अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ४
- आश्विन ७, २०८३
‘न्याय नपाए गोरखा जानू, शास्त्र हराए काशी जानू’ भन्थे उहिले । भन्न त अहिले नि भन्छन् । एकपल्ट जनजिब्रोले टिपेको भनाइ सितिमिति कहाँ हराउँछ र ? सुन्यो भन्यो, सुन्यो भन्यो, सुन्यो भन्यो । अर्थ भन्या सधैँ मिल्नैपर्छ भन्ने कहाँ छ र ? न्याय र शास्त्र हराए जानू भनेको ठाउँ अब त्यति पत्यारिलो मानिँदैन । अधिकारी दम्पतीले गोरखामा न्याय नपाएर काठमाडौँ आएको र यहाँसमेत न्याय नपाएको देखेको पुस्ता न्याय खोज्न के खाएर गोरखा जाँदो हो ।
उसो त अचेल शास्त्र खोज्न पनि को जान्छ र काशी ? हाम्रा अग्रज हराएको शास्त्रमात्र हैन, ज्ञान र मोक्ष खोज्नसमेत काशी जान्थे । एक पुस्ताअघिसम्म हाम्रा कवि, लेखक, साहित्यकार, नेता, प्रशासक, शिक्षक तथा साधारण पठितसमेत लगभग काशीकै उत्पादन हुन्थे । शास्त्र खोज्न अन्त जाने हाम्रो क्रम अझै भङ्ग भएको छैन, मात्रगन्तव्य बदलिएको छ । काशीमा हराएको शास्त्र अहिले युरोप, अमेरिका, अष्टे«लिया, जापानतिर गएर खोजिन्छ । त्यता हुँदो शास्त्र खोज्न गएका फर्कने ग्यारेन्टी भने हुँदैन किनभने त्यहाँ शास्त्र भेटिनेमात्र नभएर पछि त्यसैलाई बेचेर खाने ग्यारेन्टीसमेत छ रे ।
व्यापारमा भूलचूक लिने–दिने भनेझैँ भन्ने सुन्ने कुरामा पनि समयअनुसार थपघट हुन्छ । हिन्दुस्थानका उच्च आदर्शवादी नेता लालबहादुर शास्त्री प्रधानमन्त्री भएको बेला ‘जय जवान, जय किसान’ को नारा अघि सारेथे । त्यसमा ‘जय विज्ञान’ थपेर अटलविहारी बजपेयीले नारालाई समयानुकूल बनाएथे । बाजपेयीपथको अनुसरण गदै ‘न्याय नपाए गोरखा जानू, शास्त्र हराए काशी जानू’ मा ‘जाँगर हराए अनामनगर जानू’ थपेर समय सापेक्ष बनाइदिऊँ कि जस्तो लाग्यो । कारण गोरखा गएर न्याय पाउने, काशी गएर शास्त्र भेटिने कुरा यस्तै उस्तै हो, अनामनगर गए जाँगर पलाउने भने ग्यारेन्टी छ ।
कहाँ हो त त्यस्तो ग्यारेन्टी जाँगर भेटिने ठाउँ ? आउनुहोस् जाऔँ त्यता हुँदो ः सिंहदरबार पर्खालको इशान कोणबाट घट्टेकुलो जाने बाटोबाट भित्र पस्नूस्, बुद्ध स्तुपबाट पूर्वतिर लाग्नुस् । हैन कता सोझ्या भन्या ? यता दाहिने गल्लीबाट भित्र, एक, दुई, तीन, चार, पाँच, छ, सात हो, सात घुम्ती पार गरेपछि एउटा गेट आउँछ, त्यसको छेकिस्नी खोलेर भित्र पस्नुस् । यस्तो टेढो बाटो हिँडेर के जाँगर भेटिनु ? भन्ने लाग्ला हैन ? जाँगर भनेकै बाङ्गटिङ्गो, टेढामेढो, गा¥होसा¥हो बाटो हिँडेर पलाउने हो । सोझो बाटो हिँडेर घिउ आउने जमाना त गएबाबै अब ।
अब धेरै दोमन नगरी एक, दुई, तीन तला उक्लेर माथि पुग्नुस् । लिफ्ट रे ? यो औसत आयको नेपालीले विशुद्ध एक नम्बरी कमाइले जोरेको घर हो महासय कहाँ लिफ्टसिफ्टको कुरा ग¥या । उमेर चाहिँ कति भयो बरु तपाईँको । हैन, हैन मलाई तपाईँको उमेर जान्नु छैन, गन्तव्यमा पुगेपछि उठ्न सक्ने सम्भावित प्रश्न (Question out) गरिदिएको मात्र हो ।
माथि पुग्नुभो हैन ? पहिले पहिले भए तपाईँ सोझै भित्र जान सक्नुहुन्थ्यो तर अहिले बेला त्यस्तै प¥यो । पहिले ऊ त्यो धारामा गएर साबुन पानीले २० सेकेन्ड मिचिमिची हात धुनोस् । अनि यता आएर ढोकामा नछोइकन भित्र चिहाएर हेर्नूस् त । देख्नुभो । कसरी नदेख्नु ? कालो बडेमाको आसनमा गजधम्म बसेर अगाडि खटियामा राखेको कागजमा तन्मय भएर केही लेखिरहेका शिरको आधा भागसम्म कपाल नभएका सानासाना गाँठीका मान्छे देख्नु भएन । हो, उहाँ नै हो जाँगर बढाउने बुटी ।
आज उहाँको ९३ औँ जन्म दिन । पोहोर परार भए सानोतिनो मेला नै लाग्थ्यो यो ठाउँमा । ‘मेरो बर्थडे’ भनेर तोते बोली बोल्ने बच्चाले प्रदर्शन गर्नेभन्दा बढी उत्साह, उमङ्ग, जोश, जाँगर, उत्सुकता देख्न पाइन्थ्यो । लिष्ट बनाएर, फोन गरीगरी मान्छे बोलाएर जन्मदिन मनाउनै पथ्र्यो उहाँलाई । तर, यसपालि ‘को भीड गर्दै छ ?’ भनेर कोरोेनाले चियोचर्चो गर्छ कि भन्ने डरले उहाँको जन्मोत्सव कार्यक्रम हुनसकेन । तर, केही छैन, खुसी हुनका लागि बहाना ठुलो चाहिन्न क्या उहाँलाई । फोनबाटै उहाँलाई गद्गद् पार्न सकिनछ ः ‘दाइ, जन्मदिनको उपलक्ष्यमा हार्दिक बधाई ! स्वस्थ दीर्घजीवनको शुभकामना । यहाँको सार्थक जीवनको छत्रछायाँ सदासर्वदा प्राप्त भइरहोस् !
तपाईँ सर भनोस्, भैरव सर भनोस्, भैरव दाइ अथवा दाइमात्र भनेर बोलाउनुहोस् केही फरक पर्दैन । हुन त जाँगरको बुटीले तपाईँको बा, उस्तै परे हजुरबाले भन्दा पनि दुईचार भोटा बढी फटाइसक्नुभएको होला । तर, उमेरको भ्रममा परेर ‘बा’ अथवा ‘हजुरबा’ को नाता लगाउने गल्ती नगरेकै बेस । पाकोपन जनाउने सम्बोधन उहाँलाई उति निको लाग्दैन । निस्फिक्रीसँग ‘दाइ’ भनिदिए हुन्छ । पहिलेदेखि नै चिन्नुहुन्छ ? राम्रो । तर, उहाँ को भने भर नपर्नुहोला नि । त्यत्रो दिनसम्म सङ्गत गरेको । हाम्रो घरैमा आएर बसेर, औपचारिकता पर्वाह नगरी ‘घिउ छैन ?’ भन्दै आत्मीयताका साथ खाना खाएको मान्छे कसरी नचिन्नु हाऊ मलाई ? भन्ने लाग्ला हैन । ल उसो भए ठोकौँ न त बाजी ।
तपाईँ ‘दाइ’ भनेर दङ्ग पर्दै बोलाउनुहोला, पुलुक्क हेर्दै उहाँ ‘माफ गर्नुहोस्, मान्छे बिर्सने मेरो नराम्रो बानी छ’ भन्दिनुहोला । यो सुनेर तपाईँसँग भएको अलिअलि जाँगर पनि हराउला भनेर मानसिकरूपमा पहिल्यै तयार पारिदिएको । तर, नआत्तिनोस् । पहिले तपाईँ आउनुको कारण प्रस्ट्याउनुहोस् । गरिरहेको काम थन्क्याएर उहाँबाहिर निस्कनुहुन्छ । उहाँको हिँडाइ देखेर ‘डो¥याउन जाऊँ कि ?’ जस्तो लाग्ला ? पर्दैन पर्दैन । ‘म सक्छु’ भन्ने द¥हो आत्मविश्वासपूर्ण जवाफ पाएपछि तपाईँ मद्दत गर्नबाट हच्कनुहुनेछ । उहाँको हिँडाइमा समस्या हो, जाँगरमा हैन ।
अब दुई मिटरको दुरीमा मेच राखेर आम्नेसाम्ने बसेर बेलिविस्तार लगाउनुहोस् कहिले, कहाँ, किन, कसरी, कतिपल्ट भेट भएथ्यो । जीवनमा यति राम्रो स्रोता कहिल्यै पाउनुभएथ्यो ? पक्कै थिएन । एक एक कुरा ध्यानपूर्वक सुनेपछि उहाँले सबैथोक सम्झनुहुन्छ, सिवाय तपाईँलाई । वास्तवमा नै मान्छे नसम्झने उहाँको कमजोरी हो, ढाँटेको हैन । ढुक्क केमा हुनुहोस् भने, कसैलाई खुसी वा दुःखी बनाउने उद्देश्यले मात्र ढाँटको खेती उहाँबाट हुँदैन । होलाई हो, होइनलाई होइन । तेलबेसार दल्ने, चिल्लो चापुल्लो घस्ने न बानी छ, न आवश्यकता । कसैलाई खुसी पारेर न फाइदा लिनु छ, कोही रिसाएर न केही बिग्रन्छ । त्यसैले उहाँका कुरा २४ क्यारेट लेखेको सुनभन्दा शुद्ध साँचो ठानेर विश्वास गर्ने सुविधामा तपार्इँ हुनुहुन्छ ।
अब मूल कुरोतिर लागौँ । तपाईँ किन आउन भएथ्यो रे ? जाँगर खोज्न हैन ? जाँगर हरायो, कतै केही आश देखिँदैन । काम गर्ने आधार छैन, जागिर खाऊँ पढेको छैन, पढे दक्षता छैन, क्षमता छैन, सीप छैन, आफ्ना मान्छे भए यो केही चाहिँदैनथ्यो । छैनन् । न झोले भएर हिँडियो, न झन्डा बोकेर कुदियो । उद्योग गरौँ, पुँजी छैन । अनि जाँगर भन्ने तत्व कहाँबाट आओस् ? तपाईँको विचार यिनैमध्ये पर्छ हैन त ?
अब तपाईँको बोल्ने पालो सकियो, आदर्श स्रोता बनेर सुन्नुहोस् ः केही नहुने पनि मान्छे हुन्छ ? धन नहोला रे, सम्पति नहोला रे लौ । पाँचवटा बाघले खाइनसक्ने ज्यान छैन ? नभए डेढ किलोग्रामको दिमाग त छ नि ? किन साँचेको त्यसलाई, घोट्नोस् बेस्करी घोट्नोस्, जति घोटे नि त्यो कम हुँदैन क्यार । सकिन्छ बङ्गबङ्ग कोदाली खन्नुहोस्, व्यावसायिक खेती गर्नुहोस्, गाईभैँसी पालेर झ्वाईँ झ्वाईँ दूध दुहेर बेच्नुस्, मौरी पालेर मह बेच्नुहोस् । च्याउखेती गरेर होटल होटलमा दिनुहोस्, टनेल खेती गरेर अर्गानिक तरकारीको स्टोर खोल्नुहोस् । लेख्नजाने लेख्नुहोस्, पढाउन जान्ने भए पढाउनुहोस् । बाठो हुनुहुन्छ ? व्यापार गर्नुहोस् । मान्छेले हावा (अक्सिजन), पानी (मिनरल वाटर), माटो बेचेर जीविका चलाएका छन् । दुनियाँमा कामै काम छन्, अलिकति आँट, अलिकति हिम्मत, धेरै जाँगर चाहिन्छ क्या ।
तपाईँले पत्याउनुभो ? अहँ ! त्यस्तो कहाँ होला र ? उसो भए उहाँलाई कच्चा खेलाडी ठान्नुभो ? तीन बीस पाँच वर्ष पत्रिकारिता गरेको, पत्रकार पनि पढेर हैन, परेर भएको । हावामा तीर हानेर प्रसिद्ध बन्ने उमेर हो उहाँको ? स्रोतबिनाको समाचार दिने गल्ती हुँदैन के उहाँबाट, ढुक्क हुनुहोस् ।
पत्यार लागेन ? ल पख्नोस् । आफूले भनेका कुरा पुष्टि गर्ने सबै सामग्री छन् उहाँसँग । यी हेर्नुहोस्, इलामको फलानो गाउँमा आलु र अलैँची बेचेर गृहस्थी चलाउँछन्, अकबरे र अम्लिसो बेचेर चाडपर्व मनाउँछन्, चियापत्ती बेचेर घर बनाउँछन् । गुल्मीमा कफी बेचेर छोराछोरी पढाउँछन् । जुम्लाको, मुस्ताङको स्याउको सुकुटी किन्न मान्छे गाडी चढेर त्यहाँ पुग्छन् । रसुवामा विदेशबाट फर्केकाले डाँडाभरि ट्राउट माछा पालेर भने जति भाउमा बेचिरहेका छन् । यहीँ काँठतिर काँक्रा, फर्सी, फर्सीको मुन्टा बेचेर गाडी चढ्छन् । टनेल खेती गरेर फलानो उक्सिएको छ, अर्गानिक खेती गरेर ढिकानेले जिन्दगी चलाइरहेको छ । सबैथोक छ तपाईँसँग, छैन त केबल मनमा जाँगर । त्यो झिक्नुहोस् के, त्यसलाई उकास्नुहोस् । सारमा कुरो यही हो ।
यति बेरमा उहाँको फोनको घण्टी कतिपल्ट बज्यो ? कति उत्साहले कुरा गर्नुभो ? कति लामो हाँसो हाँस्नुभयो ? याद गर्नुभो नि हैन ? तपाईँलाई लाग्यो होला ठुलै खजाना उहाँको हात लाग्यो ? झिनामसिना कुरामा मान्छे यति प्रसन्न हुनसक्छ ? हैन महासय हैन । उहाँ खुसी हुन ठुलो कुरो आवश्यकै पर्दैन । कसैले सम्झेर फोन ग¥यो, त्यसैमा खुसी ? कसैले गरेन, गुनासो छैन, आफैँ क्याच् क्याच् क्याच् क्याच् नम्बर थिच्यो, कुरा ग¥यो दङ्गदास प¥यो गर्ने खुबी छ उहाँसँग । सोच्नुभयो होला ः फोन कसलाई मात्र गर्नु र ? यो निराशावादीले सोच्ने कुरा । कुरै नगरौँ, बाजेदेखि नाति गरी तीन पुस्तासँग घनिष्ठ दौत्य सम्बन्ध रहन सक्छ उहाँको । पत्यार लागेन । बाजे कमलमणि दीक्षित हुञ्जेल उहाँसँग, उहाँका छोराहरू कुन्दमणि दीक्षित, कनकमणि दीक्षित तथा नाति इमलमणि दीक्षित तीन पुस्तासँग उहाँको गम्भीरभन्दा गम्भीरदेखि, ख्यालठट्टा, हाहाहिहिसम्मको सम्बन्ध थियो, र अहिले पनि छ ।
आज अलि बढी नै फोन आएछ क्यार । ए, हो त नि । आज उहाँको ९३ औँ जन्म दिन । पोहोर परार भए सानोतिनो मेला नै लाग्थ्यो यो ठाउँमा । ‘मेरो बर्थडे’ भनेर तोते बोली बोल्ने बच्चाले प्रदर्शन गर्नेभन्दा बढी उत्साह, उमङ्ग, जोश, जाँगर, उत्सुकता देख्न पाइन्थ्यो । लिष्ट बनाएर, फोन गरीगरी मान्छे बोलाएर जन्मदिन मनाउनै पथ्र्यो उहाँलाई । तर, यसपालि ‘को भीड गर्दै छ ?’ भनेर कोरोेनाले चियोचर्चो गर्छ कि भन्ने डरले उहाँको जन्मोत्सव कार्यक्रम हुनसकेन । तर, केही छैन, खुसी हुनका लागि बहाना ठुलो चाहिन्न क्या उहाँलाई । फोनबाटै उहाँलाई गद्गद् पार्न सकिनछ ः ‘दाइ, जन्मदिनको उपलक्ष्यमा हार्दिक बधाई ! स्वस्थ दीर्घजीवनको शुभकामना । यहाँको सार्थक जीवनको छत्रछायाँ सदासर्वदा प्राप्त भइरहोस् !
Leave a Reply