कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या बढ्न थालेपछि सरकारका जिम्मेवार व्यक्तिले सरकारले अस्पताल र स्वास्थ्य सेवा गर्न नसक्ने हुँदा आ–आफ्नो जीवनको सुरक्षा गर्न आफैँ सचेत हुन आग्रह गरेर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको छ । रोगी र मृतकको सङ्ख्या बढेपछि तद्नुसार पूर्वाधार तयार गरेर अघि बढ्नुपर्ने सरकार पन्छिन खोज्नु लाजमर्दो कुरा हो । स्वास्थ्योपचारको लागि आवश्यक सामग्री, ठाउँ र व्यवस्थापनको बन्दोबस्त अस्पताल व्यवस्थापन समिति र जिम्मेवार चिकित्सकहरूले गर्ने र सोको लागि आवश्यक खर्च सरकारले व्यवस्था गर्नुपर्छ । रोगीको सङ्ख्या बढेपछि सरकार र व्यवस्थापन समिति झन् जिम्मेवार हुनुपर्छ ।
अस्पतालमा सङ्क्रमितहरूको लागि छुट्टै कोठा र अन्य रोगीहरूको निम्ति छुट्टै कोठाको व्यवस्था हुनुपर्छ । तत्काल अस्पताल बनाउन नसके पनि अस्पतालकै चउर या खुला ठाउँ या प्राङ्गणमा अस्थायी अस्पतालको व्यवस्था गर्न सकिन्छ । आवश्यक उपाय नखोजी सरकारले पर्याप्त सेवा दिन नसक्ने र अस्पतालले ठाउँ, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरू नै पुग्दैन भनेर पन्छिने होइन । सरकारले चाहेमा आवश्यक थप ठाउँको व्यवस्था गर्नसक्छ, स्वास्थ्यकर्मीहरूको सङ्ख्या पनि बढाउन सक्छ ।
सरकारले व्यवस्था नगर्ने, अस्पतालले पनि नहेर्ने हो भने सङ्क्रमितहरू के कीराफट्याङ्ग्राले झैँ ज्यान फाल्ने ? सङ्क्रमितहरू खुलमखुला समुदायमा हिँडाएर के नेपाललाई पनि अमेरिका, ब्राजिल र भारतमा जस्तो कोरोनाको महामारीको अर्को केन्द्र बनाउने ¤ आपत्विपत् र सङ्कटमा पर्दा सरकार झन् जिम्मेवार बन्नुपर्छ, जिम्मेवारीबोध भएर सरकार लाग्नुपर्छ । कोरोना सङ्क्रमितहरूको आवश्यक व्यवस्थापन नगर्ने हो भने सरकारको के अर्थ रह्यो र ¤ सरकार हुनु र नहुनुमा के फरक रह्यो ? सत्तारुढ दल कोरोना सङ्क्रमित, बाढी पीडित र डुवानमा परेका जनताको वास्ता नगरी पार्टीको अन्तरकलहमा फसेर सरकारले मात्र हेर्न सक्दैन भनी जिम्मेवारीबाट पन्छिन मिल्दैन । यतिबेला सरकारको ध्यान कोरोना सङ्क्रमण नियन्त्रण गर्ने र सङ्क्रमितहरूको लागि आवश्यक सबै खर्च सरकारले व्यवस्था गर्नुपर्छ । बाढी पहिरो र डुवानबाट पीडित जनतालाई गाँस, बास र कपासको व्यवस्था गर्नुपर्छ । यस कार्यमा ढिलो भए रोग, भोक र शोकले मर्नेहरूको सङ्ख्या अपत्यारिलो ढङ्गले बढ्नेछ । सरकारको ध्यान यसै विषयमा केन्द्रित हुनुपर्छ । पीडित जनताको तुरून्तै राहतको व्यवस्था गरेर सरकार अघि बढ्नुपर्छ । यो सरकारको जिम्मेवारी हो, जिम्मेवारी पालना गर्नुपर्छ । सरकारको हेलचेक्राइँले कोरोना पीडितहरूको भयावह नहोस् ।
Leave a Reply