कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेपाली जनता आफ्नो सांस्कृतिक परम्परा गर्वका साथ मनाउँछन् । संस्कार र संस्कृतिहरूमध्ये जात्रा पर्व पनि एक हो । जात्रा पर्व मानव जीवनमा मनोरञ्जनको लागि चलाएको भए पनि धार्मिक परम्पराको रूपमा चलाउँदै आएको देखिन्छ । धर्म र अन्धविश्वासले जरा गाडेको समाजमा त्यस किसिमका जात्रा पर्वहरूमा मानिसहरू बढी नै सहभागी हुन्छन् । हिजो आज मानिसहरू घुम्ने रमाउनेमा बढी इच्छा गरेको देखिन्छ । जात्रा पर्व भन्यो कि अक्सर युवा युवती नै बढी देखिन्छन् ।
जात्रा पर्वको महत्व आफ्नै ठाउँमा छ । सांस्कृतिक हिसाबले मात्र होइन मनोरञ्जनको हिसाबले पनि महत्वपूर्ण छ । मनोरञ्जन मानवीय जीवनमा अत्यावश्यक छ । यतिबेला नेपालीहरूको चाडबाडको बेला हो । धार्मिक मेला पर्व सुरु भइरहेका छन् । जात्रा पर्व भनेपछि छोड्न नसक्ने नेपालीहरूलाई यतिबेला सोच्नैपर्ने बेला आएको छ । यही बेला कोरोना विश्वभरि महामारीको रूपमा फैलिएको छ । सात लाखभन्दा बढीको ज्यान गइसकेको छ भने करोडभन्दा बढी सङ्क्रमित भएका छन् । यो भाइरस नेपालमा पनि समुदायमै फैलिसकेका छन् । बीस बाइस हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेको अवस्थामा को सङ्क्रमित छ ? को छैन ? कसैले कसैलाई विश्वास गर्ने अवस्था छैन । एकजना सङ्क्रमितले पनि धेरैलाई सार्नसक्ने यो भाइरस रोगबाट हामी सचेत हुनैपर्छ । जात्रा पर्व र चाडबाड भनेको हामी रहे रहने हो । चाडबाड र जात्रा पर्व भनी जिद्दी नगरौँ । हामी रहे जात्रा पर्व रहन्छ, हामी नै नरहे जात्रापर्वको के अर्थ भयो ?
Leave a Reply