत्येक हप्ता बुझाउन भनिरहेका छन् चाहे उनीहरूको मृत्यु नर्सिङ होममा होस् वा अस्पतालमा ।
किनभने न्युयोर्कको प्रकोप उच्चतम विन्दुमा पुगे पनि विवरणहरू तुलनात्मकरूपमा सानो छ । सङ्घीय विवरणका अनुसार, राज्यको नर्सिङ होमहरूमध्ये पाँचौँ होमले जूनको सुरुदेखि मध्य जुलाईको बीचमा त्यहाँ आश्रित व्यक्तिको मृत्युको घटना टिपाएका थिए जसमा ३२३ व्यक्तिको मृत्यु भएको जनाइएको छ जबकि राज्यले गरेको गणनामा त्यस अवधिमा १९५ जनाको मात्र ज्यान गएको देखिएको छ ।
महामारीको सुरुदेखि नै आधामात्रै गणना गर्दा पनि नर्सिङ होमहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको अनुमान गर्न सकिन्छ र यो सङ्ख्या हजारौँ हुनसक्नेछ ।
सङ्ख्याको अर्को समूहले पनि गणनामा कमजोरी रहेको देखाएको छ । राज्यको स्वास्थ्य सेवा विभागले गरेको सर्वेक्षणले यस वर्ष नर्सिङ होमहरूमा २१ हजार शय्या खाली रहेको देखाएको छ, जुन अनुमानभन्दा १३ हजार बढी हो । यसले नर्सिङ होममा मृत्यु हुनेको आधिकारिक सङ्ख्या झन्डै दोब्बर रहेको देखाउँछ । हो, महामारीका बीचमा नर्सिङ होममा आश्रय लिन खोज्नेको सङ्ख्यामा कमी आएको र मानिसहरूले आफ्ना प्रियजनलाई नर्सिङ होममा नपठाउन चाहेको केही सङ्ख्या पनि हुनसक्छ । तर, ठूलै सङ्ख्यामा शय्याहरू खाली हुँदा शङ्का उत्पन्न गराएको छ ।
न्युयोर्कको गणना त्रुटिपूर्ण रहे पनि गभर्नर कुमोले अन्य राज्यहरूको तुलनामा राम्रो गरिरहेको भन्न हिच्किचाउनुभएको छैन ।
न्युयोर्कका नर्सिङ होममा भएका मृत्युका बारेमा कुमोलाई प्रश्न गर्दा उहाँ हरेकचोटि त्यस्तो आलोचना राजनैतिकरूपमा अभिप्रेरित रहेको भन्दै टिप्पणी गर्ने गर्नुहुन्छ । उहाँ न्युयोर्क राज्यका नर्सिङ होममा मृत्यु भएकाहरूको सङ्ख्या कुल सङ्ख्याको २० प्रतिशत रहेको दाबी गर्नुहुन्छ ।
उहाँको भनाइमा न्युयोर्कका नर्सिङ होममा भएको मृत्युसङ्ख्या दर अन्य राज्त्न्दा कम रहेको छ । पेन्सिल्भेनिया राज्यमा कूल मृतकमध्ये नर्सिङ होममा आश्रितको सङ्ख्या ६८ प्रतिशत, म्यासाचुसेट्समा ६४ प्रतिशत तथा न्युजर्सीमा ४४ प्रतिशत रहेको विवरण सार्वजनिक भइसकेका छन् ।
कुमोले सोमबार एक प्रेस ब्रिफिङमा भन्नुभयो, “न्युयोर्कसँग अरु राज्यको तुलना गरौँ, तथ्य विवरण नै हेरौँ । तपार्इँले देख्नुभएकै छ, न्युयोर्कका नर्सिङ होममा मृत्यु भएका व्यक्तिको प्रतिशत कूल मृत्यु भएका व्यक्तिको सूचीमा सबैभन्दा तल्लो स्थानमा छ ।”
गत महिनाको एक अर्को ब्रिफिङमा पनि कुमोले अमेरिकी राज्यहरूमध्ये न्युयोर्क ३५ औँ स्थानमा रहेको दाबी गर्नुभएको थियो । “पहिले अरु ३४ वटा राज्यमा गएर कुरा राख्नुहोस् । रिपब्लिकन शासित राज्यहरू फ्लोरिडा, टेक्सास, एरिजोनामा सोध्नुहोस् । त्यहाँ नर्सिङ होमको अवस्था के छ सोध्नुहोस् । यो सबै राजनीति हो ।”
बोस्टन विश्वविद्यालयका वृद्धावस्थासम्बन्धी स्वास्थ्यविज्ञ टमस पर्ल्सले न्युयोर्कमा नर्सिङ होममा २० प्रतिशतको हाराहारीमा वृद्धवृद्धाको मृत्यु भएको तथ्याङ्क विश्वसनीय नरहेको बताउनुभयो ।
एसोसिएटेड प्रेसले गरेको सर्वेक्षणले देशभर ६८ हजार २ सय भन्दा बढीको मृत्यु नर्सिङ होम र यस्तै स्थानमा आश्रित व्यक्ति एवम् नर्सिङ कर्मचारीको मृत्यु भएको देखाएको छ । अमेरिकामा पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमितमध्ये १ लाख ६३ हजारको मृत्यु भइसकेको छ ।
केजर फेमिली फाउन्डेसनले तयार पारेको ४३ राज्यका नर्सिङ होमको विवरणअनुसार कुल मृतकमध्ये नर्सिङ होममा आश्रितहरूको सङ्ख्या ४४ प्रतिशत रहेको छ । यही अनुपातलाई आधार मान्दा पनि न्युयोर्कमा ११ हजारभन्दा बढी व्यक्तिको नर्सिङ होममा मृत्यु भएको मान्न सकिन्छ ।
Leave a Reply