भर्खरै :

“म मेरो सिद्धान्त त्याग्न सक्दिनँ” – २

बेलायती साम्राज्यका इमानदार संरक्षक चर्चिलको यो मूल्याङ्कन र स्वीकारोक्ति कुनै ढोँङ या राजनीतिक दाउपेच हुनसक्दैनथ्यो । तत्कालीन समयमा सोभियत सङ्घमाथि राजनीतिक, वैचारिक तथा नैतिक कारणमात्र हमला हुन्नथ्यो बरु अन्तरनिहित सामाजिक कारणले पनि हमलाहरू हुन्थे । ती हमलाकारीहरू सोभियत सङ्घको सिमानाभित्रै आफ्नो स्थान र अखडा जमाउँथे । ती हमलाहरूसँगै सोभियत सङ्घभित्र पेशेवर कम्युनिस्ट विरोधीहरू पश्चिमबाट प्रवेश गरे । ती ‘स्तालिनवाद’ विरोधी नारा लगाउँदै सोभियत जनताको माझमा प्रवेश गरेका थिए । अक्टोबर क्रान्तिले फालेका सम्भ्रान्त वर्ग र शासकका सन्तानहरू ती हमलामा सामेल बने । रुसी सामाजिक प्रजातन्त्रको कुरा गर्ने डान र माट्रोभका उत्तराधिकारी ट्रोट्स्की अर्थात् यागोडाका अनुयायीहरू अवसरवादी, व्यापारीहरूका सन्तान जस्ता समाजवादविरोधीहरूले स्तालिनविरोधी हमलामा साथ दिए ।
सोभियत इतिहासमा स्तालिन एक विरोधाभाषपूर्ण र जटिल व्यक्तित्वको रूपमा चित्रण गरिए पनि उनले समाजवाद जोगाउन गरेका कठिनभन्दा कठिन कार्य, जस्तोसुकै परिस्थितिमा अविचलित लडिरहने उनको क्षमता, स्पष्ट वैचारिक अडानको खुलेर प्रशंसा हुन जरुरी छ भन्छिन्, नीना । स्तालिनको जीवनको छोटो अवधिलाई होइन उनको जीवनकाललाई ऐतिहासिक योगदानको दृष्टिले हेर्न आवश्यक छ । त्यतिमात्र होइन स्तालिनलाई सोभियत रुसमात्र होइन अन्तर्राष्ट्रिय दृष्टिकोणबाट चिनाइन जरुरी छ । स्तालिनको व्यक्तित्व चर्चामा नीना लेख्छिन् – “हामीले ऐतिहासिक विश्लेषणको माक्र्सवादी–लेनिनवादी अवधारणा एवम् विधि पालना ग¥यौँ ।”
विद्यार्थी र बुद्धिजीवीहरूसँग वर्गीय दृष्टिकोणको अभाव देखेर नीना चिन्तित थिइन् । वर्गसङ्घर्षलाई निरपेक्ष ढङ्गले हेरिन थालिएको थियो । उनले प्रश्न गरिन्, “आज के भइरहेको छ, के अन्तर्राष्ट्रिय कामदार वर्गले विश्व पुँजीविरुद्ध लड्न आवश्यक छैन ? के आज राजनीतिक सङ्गठनले पुँजीलाई मूर्त रूप अर्थात् स्वीकारेको अवस्था हो ? नीना थप्छिन् – “मलाई वर्तमान वादप्रतिवाद या छलफलको केन्द्र यी नै प्रश्न हुन् भन्ने लाग्छ । गोर्भाचोभले अगाडि सारेको पेरेस्ट्रोइकाको नेतृत्व र परिचालन समाजको कुन वर्ग या तहले गर्छ ?” नीनाले लेखक अलेक्जान्डर प्रोखानेभको अभिव्यक्तिलाई पत्रमा जोडेकी छिन् । पेरेस्ट्रोइकालाई अलेक्जान्डरले ‘वैकल्पिक टावर’ को संज्ञा दिए । फरक बाटोबाट ‘युद्धबाट निर्माण भएको समाजवाद’ लाई पराजित बनाउने अवधारणा थियो, त्यो । पेरेस्ट्रोइका समाजवादको मूल्यमान्यताको हत्या गर्न ल्याइएको हो भन्नेमा अलेक्जान्डर पनि सहमत थिए तर उनको अभिव्यक्तिले घुमाइफिराइ पेरेस्ट्रोइकाकै पक्ष लिएको टिप्पणी नीनाले गरिन् । पेरेस्ट्रोइका ‘वामपन्थी उदार समाजवादी’ को एउटा अभियान थियो जसले समाजवादको इतिहासलाई नक्कली र असफल प्रमाणित गर्ने प्रवृत्ति हुर्कायो । देशको इतिहासमा केही प्राप्ति भएन, हिजो केही गर्न सकिएन, मात्र अपराध भए, गल्तीहरू भए भन्ने हल्ला तिनले गरे । हिजो र वर्तमानमा प्राप्त उपलब्धिहरूलाई छोप्ने र मिल्काउने घृणित कार्य गर्नु नै सो अभियानको उद्देश्य थियो । तिनले ऐतिहासिक सत्यमाथि कब्जा जमाउन खोजे, समाज विकासको सामाजिक राजनीतिक अवधारणा एवम् मापदण्डलाई शैक्षिक नैतिक वर्गीकरणले विस्थापन गरे । सोभियत सङ्घभित्र यसो भइरहँदा प्रश्नहरू उठेका थिए – बोल्सेविक पार्टी केन्द्रीय समिति र सोभियत सङ्घको नेतृत्वदायी भूमिकामा रहेका महत्वपूर्ण नेताहरू सिद्धान्तमा सम्झौता किन गर्दै छन्, किन अनादर र अवमूल्यन गर्दै छन् ? विश्वकै पहिलो समाजवादी देशका गौरवशाली नेतृत्वलाई कमजोर बनाउने शक्ति तिनलाई कसले दिए ?
वामपन्थी उदार समूहले ‘अन्तर्राष्ट्रवाद’ शब्दलाई बङ्ग्याएर रुसी जनतालाई भ्रममा पारेका थिए । क्रान्तिपश्चात् एक समय ट्रोट्स्की (एक यहुदीको नाताले) सामु साना व्यापारी र कारखानाका मालिकहरू लालरक्षकहरूबाट दमनमा परेको गुनासो लिएर डेलिगेसन गए । ‘म यहुदी होइन अन्तर्राष्ट्रवादी हुँ ।’ ट्रोट्स्कीको यो अभिव्यक्तिले पीडितहरू स्तब्ध बनेका थिए । ‘राष्ट्र’ शब्द ‘अन्तर्राष्ट्रिय’ को अगाडि अत्यन्त तुच्छ हुन्छ भन्ने अभिव्यक्ति दिए । ट्रोट्स्कीले अक्टोबरको ‘राष्ट्रिय परम्परा’ मा ‘लेनिनसँग राष्ट्रिय तत्व’ लेख्दै रुसी जनतासँग सांस्कृतिक सम्पदा नभएको जिकिर गरे । ट्रोट्स्कीवादीहरू रुसी  सर्वहारा वर्गलाई पिछडिएका र सुसंस्कृत नभएका मानिसका रूपमा व्यवहार गर्थे, यो वास्तवमै लज्जाजनक विषय थियो । ट्रोट्स्कीको बडाराष्ट्र अहङ्कारलाई लेनिनले ‘तीन रुसी क्रान्ति’ मा जवाफ दिनुभयो । लेनिनको नेतृत्वमा रुसी जनता फासीवादविरुद्ध मानवजातिको लडाइँमा अग्रपङ्क्तिमा उभिए ।
क्रान्तिका निम्ति थुप्रै राष्ट्र र जाति जनजातिका समूहहरूको योगदानलाई अपमान गर्नु गलत थियो । सम्पूर्ण राष्ट्र र जाति जनजातिको योगदान नै पूर्ण ऐतिहासिक सत्य हो । विद्यार्थीहरूले नीनालाई प्रश्न गर्थे, ‘हजारौँ हजार साना गाउँहरू किन कालोमाटोरहित भूमिमा छन् ? साइबेरिया किन मरुभूमिकृत छ ? नीना जवाफ दिन्थिन् – “हाम्रो विजयको उच्च मूल्य यही क्षेत्रले चुकाउनुपर्यो । युद्धपछिको राष्ट्रिय अर्थतन्त्र पुनःस्थापनाका निम्ति यसो गरियो । रुसका थुुप्रै सांस्कृतिक धरोहरहरू गुमाउनुपर्यो ।”

हामीले देशको इतिहासमा अत्यन्त कठिन मोडहरूमा लडेर प्राप्त गरेका हौँ ।” नीनाको यो अभिव्यक्तिले सोभियत रुसमा देखापरेका संशोधनवादी, समाजवादविरोधी, कम्युनिस्टविरोधी नीतिहरूमाथि विचार मन्थन चलेको थियो । युवा पुस्तालाई विचारले सुसज्जित बनाउनुपर्ने सन्देश प्रवाह भएको थियो । समाज नै दुई शिविरमा विभक्त बनेको थियो – ‘समाजवादका पक्षपाती’ र ‘समाजवादविरोधी’ । कालान्तरमा गोर्भाचोभको ग्लास्नोस्ट र पेरेस्ट्रोइका नीनाले तर्क गरेझैँ रुसमा पुँजीवाद पुनःस्थापनाको कारण बन्यो ।

पत्रमा नीनाले तत्कालीन समयमा उठेको रुसी राष्ट्रिय गौरवको विषयलाई देशभक्तिको भावनाभन्दा बढी ठुलो शक्तिको अहङ्कारको रूपमा चर्चा गरिन् । गोर्भाचोभको ग्लास्नोस्ट र पेरेस्ट्रोइका नीतिलाई ट्रोट्स्कीको संशोधनवादी नीतिसँग जोडेर व्याख्या गरिन् । विभिन्न समाजवादविरोधी र कम्युनिस्ट शासनविरोधी धर्मभिरुहरू, नवउदारवादीहरूको पुनः उदय भई रुसमा पुनः शोषणको युग फर्कने सम्भावना केलाइन् ।
एक समय विचारकहरूले ‘किसानको समाजवाद’ भन्दै अभिव्यक्तिहरू अघि सारे । तिनीहरूसँग पितृभूमिको भाग्य निर्माण गरेको अक्टोबर क्रान्तिको ऐतिहासिक महत्वबारे ज्ञानको अभाव थियो । सोभियत सङ्घको सामूहिकीकरणको नीतिलाई तिनले एकपक्षीय ढङ्गले मात्र हेरे । सामूहिकीकरणलाई ‘किसानविरुद्ध भयानक अत्याचार’ को संज्ञा दिए । जुन अत्यन्त अव्यावहारिक र सामन्ती सोच एवम् अवधारणा थियो । तिनले किसान र कामदार वर्गको क्रान्तिकारी भूमिका बुझ्न चाहेनन् ।
केही अनौपचारिक सङ्गठन र सङ्घसंस्थाहरू जसले ‘नवउदारवादी’ र ‘नवस्लाभोफिल्स्’ जस्ता विचारहरू हुर्काउँछ ती सङ्घसंस्थाले युवा पुस्तालाई सही शिक्षा दिइरहेको थिएन । ती संस्थाहरूलाई बढावा दिने नीति अघि सारिइँदै थियो । पेरेस्ट्रोइका नीतिको सन्दर्भमा समाजवाद निर्माणमा पार्टी र कामदार वर्ग नेतृत्वदायी भूमिकामा रहन्छ कि रहन्न भन्ने प्रश्न महत्वपूर्ण थियो । राजनीति, अर्थतन्त्र र विचारका लागि आगामी सैद्धान्तिक र व्यावहारिक निष्कर्षहरूसँग त्यो प्रश्न जोडियो ।
नीनाका अनुसार त्यो समयमा समाजवादी विचारको भूमिका र स्थानको प्रश्न सबैभन्दा महत्वपूर्ण थियो । थुप्रै लेखकहरूले नैतिकताको हवाला दिँदै, वैज्ञानिक विचारको हल्ला पिट्दै ग्लास्नोस्ट नीतिको हेरफेर गर्ने, गैरसमाजवादी बहुलवाद हुर्काउने कार्यसँगै नागरिक मस्तिष्कमा पेरेस्ट्रोइका नीतिको दबाब दिने कार्य गरे । यसको अत्यन्त पीडादायी प्र्रभाव युवा दस्तामा पर्यो । सो समस्या समाधानको क्रममा ‘सिद्धान्तमा सम्झौता अपराध’ बताइन् । सदा सिद्धान्तका निम्ति अडिग रहनुपर्ने सन्देश प्रवाह गरिन् । ‘सिद्धान्त हामीलाई उपहारस्वरूप प्राप्त भएको होइन, हामीले देशको इतिहासमा अत्यन्त कठिन मोडहरूमा लडेर प्राप्त गरेका हौँ ।” नीनाको यो अभिव्यक्तिले सोभियत रुसमा देखापरेका संशोधनवादी, समाजवादविरोधी, कम्युनिस्टविरोधी नीतिहरूमाथि विचार मन्थन चलेको थियो । युवा पुस्तालाई विचारले सुसज्जित बनाउनुपर्ने सन्देश प्रवाह भएको थियो । समाज नै दुई शिविरमा विभक्त बनेको थियो – ‘समाजवादका पक्षपाती’ र ‘समाजवादविरोधी’ । कालान्तरमा गोर्भाचोभको ग्लास्नोस्ट र पेरेस्ट्रोइका नीनाले तर्क गरेझैँ रुसमा पुँजीवाद पुनःस्थापनाको कारण बन्यो ।
गोर्भाचोभहरूले नै समाजवादी रुसलाई एक आक्रामक सामाजिक साम्राज्यवादीमा पतन गरायो । आप्mनो जीवनकालमा नीनाले गोर्भाचोभहरूको गलत नीतिविरुद्ध सङ्घर्ष गरिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा योगदान गरिन् ।
प्रस्तुतीः सुनीती

Leave a Reply

Your email address will not be published. Required fields are marked *